मधेसमा एमालेको संगठन र दुर्भाग्यपूर्ण मेची महाकाली अभियान
काठमाडौं, फागुन २५। मधेसबाट मूलधारको राजनीतिका नेतामध्ये एक हुन भरत बिमल यादव । सात राजनीतिक दलको प्रतिगमन विरुद्धको आन्दोलनताका मुख्य भूमिकामा रहेका यादव यतिबेला जनकपुरमै बसोबास गर्छन । उनी मधेसको मूलधार राजनीतिलाई सहि बोटोमा ल्याउने प्रयासमा देखिन्छन । ता कि मधेसको मुद्दा कुनै पनि ‘अतिवादी’को हातमा नपुगोस् ।
मधेसमा भएका पटक–पटकको आन्दोलनलाई नजिकबाट हेरेका यादवको आफ्नो अडान प्रष्ट रुपमा राख्न सक्ने नेतामा गनिन्छन । शाही प्रतिगमनविरुद्धको आन्दोलन होस्, वा मधेसमा पछिल्लो पटकसम्मको घट्नालाई हल्का रुपमा नलिन उनको भनाई छ ।
गणतन्त्र स्थापनाका लागि उनले जे–जति भूमिका खेले, त्यसको हिस्सेदार हुनु पर्नेमा उनले त्यस्तो मोह देखाएनन् । बरु, मधेसमै फर्किएर आफ्नो भूमिका त्यहींबाट पुरा गर्नेमा रहे । मधेसको राजनीति के हो ? उनीसँग लामो अनुभव छ । सप्तरीमा सोमबार भएको घट्नालाई उनले गम्भिर रुपमा विश्लेषण गरेका छन् ।
जनकपुरबाट एभरेष्टदैनिक डटकमसँग यादवले भने– ‘६ महिने नाकाबन्दी सहितको आन्दोलनबाट मधेसी मोर्चा वार्ताको टेबुलमा थियो । मधेसी मोर्चा सहितको सहमतिमा संविधान कार्यन्वयन गर्ने भनेर सरकारले भनिराखेको बेला एमालेले अहंमताका साथ शक्ति प्रर्दशन गर्नु गलत हो । चुनाव घोषणा भइसकेको थियो । मधेसी मोर्चालाई समेत संविधान कार्यन्वयनमा सहमत गराएर चुनावमा त्यो शक्ति प्रर्दशन गरेको भए यस्तो घट्ना हुने थिएन ।’
मधेसमा यतिबेला तीन धारको राजनीति मौल्याएको बारे राजनीतिक दलहरुलाई सुझाउँदै यादवले भने– ‘सशस्त्र संघर्षबाट स्वायत्त मधेस भन्ने जयकृष्ण गोइत, अलग्गै मधेस भन्ने सीके राउत र हामी शान्तिपूर्ण ढंगबाट अधिकार सम्पन्न मधेस भन्नेहरु छौं । जो हामीले लिएको बाटो मधेसी मूलधारको राजनीतिक बाटो हो ।’
‘हामीले उठाएका मागलाई जुन किसिमले हल्का रुपमा लिएर एमालेले आफ्नो दम्भ प्रस्तुत गर्यो, त्यो नै दुर्भाग्य हो । यो दम्भले अन्तत मधेसी जनतालाई बाध्यात्मक रुपमा जयकृष्ण र सीके राउटतिर ढकेल्न खोजिएको छ’, यादवले मधेसको मर्म प्रष्टाउँदै भने ।
यो पनि नहुने, त्यो पनि नहुने भएपछि अन्तिममा विकल्प खोज्न बाध्य नपार्न यादवले आग्रह गरे । ‘एमालेहरुले पनि बुझ्नु पर्ने हो । प्रमुख प्रतिपक्षी दलको भूमिका झन महत्वपूर्ण हुन्छ । हामीले अहिले अप्नाएको मधेसको मूलधारबाट मधेसको ग्रिप फुस्कियो भने को जिम्मेवार ? अहिले मधेस विरामी हो, उपचार गरे निको हुन्छ । भोली मरिसकेपछि डाक्टर खोज्ने शैलीमा एमाले आउनु भएन’, उनले भने ।
……..
संगठन, कांग्रेस, एमाले र माओवादीकै, जनता मधेसीतिर
एमालेको खरो आलोचनामा उत्रेका राजनीतिक विश्लेषक सीके लालको भनाई अलिक खरो छ । सप्तरीको घट्नालाई लिएर उनले भने– ‘राजा गए, अब हाम्रो पालो भनेर एमाले मधेसी विरुद्ध उत्रियो । जसको परिणाम हिजोको घट्ना हो ।’
मध्य मधेसमा रहेर कलम चलाउने टिप्पणीकार चन्द्रकिशोरको भनाई पनि यादवसँग मिल्दोजुल्दो छ । मधेसी जनता संगठनात्मक भन्दा भावनामा अहिले सडकमा उत्रेको टिप्पणी चन्द्रकिशोरले गरे । वीरगञ्जबाट उनले भने– ‘हिजो मर्ने पनि कांग्रेसकै कार्यकर्ता भएको पुष्टि भयो । एमालेले भनेको के सत्य हो भने मधेसमा उसको संगठन छ । तर, जनता मधेसी भावना बोकेर उत्रेका छन् ।’
उनको टिप्पणी थियो– ‘चुनावमा मधेसी मोर्चा कमजोर छ, उसको पक्षमा परिणाम आउँदैन । किन भने उसको संगठन छैन । संगठन भएका कांग्रेस, एमाले र माओवादी नै हो आउने । तर, एमालेले संगठन भएको आडमा जुन किसिमले मधेसी विरुद्ध उत्रिएको छ, त्यसले उत्तेजना फैल्याएको हो ।’
मधेस, मधेसी जनताको मनोभावनालाई नजिकबाट बुझेर टिप्पणी गर्ने चन्द्रकिशोरले सदनबाटै राजनीतिक सहमतिमा जानु पर्ने सुझाव भिडन्तमा उत्रेका ‘एमाले–मधेसी मोर्चा’लाई सुझाए । ‘केही मधेसी नागरिक समाजका अगुवाले सदन नै त्यागेर सडकमा आउने भनेका छन् । त्यो गलत हुन्छ । राजनीतिक अधिकारका लागि सदनमै भिड्नुपर्छ । सदन छोडेपछि सीके राउट पथमा आन्दोलन जाने सम्भावना बढि देखिन्छ ।’
मुलुकको आधा बढि जनसंख्या ओगटेको मधेसमा चलेको यो भावना, उत्तेजनालाई के गर्ने भन्ने एमालेले गम्भिर रुपमा बुझ्न जरुरी छ । सांगठनिक रुपले मुलुकको सबै भूभागमा राम्रै पकड राख्ने एमालेले अब संयमताका साथ अघि बढ्ने आठोतका साथ सप्तरीबाट फर्किएको छ ।
मधेस के हो ? मधेसी जनता के चहान्छन ? एमालेले राम्ररी बुझेको छ । त्यही बुझेरै ‘मेची–महाकाली राष्ट्रिय अभियान’ सुरु हुन अघिल्लो दिन केही मधेसी नेताहरुको केन्द्रीय कमिटीमा बढुवा गर्यो । त्यसले मधेसको राजनीतिमा एमालेको दिर्घकालिन महत्वको फाइदा र उनीहरुप्रतिको सम्मान त देला । तर, संगठन हुँदा हुँदै पनि मधेसीमा कसले गरायो एमालेप्रति यस्तो आक्रोश ? यसलाई एमालेले खुट्टाउँनै पर्छ । एमालेले आफूले संचालन गरेको ‘मेची–महाकाली अभियान’लाई जतिसुकै ठीक भने पनि यो उसका लागि दुर्भाग्य सावित हुने देखिन्छ ।
मधेसको मनोविज्ञान बुझ्न मधेसको सानो साँस्कृतिक प्रचलन बुझे पुग्छ । मधेसमा पान खानु शुभ साइत हो । कुनै मुखियाको घरमा शुभकार्य हुनेबेला मुखियाको भनाई हुन्छ–
पञ्च पान्ना ?
मुख पन्ना ।
जवाफमा उपस्थितले भन्ने गर्छन । जसले मुख पन्ना भन्दैन उसैले पान खुवाउनु पर्ने संस्कृति छ । अहिले मधेसको मनोभावना यसैगरी प्रेरित भएको देखिन्छ । जुन दलले जे जति गरे पनि मधेसी जनता हेपिएका छौं, अधिकारबाट बञ्चित छौं भन्ने एजेन्डामा उनीहरु प्रष्ट देखिन्छन ।
यो मनोभावनाको सामाधान सत्तापक्ष, प्रमुख प्रतिपक्ष र मधेसको मुलधार राजनीतिक गरेका मधेसी मोर्चाले समेत मनन नगरे अन्ततः मुलुकमा अर्को दुर्घट्नाका लागि ‘मलिलो वातावरण’ बनाउने खेल प्रष्ट देखिन्छ ।
प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् । आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए। यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’
उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।
बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)
काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ ।