माओवादः मार्क्सवादको विकासमा के नयाँ प्रयोग गरेका थिए त माओले ?

माओवादः मार्क्सवादको विकासमा के नयाँ प्रयोग गरेका थिए त माओले ?

माओवाद के हो ?

कमरेड माओत्सेतुङ चीनीया कम्युनिष्ट पार्टी शिक्षाध्यक्ष र विश्व र्सवहारा वर्गका महान नेता हुनुहुन्छ । कमरेड माओको जन्म सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको श्याङ्तान जिल्लाको शाओशान गाउँमा भएको थियो र मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा ८३ वर्षो उमेरमा भएको थियो । सन् १९१७ अक्टुबर २५ को महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भए पश्चात चीनमा मार्क्सवादको प्रवेश भएको थियो र सन् १९२१ जुलाइमा चीनिया कम्युनिष्ट पार्टीे स्थापना भयो । माओ पनि चीनिया कम्युनिष्ट पार्टी संस्थापक सदस्य हुनुहुन्थ्यो ।

हस्तबहादुर केसी

कमरेड माओ दीघकालिन जनयुद्धको सिद्धान्तकार एवं प्रयोगकर्ता र माओवादका प्रवर्तक समेत हुनुहुन्छ । उहाँले चीनिया कम्युनिष्ट आन्दोलनलाई मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनलाई समेत महत्वपूण् योगदान पुर्याउनु भएको छ र उहाँका र्सार्वभौम योगदानहरूलाई स्वीकार नगर्नेहरू सच्चा कम्युनिष्ट बन्नै सक्तैनन् कमरेड माओले विशेष गरी दर्शनका क्षेत्रमा, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन नयाँ ढंगले मूर्तिकृत र श्रुतिकृत गरे एक नयाँ आयाममा विकास गर्नुभयो त्यसले मार्क्सवाद-लेनिनवादको ज्ञानभण्डारमा महत्वपूण् योगदान पुर्यायो । यस लेखमा माओका ती र्सार्वभौम योगदानहरू, जसलाई स्वीकार नगरेर केही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन ती माओका र्सार्वभौम योगदानहरूका बारेमा चर्चा गर्नुका साथै यहाँ माओवादका बारेमा समेत प्रकाश पार्ने काम गरिएको छ ।

कमरेड माओ माओवादका पर््रवर्तक र निरन्तर क्रान्तिका सिद्धान्तकार समेत हुनुहुन्छ । मार्क्सवाद गतिशील सिद्धान्त हो । मार्क्सवाद-लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण नै माओवाद हो । माओवाद कमरेड माओले प्रतिपादन गरेको सिद्धान्त हो । यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के हो भने सामन्तीवादी र साम्राज्यवादी शोषणको दोहोरो शोषण र उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, खास गरि सन् १९५३ मा स्तालिन मृत्यु पश्चात जसरी सन् १९५६ मा खु्रश्चोमी आधुनिक संशोधनवादको जन्मसँगै रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनः स्थापनाका कारणहरूको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र ख्रुश्चोमी आधुनिक संशोधनवादका विरुद्धको भीषण लर्डाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा कमरेड माओद्वारा मार्क्सवाद-लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई मार्क्सवाद लेनिनवाद-माओवादको तेश्रो, नयाँ र गुणात्मक उँचाइमा पुर्याउने काम भयो । यो नै माओको सबैभन्दा ठूलो र र्सार्वभौम योगदान थियो । यसरी विश्वर्सवहारा वर्गको पथप्रदर्शक र मार्गदर्शनको रूपमा रहेको मार्क्सवाद-लेनिनवादलाई जुन माओवादमा विकसित तुल्याउने काममा माओको योगदानलाई र्सवप्रथम पेरुभियाली कम्युनिष्ट पार्टीसाइनिङपाथ) सहित अन्तर्रर्ााट्रयतावादी क्रान्तिकारी आन्दोलन र त्यसमा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीथा संगठनहरूले र्सवप्रथम सही मूल्याङ्कन गरेका थिए र त्यसलाई माओवाद पदावलीमा अभिव्यक्त गरेका थिए ।

