निःशुल्क स्वास्थ्य शिविरमा साढे १३ सयको परीक्षण

निःशुल्क स्वास्थ्य शिविरमा साढे १३ सयको परीक्षण

पर्वत, फागुन २२ । यहाँको एक विकट गाउँमा पाँच दिनसम्म सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका नागरिकलाई लक्षित गरी दक्षिण पर्वतको लुङ्खुदेउराली गाविसमा आयोजित निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा दाँत तथा हाइड्रोसिल र हर्नियाका बिरामीको शल्यक्रिया तथा उपचार गरिएको छ ।

एक हजार दुईसय ८६ दाँतका रोगीको परीक्षण तथा ४५ हाइड्रोसिल र हर्नियाका बिरामीको शल्यक्रिया गरिएको शिविर व्यवस्थापन समितिका संयोजक जीवन उच्चै ठकुरीले जानकारी दिए ।

वरिष्ठ सर्जन डाक्टर रबिन कोइरालाको नेतृत्वमा अस्ट्रेलियाका आठ डाक्टर र ११ जना स्वास्थकर्मी तथा दन्तरोग विशेषज्ञ डाक्टर सूर्य मगरलगायत ६ जना नेपाली चिकित्सकले सेवा प्रवाह गरेका थिए ।

निःशुल्क उपचार तथा औषधिसमेत निःशुल्क रुपमा पाएपछि ग्रामीण क्षेत्रमा रहेका विपन्न समुदायका बिरामी बढी लाभान्वित बनेका छन् ।

आर्थर डाँडाखर्कको शिविरमा साढे पाँच सयको परीक्षण

यसैगरी पर्वत जिल्लाको आर्थर डाँडाखर्क गाविसस्थित स्वास्थ्य चौकीमा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा पाँच सय ५० भन्दा बढीको परीक्षण गरिएको छ । स्थानीय स्वास्थ्य चौकीको व्यवस्थापन र लायन्स क्लब अफ पोखराको सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा पेट, छाती, मुटु, हाडजोर्नी, नशा, स्त्री रोग, बाल रोग, इसिजी, भिडियो एक्स–रे, ल्याब जस्ता सेवा प्रदान गरिएको थियो ।

ग्रामीण क्षेत्रका बासिन्दालाई गाउँमै विशेषज्ञ डाक्टरको सेवा सहितको सुविधा दिने उद्देश्यले आयोजित शिविरमा दुई सय ५० पुरुष र तीन सय ६ महिलाको परीक्षण गरिएको शिविर व्यवस्थापन समितिका सदस्य सुरेन्द्र गौतमले जानकारी दिए । शिविरमा लेकसिटी अस्पताल पोखराका चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीको परीक्षण तथा निःशुल्क औषधि उपलब्ध गराएका थिए ।

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

महिलाको यौन इच्छा बढाउने भियाग्रा स्वीकृत

औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत गरेको छ । यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ । यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा आउँदो सेप्टेम्बरदेखि औषधि पसलहरुमा उपलब्ध हुने जनाएको छ । यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान बन्देज छैन । यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनु पर्ने सुझाव दिएको छ । यस्तै, २४ घण्टा भित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने बताइएको छ । एजेन्सी

लोकप्रिय