प्रेम, विवाह, सम्बन्धविच्छेद र यौनसम्बन्ध

प्रेम, विवाह, सम्बन्धविच्छेद र यौनसम्बन्ध

पछिल्लो समयमा सम्बन्ध विच्छेद हुने संख्या झनै बढेको छ । प्रेम विवाहमा सम्बन्ध विच्छेदको सम्भावना र अवस्था बढी देखिने भएपनि मागी विवाहमा समेत श्रीमान श्रीमती छुट्टिने क्रम बढिरहेको छ ।

प्रेम गरेको मानिससँग बिहा गरेपछि पनि किन सम्बन्धविच्छेद हुन्छ त ? भन्ने बारेमा धेरै तर्कहरु सुन्न सकिन्छ । तर यो लेखको आशय त्यसबारेमा चर्चा गर्ने भने होइन । बरु सम्बन्ध विच्छेदपछिको यौन सम्बन्धका बारेमा यहाँ लेख्न खोजिएको हो ।

काभ्रेको घटनामा सम्बन्ध विच्छेदपछि श्रीमान, श्रीमती सँगै सुतेको आशंका भन्ने कुरा सार्वजनिक भयो । यद्यपी यसको औपचारिक पुष्टि भने प्रहरीले गरेको छैन ।

सम्बन्धविच्छेदको चरणमा एउटा जटिल मानसिक अवस्थाको सामना दुबैले गर्नु परेको हुन्छ । त्यसपछि भने केहीले फेरी नयाँ सम्बन्ध बनाउँछन्, केहीले बनाउँदैनन् । नयाँ सम्बन्ध भएको बेला त्यहाँ हुने यौनसम्बन्ध विगतको जस्तो हुन्छ कि हुँदैन ? यो प्रश्नका बारेमा हफिङ्टन पोष्टमा एउटा आलेख प्रकाशित भएको थियो । उक्त आलेखका अनुसार, सम्बन्धविच्छेद पछिको सेक्स झनै आनन्ददायी हुन्छ रे । पढौं एकजना महिलाले आफ्नो अनुभवसहित लेखेको उक्त आलेखको सम्पादित अनुदित अंश

प्रेम अनि विवाह

मैले प्रेम विवाह गरे । शुरुका दिनमा हामीहरु निकै उत्साहित थियौं । जीवनका नयाँ सपना बुनेका थियौं । प्रेमको चरणमा र बिहे गरेको एकदुई वर्षसम्म हामीबीचको यो आकर्षण कायम भयो । यही बीच हाम्रो घरमा छोरी जन्मिईन । छोरी जन्मिएपछि मैले बढी समय छोरीलाई दिन थालिन । सेक्स भन्ने कुरा त हुने भएन ।

नानी ४, ५ महिना पुगेपछि यौनसम्बन्ध राखियो । तर त्यो यौनसम्बन्धमा पुरानो उर्जा र उत्साह थिएन । यो एउटा रुटिन जस्तै हुन थाल्यो । राखे पनि फरक नपर्ने, नराखे नि ठीकै छ जस्तो ।

प्रेमको संसारमा र विहेपछिको सुरुआती दिनमा हामीबीच व्यवहारिक जीवनका कुराहरु कमै ठोक्किन्थे । त्यतिखेरका सबै समस्याहरु समेत हामीले त्यति वास्ता गर्दैनथ्यौं । तर यो आकर्षणको चरण समाप्त हुन थाल्यो । अब सानासाना कुरामा हामीबीच विवाद हुन थाल्यो । जस्तो मोजा खोलेर कहाँ राख्ने, पाइन्ट पट्टयाउने कुरा, भान्सामा कफी बनाउने कुरामा समेत झगडा हुने अवस्था हुन थाल्यो । फोनमा कोसँग कुरा भयो, फेसबुकमा फलानोलाई किन साथी बनाएको जस्तो कुरामा समेत झगडा हुन थाले । कतिपय अवस्थामा त कुरा केही पनि नहुने तर पनि दुबैबीच मनमुटाव । पैसाको कमी थिएन । मैले छोरी हेर्थेँ र उनले कमाउँथे । तर न उनी सन्तुष्ट थिए यता मलाई आफू थन्किएकोमा चिन्ता लाग्थ्यो । आकर्षण भन्ने कुरा बिस्तारै औपचारिकतामा जान थाल्यो । मैले धेरै कोशिस गरे आफूमा पुरानो प्रेमिल भावना सिर्जना गर्न । तर एकपछि अर्को व्यवहारिक कुरा आइपर्दा हामीबीच भावनात्मक लगावले दीर्घता लिन सकेन । हामी श्रीमान श्रीमती थियौं, छोरी थिइन । र, पनि हामी भावनात्मकरुपमा एक्लो थियौं । माया पनि गथ्र्यौं कता कता एक अर्कालाई तर त्यो विवाह अघि जस्तो आशक्तिको रुपमा थिएन ।

मलाई म ठीक छु, लाग्थ्यो, उनलाई उनी ठीक । यसो तार्किक ढंगले सोच्दा दुबै आफ्नो स्थानमा ठीक पनि भएको तर हाम्रो बाँच्ने र सोच्नै शैली र तरिका नै फरक भएको निश्कर्षमा पुग्थेँ । र, यो क्रम बढ्दै गएपछि सम्बन्ध विच्छेद गरियो ।

सम्बन्ध विच्छेदपछिको सेक्स

सम्बन्ध विच्छेदपछि मेरो मनमा बिहा गर्ने सोच आएन । माया गरेको मान्छेले त आफूलाई बुझेन, अरुले के गर्ला र ? भन्ने लाग्थ्यो ।
तर मानिसले सोचेजस्तो हुने रहेनछ । केही समयपछि कामको सिलसिलामा कतै गएको बेला मेरो एकजना पुरुषसँग यौनसम्बन्ध भयो । यो कुनै सोचिएर या मनले पूर्व योजना बनाएर गरिएको यौन सम्बन्ध थिएन । परिस्थिति त्यस्तै थियो । यो आकस्मिक यौनसम्बन्ध थियो ।
फरक के हुँदो रहेछ ?

एकजनासँग मात्रै ५ वर्षसम्म यौनसम्पर्क भइरहेको थियो मेरो । एउटा रुटिन जस्तो । उनी आउँथे, आफ्नो इच्छा पुरा गर्थे र जान्थे । तर यहाँ केही नयाँ थियो । नयाँपन, फरक शैली, नयाँ भावना ।

अर्कोतर्फ कता कता म भित्र पनि उर्जा भएको र भावना बाँकी रहेको यसले अनुभूति दिलायो । सम्बन्ध विच्छेदपछि म टुटिसकेकी थिएँ एक अर्थमा । उर्जा नै थिएन । तर यो आकस्मिक यौनसम्बन्धमा उक्त युवकले मभित्रको उर्जालाई मानसिकरुपमा प्रष्पुटित गर्यो । मेरो पछिल्लो वैवाहिक जीवनमा श्रीमानले मेरो प्रशंसा कहिल्यै गरेनन् । म जहिले पनि सेक्स नै नरुचाउने युवतीका रुपमा भन्थे उनले । तर यो युवकले मलाई म सेक्सी भएको, सुन्दर भएको कुरा गर्दा फरक अनुभूति भयो ।

अर्कोतर्फ म अनुभवी थिए । सेक्समा कतिपखेर पुरुषले कस्तो व्यवहार गर्छन् भन्ने कुराको अनुभव थियो । मसँग यौनसम्बन्ध राख्ने युवक भने नयाँ थिए । यसले उक्त यौनसम्बन्धमा मेरो अवस्था बलियो थियो । मैले नियन्त्रण गर्न सक्थेँ । महिलाले यौनलाई आफूखुसी नियन्त्रण गर्न सक्ने अवस्थामा उसको आत्मउर्जा बलियो हुने रहेछ । वैवाहिक जीवनमा यो सम्भव थिएन । कतिपय अवस्थामा मैले पोजिसन परिवर्तन गर्न खोज्दा समेत झगडा हुने गथ्र्यो । तर यहाँ त्यो भएन ।

यहाँ स्वतन्त्रता थियो, मलाई भोली कसैले केही भन्ला भन्ने डर थिएन, त्रास थिएन । न त मैले सेक्स गरेको भोलीपल्ट श्रीमानको कट्टु धुनुपर्ने, सेक्स गरेको एक घण्टामा कफी ल्याइदिनैपर्ने रुटिन निर्वाह गर्नुपथ्र्यो । ती युवक भेटिए, एउटा खास अवस्थामा शारीरिक सम्पर्क भयो र हामी छुट्टियौं । त्यहाँ कुनै बाध्यता रहेन ।

नमार्नुस् आफूलाई

सम्बन्ध विच्छेदपछि पुरुषहरुका लागि सजिलो छ, उनीहरुले जतिखेर पनि जोसँग सम्बन्ध राख्न सक्छन् । तर महिलाहरुका लागि भने गारो छ । एकातिर हामी मानसिकरुपमा नै पीडित हुन्छौं । मानसिक दबाब निकै हुन्छ । अर्कोतर्फ नयाँ विवाह गरेपनि त्यो खालको आत्मसम्मान पाईदैन । मान्छेको मन हो, यौन इच्छा पनि हुन्छन् । तर यो पनि हामी गर्न पाउँदैनौं । त्यसले गर्दा सम्बन्ध विच्छेदपछि महिलाहरु आफैलाई पल पलमा मारिरहेका हुन्छन् ।

मैले सम्बन्धविच्छेदपछि गरेको यौनसम्बन्धपछि के लाग्यो भने महिलाहरुले आफूलाई मार्नु आवश्यक छैन । कुनै भावनात्मक या अन्य प्रकारको नियन्त्रण नहुने गरी यौनसम्बन्ध राख्दा फरक पर्दैन । मुख्य कुरा आफ्नो शरीर र मन हो । यसलाई राम्रो हुन्छ, मन, विचार मिल्छ भने ‘गो अहेड’
यो मेरो विचार हो, यसमा तपाईहरुको फरक मत पनि हुन सक्छ ।

केली विलियमले लेखेकाे याे अालेख अनुवाद गरिएकाे हाे

ब्राजिल सरकारको आग्रहः विवाह अघि यौनसम्पर्क नगर्नुहोस्

एजेन्सीः ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई संयमता अपनाउन सल्लाह दिँदै भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन् । तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ ।’ डामारेसका अनुसार आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन् । उक्त अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन् । यसका साथै डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे निकै ठूलो बहस सुरु गरेकी छिन् । लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । ब्राजिलमा कानूनका प्राध्यापक र सामाजिक कार्यकर्ता देबोरा डिनिजले सेक्समाथि अहिलेसम्म बनेका सबै संयम नीति त प्रभावशाली हुन सकेको न नै किशोर गर्भावस्था तथा यौन रोगबारे जानकारी दिन सफल भएको बताएका छन् । डिनिजले आफूहरुले धार्मिक मान्यतालाई आधार मानेर सरकारी नीति बनाउने कोसिस गरिरहेको जानकारी दिएका छन् । राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् । ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ । जहाँ अन्तर्रा्ष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ । ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो । क्याबिनेट मन्त्री एल्विसका अनुसार सरकारले त्यहाँ भएका गर्भ्निरोधकबाहेक अन्य उपाय पनि अवलम्बन गर्नेबारे जोड दिइरहेका छन् । एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित गर्ने हो । ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छ । यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन् । १५ वर्षकी लारिसा परेराले गत वर्ष एक बच्चा जन्माएकी थिइन् । लारिसाका अनुसार किशोरावस्थामा सरकारको गर्भ्निरोधक सन्देश निकै काम लाग्दो छ । यति हुँदा हुँदै पनि मानिसहरु यो मान्न चाहँदैनन् । लारिसाका अनुसार उनका स्कूलका लगभग सबै साथी गर्भवती छन् । लारिसाका अनुसार जन्मदरमा नियन्त्रणका लागि यहाँका मानिसहरुमाझ गर्भ्निरोधक औषधी तथा सामग्री सहजताका साथ पुर्याउन आवश्यक छ । ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ । क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ ।

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ? कसरी सन्तुष्ट पार्न सकिन्छ ?