फेरी पनि यहाँनेर हामीले बुझ्नै पर्ने कुरा के हो भने र्सवहारा क्रान्तिको विज्ञानको मार्क्सवाद-लेनिनवाद-माओवादका रूपमा यसरी भएको गुणात्मक विकासको प्रक्रियालाई हामी यहाँनेर यसरी प्रष्ट पार्न सक्छौ कि वर्ग संर्घष्ाको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्रााट्रय र्सवहारावर्गको क्रान्तिको विज्ञानको रूपमा मार्क्सवादको अनुसन्धन हुनपुग्यो । यो सिंगो मानव जातिकै लागि ऐतिहासिक एवं महत्वपूण्ा उपलब्धि थियो । जीवनभर अनवरत संर्घष्ा र महान प्रतिभाका परिचयका साथ कार्ल मार्क्सद्वारा उद्घाटित मार्क्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशात्र एवं वैज्ञानिक समाजवाद गरि तीन प्रमुख संगठक अंग रहेको कुरा पनि हाम्रा सामु र्सवविदीतै छ । स्वयं एउटा विज्ञान भएकाले मार्क्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो ।

हामी मार्क्सवादी-लेनिनवादी-माओवादीहरूले फेरी पनि यहाँनेर गहिराइका बुझ्नुपर्ने कुरा के पनि छ भने वर्गसंर्घष्ाका नयाँ अनुभव र समस्याहरूका सर्न्दर्भमा भी.आई. लेनिन -सन् १८७०-१९२४) द्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोश्रो चरण लेनिनवादको चरणमा पुर्याउने ऐतिहासिक कार्यभार पूरा भयो । आजको युगमा यो विज्ञान संर्घष्ाकै क्रममा विकासको जुन तेश्रो, नयाँ र उच्च चरणमा पुगेको यो तेश्रो नयाँ र उच्चचरण नै कमरेड माओत्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो । हामी क्रान्तिकारी कम्युनिष्टहरूलाई यो ज्यादै गौरवको विषय हो कि यसरी आज अन्तर्रााट्रय र्सवहारावर्गको हातमा एउटा र्सार्वभौम सिद्धान्तको सिंगो अमेद्य इकाइका रूपमा मार्क्सवाद-लेनिनवाद- माओवाद रहेको छ, जुन विश्वर्सवहारा वर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बनेको छ । यो नै माओको एउटा महत्वपूण् र र्सार्वभौम योगदान हो विश्व र्सवहारा क्रान्तिका लागि ।

कमरेड माओले मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी वैज्ञानिक समाजवादका क्षेत्रमा जुन महत्वपर्ूण्ा र र्सार्वभौम योगदान पुर्याउनु भयो, त्यसका बारेमा यहाँ संक्षेपमा उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

दर्शनका क्षेत्रमाः

द्वन्द्वान्तमक भौतिकवादको सारतत्वका रूपमा अन्तरविरोधको नियम अर्थात् प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रूपमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको छ । अन्तरविरोधको नियमको र्सार्वभौमिकता र प्रधान अन्तरविरोधको निक्र्योलको पद्धति र महत्वको विश्लेषणको द्वन्द्ववादको बुझाइको विकासलाई नयाँ उचाइमा उठाएको छ । क्रान्तिका रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्वपूण् भूमिका यसले स्वतः स्पष्ट पारिदिएको छ । विपरितहरूको एकताको नियमको उद्घाटन र व्याख्या । एकको दुइमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध, व्याख्या र प्रयोग पार्ने माओबाट हुन गएको छ । संशोधनवादका विरुद्ध संर्घष्ाका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रूपमा एक दुइमा विभाजन हुन्छ भन्ने सम्बन्धमा माओद्वारा गरिएको व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरूको हातमा अमेद्य धारिलो हतियार प्राप्त भएको छ ।

फेडरिक एंगेल्सले द्वन्द्ववादका तीनवटा मूल नियमहरूको व्याख्या गर्नु भएको छ, जस्तो कि, विपरित तत्वको एकत्व, मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को र निषेधको निषेधको नियम । तर यसमा माओले ती मध्ये दुइवटा मूल नियमहरूलाई अस्वीकार गर्नुभएको छ र विपरितहरूको एकत्व चाहिँ द्वन्द्ववादको आधारभूत नियम हो । गुणको परिणाममा रूपान्तरण र परिणामको गुणमा रूपान्तरण भन्ने कुरा गुण र परिणाम जस्ता विपरित तत्वहरूको एकत्व मात्र हो र निषेधको निषेध भन्ने कुरा नै हुँदैन । गुणको परिणाममा रूपान्तरण र परिणामको गुणमा, निषेधको निषेध र विपरित तत्वहरूको एकत्व भन्ने तीनवटा कुरालाई समानान्तर रूपमा हाराहारीमा राख्नु त्रयवाद हो, एकत्ववाद होइन । सबैभन्दा आधारभूत कुरा भनेको त विपरित तत्वहरूको एकता हो । अतः गुणको परिणाम र परिणामको गुणमा रूपान्तरका भन्ने कुरा गुण र परिणामजस्ता विपरित तत्वहरूको एकत्व मात्रै हो । तर्सथ निषेधको निषेध हुँदैन भन्ने व्याख्या माओले गर्नु भएको छ र एकता, संर्घष्ा र रूपान्तरणको नियमलाई मात्र माओले द्वन्द्ववादका मूल नियमहरू हुन् भन्नु भएको छ । दर्शनको जन्म संर्घष्ाबाट हुन्छ, त्यसैले मार्क्सवादी दर्शन संर्घष्ाको दर्शन हो । ठूलो माछाले सानो खान्छ भन्ने मान्यता माओको रहेको छ ।

ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुइ छलाङको सिद्धान्तको रूपमा माओद्वारा विकास र व्याख्या राम्ररी भएको छ । साथै माओले वर्गसंर्घष्ा, उत्पादनका लागि संर्घष्ा एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बनाएर इन्द्रीय ग्राहृय ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धका बारेमा गर्नु भएको विश्लेषणले मार्क्सवादी दर्शनमा महत्वपूण् योगदान पुगेको कुरा निर्विवाद छ ।
आधार र उपरिसंरचनाको आपसी सम्बन्ध बारे अघिभूतवादी र एकलकाटे दृष्टिकोण अपनाई ‘उत्पादनको शक्तिको सिद्धान्त’ र र्’अर्थवाद’ तीर जाने संशोधनवादीहरूको पुँजीवादी सोचाई माथि प्रहार गर्दै खास खास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको माओद्वारा गरिएको व्याख्याले पूँजीवादलाई नाङ्गो पार्ने काम गरेको छ ।

दार्शनिकहरले दर्शनलाई पुस्तकालय, अध्ययन र कोठे चिन्तनबाट निकालेर आम जनतासम्म पुर्याई एउटा अजय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसका विधिबारे क. माओले गर्नु भएको अनुसन्ध्ानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत रूपले भौतिक शक्तिमा परिणत गर्ने आधार र्सवहारावर्गलाई मिलेको छ ।

राजनीतिक अर्थशास्त्रको क्षेत्रमाः

अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकको आर्थिक संरचनाबारे माओले राम्रो व्याख्या गर्नुभएको छ । दलाल तथा नोकरशाही पुँजीवाद अर्थात् नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण माओको एउटा महत्वपूण् खोजी हो । सामन्तवादसँग साँठगाँठ गरि जनतालाई लुट्ने एकाधिकार पुँजीवादको विशेषताको रहस्य उद्घाटन गरेर एकातिर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा उत्पीडित राष्ट्रहरूमा क्रान्तिका निशाना स्पष्ट गर्न मद्दत पुगेको छ । नोकरशाही पुँजीवादलाई ध्वंस गरि उनीहरूको सम्पति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरूबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्षो ऐतिहासिक महत्व स्पष्ट भएको छ ।

नयाँ जनवादी क्रान्तिका सर्न्दर्भमा जमिन जोत्नेको आधारमा सामन्तवादलाई ध्वंश गर्ने, एकाधिकार चरित्रका सम्पूण् वैदेशिक एवं घरेलु आर्थिक नियमहरूलाई कब्जा, जनजीवनलाई नियन्त्रण गरि पुँजीलाई सिमित, नियन्त्रित र निर्देशीत गर्ने अर्थनीतिहरूको वैज्ञानिकता एवं जीवनद्वारा प्रमाणित भइसकेका छन् ।
समाजवादी कालको अर्थनीतिका आधारभूत सिद्धान्त -सोभियत संभका अनुभवहरूको आलोचनात्मक अध्ययन) सहितको मजबुद जग बसाल्ने काममा माओको महत्वपर्ूण्ा भूमिका रहेको छ । नोकरशाही अहंमकार होइन, सही अर्थनीतिको व्यापक प्रचारद्वारा जनताको पहलकदमी वृद्धि गरेर नै समाजवादी अर्थव्यवस्थालाई मजबुद किसिमले विकास गर्न सकिन्छ भनी “क्रान्तिलाई पक्रेर उत्पादन बढाउ”, ग्याप्स रिभोलुसन, प्रमोट प्रोडक्सन’ तथा लाल र निपर्ुण्ा एण्ड एर्क्पर्ट’ नाराको महत्व स्पष्ट नै छ । उपयुक्त तथ्यहरूले मार्क्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओद्वारा गरिएको विकास स्पष्ट हुन्छ ।

