प्रचण्डले ९-१० हजार मतान्तरले चुनाव जित्ने देवी ज्ञवालीकाे दावी

प्रचण्डले ९-१० हजार मतान्तरले चुनाव जित्ने देवी ज्ञवालीकाे दावी

तीन चरणमा भएको स्थानीय तह निर्वाचन धेरैले उम्मेदवारी दिए। केहीले जिते, अधिकांसले हारे। हारेपनि निरन्तर चर्चामा छन्, भरतपुर महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली, जो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि छोरी रेणु दाहालसँग पराजित भए। तिनै ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भेट भयो। निकै छोटो त्यो भेटघाटमा चितवनको चुनावी अवस्थाबारेपनि कुराकानी भएको थियो। प्रस्तुत छ, ज्ञवालीसँग गरेको वार्ताको सम्पादित अंशः

चितवनमा वाम गठबन्धनले जित्ला तरु
‘मनसा बचेन कर्मणा’ अर्थात् यो एकतालाई सफल पार्न नेताहरू भित्री हृदयदेखि नै लाग्ने हो भने देशभरि नै वामपन्थी उम्मेदवारहरु भारी मतान्तरले विजयी हुनेछन्। यो गठबन्धनले दुई तिहाई बहुमत हासिल गर्नेछ। जहाँसम्म चितवनको कुरा हो, चितवनमा त तीनवटा संघीय क्षेत्र र प्रदेश सभाका ६ वटा सिट गरी ९ वटा क्षेत्र नै हामीले जित्छौँ।

सबै कुरा राजनीतिले निर्धारण गर्छ। तल्लो तहमा जे हुन्छ, त्यो राजनीतिका कारणले हुने हो, व्यक्तिगत शत्रुताका कारणले होइन। हिजो राजनीतिक रुपमा अन्र्तद्वन्द्व थियो, त्यसैले तल्लो तहमा सुमधुर सम्बन्ध थिएन। अहिले हामीले राजनीतिक अन्र्तद्वन्द्व नै अन्त्य गरिसक्यौँ, 

कसरी जित्नुहुन्छ ? 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठ्ने भनेर चर्चा भइरहेको चितवन ३ कै कुरा गरौँ। त्यस क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये २० वटा वडा पर्छन्। त्यहाँ मैले ४२ हजार ९ सय मत प्राप्त गरेको थिएँ। रेणु दाहालजीले ४३ हजार १ सय मत प्राप्त गर्नुभएको थियो।

वडाको मतसंख्या हेर्ने हो भने, माओवादी एक्लैको २१ हजार भन्दा बढि मत छ। एमालेले वडामा ३८ हजार ५ सय मत पाएको छ। कांग्रेसको पनि ३७–३८ हजार मत छ। चितवन ३ मा नै पर्ने माडीमा माओवादी केन्द्र एक्लैले ४ हजार भन्दा धेरै मत ल्याएको छ।

हिजो एमालेविरुद्ध माओवादी केन्द्रलाई कांग्रेसले हतियार बनाउन खोज्यो। तर त्यो हतियार अहिले हामीले खोसेका छौँ।

त्यहाँ १२ मध्ये ६ वटा वडा एमाले र ३ वटा वडा माओवादी केन्द्रले जितेको छ। कांग्रेसले ३ वटामात्र वडा जितेको छ। अर्थात् माडीमा मात्र वामपन्थी मत कांग्रेसको तुलनामा ८ हजार बढि छ। भरतपुरका २० वटा वडामा एमाले र माओवादी केन्द्रले पाएको मत जोड्ने हो भने कांग्रेसको तुलनामा कता हो कता धेरै हुन्छ।

राप्रपाको मतपनि त छ नि ?

यदि राप्रपाले कांग्रेसकै उम्मेदवारलाई मत दियो भनेपनि हामी सुविधाजनक ढंगले जित्छौँ। त्यहाँ राप्रपाले पाएको मत भनेको कुल ८–९ हजार हो। त्यो मत कांग्रेसकै भागमा हाल्ने हो भने पनि चितवन ३ मा अहिलेकै स्थितिमा वामपन्थी उम्मेदवारले ९–१० हजार मतान्तरले जित्ने स्थिति छ। एकताभावले गर्दा अझ धेरै मतान्तरले जित्न सक्छौँ।

स्थानीय चुनावमा तपाईंले पाएको सबै मत एमालेका होइनन्। रेणु दाहालले पाएका मतपनि माओवादी केन्द्रका मात्र होइनन्। दुवैलाई कांग्रेसका मत परेका छन्। यस्तो स्थितिमा स्थानीय निर्वाचनको मतलाई आधार बनाउन सकिएला र ?

हो, हामी दुवैले कांग्रेसका मत पाएका छौँ। तर, त्यो मत त मेयरमा पाएको मतमात्र हो। मैले वडातहको मतको हिसाव गरेर भन्दैछु। मेयरकै कुरा गरौँ। मैल करिव ४३ हजार मत पाएँ। त्यहाँ उपमेयरमा एमाले उम्मेदवारले ३९ हजार मत पाउनु भएको छ। मानौँ, मैले पाएको त्यो ४–५ हजार मत कांग्रेसकै हो रे। एमाले र माओवादी केन्द्रले वडाअध्यक्षमा पाएको मत हेर्दा त हामी मज्जासँग, ढुक्कसँग जित्छौँ नि त। 

स्थानीय निर्वाचनको तिक्तता यतिचाँडो बिर्सेर एमालेका कार्यकर्ताले प्रचण्डलाई भोट देलान् त ?

हिजो एमालेलाई रोक्न कांग्रेसले माओवादीलाई बोकेको थियो। एमाले प्रमुख दल बन्ने स्थितिमा एमालेलाई रोक्न कांग्रेस एक्लै सक्षम थिएन। एमालेले जित्नुभन्दा बरु माओवादीलाई दिऊँ भनेर उसले माओवादीको सहारा लियो। एमालेविरुद्ध माओवादीलाई हतियार बनायो।

कसले कसका विरुद्ध प्रयोग गरेका छन् भन्ने कुरा एमालेका जेन्टल कार्यकर्ताहरुले बुझिहाल्छन्। राजनीतिमा एमाले विरुद्ध माओवादीको प्रयोग भएको थियो। तर माओवादी झस्क्यो।

 ‘यो एकतालाई दीर्घकालिन लक्ष्यका लागि प्रयोग गर्नुपर्छ। एकिकृत कम्युनिष्ट पार्टी निर्माण र त्यसमार्फत् हामीले प्राप्त गर्नुपर्ने समाजवादी लक्ष्यका लागि लाग्नुपर्छ।’

५५ स्थानका स्थानीय निकाय र कार्यपालिकामा उसले कांग्रेससँग एकता गरेको थियो। त्यसमध्ये ४९ भन्दा बढिमा कांग्रेसले जित्यो। ४–५ वटामा मात्र माओवादी केन्द्रले जित्यो। अर्थात् चुनावी एकताबाट माओवादी केन्द्रले भन्दा कांग्रेसले फाइदा लियो। यो कुराको अनुभूति माओवादी केन्द्रले गर्यो। त्यसपछि अहिलेको एकता सम्भव भएको हो।

त्यसो भए चितवनमा एमालेको मत माओवादी केन्द्रलाई र माओवादी केन्द्रको मत एमालेलाई सहज रुपले जान्छ त ?

अब त्यतिधेरै समस्या छैन। हालेनन् नै भनेपनि एकाध कार्यकर्ताले नहाल्लान्। हिजो लोकतान्त्रिक प्रक्रिया र संस्कारमाथि धावा बोल्दा हाम्रा एकाध कार्यकर्ताको चित्त दुखेको होला।

म ती कार्यकर्ताहरुलाई के भन्न चाहन्छु भने, तपाईंहरु एमाले हुनुभएको समाज परिवर्तनका लागि हो। व्यक्तिगत स्वार्थका लागि होइन। हिजो एमालेविरुद्ध माओवादी केन्द्रलाई कांग्रेसले हतियार बनाउन खोज्यो। तर त्यो हतियार अहिले हामीले खोसेका छौँ। अहिले माओवादी केन्द्र हाम्रो सहयोगी बनेको छ। यो कुरा हाम्रा कार्यकर्ताले बुझेका छन् र प्रचण्डजीको पक्षमा मतदान गर्छन्।

माओवादीलाई हिजो कांग्रेसले हतियार बनायो, अहिले एमालेले बनायो। होइन ?

यो एकतालाई हामीले चुनावी हतियार बनाउन खोजेका छैनौँ। एमाले र माओवादी केन्द्र दुवैले भनेका छन्, ‘यो एकतालाई दीर्घकालिन लक्ष्यका लागि प्रयोग गर्नुपर्छ। एकिकृत कम्युनिष्ट पार्टी निर्माण र त्यसमार्फत् हामीले प्राप्त गर्नुपर्ने समाजवादी लक्ष्यका लागि लाग्नुपर्छ।’

पार्टी एकताको घोषणाको दिन जारी गरिएको ६ बुँदे घोषणापत्रमा पनि यी कुरा उल्लेख छन्। त्यसैले, अहिलेको एकता एकले अर्कालाई हतियार बनाउने उद्देश्यका लागि होइन, एकिकृत कम्युनिष्ट पार्टी निर्माण र त्यसमार्फत् समाजवादी लक्ष्य प्राप्तिका लागि हो।

चितवनमा तल्लो तहमा दुई पार्टीबीच कस्तो सम्बन्ध छर ? 

सबै कुरा राजनीतिले निर्धारण गर्छ। तल्लो तहमा जे हुन्छ, त्यो राजनीतिका कारणले हुने हो, व्यक्तिगत शत्रुताका कारणले होइन। हिजो राजनीतिक रुपमा अन्र्तद्वन्द्व थियो, त्यसैले तल्लो तहमा सुमधुर सम्बन्ध थिएन। अहिले हामीले राजनीतिक अन्र्तद्वन्द्व नै अन्त्य गरिसक्यौँ, अब राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर अघि बढ्न तयार भइसकेका छौँ।

ओली निवासमा बुधबार भएको प्रचण्डसँगको भेट माथिबाटै सम्बन्ध सुधार गर्ने योजना अन्तर्गत भएको हो कि र ?

होइन,संयोगमात्र होला। यदि नेताहरुको दिमागमा थियो र त्यो भेटघाटको अवसर जुटाइएको हो भने नेताहरुले नै जान्नु भएको होला। तर मलाई प्रचण्ड आउनुहुन्छ भन्ने जानकारी थिएन। म एउटा कामले काठमाडौँ आएको थिएँ, त्यसैक्रममा पार्टी अध्यक्षलाई भेटौँ भनेर बालकोट गएको हुँ।

भेटघाटको समय कसरी मिल्यो ?

मैले अध्यक्ष ओलीका सहयोगीमार्फत समय मागेको थिएँ। उहाँहरुले आउनुस् न, भेट भईहाल्छ भन्नुभएको थियो। म जाँदा संयोगवस भेट भयो। -नेपालखबरबाट

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय