भेटिन्छ सुन, भेटिँदैनन् सुन मालिक, फेरी समातियो १३ किलो

भेटिन्छ सुन, भेटिँदैनन् सुन मालिक, फेरी समातियो १३ किलो

काठमाडौं, माघ १, २०७३ विमानस्थलबाट बाहिरिएको करिब ३४ किलो सुन समातिएको दुई साता पनि नबित्दै काठमाडौं १६, चमतीबाट १५ किलो अवैध सुन बरामद भएको छ । रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको सुन सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको बालाजु वृत्तले शनिबार बरामद गरेको हो ।

पुस १३ गते पनि महानगरीय अपराध महाशाखाले रसुवाको केरुङ हुँदै काठमाडौं भित्र्याउन आँटेको ७ किलो सुन थानकोटबाट बरामद गरेको थियो । सुन तस्करीका यी तीनै घटनामा एउटै समानता देखिन्छ । त्यो हो, भरिया पक्राउ पर्छन्, सुनका मालिक पत्ता लाग्दैनन् । विमानस्थल बाहिर बरामद सुनको बजार मूल्य करिब १५ करोड छ भने शनिबार बरामद सुनको करिब ७ करोड २ लाख र पुस १३ मा बरामद सुनको ३ करोड १७ लाख २६ हजार रुपैयाँ छ ।

रसुवा हुँदै काठमाडौं भित्रिएको अवैध सुन ओसारपसारमा समान प्रवृत्ति देखिन्छ । दुवैमा भाडाका गाडी प्रयोग गरिएका छन् । दुवैमा चालक मात्रै पक्राउ परेका छन् र दुवै चालकले अहिलेसम्म सुन कसका निम्ति लैजान लागिएको भन्ने बताएका छैनन् । ७ किलो सुन ओसार्न बा८च ७४२० नम्बरको हाइलक्स गाडी प्रयोग भएको थियो । जसका चालक थिए, सिन्धुपाल्चोकको लिस्तीका कुन्साल लामा । शनिबार बरामद १५ किलो सुन ओसार्न ना१ज ४९६४ नम्बरको टाटा सुमो गाडी प्रयोग भएको थियो । जसका चालक थिए, भक्तपुर सूर्यविनायकका रवीन्द्र भुजेल । विमानस्थलबाट सुन ओसार्न भने बाँकेका गोपालबहादुर शाही भरिया बनेका थिए ।

पुस १३ को सुन बरामद घटनालाई महाशाखाले थप अनुसन्धान निम्ति राजस्व अनुसन्धान विभागमा बुझाइसकेको छ । सुन ओसार्न प्रयोग भएको गाडी धनीका आधारमा सुन मालिक पक्रन विभागले प्रयास त थालेको छ, तर त्यसमा सफलता भने पाइसकेको छैन । राजस्व अनुसन्धान विभागले नै महाशाखालाई गाडी मालिकलाई उपस्थित गराउन भनेको थियो । तर सिन्धुपाल्चोक लिस्तीका गाडी धनी इन्द्र श्रेष्ठ अहिलेसम्म फरार छन् ।

महाशाखाले श्रेष्ठलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकसँग पनि मद्दत मागेको छ । तर त्यसमा सफलता मिलिसकेको छैन । स्रोतका अनुसार बयानमा चालक कुन्साल लामाले आफूलाई चिनियाँ नागरिकले नै सुन दिएको दाबी गरेका थिए । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल सुनको असली मालिक धेरै हुन सक्ने बताउँछन् । खनालले गाडी धनी श्रेष्ठको पनि सुनमा धेरथोर लगानी भएको सूचना मिलेको बताए । ‘अवैध गितिविधिमा कोही पनि उम्किन पाउँदैन । ढिलो९चाँडोको कुरा मात्रै हो,’ उनले भने ।

शनिबारको घटनामा पनि सुन मालिक समात्ने प्रहरीको योजना फेल खायो । प्रहरीका अनुसार गाडी चालक रवीन्द्रसँगै केरुङबाट आएका अर्का एकलाई समात्न प्रहरीले शुक्रबार रातभर कोसिस गरेको थियो । तर प्रहरीले गाडी समात्नुअघि नै ती व्यक्ति फरार भए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्नकुमार कार्कीका अनुसार अन्य दुईबारे पनि सूचना मिलेको छ । उनले भने, ‘तिनीहरूलाई पनि समात्न प्रहरी सक्रिय छ ।’

