धादिङमा चुनावी चहलपहल बढ्यो, पार्टीका नेताहरु गाउँ गाउँ पस्दै

धादिङमा चुनावी चहलपहल बढ्यो, पार्टीका नेताहरु गाउँ गाउँ पस्दै

राजन अधिकारी/धादिङ, चैत ९ । लामो समयको अन्तराल पछि देशमा स्थानिय तहको निर्वाचन हुदैछ । अगामी २०७४ साल बैसाख ३१ गते निर्वाचन सम्पन्न गर्ने गरि सरकारले निर्वाचनको मिती घोषणा गरे सँगै देश निर्वाचन मय बन्दै गएको छ । देशका ७४४ वटा स्थानिय तहमा एकै पटक निर्वाचन सम्पन्न गर्ने गरि सरकार र निर्वाचन आयोगले आफ्ना गतिविधिलाई तिव्र रुपमा अगाडी बढाएको छ । गाउँ, टोल, छिमेक, गल्ली र बजारका चिया पसलमा समेत स्थानिय तहको कसरी हुन्छ र कसले बजी मार्ला जस्ता कुरामा छलफल र बहस हुन थालि सकेका छन् ।

यसले पनि निर्वाचनको झझल्को दिएको पाईन्छ । लामो समय पछि हुन गईरहेको स्थानिय तहको निर्वाचनमा विभिन्न दलका स्थानिय नेता तथा कार्यकर्ताहरु निर्वाचनमा भाग लिन अगाडी बढि रहेका छन् । राज्यको पुनर्ःसंरचना भए पछि स्थानिय तह, गाउँ तथा नगरपालिका र यिनका वडाहरुमा निर्वाचन हुन लागेको हो । स्थानिय निकाय जनप्रतिनिधि विहिन हुदा स्थानिय स्तरमा विकास निर्माणका कामहरुमा व्यापक अनियमितता हुने गरेको प्रति थुप्रै जनगुनासो हरु आउने गरेको पाईन्छ ।

सरकारले राज्यको पुनःसंरचना मार्फत स्थानिय निकायलाई स्थानिय तहमा रुपान्तरण गरेको हो । देशभरका स्थानिय निकाय गाउँ विकास समिती र नगारपालिका लगायतका निकायलाई गाउँपालिका र नगरपालिका लगायतका तहमा रुपान्तरण गरे सँगै केन्द्र र जिल्लाबाट हुने अधिकांह काम कारवाहिहरु स्थानिय तह गाउँपालिका र नगरपालिका बाटै हुने गरि सरकारले तयारी थालि सकेको छ । देशभर निर्वाचनको माहोल तातेको वेला धादिङमा पनि दलहरुले आफ्नो निर्वाचन गतिविधिहरु देखाउन थालेका छन् । जिल्लाका नेता देखि स्थानिय नेता तथा कार्यकर्ता सवैलाई चुनावले छोएको छ । यसै जिल्लामा रहेका तिन ठुला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले जिल्लाभर स्थानिय तहको निर्वाचन गतिविधि बढाएका छन् ।

राज्यको पुनःसंरचना भए अनुसार नयाँ संरचनामा स्थानिय तहको पार्टी कमिटीलाई रुपान्तरण गाउँपालिका, नगरपालिका र वडाहरुको भेला तथा सम्मेलन मार्फत नयाँ कमिटी निर्माण जस्ता कार्यक्रमहरु जिल्लाका पार्टीहरुले गरि रहेका हुन् । जिल्लाका नेता देखि कार्यकर्ता सवैमा निर्वाचनको चहल पहल बढेको पाईन्छ । यसै विच नेकपा माओवादी केन्द्र धादिङले पनि आफ्नो निर्वाचन गतिविधिलाई बढाएको छ । निर्वाचन तयारी स्वरुप राज्यको नयाँ संरचना अनुसारको स्थानिय तहको वडा कमिटी, गाउँपालिका स्तरीय कमिटी र नगर कमिटीहरु गठनमा जुटेको माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जम्कटेलले बताए । यसैविच स्थानिय तहको निर्वाचमा वडा र गाउँपालिका तथा नगरपालिकामा कस्तो उम्मेदवारलाई पार्टीले टिकट दिने भन्ने विषयमा छलफल चलिरहेको र अबको केही दिनमा यस विषयको टुङ्गो लाग्ने दिए ।

माओवादी केन्द्र धादिङले विभिन्न तहको तहगत कमिटी र जन वर्गिय संगठनहरुको भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गरि रहेको छ । त्यसै गरि नेकपा एमाले धादिङले पनि जिल्लाको १३ वटै स्थानिय तहको वडा र गाउँपालिका/ नगरपालिकाको भेला धमाधम भै रहको जानकारी दिएको छ । स्थानिय तह निर्वाचनमा उम्मेदवारको आकांक्षी धेरै भएको र यसलाई मिलाउन कोसिस गरि रहेको एमाले धादिङका एक नेताले जानकारी दिए । एमाले धादिङले नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्ष लगायतका उम्मेदवारको केही दिन भित्र टुङ्गो लगाउने गरि तयारी थालेको एमाले धादिङले जानकारी दिएको छ ।

नेपाली काँग्रेस धादिङले पनि निर्वाचनको लागि आफ्नो पार्टीको चुनावी गतिविधी संचालन गर्न थालेको छ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाका अनुसार नेपाली काँग्रेस धादिङले चैत्र १४ गते देखि ३१ गते सम्म निर्वाचनलाई केन्द्र विन्दुमा राखेर विभिन्न कार्यक्रमहरु संचालन गरि रहेको छ । स्थानिय तह निर्वाचनका लागि उम्मेदवारको सम्बन्धमा उनले भने ‘नेपाली काँग्रेसपार्टीको केन्द्रले निर्वाचनको लागि विधान सम्वत् जान्छ कि अरु केही पारिवर्तन गरेर पठाउँछ भन्ने कुरा निक्र्याेल नभएको हुँदा यस विषयमा छलफल सुरु भएको छैन, अहिले वडा स्तरमा समन्वय गर्ने, कार्यकर्ता भेटघाट तथा परिचालन वैठक तथा छलफल, कोण सभा लगायतका कार्यक्रमहरु हाम्रो पार्टीले संचालन गरि रहेको छ ।’ नेपाली काँग्रेस धादिङले तोकिएकै समयमा निर्वाचन हुँदा आफ्नो पार्टी तयारी अवस्थामा रहेको जानकारी दिएको छ । धादिङमा २ वटा नगरपालिका सहित ११ वटा गाउँपालिकामा स्थानिय तहको निर्वाचन हुदैछ । स्थानिय तह निर्वाचनको लागि १६ वटा दल जिल्ला निर्वाचन कार्यलय धादिङमा दर्ता भएका छन् ।

प्रधानमन्त्री न्यूयोर्क प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ  । साथै, उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ। भ्रमण क्रममा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ।  प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी पनि न्युयोर्क जाँदै छन्। यसअघि नै क्यानडा पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उतैबाट न्युयोर्क जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधि मण्डलको टोली आगामी असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः  प्रचण्ड

काठमाडौं, ४ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताउनुभयो । उहाँले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताउनुभयो । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र बिपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’– उहाँले भन्नुभयो– ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरुले यो प्रस्ताव पार्टीभित्र छलफल गरौं भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु, हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौं ।’ आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा अभियानको अध्यक्ष रहनुभएको छ । अभियानको तर्फबाट हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिनुभयो । दाङबाट सुरु भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौंमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको जनाएको छ ।

कांग्रेस र एमालेनिकट विद्यार्थीको झगडाले कृषि विश्वविद्यालय २१ दिनदेखि बन्द

चितवन । कांग्रेस र एमालेनिकट विद्यार्थीहरुको झगडाले कृषि तथा वन विश्वविद्यालय २१ दिनदेखि बन्द रहेको छ । सामान्य भनाभनको विषयले राजनैतिक रङ लिएपछि रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा शैक्षिक वातावरण धमिलिएको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृसंगठनका विद्यार्थीबीच द्वन्द्व चर्किएको मात्रै होइन, विश्वविद्यालय नै बन्द भएको छ।  अघिल्लो साँझमा पढाइ सकेर जान लागेका साथीको बिदाइमा होस्टलमा खाना खुवाउने क्रमम नेविसंघले हल्ला गरेको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएपछि दुई पक्षबीच भनाभनमा सकिएको विवादले भोलिपल्ट उग्ररूप लियो। लाठी, ढुंगा, रडसहित विद्यार्थी आक्रमणमा उत्रिए।  अनेरास्ववियुको आक्रमणले नेविसंघका आठ जना घाइते भएका छन्। एक जनाको आँखा फुटेको छ। अर्का एकको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसपछि असुरक्षाको कारण देखाउँदै दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले कलेजका विभिन्न एकाइ र कार्यक्रमका विभागसहित मुख्य कार्यालयमा तालाबन्दी गर्‍यो।  भदौ १२ गते साँझ विश्वविद्यालयको कञ्चनजंगा होस्टेलमा खाना खाँदा हल्ला भएको भन्दै सगरमाथा होस्टेलमा रहेकाबीच भनाभन भयो। भोलिपल्ट भदौ १३ गते दिउँसो साढे ३ बजे धौलागिरमिा बसिरहेका नेविसंघका विद्यार्थीलाई सगरमाथा होस्टेलमा रहेका अनेरास्ववियुले एक्कासि आक्रमण गरेको नेविसंघले आरोप लगाएको छ।  अनेरास्ववियुको आक्रमणबाट कृषि संकायमा अध्ययनरत कमन दाहालको आँखा फुटेको छ। अर्का विद्यार्थी प्रितम भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। घटनामा संलग्न रहेको आरोपमा महेश खड्का, एकराज पराजुली, बवन पुरी, चिरन खनाल, प्रशन्न पोखरेल, विनोद भण्डारीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले पक्राउ गरेको पोखरेल, भण्डारी र खनाल अदालतबाट तारेखमा छुटेका छन्। बाँकी फरार छन्।   

प्रधानमन्त्री आज न्यूयोर्क जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ मा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ मा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । प्रधानमन्त्री ओली असोज १४ मा स्वदेश फर्कनेछन् ।

लोकप्रिय