पोलियो कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मी माथि कारबाही शुरु

पोलियो कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मी माथि कारबाही शुरु

काठमाडौं, फागुन २२ । स्वास्थ्य मन्त्रालयले पोलियो कार्यक्रममा अवरोध सृजना गर्ने स्वास्थ्यकर्मी माथि कारबाही प्रक्रिया अगाडी बढाएको छ । मन्त्रालयले बालबालिकाको भविष्यमाथि खेलवाड गरेको भन्दै अवरोध गर्ने स्वास्थ्यकर्मीको सुचि बनाएर कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

आजबाट देशका १५ जिल्लामा पोलियो कार्यक्रम शुरु भएको छ । आज र भोलीलाई तय भएको कार्यक्रम स्वास्थ्यकर्मीले अवरोध सृजना गरेपछि प्रभावित भएको छ । मन्त्रालयले सबै जिल्लामा अवरोध गर्ने स्वास्थ्यकर्मीको सुचि तयार गर्दै स्वास्थ्य सेवा ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहाकार जिवन भण्डारीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले पोलियो कार्यक्रमलाई निरन्तर रुपमा चलाउने निर्णय समेत गरेको छ । ‘१५ जिल्लाका लक्षित बालबालिका सबैलाई पोलियो खुवाउने काम सकिएपछि मात्र कार्यक्रम सकिने छ,’ उनले भने, ‘यसबिचमा अटेर र अवरोध गर्नेहरुलाई कारवाही समेत अगाडी बढाइएको छ ।’ उनका अनुसार एक हप्ताभित्रमा १५ जिल्लाका १६ लाख बालबालिकालाई पोलियो खुवाउने काम सकिने अनुमान गरिएको छ । उक्त अवधिमा पनि नसकिएमा पोलियो कार्यक्रम निरन्तर चलिनै रहने उनले बताए ।

स्वास्थ्यकर्मीको अवरोधका कारण १५ जिल्लामध्ये सप्तरीमा भने आज पोलियो कार्यक्रम नै सुरु हुन सकेन । सुरु भएको जिल्लामा पनि विभिन्न समस्याहरु आएको भण्डारीले जानकारी दिए । मन्त्रालयले तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम सुरु गरेको हो ।

स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सप्तरीमा कार्यक्रम नै सुरु नभएको हो । यस्तै सिरहा, महोत्तरी र कैलालीमा पनि कार्यक्रम निकै प्रभावती बनेको छ । अन्य जिल्लामा पनि फाट्टफुट्ट रुपमा मात्र कार्यक्रम गर्न सकिएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयनको माग गर्दै स्वास्थ्यकर्मीले आन्दोलन गरेका हुन् । उक्त ऐनमा स्तरबृद्धि भएका स्वास्थ्यकर्मीलाई पुल दरवन्दीमा राख्ने व्यवस्था छ । सोही अनुसार सरकारले स्तरवृद्धि भइ पदस्थापन हुन नसकेका स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गर्दै फागुन १९ गते १० बुँदे निर्णय पनि गरेको छ।

मन्त्रालयले स्तरबृद्धि भई पदस्थापन हुन नसकेका दफा ९ ख अन्तर्गतका स्वास्थ्यकर्मीलाई पुलदरबन्दीमा रहेकाहरुलाई सकेसम्म जिल्ला भित्रकै स्वास्थ्य संस्थामा राखिने, शैक्षिक योग्यता नपुगेका कर्मचारीलाई आगामी बर्ष तालिम उपलव्ध गराउने लगायतका दश बुँदे निर्णय गरेर मागको सम्बोधन गर्ने प्रयास गरेको छ । स्वास्थ्य मन्त्रीले पनि विज्ञप्ती जारी समाधानको समस्या प्रयासमा रहेकाले खोप कार्यक्रम सफल पार्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका थिए ।

स्वास्थ्यखबरबाट

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

महिलाको यौन इच्छा बढाउने भियाग्रा स्वीकृत

औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत गरेको छ । यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ । यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा आउँदो सेप्टेम्बरदेखि औषधि पसलहरुमा उपलब्ध हुने जनाएको छ । यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान बन्देज छैन । यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनु पर्ने सुझाव दिएको छ । यस्तै, २४ घण्टा भित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने बताइएको छ । एजेन्सी

लोकप्रिय