निद्रासम्बन्धी १० भ्रम जसलाई हामीले आजैबाट त्याग्नुपर्ने

निद्रासम्बन्धी १० भ्रम जसलाई हामीले आजैबाट त्याग्नुपर्ने

एजेन्सी । हामीमध्ये धेरैको निद्राबारे केही धारणा बनाएका हुन्छौं । तीमध्ये केही अनुसन्धानमा आधारित हुन्छन् भने हामीमध्ये कतिले त्यस्ता भ्रम पालेका हुन्छौं जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुने एनवाईयू लाङ्गोन हेल्थ स्कूल एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् ।

एनवाईयू लाङ्गोन हेल्थ स्कूलकी पोष्टडक्टरल रिसर्च फेलो रेबेका रबिन्सले हाम्रो सुताई र उठाईबीच निकै गहिरो सम्बन्ध हुने बताएकी छिन् ।

रबिन्स र उनका सहकर्मीले निद्राको सही तालिकाको अध्ययनका लागि आठ हजार वेबसाइटको अध्ययन गरे । त्यहाँ उल्लेखित धारणालाई ‘स्लिप मेडिसिन एक्सपर्ट’सँग सल्लाह गरे । तीमध्ये कुन भ्रम हो वा कुन यथार्थ हो भन्ने निश्चित गर्दै यसलाई झुटो र स्वास्थ्यको हिसाबले कति महत्वपूर्ण छ भनेर सूचीबद्ध गरियो । यसैका आधारमा निद्राबारे हामीले पाल्ने यस्ता १० भ्रमबारे यहाँ जानकारी दिइएको छ । यस्ता भ्रमलाई आजबाटै हामीले त्याग्नुपर्ने विशेषज्ञ बताउँछन् ।

 

भ्रम नं १ः वयस्कलाई पाँच घण्टा वा सोभन्दा कम सुते पुग्छः

‘यदि तपाईं दिनमा निकै फुर्तिलो हुन चाहनुहुन्छ, बिरामी हुन चाहनुहुन्नँ, मानसिक रुपमा बलियो हुन चाहनुहुन्छ, आफूले चाहेको जस्तो जीवनशैली अपनाउन चाहनुहुन्छ भने तपाईं कति घण्टा सुत्नुपर्छ रु’ डिपार्टमेन्ट अफ पपुलेशन हेल्थका वरिष्ठ अनुसन्धानकर्ता गिरार्डिन जिन–लुइसले प्रश्न सोधे ।

‘धेरैले पाँच घण्टा वा सोभन्दा कम सुते पर्याप्त हुने बताउन सक्छन्,’ उनले भने । ‘हामीले पत्ता लगाएको सबैभन्दा ठूलो समस्याग्रस्त धारणा यही नै हो ।’

उमेर अनुसार हामी दैनिक सातदेखि १० घण्टा सुत्नैपर्छ । तर अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार एक तिहाई अमेरिकी सात घण्टाभन्दा कम सुत्छन् । वर्ल्ड स्लिप डे स्ट्याटिस्टिक्सका अनुसार पर्याप्त निद्रा नपुग्दा ४५ प्रतिशतको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको छ ।

‘लगातार पाँच घण्टा वा सोभन्दा कम सुत्नेहरुको स्वास्थ्यमा विकराल समस्या निम्तिने प्रमाण नै हामीसँग छ जसमा हृदयसम्बन्धि रोग र छिटो मृत्यु हुने पर्दछन्,’ रबिन्स भन्छिन् ।

बेलायतका १० हजार तीन सय ८ जना निजामती कर्मचारीमाथि एउटा अनुसन्धान गरिएको थियो । यसमा सात घण्टा सुत्ने कर्मचारी केही रातका लागि पाँच घण्टा मात्र सुत्दा उनीहरुको मृत्युदर दोब्बरले बढेको पाइयो, विशेषगरी मुटुसम्बन्धि रोगका कारण ।

विज्ञानले पनि थोरै सुत्दा रक्तचाप उच्च हुने, रोग प्रतिरोधी क्षमता कम हुने, तौल बढ्ने, यौनेच्छामा कमी, मुड परिवर्तन भइरहने, डिप्रेशन, मधुमेहको उच्च जोखिम, स्ट्रोक, दिमागी रोग र केही प्रकारको क्यान्सर हुने बताएको पुष्टि गरिसकेको छ ।

भ्रम नं २ः निदाउने त हो, जहाँ र जहिले सुते पनि भइहाल्यो नि !