काठमाडौंः महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैन । महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन । के त्यसो भए वर्षौँसम्म यस विषयमा भएका अध्ययनहरु बेकम्मा भएका हुन् त ? होइन । अहिले यिनै अध्ययनहरुका कारण हामीले महिलाहरुको सेक्स सम्बन्धी चाहनाको बारेमा धेरै हदसम्म बुझ्नसक्ने भएका छौँ । महिलाहरुको कामेच्छाको चर्चा यसअघिको संकुचित विचारको दायरा भन्दा बाहिर आएको छ । पहिले भनिन्थ्यो की महिलाहरुको चाहना कहिल्यैपनि पूरा गर्न सकिँदैन । उनीहरु सेक्सका भोका हुन्छन् र उनीहरुमा जबरजस्त कामवासना हुन्छ । तर अहिले वैज्ञानिकहरुले यो मान्न थालेका छन् की महिलाहरुको यौन चाहनालाई कुनै एक परिभाषाको दायरामा समेट्न सकिँदैन । यो विभिन्न महिलामा फरक फरक हुन्छ । र कहिलेकाहीँ त एउटै महिलामा पनि यौन चाहना फरक फरक पाइन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् । तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो । क्भहपहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो । तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोका अनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ । त्यस्तै महिलाहरुमा पलाउने यौन चाहना उनीहरुको रजश्वला चक्रसँग पनि सम्बन्धित हुन्छ । रजश्वला सुरु हुनुभन्दा केही दिन पहिले उनीहरुको यौन चाहना बढ्दछ । अमेरिकाको भर्जि्निया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ । त्यसैले जब महिलाहरुको सरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् । कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि हुन्छ । विज्ञहरुका अनुसार महिलाहरुमा भित्रैदेखि कामेच्छा पैदा गराउनका लागि मनोवैज्ञानिक रुपमा पहल गर्नु आवश्यक हुन्छ । उनको आसपासको माहौललाई राम्रो बनाउनु पर्छ र तनावको कारक तत्वलाई हटाउनु पर्दछ । जसका कारण उनले राम्रो महसुस गर्दछन् र भित्रैबाट यौनइच्छा जाग्दछ । कभह षिभयद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा गाँसिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ । जरुरी छैन की पार्टनरको इच्छा बराबर नै महिलामा पनि उत्तिकै यौन इच्छा हुनुपर्छ भन्ने । राम्रो त यो हुन्छ की दुबैजना पार्टनर सँगै बसेर यो विषयमा कुराकानी गर्ने र एक अर्काको आवश्यकता तथा इच्छालाई बुझ्ने । जहाँसम्म यौन इच्छाको कुरा छ यसको कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै स्केल हुँदैन । बीबीसीको सहयोगमा

कुनै–कुनै महिला यौनसम्पर्कपछि किन रुन्छन्?

जीवनलाई सबैतिरबाट सफल र सुन्दर बनाउन चाहनुहुन्छ भने तपाईको यौन जीवन पनि सफल हुनैपर्छ । यौन जीवन ठिक नभए विविध किसिमका तनावबाट गुज्रिनुपर्ने हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ । यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर तपाईलाई थाहा छ, यौन सम्पर्क पछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ । २ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । –एजेन्सीको सहयोगमा

Bedtime Mistake: सेक्स गर्दा पाद त आउँदैन ?

कतिपय अवस्थामा आफ्नो यौन जीवन आफूलाई पूर्ण लागे पनि भित्र भित्रै यसमा केही जटिलताहरू रहेका हुन्छन् । धेरै जसो अवस्थामा शयन कक्षमा गरिने सामान्य गल्तीले पनि यौन जीवन बिस्तारै बिस्तारै तहस नहस पारिरहेको हुनसक्छ । सामान्यतया शयनकक्षमा सामान्य जस्ता लाग्ने केही गल्तीका कारण लज्जित मात्रै हुन पर्दैन बरु यसले यौनसाथीको हेलाको समेत शिकार बन्नु पर्ने हुनसक्छ । आज हामीले यस्तै केही सामान्य गल्तीहरूबारे चर्चा गरेका छौं जसलाई शयन कक्षमा गर्नाले समस्याहरू आइलाग्न सक्छन्: यौनक्रियाकै क्रममा शौच आउनु शौचलाई अंग्रेजीमा ‘नेचर्स कल’ पनि भन्ने गरिन्छ । शायद यो हाम्रो भन्दा पनि प्रकृतिको वशमा बढी हुने भएकाले यसो भनिएको होला । यौनक्रियाको क्रममा पिसाप लाग्नु सामान्य कुरा हो । विशेष गरेर महिलाहरूलाई ‘चरम आनन्द’ हुने अवस्थामा या त्यसभन्दा केही अगाडि पिसाब लागेजस्तो हुने गर्दछ तर यो पिसाब नै लागेको भने होइन । खासमा योनीभित्र लिङ्गको रहेका बेला मूत्रथैलीमा पर्ने दबाबका कारण यसो महसुस हुने हो । तर धेरै महिलाहरूले यसलाई पिसाब लागेको ठानेर शौचालय जाने गर्दछन् । जसले उनको यौन साथीलाई नराम्रो महसुस हुनसक्छ । यौन विशेषज्ञहरूका अनुसार यस्तो दबाबका कारण कतिपय अवास्त्थामा त केही थोपा तरलपदार्थ चुहिए जस्तो पनि लाग्न सक्छ तर त्यसलाई पिसाब नै मान्नु भने भूल हुने उनीहरू बताउँछन् । यस्तो समस्याबाट मुक्ति पाउन यौन सम्पर्क राख्नुभन्दा पहिले पिसाब फेर्ने गर्नु राम्रो हुन्छ । पुरुषका तर्फबाट पनि हुनसक्छन् यस्ता गल्ती यौनलाई कुनै पनि जोडीका बीच स्वास्थ्य सम्बन्धको आधार मान्ने गरिन्छ । यसले महिला र पुरुषबीच शारीरिक सामीप्यता मात्र बढाउँदैन बरु यसले भावनात्मक सम्बन्ध समेत सुद्रिध हुने गर्दछ । यौनको मामिलामा पुरुषहरू महिलाहरू भन्दा धेरै नै प्रयोगवादी हुने गर्दछन् । यसो गर्दा उनीहरूले थुप्रै यस्ता गल्तीहरू गर्न सक्छन् जसले उनीहरूको यौन जीवनलाई मात्र होइन आफ्नो महिला साथीसँगको सम्बन्धलाई समेत प्रभाव पार्न सक्छ । पुरुषहरूले यौनक्रियाको क्रममा निम्नानुसार गल्ती नगर्नु नै राम्रो हुन्छ: चरमसुखबारे सोध्नु: नारी शरीरको संरचना निकै जटिल हुने भएकाले हरेक महिलालाई चरमसुखको अनुभूति नहुन सक्छ । त्यसैले सेक्सको दौरान बारम्बार आफ्नो महिला साथीलाई ‘चरमसुख’को बारेमा प्रश्न गर्नाले उनी चिढिने सम्भावना हुन्छ । कतिपय पुरुष सेक्सका क्रममा निकै आक्रामक हुने गर्दछन् र उनीहरू आफ्नो आक्रामक खालको यौन क्रियाकलापले आफ्नो यौन साथीलाई बढी चरमसुख प्राप्त होला भन्ने भ्रममा रहेका हुन्छन् । यसो गर्दा कतिपय अवस्थामा महिला घाइते हुने अवस्था समेत आउन सक्छ । स्तन टोक्नु कतिपय मानिस यौनक्रियाको क्रममा महिलाको स्तन तोकेमा उनलाई बढी सन्तुष्टि हुन्छ भन्ने भ्रममा हुन्छन् तर यसो सोच्नु नितान्त गलत हो । यस्तो अवस्थामा आफैं निर्णय लिनुभन्दा आफ्नो महिला साथीको राय लिनु उचित हुने गर्दछ । पुरुषहरू स्वभावले नै बढी प्रयोगवादी हुन्छन् तर यसबारे महिला साथीको धारणा के छ भनेर बुझ्नु नै राम्रो हुन्छ । प्राक्क्रीडा नगर्नु यौन सम्बन्ध थाल्नुपूर्व प्राक्क्रीडा अत्यावश्यक भएपनि कतिपय पुरुष यसलाई अनावश्यक ठान्ने गर्दछन् । तर यसले यौन इच्छा बढाउने मात्र होइन दुबैलाई पूर्ण रूपमा चरमसुखको अवस्थामा पुग्न मद्दत गर्छ । सेक्सको दौरान पाद्नु कहिले काहीं यौन सम्पर्कका क्रममा दुवैमध्ये कुनै एक जनाले अपानवायु छोड्छ अर्थात पाद्छ यसले अर्को यौनसाथीको मनमा घृणाको भाव उत्पन्न हुन्छ र यसले यौनक्रियाप्रतिको समर्पण कम हुन जान्छ । त्यति मात्र होइन यदि यौनक्रियाको क्रममा पेट हुँडलिएर आउँदा पनि एकै छिनमा उत्तेजना समाप्त हुनसक्छ । यसको सबै भन्दा सरल समाधान भनेको यस्ता प्रक्रियालाई सामान्य प्राकृतिक प्रक्रिया मानेर अघि बढ्नु नै हो । यसैमा केन्द्रित भएर सोच्न थाले यौन जीवन नै बर्बाद हुन सक्छ । कण्डम भित्रै छुट्याे भने यौन सम्पर्कको क्रममा कण्डम चिप्लिएर भित्र छुट्न सक्छ । यदि यो बाहिर नै छ भने त यसलाई सजिलै झिक्न सकिन्छ तर यदि ‘पेनेट्रेसन’ निकै गहिरो थियो भने लिङ्ग बाहिर झिक्दा कण्डम भित्रै अड्केको हुनसक्छ । यो जटिल अवस्था पनि हुनसक्छ । यस्तो बेला महिलाले आत्तिएर योनीलाई झनै कसिलो बनाइन भने कण्डम झनै भित्र फस्न सक्छ । यसका लागि टुक्रुक्क बसेर औंला योनीभित्र पसालेर त्यसलाई झिक्न सकिन्छ । यदि यसो गर्दा पनि त्यो निस्किएन भने कुनै स्त्री रोग विशेषज्ञको सहायता लिनु पर्ने हुनसक्छ ।

लोकप्रिय