प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस लुम्बिनी जाँदै

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस लुम्बिनी जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेस आज गौतमबुद्धको जन्म स्थल लुम्बिनी जान लागेका छन् । महासचिव गुटरेस अन्नपुर्ण आधार शिविरबाट र प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट लुम्बिनि पुग्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड बिहान ७ः४० को नियमित उडान मार्फत लुम्बिनी जानेछन् भने गुटेरेस नेपाली सेनाको हेली मार्फत लुम्बिनी पुग्नेछन् । त्यहाँबाट संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले विश्वभर शान्तिको सन्देश दिने छन् ।

यसैबीच गुटेरेसको लुम्बिनी भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको सम्पुर्ण तयारी पुरा गरेको छ । गुटेरेसलाई लुम्बिनीमा भव्य रुपमा स्वागत गरिने कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले जानकारी दिए।

लुम्बिनी पुग्दा गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा.ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरीय अधिकारीहरूले स्वागत गर्ने कार्यतालिका रहेको छ ।

गुटेरेस र प्रधानमन्त्री प्रचण्डलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ती दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षण गर्नुहुनेछ । सोही क्रममा उनीहरूले सञ्चारकर्मीहरुलाई बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको छ ।

लुम्बिनीमा डेढ घण्टा बिताएपछि गुटरेस १०ः ३० बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ भने उनले संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठक लगत्तै पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि तय भएको छ । उनी चार दिने नेपालको भ्रमण पूरा गरी बुधवार बेलायत जाने तालिका रहेको छ ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

अधिवेशन अन्त्य अघि संसद्मा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौँ । सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनु भएको छ ।  दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रले जनयुद्धलाई एमाले सांसदले हिंसा’ भनेर सम्बोधन गरेपछि सो शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेको थियो । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेका प्रधानमन्त्री ओलीले संसदको सम्बोधनमा के भन्छन् खुलाइएको छैन। सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

लोकप्रिय