अवैध सुन बरामदका प्रत्येक घटनामा चालक मात्रै पक्राउ पर्ने र असली मालिकसम्म अनुसन्धान नै नपुग्ने भएकैले परिसरले यो घटनामा संगठित अपराध कसुर ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । ‘अवैध सुन समात्ने, राजस्वमा बुझाउने तर मालिक पत्ता नलाग्ने समस्या नहोस् भनेर यसपालि फरक ढंगले अनुसन्धान थालिएको हो,’ कार्कीले भने । उनका अनुसार सुन तस्करीका अनेक तह हुन्छन् । एउटा तहबारे अर्को तहलाई थाहा हुँदैन । त्यस्ता सेटिङका अनेक ‘कोड’ भाषासमेत हुन्छन् । ‘यो गम्भीर संगठित अपराध हो,’ उनले भने ।

सुन समात्न सक्रिय बालाजु वृत्तका डीएसपी सन्तोष तामाङका अनुसार टाटा सुमो गाडीको चालक बस्ने सिट पछाडि एउटा बक्स बनाएर त्यसभित्र अर्को फलामे बक्समा सुन राखिएको थियो । वेल्डिङ गरेर बनाइएको फलामको बक्सभित्र रहेको सुन पत्ता लगाउन पनि प्रहरीलाई घण्टौं लागेको थियो । पुस १३ मा पनि यस्तै भएको थियो । पठाउनेले सुन लगेर एकान्तकुना पुर्‍याउनु र गाडीको चाबी एक जना मान्छेलाई दिनु भनेर चालकलाई अह्राएको सूचना मात्रै प्रहरीले पाएको छ । डीएसपी तामाङले भने, ‘सुन लुकाएको बक्सको आकार र त्यो बनाएको तरिका हेर्दा यही गाडीले पहिले पनि यसैगरी कैयन् पटक सुन ओसारेको देखिन्छ । फलामे बक्सको वेल्डिङ निकै पुरानो छ ।’

अवैध सुनका मालिक फेला नपर्ने घटना नयाँ भने होइन । विमानस्थलको भन्सार हुँदै बाहिरिएको सुनको मालिक को हुन् भन्ने पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फरक ढंगले अनुसन्धान जारी राखेको छ । प्रहरीले सुन बोकेर ल्याउने गोपालबहादुर शाही, सुन लिन आउने दीनबन्धु थापा र सन्तोष काफ्ले तथा काभ्रेको पनौतीबाट रामहरि कार्कीसहित अन्य एकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रामहरि सुनका रिसिभर भए पनि मालिक होइनन् । उनीहरूको बयानका आधारमा विमानस्थलको भन्सारमा कार्यरत भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल भन्सार स्रोतका अनुसार आठ वर्षभन्दा लामो समयदेखि विमानस्थलमा कार्यरत यादव तथ्यांक अधिकृत हुन् भने प्राविधिक कर्मचारी ढकाल करारमा नियुक्त हुन् । सुन तस्करीको घटनाबारे बुझ्न पुस २७ मा बसेको संसदको अर्थ समितिले अधिकार सम्पन्न छानबिन समिति गठन गर्न आदेश दिइसकेको छ । त्यस्तै भन्सार विभागले पनि सुन पक्राउको भोलिपल्ट अर्थात् २२ गते विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

यसअघि अवैध सुन बरामदपछि राजस्व अनुसन्धान विभागलाई बुझाउने गरिएको थियो । पछिल्ला सुन तस्करीको घटनामा भने प्रहरीले संगठित अपराध कसुर ऐन लगाएर मुद्दा चलाएको छ ।

पुस २६ को अर्थ समिति बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सधैं भरिया मात्रै समातिने र खलनायक बाहिरै रहने हो भने यस्तोखाले आर्थिक अपराध निरन्तर चलिराख्ने बताएका थिए । उनले भनेका थिए, ‘तस्करीमा कुन९कुन निकायका को९को संलग्न छन् र तस्करीको लाभ कसले प्राप्त गरिरहेको छ, पत्ता नलगाई हुँदैन ।’ त्यही बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले तस्करीको घटना राष्ट्रिय लज्जाको विषय भएको बताउँदै भनेका थिए, ‘यस्तो गिरोहको सञ्जाल देशका थुप्रै ठाउँमा फैलिएको छ ।’
भूकम्पलगत्तै चीन जोडने तातोपानी नाका बन्द भएपछि नेपाल, चीन, भारत जोडने त्रिदेशीय मार्ग तस्करीमा सक्रिय देखिएको छ ।

पुस पहिलो साता रसुवाको टिमुरेबाट मोटरसाइकलको डिक्कीमा लुकाएर ल्याइँदै गरेको पाँच किलो सुन बरामद भएको थियो । पक्राउ परेका विरेन लामाले उक्त सुन केरुङ नाका हुँदै ल्याएको बताएका थिए । त्यसअघि चैत १४ गते धुन्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको नारायण दल गुल्मले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको थियो । चैत १७ गते धुन्चेबाट पनि २२ तोला सुनसहित ५ जना पक्राउ परेका थिए । भूकम्पपछिका सुन तस्करीका घटना हेर्दा केरुङ नाका तस्करीको रुट बन्दै गएको देखिन्छ ।

साढे चार वर्षमा ४ सय १७ केजी बरामद
नेपाल प्रहरीको तथ्यांकले पछिल्ला साढे चार वर्षमा करिब ४ सय १७ किलो अवैध सुन बरामद भएको देखाउँछ । प्रहरीका अनुसार आर्थिक वर्ष ०६९र७० मा ८३ किलो दुई सय पाँच ग्राम, ६ सय ९० मिलिग्राम सुन बरामद भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७०र७१ मा ८९ किलो ९ सय ६५ ग्राम ७ सय ४१ मिलिग्राम सुन बरामद भएको थियो ।

आर्थिक वर्ष ०७१र७२ मा अवैध सुन बरामदको परिणाम हवात्तै बढेर १ सय ११ किलो ४ सय ४५ ग्राम पाँच सय ९४ मिलिग्राम पुगेको देखिन्छ । त्यस्तै आर्थिक वर्ष ०७२र७३ मा ६८ किलो ५ सय ६ ग्राम, ७ सय ७३ मिलिग्राम सुन प्रहरीले बरामद गरेको थियो । आर्थिक वर्ष ०७३र७४ को चार महिनामा ७० किलो ९ सय ७५ ग्राम र ३ सय १० मिलिग्राम सुन बरामद भएको छ ।

विदेशी मुद्रासहित तीन चिनियाँ पक्राउ, सुन तस्करसँग साँठगाँठ हुन सक्ने आशंका
महानगरीय अपराध महाशाखाले राजस्व छलेर विदेशी मुद्रा विदेश लैजान आँटेका तीन चिनियाँ र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रसुवाको केरुङ जान लागेका ४७ वर्षीय चोङ तोङ फाङ, ४३ वर्षीय चौस लियन, ४४ वर्षीय चाउ लियाङ फुङ र गाडीका चालक ३९ वर्षीय पेम्बा तामाङ शनिबार बिहान सवा २ बजे नागढुंगामा पक्राउ परेका हुन् । पर्यटक बोक्न प्रयोग हुने बा१य १२३२ को हरियो नम्बर प्लेटको स्कारपियो गाडीमा उनीहरू सवार थिए ।

प्रहरीले पक्राउ परेका विदेशी नागरिकको साथबाट २ लाख ७० हजार ६ सय एक अमेरिकन डलर, १ लाख ३२ हजार ४ सय ५० युरोपियन डलर, ४ हजार ६ सय ५० अस्ट्रेलियन डलर, २ हजार ४ सय क्यानेडियन डलर, २१ लाख ४७ हजार ३ सय जापानी येन, ३ हजार २ सय ७० चाइनिज युयान, २ हजार स्वीस फ्र्यांक बरामद गरेको छ । महाशाखाका अनुसार बरामद विदेशी मुद्राको नेपाली सटही रकम करिब ४ करोड ७१ लाख १३ हजार ७ सय ९० छ ।

प्रहरीले यो घटनालाई सुन तस्करीसँग जोडेर अनुसन्धान थालेको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल अवैध मुद्राको प्रयोग सुन तस्करी, लागूऔषध वा अन्य अवैध काममा प्रयोग गर्न लागिएको हुन सक्ने बताउँछन् । उनले अवैध मुद्रालाई पछिल्ला सुन तस्करीको घटनासँग जोडेर अनुसन्धान थालिएको पनि बताए । ‘यतिका धेरै रकम बोक्नुको प्रयोजन के थियो भन्नेमा अनुसन्धान केन्द्रित छ,’ उनले भने ।