पर्याप्त विश्राम लिएका व्यक्ति कार, ट्रेन, विमान चल्न सुरु भएलगत्तै निदाउने गरेको धेरैले धारणा बनाएका हुन्छन् । वास्तवमा यो ठिक विपरित हो ।

‘जहाँ पनि जतापनि निदाइहाल्नु भनेको तपाईंले पर्याप्त निन्द्रा नपाएको संकेत हो,’ रबिन्सले भनिन् । ‘यसको अर्थ यो हो कि तपाईंको शरीर यति थकित छ कि तपाईंले मौका पाएलगत्तै निन्द्राको बोझ हल्का पार्न खोज्नुहुन्छ ।’

निन्द्रा नपुग्दा तपाईंको दिमागमा एडेनोसाइन नामको रसायन श्राव हुन्छ जसका कारण तपाईंलाई दिनभरी झुप्प–झुप्प भइरहन्छ । मिठो निन्द्रा लाग्दा यो रसायनको श्राव निकै कम हुन्छ र जब तपाईं उठ्नुहुन्छ तपाईं फ्रेश भएको महसुस गर्नुहुन्छ ।

भ्रम नं ३ः तपाईंको दिमाग र शरीरले कम निन्द्रा बिस्तारै पचाउन सक्छ

दिनदिनै कम सुत्ने व्यक्तिहरुको दिमाग र शरीर क्रमशः यसमा अभ्यस्त हुँदै जाने धेरैले सोचिरहेका हुन्छन् । तर विशेषज्ञका अनुसार यो पनि एउटा भ्रम नै हो । किनभने हाम्रो शरीरले पूर्ण रुपमा आफूलाई पुनर्स्थापित गर्न निन्द्राको चारवटा भिन्न चरण पार गर्नुपर्छ ।

पहिलो चरणमा, तपाईं कम सुत्न थाल्नुहुन्छ र तपाईं आफ्नो वातावरणसँग कम घुलमिल हुनुहुनेछ । दोस्रो चरणमा तपाईं आफ्नो धेरैजसो समय सुतेर नै बिताउनु हुनेछ । तेस्रो र चौथो चरणमा सबैभन्दा गहिरो, सबैभन्दा राम्रो निन्द्रा र –यापिड आइ मुभमेन्ट (REM) स्लिप पर्छ ।

 ‘REM मा तपाईंको दिमाग सबैभन्दा बढी प्रतिक्रियाशील हुन्छ,’ रबिन्सले भनिन् । ‘यदि तपाईंको दिमागी तरङ्गलाई हेर्ने हो भने तपाईंको दिमाग ब्यूँझिरहेको देख्नुहुनेछ ।’

REM तपाईं निदाएको जुनसुकै बेला पनि सुरु हुनसक्छ तर साधारणतया यो तपाईं निदाएको ९० मिनेटपछि सुरु हुन्छ । REM  त्यतिबेला हुन्छ जब तपाईंको शरीर र दिमाग तपाईंका यादहरु कैद गर्न व्यस्त हुन्छन् । तपाईं सपना देखिरहेका बेला पनि च्भ्ः हुन्छ । तपाईं च्भ्ः निन्द्रामा हुँदा हात र खुट्टाका माशंपेशी अस्थायी रुपमा पक्षघात हुन्छन् त्यसकारण तपाईं सपनामा बहकिएर आफूलाई असर पुर्याउन सक्नुहुन्नँ ।

मिठो निन्द्राका लागि तपाईंको  REM साइकल दोहोरिरहन्छ । यसले तपाईंको सुत्ने समयको २५ प्रतिशत ओगटेको हुन्छ ।

निन्द्राको अर्को महत्वपूर्ण पाटो भनेको गहिरो निन्द्रा हो । यतिबेला तपाईंको दिमागको तरङ्ग डेल्टा वा स्लो वेभ स्लिपमा परिणत हुन्छ । यतिबेला मानव वृद्धि हर्मोनको श्राव हुन्छ र यादहरु कैद हुन्छन् ।

‘गहिरो निन्द्रा न्यूरोनको विकासका लागि, मासंपेशीको मर्मतका लागि र रोग प्रतिरोधी क्षमताको विकासका लागि अत्यधिक महत्वपूर्ण छ,’ रबिन्सले भनिन् ।

गहिरो निन्द्रामा भएका मानिसहरुलाई ब्यूँझाउन निकै गाह्रो हुन्छ । यदि तपाईंलाई जबर्जस्ती ब्यूँझाइयो भने तपाईंलाई थकाई लागेको महसुस हुन्छ । तपाईंको दिमागले आधा घण्टासम्म राम्रोसँग काम गर्न सक्दैन,’ अनुसन्धानले भन्छ ।

भ्रम नं ४ः घुर्ने बानी रिस उठ्दो भएपनि हानिकारक हुँदैन

बीचबीचमा सास रोकिएर ठूलो आवाजमा घुर्नुलाई स्लिप एप्निया भनिन्छ । यो एउटा यस्तो निन्द्रा विकार हो जसले नेशनल हार्ट, लंग एण्ड ब्लड इन्स्टिच्युटका अनुसार हृदयघात, दम, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मृगौला रोगको सम्भावना बढाउने गर्छ ।

‘स्लिप एप्नियाले निकै थकित बनाउँछ,’ रबिन्सले भनिन् । ‘यस्ता व्यक्तिहरु बारम्बार ब्यूँझिरहन्छन् । उनीहरु निकै थाक्ने भएकाले दिनरात निदाउन प्रत्यत्न गरिरहेका हुन्छन् । यस्तो लाग्छ कि यसले हाम्रो ३० प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ । ’

भ्रम नं ५ः राती सुत्नुअघि मद्यपान गर्दा मज्जाले निन्द्रा लाग्छ

‘मद्यपानले तपाईंलाई छिटो निन्द्रा लाग्न सहयोग त गर्ला तर यसले तपाईंलाई गहिरो निन्द्रामा पर्न भने दिँदैन,’ रबिन्सले भनिन् ।

‘यसले तपाईंलाई च्भ्ः बाट बाहिर निकालिरहन्छ जसका कारण तपाईं मज्जाले निदाउन सक्नुहुन्नँ त्यसैले त रक्सी पिएर सुतेको मान्छे उठ्दा आलस्य महसुस गर्छन्,’ रबिन्स भन्छिन् ।

भ्रम नं ६ः निन्द्रा लागेन रु ओछ्यानमा पल्टिएर आँखा चिम्लनुहोस् र निदाउन प्रयत्न गर्नुहोस्

तपाईंले मान्नुपर्छ कि यो लाइन अर्थपूर्ण छ । तपाईं बेडमा सुतेर आँखा नचिम्ली कसरी निदाउन सक्नुहुन्छ रु यद्यपी, निदाउन प्रयत्न गरेको १५ मिनेटभित्र निदाइसक्नुपर्ने निद्रा विशेषज्ञ बताउँछन् ।

बेडमा गएपछि निद्रा नलाग्ने बानीलाई रबिन्स जिममा गएर ट्रेडमिलमा उभिने तर केही पनि नगर्ने जस्तो बताउँछिन् ।

रबिन्स भन्छिन्, ‘एक व्यक्ति मस्त निन्द्रामा पर्न १५ मिनेटको समय लाग्छ । यदि तपाईं १५ मिनेटभन्दा बढी समयका लागि कोल्टे फेरिरहनुहुन्छ भने बेडबाट निस्कनुहोस्, दिमाग खियाउनु नपर्ने काम गर्नुहोस् । मधुरो बत्ती बाल्नुहोस् र मोजा पट्याउनुहोस्,’ उनी सल्लाह दिन्छिन् ।

भ्रम नं ७ः दिउँसो जतिबेला सुतेपनि फरक पर्दैन

केही विशेषज्ञका अनुसार यो एउटा यस्तो भ्रम हो जसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने गर्छ ।

‘मानिसहरुले आफ्नो निद्राको तालिका नै बनाउनुपर्छ किनभने यसले हामो जैविक समयतालिका नियन्त्रण गर्ने गर्छ,’ जिन–लुइसले भने । ‘यसले हाम्रो शरीरको सम्पूर्ण हर्मोन, तापक्रम, खानपिन, पाचनक्रिया र सुत्ने–उठ्ने साइकल नियन्त्रण गर्छ ।’

यदि तपाईंको जैविक समयतालिका र बाहिरी वातावरणबीचको तादम्य मिल्दैन भने तपाईं असन्तुलित, बेचैन र जतिबेला पनि निद्रा लागेको जस्तो महसुस गर्नुहुनेछ ।

फरक समय तालिकामा काम गर्नेहरुलाई मुटु रोग, अल्सर, डिप्रेशन, मोटोपना र केही प्रकारको क्यान्सरको अत्यधिक जोखिम हुन्छ ।

यस्ता व्यक्तिहरु केही कुरामा ढिला प्रतिक्रिया दिने किसिमका हुन्छन् त्यसकारण कार्यस्थलमा विभिन्न दुर्घटनाको शिकार बन्ने गर्छन् ।

८ः बेडमा टिभी हेरेर विश्राम लिनु राम्रो काइदा होः

यो हामी सबैले गर्छौं । हामीमध्ये धेरैजना सुत्नु अघि ल्यापटप र स्मार्टफोन नियाल्छौं । दुर्भाग्यवश, यसले तपाईंको निद्रा बिगारिरहेको हुन्छ ।

‘विद्युतीय उपकरणले निलो प्रकाश फाल्ने गर्छ र यही निलो प्रकाशले हरेक बिहान हाम्रो दिमागलाई जागा हुन निर्देशन दिन्छ,’ रबिन्स भन्छिन् । ‘सुत्नुअघि हामी निलो प्रकाश फाल्ने टेलिभिजन र स्मार्टफोनबाट जोगिनुपर्छ । हामीलाई जे कुराले आनन्द दिन्छ, त्यो कुरा गर्नुपर्छ ।’

नेशनल स्लिप फाउन्डेशनका अनुसार निलो प्रकाशले स्लिप हर्मोन भनिने मेलाटोनिनको श्रावमा प्रभाव पार्छ । सुत्नु दुई घण्टाअघि टिभीलगायत विद्युतीय उपकरण हेर्दा तपाईंलाई निद्रा लाग्न बेर लाग्न सक्छ, तपाईंलाई गहिरो निद्रा लाग्नबाट रोक्छ । यसो गर्दा तपाईं आठ घण्टा वा सोभन्दा बढी सुतेर उठ्दा पनि तपाईंलाई आलस्य महसुस हुन्छ ।

अबेर रातीसम्म काम गर्नुपरेको खण्डमा स्क्रिनको चमकलाई घटाउने र स्क्रिनको रङलाई सूर्यास्त हुँदाको प्रकाशसँग मेल खाने किसिमको बनाउनुपर्छ । रातो र पहेँलो रङको तरङ्ग कम हुन्छ र यसले मेलाटोनिनलाई कमै असर गर्दछ ।

भ्रम नं ९ः  स्नूज दबाउनु राम्रो हो १ अलार्म बज्ने बित्तिकै उठ्नु पर्दैन

बिहान उठ्नुअघि धेरैले स्नूज बटन दबाउनुहुन्छ होला ।

‘स्नूज बटन दबाउने तपाईंको बानी त्याग्नुहोस् । तपाईंको शरीर पुनः निद्रामा जान्छ – निकै हल्का, कम गुणस्तरको निद्रा ।’ रबिन्सले भनिन् ।

‘तपाईं आफ्नो निद्राको अन्तिम समयमा आइपुग्दा तपाईंको शरीरले सम्भवतः च्भ्ः चक्रलाई बिट मार्ने प्रक्रियामा हुन्छ । स्नूज बटन दबाउने बित्तिकै तपाईंको दिमाग पुनः नयाँ च्भ्ः चक्रमा जान्छ । केही मिनेटपछि अलार्म पुनः बजेपछि तपाईं उक्त चक्रको अन्त्यमा नभई बीचतीरै उठ्नुहुन्छ त्यसकारण तपाईं उठ्दा पुनः शिथिल महसुस गर्नुहुन्छ ।

स्नूज बटन दबाउने आफ्नो बानी हटाउन गाह्रो भइरहेको छ भने सुत्नुअघि आफ्नो फोनलाई कोठाको कुनै कुनामा राख्नुहोस् ता कि अलार्म निभाउन तपाईं उठेर हिँड्नै परोस् ।

भ्रम नं १०ःसपना सम्झनु भनेको मिठो निन्द्राको संकेत हो

‘यो सरासर गलत हो किनभने हामीमध्ये धेरैले एक रातमा चार वा पाँचपटक सपना देख्छौं,’ जिन– लुईसले भने । ‘र हामीलाई यो याद नै हुँदैन किनभने हामी त्यतिबेला ब्यूँझिएका हुँदैनौं र निद्रा पनि बिग्रिरहेको हुँदैन ।’

फ्रान्समा गरिएको एक अनुसन्धान अनुसार जसले आफ्नो सपना सम्झन्छन् उनीहरुको मस्तिष्क निकै क्रियाशील हुन्छ । यस्ता व्यक्तिहरु राती बारम्बार उठिरहन्छन् र सानो आवाज आउँदा पनि ब्यूँझिने किसिमका हुन्छन् । ‘यदि हामी मज्जाले निदाएका छौं भने सपना सम्झिनै सक्दैनौं,’ जिन लुईसले भने ।

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ ।  स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

लोकप्रिय