‘बाम एकता र बामपंथी सरकारले समाजवादमा जान भूमिका खेल्छ’: प्यूठानी नेताहरु

‘बाम एकता र बामपंथी सरकारले समाजवादमा जान भूमिका खेल्छ’: प्यूठानी नेताहरु

प्यूठान, मंसिर १३  । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिए संगै जिल्लामा दल तथा उमेद्वारहरुले चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिएका छन् ।

मंसिर २१ गते हुने निर्वाचनका लागि आफ्नो पक्षमा मत परिणाम पार्न उमद्वारले दौड धुप गरेका हुन् । यस वीच बाम गठबन्धनले मंगलवार खवागंमा भब्य रुपमा चुनावी सभा सम्पन्न गरेको छ।संयुक्त चुनाव प्रचार प्रचार संयोजक कमल घर्तिको अध्यक्षतामा वडा स्तरिय चुनावी सभा गरेको हो ।

प्रमुख अतिथि प्रतिनिधि सभाका उमेद्वार दुर्गा पौडेल, विशेष अतिथि माओादी केन्द्रकी नेतृ तथा प्रतिनिधि सभा समानुपातिक उमेद्वार रेखा शर्मा, अन्य समानुपातिक उमेद्वारहरु भोज विक्रम बुढामगर, राधा अधिकारी, राम बहादुर बुढामगर, चुनाव प्रचारप्रसार समिति सदस्य भरत केसी, दलित आयोगका सदस्य वेगम बि.क.ले सभालाई सम्बोधन गरेका छन् ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दुर्गा पौेडेलले साझा प्रतिवद्धता सहित आफु चुनवी मैदानमा आएको भन्दै साझा उमेद्वार सम्झेर मतदान गर्न अपिल गरे । स्थिर सरकार, राष्ट्रियताको संरक्षण बाम गठबन्धनको जित विना खतरामा पर्ने दावी गरे ।

नेपालका कम्युनिष्टको झगडाले विदेश विस्तारवादी तत्वहरु नेपालका लोकतान्त्रिक शक्ति भनिनेहरुसंग मिलेर हस्तक्षेप गर्न खोजेको भन्दै बाम एकताले त्यस्को अन्त्य हुने बताए ।

माओवादी केन्द्रकी नेतृ तथा प्रतिनिधि सभा समानुपातिक उमेद्वार रेखा शर्माले आगामी ५ बर्ष पछि प्यूठानको विकासमा परिवर्तन र कम्युनिष्टहरुको एउटै चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउने ठोकुवा गरिन ।

समानुपातिक सांसद रहेकी शर्माले यस अघि जनताको म्याण्डेट अनुसार समाजवाद उन्मुख संविधान दिएर फेरी समानुपातिक उमेद्वारको रुपमा आएको भन्दै अव आर्थिक विकास र महिला सशक्तीकरणमा लाग्ने बतार्इन । ‘समाजवाद उन्मुख संविधान दिएर आएका छौँ’ शर्माले भन्नु भयो ‘अव बाम एकता र बाम पंथीको २ तिहाई बहुतिय सरकारले स्थिर सरकारसंगै समाजवादमा जान अह्म भूमिका खेल्ने छ’ ।

राजनितिक लडाई सम्पन्न भएको र अव आर्थिक क्रान्तिमा लाग्ने समय आएको समेत उनको भनाई छ।

एमालेका नेता तथा प्रतिनिधि सभा समानुपातिक उमेद्वार भोज विक्रम बुढामगर लगायत अन्य बक्तहरुले प्यूठानका विकट गाउँका समस्या हल गर्न आफुहरु लागि पर्ने बताएका छन् ।

रक्सी र दाममा भोट बेच्न नहुने भन्दै यदि साटे आफ्नो स्वाभिमान र विवेकको विक्रि गरेको हुने उनीहरुले बताउछन् ।

यस्तै मंगलवार बाम गठबन्धनले गौमुखी गाउँपालिकाको ठुलावेशी, खैरा कुमीकोट,पुण्यखोलामा घरदैलो अभियान, जुम्रीकाढामा समेत कार्यक्रम गरेको जनाएको छ ।

माओवादी केन्द्रका नेता मणि थापाले प्यूठान नगरपालिका ९ गुरीगाउँमा आयोजित चुनावी प्रचार प्रसार कार्यक्रममा विभिन्न पाटी परित्याग गराई माओवादी केन्द्रमा प्रवेश गराए । नेपाली काँग्रेस, राप्रपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेद्वार मणि थापाले विभिन्न पाटि परित्याग गर्ने नेता कार्यकर्तालाई स्वागत गर्दै टीका लगाएर पाटि प्रवेश गराए ।

यी हुन् प्रवेश गर्नेहरु काँग्रेसबाट पदम थापा , डिलाराम पराजुली, हरि राउत, मान व थापा, हरि थापा, अर्जुन केसी स्वतन्त्र उम ब केसी राप्रपाबाट मिना गिरी , विस्न व विस्ट, भरत व बस्नेत, कमल व बस्नेत, बोम व खड्का, मान व बस्नेत, कृष्ण अधिकारी, विना विस्ट क्रान्तिकारी माओवादी मेघ ब केसी ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय