काठमाडौं,वैशाख २४ । ब्यवस्थापिका संसद बैठक बस्दैछ । आइतबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सर्वोच्च अदालतको आदेशपछि के हुन्छ सवत्र चासो छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न बैठक बोलाइएको हो ।
आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ ।
वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तहको चुनावको मिति नजिक छ । त्यसैले सभामुखले अब ३१ वैशाखअगाडि संसद् बैठक नराख्नेतिर सोचिरहनु भएको देखिन्छ’, सभामुखनिकट स्रोतले भन्यो । आजको नयाँ पत्रिकामा खबर छ ।