भूकम्प प्रभावितलाई घडेरी किन्न रकम दिने प्राधिकरणको तयारी

भूकम्प प्रभावितलाई घडेरी किन्न रकम दिने प्राधिकरणको तयारी

काठमाडौं, फागुन १८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण बस्ती नै सार्नुपर्ने अवस्थाका भूकम्प प्रभावितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको छ । देशका कतिपय जिल्लामा २०७२ सालमा गएको भूकम्पले बस्तीनै जोखिमपूर्ण बनेपछि प्राधिकरणले ती ठाउँबाट अन्यत्र बस्ती सार्न प्रभावितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको हो ।

दुई-चार घर भएका ठाउँका बस्तीले आफूलाई पायक पर्ने स्थानमा बस्न सक्ने भन्दै प्राधिकरणले त्यसका लागि कम्तिमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म घडेरी बापत रकम दिने तयारी भईरहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख डा। गोविन्द पोखरेलले जानकारी दिए ।

देशभर विभिन्न ठाउँमा गरी करिब १ हजार घर भएका जमिन भूकम्पले बस्नै नमिल्ने गरी भत्किएको छ । सामूहिक बस्ती रहेका ठाउँको हकमा भने सरकारले निश्चित कार्यविधि बनाउने पोखरेलको भनाई छ ।

यस्तै प्राधिकरणले पहिलो किस्ताको रकम पाएर सरकारी मापदण्डअनुसार घर निर्माण गरेका भूकम्प प्रभावितलाई छिट्टै दोस्रो किस्ताको रकम उपलब्ध गराउने जनाएको छ ।

पहिलो किस्ताको रकमबाट घर बनाउन सुरु गरेकाको घर इन्जिनियरले अध्ययन गरी दोस्रो किस्ता पाउन योग्य ठहर भएलगत्तै उनीहरुलाई दोस्रो किस्ताबापतको रकम दिने प्राधिकरण प्रमुख पोखरेलले बताए ।

प्राधिकरणले अहिलेसम्म ९० प्रतिशतभन्दा बढी भूकम्प प्रभावितसँग अनुदान सम्झौता भइसकेको जनाएको छ ।

किस्तामा दिने रकम वितरण गरेपछि उनीहरुलाई सहुलियत ऋण दिन पनि सरकारले आवश्यक तयारी अघि बढाएको प्राधिकरणको भनाई छ ।

तर, सम्झौता भए पनि कानुनी जटिलताका कारण घर बनाउन नमिल्ने तथा सम्झौता नभएकाको समस्या पनि छिट्टै टुंग्याउने प्राधिकरणको भनाई छ ।

सुकुम्बासीका नाममा गुठीको जग्गा, सार्वजनिक जग्गा हडपेर घर बनाएका, नक्सापास नगरेका, बनजंगल अतिक्रमण गरेर बसेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता हुन सकेको छैन ।

किस्ता रकम वितरण गरेपछि भूकम्प प्रभावितलाई सहुलियतपूर्ण ऋण दिन आवश्यक तयारी अघि बढाइएको प्राधिकरणको भनाई छ ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय