नवलपरासी तस्करीको ट्रान्जीट प्वाईन्टः प्रहरी र तस्करको मिलोमतोमा व्यापक तस्करी

नवलपरासी तस्करीको ट्रान्जीट प्वाईन्टः प्रहरी र तस्करको मिलोमतोमा व्यापक तस्करी

बुटवल, असोज १० । नवलपरासीमा प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा व्यापक तस्करी भईरहेको रहस्य खुलेको छ । प्रहरी र भन्सार कर्मचारीहरुले तस्करहरुसँग मोटो रकम लिएर तस्कर गर्ने कार्यमा सघाउ पुर्याउँदै आएको रहस्य खुलेको हो ।

हिजोमात्र नवलपरासीको महेशपुर हरपुर क्षेत्रमा राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले यस क्षेत्रमा ठुलो परिमाणमा अवैध कपडा बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको छ ।

सो टोलीले एक गोदाममा छापा मारेर अवैध कपडा बरामद गरेपछि तस्करहरुले आफुहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मासिकरुपमा मोटो रकम दिने गरेको भन्दै राजश्व अनुसन्धानको टोलीलाई अवरोध पुर्याएपछि यस्तो रहस्य बाहिर आएको थियो ।

नवलपरासीको महेशपुर नाका यतिबेला कपडा तस्करीका लागि मुख्य रोजाई बनेको छ । अहिले पनि महेशपुर नाकामा कपडा तस्करीका लागि केही गोदाम बनाईएका छन् । तर यसप्रति यस क्षेत्रका प्रहरी प्रशासन कानमा तेल हालेर सुतेको अवस्था छ । सुरक्षा निकायले सशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाल प्रहरीले सशस्त्र प्रहरीले देखाई आफूहरु तस्करी नियन्त्रण कार्यमा प्रभावकारीरुपमा लाग्ने गरेको पाईएको छैन ।

तस्करहरुले रातको समयमा ति गोदामहरुबाट माल निकालेर प्रहरीको सहयोगमा राजमार्गसम्म पुर्याउने गर्दछन् । नवलपरासीमा यतिबेला तस्कारीका लागि मुख्य ट्रान्जिट स्थल (प्वाईन्ट) बनेको छ । एकतर्फ नेपालको राजश्व चुहावट गर्ने अर्कोतर्फ प्रहरी र भन्सारका कर्मचारी मोटाउने कार्य बढ्दै गएको छ ।

सिमावर्ती भारतीय बजारबाट विशेषगरी यतिबेला ठुलो परिमाणमा कपडाको तस्करी हुने गरेको छ । नवलपरासीका प्रहरी प्रहरीहरुको समेत यसतर्फ हात रहँदै आएको छ ।

विशेषगरी नेपाल प्रहरी र शशस्त्र प्रहरीको संलग्नतामा तस्करहरुले सजिलै नवलपरासीको बाटो हुँदै तस्करी गर्ने गरेका छन् । यस बापत तस्करहरुले प्रहरीहरुलाई मासिकरुपमा लाखौ रकम बुझाउने गरेका छन् ।

विशेषगरी नेपाल–भारत सीमा क्षेत्रबाट बिना भन्सार, एउटा बिलबाट पटक–पटक सामाग्री ल्याउने गरेर व्यापक तस्करी हुने गरेको छ । यसको नियन्त्रणमा नेपाल प्रहरी र शशस्त्र प्रहरीको समेत बेवास्ता गर्दै आएको पाइन्छ ।

कपडा जन्य व्यापारको माग बढेपछि झन दशैको अवसरमा कपडाको माग बढेपछि तस्करहरु पनि आफ्नो कार्यमा झन बढावा दिएका छन् । विशेषगरी तस्करहरुले सुरक्षा निकायको मिलोमतोमा दिनको समयमा भन्दा रातको समयमा तस्करी गर्ने गरेका छन् । गाडीमा लोड गरी ती कपडा अन्य बस्तुहरुलाई राजमार्गसम्म पुर्याउने र त्यहाँबाट चितवन, काठमाडौँ पुर्याउने गरेका छन् ।

यस कार्यमा नवलपरासीमा प्रहरी प्रमुखहरुको समेत संलग्नता रहेको पाईन्छ । जिल्लामा प्रहरी प्रमुखहरुले शान्ति सुरक्षाका लागी गोप्य सुचना प्राप्त भर्न केही गोप्य सुराकी अथवा धुमुवा समेत राखेका छन् । तर, ति घुमुवाहरुले ती अवैध कारोबार गर्ने तस्करहरुसँग मोटो रकम असुल गर्ने गरेको पाइएको छ ।

स्रोतका अनुसार तस्करहरु मासिकरुपमा प्रहरी प्रमुखसम्म रकम पुग्ने गरी ती घुमुवा वा गोप्य सुकारी गर्ने सुरक्षाकर्मीलाई मोटो रकम दिने गरेका छन्, जुन रकम उनीहरुमार्फत नवलपरासीमा प्रहरी प्रमुख समक्ष पुग्ने गर्दछ ।

यस कार्यका लागि नवलपरासीमा नेपाल प्रहरीतर्फ प्रहरी सहायक निरिक्षक गजानन्द शाह र सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी जवान मिश्रीलाल यादव र राजेश गुप्ता रहेका छन् ।

उनीहरु सबैको नवलपरासीबाट अवैध तस्कारीको काम गर्ने सबै तस्कहरु राम्रो उठबस छ । यसबारे प्रदेश नं.५ को प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मिङ्गमार लामाले तत्काल यसबारे सत्यता फेला परे दोषी कर्मचारीलाई कारवाही गरिने प्रतिकृया दिए ।

यसबारे सशस्त्र प्रहरी पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक सुबोध अधिकारीले यसबारे अनुसन्धान गरी दोषी फेला परेका कारवाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो ।  अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ ।  ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तनहुँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  तनहुँको ब्याँस नगरपालिका ४ जलदेवी टोल बस्ने ६२ वर्षीय कालु गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १० जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लोकप्रिय