ज्याठाबाट चढेका तीन चिनियाँ नागरिक यसअघि पनि आफ्नो गाडीमा केरुङ जाने गरेको चालक पेम्बाले बताए । पेम्बाका अनुसार केरुङबाट बोलाएपछि उनी तिनलाई लिन काठमाडौं आएका हुन् । पेम्बाले भने, ‘अरू बेला पनि यसैगरी राति मात्रै यात्रा गर्थे ।’ चोङ ताङ फुङले दोभासेको सहायतामा आफू करिब आठ वर्षदेखि काठमाडौंमा ब्यागको व्यापार गरिरहेको बताए । प्रहरीले तीन चिनियाँबीचको चिनजान र सम्बन्ध के हो, उनीहरू कसरी एउटै गाडीमा सवार रहे भन्नेमा अनुसन्धान गरिरहेको छ ।
– जनकराज सापकोटा, काठमाडौं

प्रधानमन्त्री न्यूयोर्क प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ  । साथै, उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ। भ्रमण क्रममा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ।  प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी पनि न्युयोर्क जाँदै छन्। यसअघि नै क्यानडा पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उतैबाट न्युयोर्क जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधि मण्डलको टोली आगामी असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः  प्रचण्ड

काठमाडौं, ४ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताउनुभयो । उहाँले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताउनुभयो । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र बिपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’– उहाँले भन्नुभयो– ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरुले यो प्रस्ताव पार्टीभित्र छलफल गरौं भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु, हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौं ।’ आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा अभियानको अध्यक्ष रहनुभएको छ । अभियानको तर्फबाट हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिनुभयो । दाङबाट सुरु भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौंमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको जनाएको छ ।

कांग्रेस र एमालेनिकट विद्यार्थीको झगडाले कृषि विश्वविद्यालय २१ दिनदेखि बन्द

चितवन । कांग्रेस र एमालेनिकट विद्यार्थीहरुको झगडाले कृषि तथा वन विश्वविद्यालय २१ दिनदेखि बन्द रहेको छ । सामान्य भनाभनको विषयले राजनैतिक रङ लिएपछि रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा शैक्षिक वातावरण धमिलिएको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृसंगठनका विद्यार्थीबीच द्वन्द्व चर्किएको मात्रै होइन, विश्वविद्यालय नै बन्द भएको छ।  अघिल्लो साँझमा पढाइ सकेर जान लागेका साथीको बिदाइमा होस्टलमा खाना खुवाउने क्रमम नेविसंघले हल्ला गरेको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएपछि दुई पक्षबीच भनाभनमा सकिएको विवादले भोलिपल्ट उग्ररूप लियो। लाठी, ढुंगा, रडसहित विद्यार्थी आक्रमणमा उत्रिए।  अनेरास्ववियुको आक्रमणले नेविसंघका आठ जना घाइते भएका छन्। एक जनाको आँखा फुटेको छ। अर्का एकको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसपछि असुरक्षाको कारण देखाउँदै दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले कलेजका विभिन्न एकाइ र कार्यक्रमका विभागसहित मुख्य कार्यालयमा तालाबन्दी गर्‍यो।  भदौ १२ गते साँझ विश्वविद्यालयको कञ्चनजंगा होस्टेलमा खाना खाँदा हल्ला भएको भन्दै सगरमाथा होस्टेलमा रहेकाबीच भनाभन भयो। भोलिपल्ट भदौ १३ गते दिउँसो साढे ३ बजे धौलागिरमिा बसिरहेका नेविसंघका विद्यार्थीलाई सगरमाथा होस्टेलमा रहेका अनेरास्ववियुले एक्कासि आक्रमण गरेको नेविसंघले आरोप लगाएको छ।  अनेरास्ववियुको आक्रमणबाट कृषि संकायमा अध्ययनरत कमन दाहालको आँखा फुटेको छ। अर्का विद्यार्थी प्रितम भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। घटनामा संलग्न रहेको आरोपमा महेश खड्का, एकराज पराजुली, बवन पुरी, चिरन खनाल, प्रशन्न पोखरेल, विनोद भण्डारीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले पक्राउ गरेको पोखरेल, भण्डारी र खनाल अदालतबाट तारेखमा छुटेका छन्। बाँकी फरार छन्।   

प्रधानमन्त्री आज न्यूयोर्क जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ मा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ मा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । प्रधानमन्त्री ओली असोज १४ मा स्वदेश फर्कनेछन् ।

लोकप्रिय