दोस्राे चरणको चुनावमा वाम गठबन्धनको पक्षमा दुई तिहाई मत खस्न सक्ने प्रचण्ड-ओलीको निष्कर्ष !

दोस्राे चरणको चुनावमा वाम गठबन्धनको पक्षमा दुई तिहाई मत खस्न सक्ने प्रचण्ड-ओलीको निष्कर्ष !

चितवन, मंसिर १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो निर्वाचनमा बामपन्थी गठबन्धनलाई दुई तिहाइ बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।

मंगलबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा नं २७ पर्साढापमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंसिर १० मा भएको निर्वाचनमा बामपन्थीको पक्षमा दुई तिहाइ मत खसेको आफू र एमाले अध्यक्ष केपी ओलीको निष्कर्ष रहेको भन्दै मंसिर २१ मा हुने निर्वाचनमा पनि गठबन्धनका पक्षमा दुई तिहाइ मत खस्ने दावी गरे ।

बाम गठबन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार समेत रहेका प्रचण्डले सम्बोधनका क्रममा भने ‘केपी ओलीजीसँग आज बिहानमात्रै मेरो आधा घण्टा टेलिफोन कुराकानी भयो, निर्वाचन भएका ३२ जिल्लामा गठबन्धनका पक्षमा दुईतिहाइ मत खसेको छ भन्ने हाम्रो निश्कर्ष छ । बाँकीमा पनि त्यो सम्भव छ ।’

प्रचण्डले थपे ‘हामीले गल्ती गर्यौ भने देश दुर्घटनामा जान सक्छ, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन हजारौको बलिदान भएको छ । पहिलो संविधानसभाले संविधान दिन नसकेको उदाहरण हाम्रा सामु छ । तर, दोस्रो संविधानसभामार्फत संविधान त बन्यो तर, त्यो संविधान कार्यन्वयन होला नहोला भन्ने चिन्ता थियो । त्यसपछि स्थानीय निर्वाचन भएर स्थानीय सरकार गठन भैसकेको छ । अव प्रदेश र केन्द्र सरकारको निर्वाचन हुदैछ । यो निर्वाचनमार्फत एमाले र माओवादीले ठुलो निर्णय लिएर गठबन्धन बनाएका हौ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र फेरी पनि दलाल र समन्तहरुकै हुनेहो कि भन्ने खतरा रहेका बेला एमालेका केपी ओली र माओवादीका प्रचण्ड अध्यक्ष बन्नु संयोग र सौभाग्य नै मान्नुपर्ने भन्दै दुवै नेता पार्टी एकीकरण गरेर सम्बृद्धि र स्थायीत्वका लागि निर्णय लिइएको प्रचण्डको भनाई थियो ।

प्रचण्डले फुटेका कांग्रेसहरु पनि एक हुन सुझाव दिदै जनतालाई राहत र विकास दिनतर्फ लाग्न आग्रह गरे । पार्टी एकीकरण गर्ने नेपाली जनता र देशको विकासका लागि भएको भन्दै उनले यो निर्वाचनबाट बामपन्थीले बहुमतको सरकार बनाएर ५ बर्ष राम्रो काम गरेपछि ५० बर्ष शासन गर्ने अवसर आउने बताए ।

नेपाल राष्ट्र सम्बृद्ध र धनि भए नेपालको नागरिक जहाँ गएपनि सम्मान पाउने यो अवसर गुम्न नदिन पनि नेपाली जनतालाई प्रचण्डको आग्रह थियो । ‘ स्थानीय, प्रादेशिक र संघीय सरकार एउटै पार्टीको भएमात्र विकासको स्प्रीट मिल्छ त्यसकारण यी सवै विषयलाई ध्यानमा राखेर मत दिन पनि प्रचण्डले आग्रह गरे ।

प्रचण्डले अरु के–के भने ?

–५ वर्ष कम्युनिष्टको स्थायी सरकार बनेपछि ५० बर्ष देश चलाउने अवसर आउनेछ ।

–गरिव राष्ट्र भएपछि धनी राष्ट्रले पैसा भएपनि हेप्छन् राष्ट्र धनि भए कसैले हेप्न सक्दैन ।

–स्थानीय प्रदेश र केन्द्रमा एउटै शक्तिले चुनाव जिते स्पिडमा देशको विकास गर्न सकिन्छ ।

– मेरो पहिचान चितवन नै हो जनतासँग म ऋणि छु । अहिले ऋण तिर्दैछु ।

–महिला आमा समुह र क्लवलाई पैसा दिएर भोट किन्ने गलत संस्कार पाइयो यसको अन्त्य गर्नु जरुरी छ ।

– व्यक्तिले कलो फालेजस्तो पैसा दिने होइन, सरकारवाट निर्णय गराएर बैधानिक रुपमा सहयोग गरिनेछ ।

– सुकुम्बासी समस्या चितवनमा व्याप्त छ ,बामपन्थीको सरकार बनेपछि पहिलो निर्णय नै लालपुर्जा दिने निर्णय गरिनेछ ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय