बोक्सी भनेर किशोरीलाई कुटपिट गरेकाे जाहेरी नलिने प्रहरी अधिकारीसँग स्पष्टीकरण
धनगढी, फागुन २७ । बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ ।
जिप्रकाका निमित्त प्रमुख डिएसपी सागर बोहराले गम्भीर घटनाको जाहेरी लिन ढिलाइ भएको देखिएकाले विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको बताए ।
घटनाको जाहेरी दर्तामा किन ढिलाइ भएको हो भनेर स्पष्टीकरण सोधिएको उनको भनाइ छ । ‘जाहेरी दर्तामा किन लापरबाही भयो भनेर स्पष्टीकरण माग गरेका छौंँ । चित्तबुझ्दो जवाफ आएन भने कारबाही हुन्छ,’ डिएसपी बोहराले भने ।
बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडमा जाहेरी दिन गए पनि प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा मिलापत्र गराउन दबाब दिएको पीडित किशोरीका आफन्तले बताएका छन् । उनलाई बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो ।
इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ विष्टले भने जनप्रतिनिधिसमेतको उपस्थितिमा पीडित र पीडक दुवै पक्षले मिल्ने सहमति जनाएपछि अभियुक्तलाई छाडिएको बताएका छन् । माफी मागेर पीडितको उपचार गराउने सर्तमा अभियुक्तलाई छाडिएको उनले बताए ।
अनुसन्धान सुरु, अन्य संलग्नलाई खोज्दै प्रहरी
बोक्सी आरोपमा किशोरीमाथि भएको यातनाको घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ । घटनामा संलग्न मुख्य व्यक्ति झाँकी रामबहादुर चौधरीबाहेकका अन्य दोषी खोज्न प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
पक्राउ परेका चौधरीलाई बोक्सीको आरोपअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ रिजालले बताए । ‘घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । जघन्य अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने ।
शनिबार बेलुकीसम्म घटनामा संलग्न अन्य व्यक्ति पक्राउ परेका छैनन् । यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाई भने शुक्रबार नै पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी सागर बोहराले यातना भोगेकी युवतीलाई गोठबाट जबर्जस्ती उठाएर लैजाने तथा यातना दिन सहयोग गर्नेहरू खोज्न प्रहरी टोली परिचालन गरिएको बताए ।
घटनामा संलग्न थप एकजना किस्मती चौधरीको पहिचान भएको प्रहरीले जनाएको छ । ‘एकजनाको पहिचान भएको छ । पीडितको भनाइका आधारमा संलग्न अर्को एकजनाको पहिचान गर्दै छौँ,’ डिएसपी बोहराले भने, ‘दुवैजना फरार छन्, पक्राउ गर्न सिभिलमा समेत प्रहरी परिचालन गरेका छौँ ।’
युवतीको अवस्था खतरामुक्त
सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी राधाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको टाउको, छाती, आँखा, पेट, खुट्टा, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट लागेको देखिएको चिकित्सकले बताए ।
ढाड र आँखामा बढी चोट देखिए पनि अवस्था भने खतरामुक्त रहेको डा। सजन केसीले बताए । भित्री चोट बढी लागेको देखिएको उनले बताए ।
पीडित युवती राधाले आँखा, घाँटीलगायत शरीरका विभिन्न भाग दुखिरहेको बताएकी छिन् । आफू राम्रोसँग बोल्न सक्ने अवस्था नरहेको उनले बताइन् ।
संलग्नलाई कारबाहीको माग
बोक्सी भन्दै यातना दिनेलाई कारबाही हुनुपर्ने माग पीडित पक्षले गरेको छ । ‘मेरी छोरीमाथि यातना दिनेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।
कुटपिट गर्ने अरूलाई पनि प्रहरीले पक्राउ गर्नुपर्छ,’ पीडितकी आमा फुलकेशरी चौधरीले माग गरिन्, ‘दोषीलाई उम्किन नदिइयोस् ।’ पीडित पक्षले राहत र क्षतिपूर्तिसमेत माग गरेको छ ।
पीडितलाई भेटे मेयरले
घटनाका मुख्य दोषी छुटाउन भूमिका खेलेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बोक्सीको आरोपमा कुटिएर घाइते भएकी किशोरीलाई भेटेका छन् ।
सेती अञ्चल अस्पताल पुगेर शनिबार उनले पीडित र पीडितका आफन्तलाई भेटेका हुन् । पीडित युवतीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै संलग्नलाई कारबाही गराउन सहयोग गर्ने बताए ।
‘फलफूल लिएर आउनुभएको थियो । एकछिन बसेर जानुभयो,’ पीडितकी दिदी सन्ध्या योगीले भनिन्, ‘उपचारमा र दोषीलाई कारबाही गर्न सहयोग गर्छौँ भन्नुभयो ।’
घटना भएकै दिन अभियुक्त रामबहादुरलाई पक्राउ गरिए पनि मेयर चौधरी, वडा नम्बर ५ का अध्यक्ष प्रेम रोकायालगातको रोहवरमा प्रहरीले रिहा गरेको थियो ।
मेयर चौधरीले घटनाका विषयमा पत्रकार सम्मेलनसमेत गरे । धनगढीमा पत्रकार बोलाएर उनले प्रहरी चौकीमा घटना मिलाउन आफ्नो कुनै भूमिका नरहेको दाबी गरे ।
‘भिड भएकाले प्रहरी चौकीमा गएको कुरा साँचो हो, तर मिल्नुपर्छ भनेर मैले भनेको छैन,’ उनले भने, ‘जाहेरी स्पष्ट नभएर प्रहरीले उजुरी दर्ता नगरेको होला ।’ जाहेरी स्पष्ट नभएकाले दर्ता नभएको प्रहरीले आफूलाई बताएको पनि उनले जनाए ।
प्रहरी चौकीभित्र पस्नुभयो, घटनाबारे बुझ्ने कामसम्म तपाईंले गर्नुभएन, आफ्नो दायित्व होइन ठान्नुभएको हो ? पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘जिम्मेवारी हो । दोषीलाई कारबाही हुनुपर्छ । कारबाहीका लागि हामी पनि सहयोग गर्छौं ।’
बलात्कारी र बोक्सी आरोपमा कुटपिट गर्ने दुवैलाई कारबाही – गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् ।
तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ) ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् ।
कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी बिहीबार बोक्सीको आरोपमा कुटिएकी थिइन् भने पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो ।
‘तपाईंहरूले उठाएको मागमा गृह मन्त्रालय पूर्ण रूपमा सहयोग गर्न तयार छ,’ गृहमन्त्री थापाले भने, ‘आज नेपाली जनताको आवश्यकता यस्ता अपराधीविरुद्ध लड्ने नै हो, यी अपराधीलाई दण्ड दिनु नै हो । यो आजको आवश्यकता हो ।’
यस्ता व्यक्ति समाजका शत्रु भएकाले कारबाही गरेरै छाड्ने थापाको भनाइ छ । पीडितको पक्षमा आवाज उठाएको भन्दै गृहमन्त्रीले विद्यार्थी नेताहरूलाई धन्यवाद पनि दिए ।
विद्यार्थीहरूले कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण यस्ता घटना बढ्दै गएकाले विद्यमान कानुन संशोधन गरी अपराधीलाई कडा कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन् ।
घोडाघोडीका मेयर ममताप्रसाद सामाजिक सरोकारमा पछाडि, आर्थिक अनियमिततामा अगाडि
बोक्सीको आरोपमा कुटिएकी आफ्नै गाउँकी किशोरीलाई न्याय दिलाउनुको सट्टा मिलापत्र गराउन खोज्ने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी आफ्नो आर्थिक स्वार्थमा भने धेरै अगाडि छन् ।
उनले घोडाघोडी पर्यटन विकास बोर्डका लागि एक करोड रकम विनियोजन गरेर त्यसको परिचालन गर्न आफ्नै दाइ दायराम चौधरीलाई उपाध्यक्ष बनाएका छन् ।
बोर्डको अध्यक्ष ममताप्रसाद आफैं छन् भने उपाध्यक्षमा नियुक्त दाइलाई मासिक ३० हजार पाँच सय पारिश्रमिक दिने गरी कार्यकारी अधिकार दिएका छन् ।
प्रदेश ७ को संसद्मा प्रमुख मुद्दा – मिलापत्र गराउनेलाई कारबाही होस्
बोक्सीको आरोपमा कैलालीमा किशोरी कुटिएको घटना प्रदेश सभा ७ को शनिबारको बैठकमा प्रमुख मुद्दा बन्यो ।
खासगरी महिला सांसदहरूले पीडित किशोरी राधा चौधरीमाथि भएको निर्मम घटनाको डटेर विरोध गरे । उनीहरूले पीडितको जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारी र जघन्य अपराधलाई मिलापत्रमार्फत सामसुम पार्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरे ।
घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद मालमतीदेवी रानाले किशोरीलाई चरम यातना दिइएको घटना मिलापत्रमा गुपचुप पार्न खोज्ने प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने माग गरिन् । ‘बोक्सीको आरोपमा युवतीमाथि कुटपिट भएको छ ।
यातना दिइएको छ । स्थानीय तहका जनप्रतिनिधिले नै यो घटना मिलाउने प्रयास गरेका छन्,’ सांसद रानाले भनिन्, ‘घटना दबाउन खोज्ने सरकारी निकाय र स्थानीय तहका प्रतिनिधिलाई कारबाही होस् ।’
पीडितको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने र घटनाको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग उनले गरिन् ।
सांसद पूर्णा जोशीले घटनाको अनुसन्धान र पीडितको उपचारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । ६ घन्टासम्म एक युवती निर्घात कुटिँदासम्म समाज रमिते बनेर बस्नुले हाम्रो समाज कता जाँदै छ भन्ने गम्भीर चिन्ताको विषय भएको उनले बताइन् ।
‘एउटी युवतीमाथि भएको अमानवीय घटनाप्रति यो समाज, यो सदन र सरकार स्तब्ध भएन भने हाम्रो समाज भोलिको समृद्धिका नाममा कतातिर जान्छ भन्ने कुरा चिन्ताको विषय हो,’ सांसद जोशीले भनिन्, ‘बोक्सीका नाममा युवतीमाथि निर्घात कुटपिट भएको छ ।
समाजले रमिते बनेर हेरेको छ । यो घटना मात्र होइन, प्रवृत्ति पनि हो । यसलाई दण्डनीय बनाउन सकेनौँ भने हाम्रो समाजमा छोरीबेटी बस्नै नसक्ने हुन्छ ।’
सांसद कुन्ती जोशीले विश्वभरका महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउने दिनमै भएको अमानवीय घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश सरकारसँग माग गरिन् ।
पुरुष सांसद बोलेनन्
बोक्सीको आरोपमा युवतीमाथि भएको जघन्य अपराधविरुद्ध महिला सांसद बोले, तर पुरुष सांसदको मन छोएन । उनीहरूले संसद्को कार्यसूची शिरोपर गरे, जघन्य घटनालाई पाखा लगाए । तीन महिला सांसद बोलेपछि बैठकमा प्रदेश सभा नियमावली प्रस्तुत गरिएको थियो ।
त्यसो त सुरुमै नियमावलीको मस्यौदा सीधै पेस गर्ने कार्यसूचीमै बैठक अघि बढ्न खोजेको थियो । तर, महिला सांसदहरू चुप लागेनन् ।
बोक्सी आरोपमा भएको जघन्य अपराधबारे संसद्मा बोल्न पाउनुपर्ने माग उनीहरूले सभामुखसमक्ष राखे । अन्ततः तीन महिला सांसदलाई बोल्न दिने र त्यसपछि मस्यौदा पेस गर्ने सहमति बैठकले ग¥यो । यो निर्णयमा पुरुष सांसदहरूले ताली बजाए ।
‘तीनजना महिला सांसद बोलेपछि मस्यौदा पेस गर्ने सहमति गरायौँ,’ सांसद पूर्णा जोशीले भनिन्, ‘बैठक सुरु हुनुअघि यही सहमति गरिएको हो ।’
पीडितलाई मन्त्री र सांसदको आश्वासन
प्रदेश सरकारका मन्त्री तथा सांसदहरूले पीडित किशोरी तथा उनका आफन्तलाई भेटेर उपचार, राहत र संलग्नलाई कारबाहीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पीडितलाई भेट्न अस्पताल पुगेकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले उपचारको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताइन् ।
यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, उपसभामुख निर्मला बडाल जोशी, सांसदहरू वीरमान चौधरी, मालामतीदेवी राना, माया तामाङ बोहरा, सुशीला बुढाथोकीलगायत पनि शनिबार सेती अस्पताल पुगे ।
उनीहरूले पीडित र पीडितका परिवारलाई भेटेर स्वास्थ्य अवस्था र घटनाबारे जानकारी लिए । भेटपछि सांसद चुनकुमारी चौधरीले दोषीलाई कारबाही गर्ने, पीडितको उपचार र राहतका लागि पहल गर्ने आश्वासन दिइन् ।
बलात्कारी र बोक्सी आरोपमा कुटपिट गर्ने दुवैलाई कारबाही – गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापा बादलले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् ।
तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ) ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् ।
कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी बिहीबार बोक्सीको आरोपमा कुटिएकी थिइन् भने पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो ।
‘तपाईंहरूले उठाएको मागमा गृह मन्त्रालय पूर्ण रूपमा सहयोग गर्न तयार छ,’ गृहमन्त्री थापाले भने, ‘आज नेपाली जनताको आवश्यकता यस्ता अपराधीविरुद्ध लड्ने नै हो, यी अपराधीलाई दण्ड दिनु नै हो । यो आजको आवश्यकता हो ।’
यस्ता व्यक्ति समाजका शत्रु
भएकाले कारबाही गरेरै छाड्ने थापाको भनाइ छ । पीडितको पक्षमा आवाज उठाएको भन्दै गृहमन्त्रीले विद्यार्थी नेताहरूलाई धन्यवाद पनि दिए ।
विद्यार्थीहरूले कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण यस्ता घटना बढ्दै गएकाले विद्यमान कानुन संशोधन गरी अपराधीलाई कडा कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन् । (नयाँ पत्रिका दैनिक)
रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको हो ।
लेखा समिति सभापतिका स्वकीय सचिव पक्राउ, श्रीमती धेरौटीमा रिहा
काठमाडौं । ठगी आरोप लागेका संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाका अनुसार आरोपित पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन् । सहकारी ठगी मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि मागेको १० लाख रुपैयाँ धरौटी बुझाएर अञ्जला तत्कालै रिहा भएकी हुन् । जिल्ला अदालत माेरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले काेइरालालाई पुर्पक्षका लागि १० लाख रुपैयाँ धरौटी लिने आदेश दिएको हो । अदालतले अञ्जलालाई थुनामा राख्ने कारण नदेखिएको जनाउँदै धरौटीमा रिहा गर्ने आदेश दिएको बुढाथोकीले जानकारी दिए । पोखरेलपत्नी अञ्जलामाथि सहकारी ठगी मुद्दामा थुनछेक बहस डेढ घण्टा बढी चलेको थियो। अञ्जला बुधबार बिहान आफैँ हाजिर हुन अदालत पुगेकी थिइन् । उनी घरमै बसे पनि प्रहरीले पक्राउ गरेको थिएन । फरार सूचीमा रहेकी अञ्जला बुधबार नै अदालतमा हाजिर भएपछि आदेशलगत्तै धरौटी बुझाएर छुटेकी हुन् ।
कक्षा ११ र १२ को मौका परीक्षामा २२ हजारको मात्रै आवेदन
काठमाडौं । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो । बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई यस्तो परीक्षामा सहभागी हुने मौका दिएको थियो । बोर्डको तथ्याङ्क अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन् । तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन् । बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ । विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन् । पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो । परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो । बोर्डका सहनियन्त्रक घिमिरेका अनुसार परीक्षा फाराम भर्नेमा २०६० सालपछिको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरू धेरै छन् । “त्यसभन्दाअघिका परीक्षार्थीमध्ये धेरै जसोले त उमेरका कारणले पनि फाराम भर्नुभएन होला । कतिपय परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएपछि वैकल्पिक बाटोतिर पनि लागिसक्नुभएको होला,” घिमिरेले भन्नुभयो ।
दाउन्नेमा यातायात ठप्प, यात्रुलाई सास्ती
नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् ।