परिर्वतका पक्षधरलाई जनुयद्ध दिवस मनाउन कसैले रोकेर रोकिदैन : प्रचण्ड (भिडियोसहित)
काठमाडौं । प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिर्वतका पक्षधरलाई जनुयद्ध मनाउन कसैले रोकेर नरोकिने बताएका छन् । वाइसिएल नेपाल उपभोक्ता हकहित संरक्षण विभागद्वारा आयोजित जनयुद्धका उपलब्धि’ शिर्षकमा भईरहेको डिजिटल वक्तृत्वकला प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
अहिले अदालतले शान्ति प्रक्रिया चल्दै गरेको टिआसी नटुंगिएको भनेर जनयुद्ध दिवसलाई नमनाउने तर्क गरेको भएपनि जनता र माओवादी सहित संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुलाई जनयुद्ध दिवस मनाउन कसैले रोक्न नसक्ने बताएका हुन् ।
प्रधानमन्त्रीले जनयुद्ध दिवसको अवसरमा शुभकाना दिंदै भनेका छन् -‘अहिले हामी फागुन १ गतेको (जनयुद्ध दिवस) को नजिक छौं । म प्रधानमन्त्री भएपछि जनयुद्धलाई एउटा राष्ट्रिय दिवस घोषणा गरेको थिए । तर अहिले अदालतले शान्ति प्रक्रिया चल्दै गरेको टिआसी नटुंगिएको भनेर जनयुद्ध दिवसलाई नमनाउने तर्क गरेको छ । तर जनतालाई र हामीलाई जनुयद्ध मनाउन कसैले रोकेर रोकिदैन । यो परिर्वतका पक्षधरले जनयुद्धलाई सम्मान गरेका छन् र गरिराखेकै छन् गरिरहन्छन् पनि र यो कसैले रोकेर रोकिदैन ‘
यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना
जनयद्ध नेपालको इतिहासको एउटा महान् क्रान्तिकारी पहल कदमी हो । जनयुद्ध पूर्व देशमा निरकुंसताको मुख्यत सामन्ती निरकुंसताको राज थियो । प्रयेक जिल्ला र गाउँ गाउँ टोलटोलमा महिला दलित आदिवासी दलित र मधेसी मुस्लिम थारुहरु समुदायलाई लगायत सबै उत्पीडित वर्ग समुदायलाई कुनै पहिचन र अधिकार थिएन ।
सबैभन्दा ठुलो कुरा त्यो भन्दा अगाडि राष्ट्रको सार्वभौमसत्ता जनताको हातमा थिएन । त्यो एउटा व्यक्ति, एउटा सामन्ती प्रभुको हातमा केन्द्रीत थियो । र त्यो समान्तवादको पराकाष्ट्रको रुपमा थियो ।
जनयुद्धले यस्तो परिस्थिति तयार गर्यो, जहाँ सबै वर्ग तह तप्काका जनतामा एउटा नयाँ जागरण सहित उनीहरुको पहिचान हक अधिकार र आत्मसम्मानलाई स्थापित गर्न ठुलो योगदान गयो ।यो इतिहासिक योगदना गर्यो । मै सधै भन्ने गरेको छु आधुनिक नेपालको इतिहासमा जनयुद्ध एउटा महान् पहलकदमी थियो । त्यसमा जनताका सबै वर्ग तहतप्काले जुन विरता देखाए र वलिदानीको इतिहास कायम गरे जुन सयौं सयौं वर्षसम्म पनि नेपालको इतिहासमा अजर अमर रहने छ ।
यसरी राजनीतिक रुपले पनि, अधिकारको दृष्टिकोणले पनि, पहिचान र आत्मसम्मानका दृष्टिकोणले पनि यो युगिन परिर्वतन ल्याउने एउटा महान् पहल थियो जनयुद्ध । र त्यसमा हजारौं हजार जनताको वलिदान एउटा उदेश्यमुल ढंगले, एउटा नयाँ युग निर्माणको उदेश्यले, गणतन्त्रको निम्ति, समावेसिता र समानुपतिकता सहितको संघिय लोकतान्त्रिक राज्य निर्माणको निम्ति एउटा सचेत बलिदान थियो जनयुद्ध । त्यसमा कुनै एउटा समुदाय विशेष जाति सप्रदाय विशेषको मात्रै सहभागिता थिएन । त्यसमा त सिंगै नेपालका जाति सप्रदायको सहभागिता थियो ।जनयुद्धमा नेपालका सबै जाति क्षेत्र र समुदायका जनताले वदिानका कोटा चुक्ता गरेका थिए ।
यसरी आज हामी लोकतन्त्रको जुन अभ्यास गरिराखेका छौं । अभिव्यक्ति स्वतन्त्रताको अभ्यास जो अहिले देशमा भै राखेको छ यसमा जनयुद्धको भुमिका छ । यद्यपी कतिपय मानिसहरुले जनयुद्धद्धारा प्राप्त लोकतन्त्रको यो स्वतन्त्रतालाई दुरुपयोग गर्ने प्रयास जो गरिराखेका छन् ।तर फेरिपनि यसले नयाँ स्वतन्त्राको अभ्यास गर्ने नयाँ ठाउँमा देशलाई र नेपाली जनतालाई ल्याइपुर्याएको छ । यो कुरा साँचो हो कि पछिल्लो पटक १२ बुँदे समझदारी, शान्ति सम्झौता अन्य दलसँग पनि मिलेर भएकै हो । त्यसमा अरुको पनि अन्य दलहरुको पनि जन आन्दोलनको यो परिर्वतनमा भुमिका रहेको छ ।
तर के कुरा निर्विवाद रुपमा सत्य हो भने जनयुद्ध नै त्यो आधार हो, जसले संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव बनायो । जनयुद्ध नै त्यो आधार हो जसले संविधान सभाको निर्वाचनमार्फत नेपाली जनतालाई पहिलो पटक इतिहासमा सार्वभौमसत्ता सम्पन्न बनायो । यसअर्थले जनयुद्ध एउटा युग परिर्वतन गर्ने पहल हो । एकथरी मानिसहरु हिजो जनयुद्ध चल्दै गर्दा यसलाई बदनाम गर्ने, या यसलाई फौजी दमनद्धारा नै निस्तेज पार्ने दुस्साहस गरेका थिए । ती वर्ग र तप्काका मानिसहरुले अहिले यसविरुद्ध कुनै न कुनै रुपले नकारात्म भाष्य तयार पारेर बदनाम गर्ने कोशिस गरिराखेकै छन् । मेरो विचारमा त्यो हिजो पनि थियो, आज पनि छ र यो केही समय अझै रहन पनि सक्छ ।
त्यसकार क्रान्तिकारीहरुको या संघिय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुको जिम्मेवारी बन्न आउँछ कि , जनयुद्धको एेतिहासिकता र यसको महत्व, यसले ल्याएको युगिन परिर्वतनलाई स्थापित गर्न अगाडि बढौं । त्यो जनताको जिम्मेवारी पनि हो, क्रान्तिकारीहरुको जिम्मेवारी पनि हो , नयाँ पुस्तका युवाहरुको पनि जिम्मेवारी पनि हो ।
यथार्थमा भन्ने हो भने जनुयुद्धमा सबभन्दा धेरै युवाहरुकैे सहभागिता थियो । चाहे जनमुक्ति सेनाको रुपमा होस्, या मिलिसिायको रुपमा होस् ,अन्य थुप्रै रुपमा त्यसकोे निम्ति व्यवस्थापन गर्ने काममा युवाहरुकै सहभागिता थियो ।र वलिदानीको कोटा हेर्ने हो भने पनि युवाहरुले नै गरेका छन्् । त्यसले यसको महानतालाई यसको गहिराहिलाई राम्रोसँग उजागर गर्ने र जनतामाझ स्थापित गर्ने जिम्मेवारी पनि युवाहरुको दायीत्व भित्र रहन्छ । जाली, झेली, प्रतिक्रान्तिकारी, प्रतिक्रिायावादीहरु जसले इतिहासको यो तथ्यलाई बंग्याउने दुस्साहस गरेका छन् तीनिहरुलाई जनताको बीचमा राम्रोसँग एक्सपोज गर्ने आवश्यकता अहिले छ ।
अहिले हामी फागुन १ गतेको (जनयुद्ध दिवस) को नजिक छौं । म प्रधानमन्त्री भएपछि जनयुद्धलाई एउटा राष्ट्रिय दिवस घोषणा गरेको थिए । तर अहिले अदालतले शान्ति प्रक्रिया चल्दै गरेको टिआसी नटुंगिएको भनेर जनयुद्ध दिवसलाई नमनाउने तर्क गरेको छ । तर जनतालाई र हामीलाई जनुयद्ध मनाउन कसैले रोकेर रोकिदैन । यो परिर्वतका पक्षधरले जनयुद्धलाई सम्मान गरेका छन् र गरिराखेकै छन् गरिरहन्छन् पनि र यो कसैले रोकेर रोकिदैन ।
म आउँदै गरेको जनयुद्ध दिवसको अवसरमा जनयुद्धका सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहान्छु । सबै बेपत्ता योद्धाहरुप्रति सम्मान गर्न चाहान्छु । घाइते योद्धाहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दछु । घाइतेहरुको उपचारमा हामीले सक्ने पहल गरेका छौं, गरिहन्छौं । यस अवसरमा जनयुद्धको क्रममा अन्य व्यवस्थापनमा सहयोग पुर्याउने जनयुद्धलाई परिर्वतनको मुख्य शक्ति बनाउनेमा योगदान पुर्याउने सबै तह तप्काका जनतालाई पनि म बधाई र धन्यवाद भन्न चाहान्छु ।
जनयुद्धले ल्याएको परिर्वतन जनताको लागि हो । सबै उत्पिडित वर्गको समुदायको लागि हो । त्यसकारण अहिले उत्पिडकहरुको पक्षमा समान्तहरुकै पक्षमा फेरि इतिहासको चक्कालाई पछि धकेल्न चाहाने केही सामन्तह तत्वहरुको दुस्साहलाई परास्त गर्न पनि हामीले जनुयुद्ध र जनआन्दोलनको ऐहिासिक कार्यलाई स्थापित गर्ने कुरा, संविधानसभाको निर्वाचन र नेपाली जनता इतिहासमै पहिचोटी व्यक्तिको दासताबाट मुक्त भएर सार्वभौमसत्ता सम्पन्न भएको ऐतहासिक योगदानलाई सम्मान गर्ने दिनका रुपमा जनुयद्ध दिवसलाई लिनुपर्छ । हामी सबै यसको निम्ति दृढतापूर्वक अगाडि बढ्नुपर्छ।
आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड
ग्रामथान (मोरङ) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो ।’ गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उहाँले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले बिरोधीहरुलाई ठूलै जवाफ दिएको बताउनुभयो । ‘बिरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ’– ‘उहाँले भन्नुभयो– ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो ।’ उहाँले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उहाँले गराउनुभयो । उहाँले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताउनुभयो । देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गर्नुभयो । ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं’– उहाँले भन्नुभयो– ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौं, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दैे– ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि ग¥यौं ।’ आफूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै आपत्ति व्यक्त गर्नुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताउनुभयो । ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ।’ सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गर्नुभयो । सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उहाँले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताउनुभयो । ‘अहिले यहाँसम्म आउँदा पार्टीमा अभूतपूर्वक एकता कायम भएको छ । परामर्श बैठकपछि देशभरिका नेता कार्यकर्ताले विचार र नेतृत्वको केन्द्रिकरणमा जोड दिएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनताले पनि हामीले गरेका र गर्न खोजेका राम्रा काम तथा अहिलेको एमालेले गरेको नराम्रा कामलाई हेरेर जनताको आशा र भरोसा हामीतिर बढेको छ । भर्खरैको उपनिर्वाचनले प्रष्टरुपमा यो नतिजा दिइ पनि सकेको छ ।’ उहाँले माओवादीनिकटका कर्मचारीहरुलाई माओवादीपन देखाउन आग्रह गर्दै भन्नुभयो– ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोर रुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’ गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । उपनिर्वाचनमा माओवादी केन्द्रले पालिका अध्यक्ष जितेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रो पटक यो पालिकामा आउनुभएको हो ।
मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु (तस्विरहरु)
ग्रामथान (मोरङ), ५ माघ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ । नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यसपटक ग्रामथानबासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रोपटक यो पालिकामा आउनुभएको हो ।
विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)
काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।
आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन
काठमाडौं । विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ । दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो । यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो ।