बम र बारूदको धरापले रोक्न सकेन वर्षमानको चुनावी अभियानलाई

बम र बारूदको धरापले रोक्न सकेन वर्षमानको चुनावी अभियानलाई

रोल्पा, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टीले २४ कात्तिकमा थापेका शक्तिशाली विद्युतीय धराप विस्फोटबाट संयोगले जोगिएका नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वामगठबन्धनका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले चुनावी सभालाई रोकेनन् ।

उनीमाथि नेकपाका कार्यकर्ताले बम र पेस्तोलको गोली प्रहार गरे, ढुंगा पल्टाएर छेक्न खोजे । तैपनि अनन्तले आफ्नो कार्यक्रम रोकेनन्, बरु नेकपाले निर्वाचन प्रचार प्रसार निषेध घोषणा गरेको थबाङमा चुनावी सभा सम्पन्न गरे । पहिलो पटक गृहजिल्लाबाट उम्मेदवार बनेका अनन्तले जिल्लाका प्रमुख स्थानहरुमा चुनावीसभा सम्पन्न गरेर आफू र वामगठबन्धनको प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

उनले किताबको आकार दिएर प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् भने ब्रोसरमार्फत पनि भावि रोल्पाको नक्सासहित प्रतिबद्धता जनाएका छन् । कतिपयले उनको प्रतिबद्धता कार्यान्वयनमा आशंका गरेका छन् । तर अनन्तले भनेका छन्, ‘यो सबै सम्भव छ । यसका लागि हामीसँग स्पष्ट नीति, कार्यक्रम र योजनाहरु छन् ।’

नेकपा माओवादी केन्द्रमा वरिष्ठ नेताको हैसियत बनाईसकेका पूर्वअर्थमन्त्री अनन्तले रोल्पालाई समृद्ध, गतिशील र स्मार्ट नमूना जिल्ला बनाउने घोषणा गरेका छन् । ‘समृद्ध रोल्पा, सुखी रोल्पाली’को नारासहित रोल्पालाई समृद्ध, रोल्पालीलाई सुखी र खुशी बनाउने उनको घोषणालाई धेरैले चाखपूर्वक लिएका छन् ।

अनन्तले सुलीचौर, थबाङ, घर्तीगाउँ, होलेरी, जुँगार, राङ्सी, बागमारा, भाबाङ, अरेस, लिबाङलगायतका ठाउँमा ठूला सभा गरेका छन् । चुनावीसभा, घरदैलो, भेटघाट, अन्तरक्रिया र प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममार्फत उनले आफ्ना प्रतिबद्धताहरुलाई हरहालतमा कार्यन्वयन गर्ने घोषणा गरेका छन् ।

रोल्पा समृद्ध पार्न के छन् अनन्तका योजना

भौतिक पूर्वाधारको निर्माण, आर्थिक विकास, मानवीय विकासको माध्यामबाट रोल्पालाई समृद्ध बनाउने खाका उनले पेश गरेका छन् । उनले उम्मेदवारहरुको प्रतिबद्धता दुई पार्टी नेकपा (माओवादी केन्द्र) (एमाले)को प्रतिबद्धता रहेको समेत प्रष्ट पारिरहेका छन् । अनन्तले रोल्पाले एक दशक जनयुद्धमा, एक दशक शान्ति र संविधान निर्माणमा बिताएको उल्लेख गर्दै अबको दशक समृद्ध रोल्पा निर्माणको लागि भएको बताएका छन् ।
रोल्पामा तीन रिङरोड, सबै स्थानीय तहसम्म कालोपत्रे

वाम गठबन्धनको तर्फबाट अबको विकास, सुदृढ् सडक–यातायातमा सबैको पहुँचको नारा दिएर सडकलाई प्राथमिकता दिएका छन् । प्रतिबद्धता पत्रमा भनेका छन् ः
सुलीचौर–उवा–थबाङ–दुईखोली–घर्तीगाउँ–नुवागाउँ–होलेरी–सुर्पाल–घोडागाउँ–खुंग्री–सुलीचौर जोडिएको भित्रि रिङरोड निर्माण र कालोपत्रे ।

बाह्य रिङरोडको रुपमा होलेरी–दहबन–निगालपानी–कोइला–जिनाबाङ–पाखापानी–दलसिंगे–कालापोखरा–पाछाबाङ–स्यानीगाड–राङकोट–कुरेली–मिरुल–थबाङ–उवा–सेरम–गाम–स्यूरी–पाङ–सिर्प–तेबाङ–अरेस–खुंग्री–घोडागाउँ–उँघा सुर्पाल–होलेरी ट्रयाक खुला ।
हरेक स्थानीय तहको केन्द्रसम्मका सडक कालोपत्रे ।

घोराही–घर्तीगाउँ–थबाङ सहिद मार्गको स्तरउन्नती र कालोपत्रे ।

निर्माणाधीन सुलीचौर–उवा–थबाङ सडक ट्रयाक खुल्ला, स्तरउन्नती र कालोपत्रे ।
सदरमुकाम र स्थानीय तहका केन्द्रबाट प्रत्येक वडाका कार्यालय जोड्ने सडकको स्तरोन्नती गरी बाह्रै महिना यातायात सञ्चालन ।

जिल्लामा सय, स्थानीय तहमा २५ बेड

सबै रोल्पाली नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा सहित ‘सबैका लागि स्वास्थ्य, स्वस्थ रोल्पा निर्माणको आधार’ नारा दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार ल्याउने अनन्तलगायत गठबन्धन उम्मेदवारले घोषणा गरेका छन् । उनीहरुको प्रतिबद्धता छ ः

रेउघामा रहेको जिल्ला अस्पताललाई एक सय बेडको बनाउने । विशेषज्ञ डाक्टरसहितको अत्याधुनिक सुविधा दिने ।

हरेक गाउँ÷नगरपालिकामा विशेषज्ञ डाक्टरसहितको २५ बेडको अस्पताल स्थापना ।

स्वास्थ्य विमामार्फत प्रत्येक नागरिकको निःशुल्क उपचार ।

दुवै प्रदेश निर्वाचन क्षेत्रमा आयुर्वेदिक औषधालयको स्थापना ।

एक वडा एक स्वास्थ्य संस्था

तीन क्याम्पसको स्तरउन्नती, थप तीन क्याम्पस स्थापना

अनन्तले सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पसलाई स्नातकोत्तरसम्मको कक्षा सञ्चालन हुने बनाउने प्रतिबद्धता जनाएका छन् । हाल रोल्पामा स्नातकोत्तरको पढाई हुँदैन । ‘एक घर एक स्नातक, योग्य नागरिक विकासको वाहक’ नारा दिएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने उनको प्रतिबद्धतामा छ ः

जलजला बहुमुखी क्याम्पसमा स्नातकोत्तरसम्मको कक्षा सञ्चालन ।

नवनेपाल क्याम्पस र थबाङ क्याम्पसलाई बहुमुखीमा रुपान्तरण । सुलीचौर, होलेरी र घर्तीगाउँमा क्याम्पस स्थापना ।

माडीचौरमा सरकारी कृषि क्याम्पस स्थापना गरिनेछ ।

हरेक वडामा माध्यामिक तह (कक्षा १२ सम्म)को शिक्षा ।

हरेक स्थानीय तहमा एक प्राविधिक विद्यालय स्थापना ।

रोल्पा पोलिटेक्निक ईन्स्टीच्यूटको विस्तार ।

सहिदहरुका सन्तानलाई निःशुल्क शिक्षा ।

पाँचसय मेगावाट विजुली उत्पादन

अनन्तले रोल्पाका सबै घरधुरीमा तत्काल बिजुली पु¥याएर उज्यालो रोल्पा बनाउने घोषणा गरेका छन् । साथै उनले जिल्लाको माडी र लुङ्ग्री खोलामा विद्युत उत्पादन गरेर निर्यात गर्ने र जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन् । ‘घरघरमा विजुली, हरेक रोल्पाली शेयरधनी’को नारा दिएर विद्युतले निकै महत्व दिएका अनन्तले आफ्नो कार्यक्रममा भनेका छन् :

रोल्पाको समृद्धिको एक आधार जलविद्युतलाई बनाईने छ ।

खुङ्ग्रीमा विद्युत गृह हुनेगरी २५२ मेगावाटको जलविद्युत उत्पादन ।

माडिचौरमा विद्युत गृह हुनेगरी २४६ मेगावाटको जलविद्युत उत्पादन ।

लुंग्रीमा विद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरी विद्युत उत्पादन ।

जिल्लाबाट उत्पादन गरिने सबै जलविद्युत परियोजनामा प्रत्येक रोल्पालीलाई शेयरमार्फत मालिक बनाईने ।

हरेक घरधुरीमा विजुलीबत्ति पु¥याई उज्यालो रोल्पा बनाईने ।

कृषिको व्यवसायीकरण

गठबन्धनका उम्मेदवार अनन्तले परम्परागत कृषि उत्पादन प्रणालीलाई आधुनीकीकरण र व्यवसायीकरण गरेर रोल्पाको समृद्धिको आधार बनाउने घोषणा गरेका छन् । ‘समृद्धिको आधार कृषि, कृषिबाटै आर्थिक रुपान्तरण’को नारा दिएका अनन्तले भनेका छन् :

कृषिका लागि हरेक गाउँपालिका पकेट एरिया ।

लिबाङ, सुलीचौर, घर्तीगाउँ, होलेरीमा चिस्यान गृह स्थापना ।

एक वडा एक तरकारी संकलन केन्द्र ।

कृषकको विमा ।

कृषकलाई अनुदान र सहुलियत ऋणको व्यवस्था ।

एक रंगशाला, हरेक स्थानीय तहमा खेल मैदान

अनन्तले जिल्लामा सुविधा सम्पन्न रंगशाला बनाउने घोषणा गरेका छन् । उनले माडीचौरमा रहेको खेलमैदानलाई नै रंगशाला बनाउने घोषणा गरेका हुन् । खेलकूदको विकाससम्बन्धी प्रतिबद्धतामा उनले भनेका छन् :

माडीचौरमा रहेको खेलमैदानलाई सुविधा सम्पन्न रंगशाला ।

हरेक स्थानीय तहमा फुटबल र क्रिकेट खेल्न मिल्ने खेलमैदान ।

हरेक वडामा भलिबल, बास्केटबल खेलमैदान ।

राष्ट्रिय र क्षेत्रीय स्तरको प्रतियोगिता जित्ने खेलाडीहरुलाई आकर्षक पुरस्कार सहित सम्मान ।

हरेक स्थानीय तहमा एक कभर्ड हल ।

एक गाउँ एक सहर, थबाङ देशकै नमूना गाउँ

अनन्तले हरेक स्थानीय तहमा एक सहरको अवधारणा अगाडि सारेका छन् । उनले थबाङलाई देशकै नमूना गाउँ बनाउने प्रतिबद्धता जनाएका छन् । ‘व्यवस्थित बस्ती, सहरीकरणको आधार’को नारा दिएका अनन्तले भनेका छन् :

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता हरेक नागरिकको पहुँचमा सरल, छिटो र छरितो तरिकाले पुग्ने गरी हरेक बस्तीलाई क्रमशः व्यवस्थित गर्दै लगिनेछ ।
माडीको घर्तीगाउँ, सुकिदहको सुखाओडार, दुईखोलीको पुत्लाखोला, थबाङको थबाङ, सुनछहरीको पोबाङ, लुंग्रीको बडाचौर, सुवर्णावतीको सुलीचौर, त्रिवेणीको जुँगार र रुन्टीगढिको होलेरीलाई व्यवस्थित बजारीकरण गर्दै साना तथा मझौला सहरको रुपमा विकास ।

रोल्पामा पेयपदार्थका उद्योग

उनले रोल्पामा रहेको सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनेदेखि विभिन्न पेयपदार्थको उद्योग स्थापना गर्नेसम्मको प्रतिबद्धता जनाएका छन् । ‘औद्योगिक रोल्पा’को नारा दिएर उनले उद्योगको विकाससम्बन्धि प्रतिबद्धतामा भनेका छन् :

बुढागाउँमा रहेको सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा नियमित सञ्चालन ।

सुविधा सम्पन्न अल्लो उद्योग स्थापना ।’

सुन, फलाम, तामालगायतका खनिज पदार्थको उत्खनन् गरी उद्योगको रुपमा विकास ।

थबाङमा जडिबुटी उद्योग स्थापना गरिनेछ ।

विभिन्न पेयपदार्थको उद्योग स्थापना गरिनेछ ।

सबै युवालाई रोजगार अनन्तले जिल्लाका सबै युवाहरुलाई रोजगारी दिलाउने घोषणा गरेका छन् । उनले एक घर एक महिला र एक पुरुषलाई अनिवार्य रोजगारीको व्यवस्था गरेर बेरोजगारको अन्त्य गर्ने घोषणा गरेका छन् । उनले निजामति, जंगी, प्रहरी, सार्वजनिक संस्थान, नीजि कम्पनीहरुमा रोजगारीका लागि पहल र प्रहेरित गर्ने, कृषिको आधुनीकीकरण, उद्योगहरुको स्थापना, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसायमा आकर्षणलगायतका क्षेत्रबाट युवाहरुलाई रोजगार दिने घोषणा गरेका हुन् ।

महिलालाई घरमै रोजगार, दलितका सन्तानलाई निःशुल्क शिक्षा

अनन्तले महिलाहरुलाई घरमै रोजगारीको सिर्जना गरिदिने प्रतिबद्धता जनाएका छन् । उनले आमा समूहका लागि रात्रीकालीन स्कूल सञ्चालन गर्ने प्रतिबद्धतासहित रात्रीकालीन स्कूलबाट प्राप्त शिक्षालाई औपचारिक शिक्षा सरह मान्यता दिने बताएका छन् ।

यसैगरी उनले दलित समुदायका बालबालिकालाई स्नातकसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताएका छन् । उनले माध्यामिक तह उत्तिर्ण दलित समुदायका युवालाई रोजगारीको व्यवस्था गर्ने र दलित समुदायको परम्परागत सिपलाई आधुनिकीकरण गर्दै उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

जलजलामा केवलकार, बडाचौरमा विमान सञ्चालन

अनन्तले आफ्नो प्रतिबद्धताहरुमा पर्यटन प्रवद्र्धनमा जोड दिएका छन् । उनले रोल्पालाई युद्ध पर्यटनको रुपमा विकास गर्ने, धबाङ–जलजला, जलजला–थबाङ केवलकार सञ्चालनको सम्भाव्यता अध्ययन र बडाचौरको विमानस्थललाई पुनःनिर्माण गरी सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले ‘रोल्पा, उत्कृष्ट पर्यटन गन्तव्य’ नारा दिएर भनेका छन् ः

युद्ध पर्यटनको विकास गरि व्यवस्थित गरिनेछ ।

तिलामा जनयुद्ध संग्राहलय, जलजलामा सहिद स्मारक स्तम्भ, लिबाङमा सहिद स्मृति संग्राहलय निर्माण ।

जलजलालाई आन्तरिक तथा वाह्य पर्यटन गन्तव्यको रुपमा विकास ।

एक स्थानीय तह एक व्यस्थित होम स्टेको ।

जंकोटमा मगर सांस्कृतिक संग्राहलय ।

धबाङ जलजला, जलजला–थबाङ केवलकार निर्माण सम्भाव्यता अध्ययन ।

बडाचौर विमानस्थलको पुनःनिर्माण गरि सञ्चालन ।

काठमाडौंको शिक्षा र स्वास्थ्य रोल्पामै

अनन्तलगायतका गठबन्धनका उम्मेदवारले सूचना प्रविधिको विकास र प्रयोगमार्फत काठमाडौंमा पाउने शिक्षा र स्वास्थ्य सेवा जिल्लामै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले सबै सार्वजनिक कार्यालयहरुमा फ्रिवाईफाईको व्यवस्था गरेर ईन्टरनेटको पहुँच विस्तार गर्ने घोषणा गरेका छन् । ‘डिजिटल रोल्पा, विकसित रोल्पा’ नारा दिएर प्रविधिको विकास र प्रयोग सम्बन्धि उनको प्रतिबद्धता छ :

आईसिटी (टेलिकम र आईटी) को विकासबाट वाएरलेस प्रविधिमार्फत रोल्पाका गाउँ गाउँसम्म ईन्टरनेट, टेलिफोनको उच्च प्रबद्र्धन ।

ई–मेडिसिन, दूर शिक्षा जस्ता कार्यक्रमलाई सशक्त रुपमा प्रवद्र्धन गर्दै ई–मेडिसिनद्वारा काठमाडौंमा प्राप्त हुने मेडिकल सेवा गाउँ गाउँसम्म उपलब्ध ।

दूर शिक्षामार्फत रोल्पाका प्राथमिक, निम्न माध्यामिक विद्यालयहरुमा उच्च शिक्षा÷तालिमहरु उपलब्ध ।

सामुदायिक विद्यालय, सरकारी विद्यालय, वडा कार्यालय, अस्पताल, हेल्थ पोष्टलगागत सरकारी कार्यालयहरुमा फ्रि वाईफाई ।

सञ्चार माध्यामहरुलाई आत्मनिर्भर बनाउन स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा ।

लिबाङ देशकै नमूना स्मार्ट सीटी

अनन्तले सदरमुकाम लिबाङलाई देशकै नमूना स्मार्ट सीटी बनाउने प्रतिबद्धता जनाएका छन् । उनले लिबाङका सडकहरुमा सडक बत्ति जडान गर्ने, ग्रीनपार्क निर्माणलाई पूर्णता दिने, लिबाङमा रिङरोड बनाउनेलगायतका प्रतिबद्धता जनाएका छन् ।

वृद्धाभत्ता पाँच हजार

उनले जेष्ठ नागरिक, एकल महिलाका लागि सरकारले प्रदान गरिरहेको सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरेर पाँच हजार पु¥याउने प्रतिबद्धता जनाएका छन् । उनले सामाजिक सुरक्षा सम्बन्धि प्रतिबद्धतामा भनेका छन् :

जेष्ठ नागरिक, एकल महिलाका लागि सरकारले प्रदान गरिरहेको सामाजिक सुरक्षा भत्ता वृद्धि गरी पाँच हजार पु¥याईनेछ ।
गरिब तथा विपन्नका लागि जनता आवास कार्यक्रमलाई विस्तार गरिनेछ ।

आगामी ५ वर्षमा कोही पनि रोल्पालीको घर खर वा काठको छानो नरहने गरी सुरक्षित घर सुरक्षित छाना कार्यक्रम लागू गरिनेछ ।

विपन्नहरुसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिनेछ ।

प्राकृतिक विपद राहत कोषको स्थापना गरिनेछ ।

सहिद परिवारलाई शिक्षा र रोजगारी, घाईते अपांगलाई भत्ता

अनन्तले आफ्ना प्रतिबद्धताहरुमा जनयुद्ध र जनआन्दोलनका सहिद परिवारको सम्मानमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सहिद परिवार र घाईते अपांगहरुको बारेमा भनेका छन् :

सहिद परिवार र द्वन्द्वका कारणले ज्यान गुमाएका परिवारका बेरोजगारलाई अनिवार्य रोजगारीको व्यवस्था ।

घाईते अपांगहरुलाई निःशुल्क उपचार, जीवन निर्वाह भत्ता र रोजगारीको व्यवस्था ।

सहिद परिवार र घाईते अपांगका छोरा छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था ।

जनयुद्धमा पूर्णकालीन भएका कार्यकर्ताहरुलाई उचित सम्मान ।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।  

लोकप्रिय