वैज्ञानिक समाजको क्षेत्रः

उत्पीडित राष्ट्रहरूमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा क. माओको ऐतिहासिक योगदान सबैका अगाडि स्पष्ट छ । दीघकालिन जनयुद्धको कार्य नीति, छापामार युद्ध, आधार इलाकाहरूको निर्माण, गाउँदेखि शहर घर्ेर्ने रणनैतिक लक्ष्य निर्धारणमा माओको महत्वपूण्ा योगदान रहेको छ । सन् १९३८ मा माओद्वारा अगाडि सारिएको जनयुद्धको कार्यदिशा पारित भयो भने सन् १९४० मा नौलो जनवाद सम्बन्धी क. समग्र कार्यक्रम पारित भयो । जनयुद्धका ३ चरणबारे स्पष्ट पार्दै माओले रणनीतिक रक्षा रणनीतिक सन्तुलन र रणनीति प्रत्याक्रमण गरि तीन वटै चरणको वैज्ञानिक संश्लेषण माओका महत्वपूण्ा योगदान हुन् ।

साम्राज्यवादी युगको वर्गसंर्घष्ाको अनुभवको आधारमा मार्क्सवादी सैन्य विज्ञानको उच्चशिखर जनयुद्धको सिद्धान्त “थ्यौरी अफ वार” को विकासले अन्तर्रााट्रय र्सवहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । माओद्वारा गरिएको यस अनुसन्धानले यस सिद्धान्त अनुसार शक्तिशाली दुश्नमलाई परास्त गर्न वैज्ञानिक विधि स्पष्ट भएको छ । राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने माओको केन्द्रीकृत अभिव्यक्तिको महत्व पनि स्वयं स्पष्ट छ ।

समाजवादकालभरि वर्गसंर्घष्ा जारी रहने र त्यस सम्बन्धमा सोभियत संघको प्रतिक्रान्ति प्रति ध्यान दिँदै विश्वकम्युनिष्ट आन्दोलन भित्र महान् बहस चलाउनु र क. माओद्वारा नै विकास गराएको र्सवहारावर्गको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने समाजवादी अवस्थामा पुँजीवादको पुनस्थापना रोक्ने एउटा मजबुद सैद्धान्तिक हतियार भएको छ । सन् १९६६ देखि माओद्वारा र्सवहारावर्गको नेतृत्वमा चालिएको महान चीनियाँ र्सवहारा साँस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग विश्व र्सवहाराका लागि ऐतिहासिक दर्शन/निर्देशन बन्दै आएको कुरा सबैका सामु प्रष्टै छ ।

साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन हुन तथा आउँदा ५० देखि १०० वर्षविश्व अजङ्गको हेरफेरबाट गुज्रने छ’ भन्ने भनाइहरूको आधारमा बढि महत्व रहेको छ । यसले विश्व र्सवहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान योगदान पुर्याएको छ ।

मानिसमा सही विचार कहाँबाट आउँछ – भन्ने प्रश्नमा क. माओले मानिसमा सही विचार सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसिमका सामाजिक व्यवहारबाट जस्तै उत्पादनको निम्ति संर्घष्ा, वर्ग संर्घष्ा र वैज्ञानिक प्रयोगबाट आउँछन् भनेर वैज्ञानिक ढंगले संश्लेषण गर्नुभएको छ । यसरी दर्शन राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद सहित तीन वटै क्षेत्रको समझदारीमा क. माओले मार्क्सवादी विज्ञानलाई गुणात्मक रूपले त्यसको तेश्रो र नयाँ चरणमा विकास गराउनु भयो । त्यस अवस्थामा र्सवहारावर्गले आफ्नो मुक्तिको दर्शनलाई मार्क्सवाद-लेनिनवाद-माओवादको एउटा अमेद्य धारिलो हतियारको रूपमा प्राप्त गरेको छ र त्यसैको पथपर््रदर्शक र मार्ग निर्देशनमा आज विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टर्ीी संचालित भइरहेका छन् ।
महान् चीनियाँ र्सवहारा साँस्कृतिक क्रान्ति जुनका माओले दश वर्षम्म सफल रूपमा संचालन गरेर समाजवादमा वर्गहरू जीवितै रहने भएकाले वर्गसंर्घष्ालाई जारी राख्नु पर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने र सन् १९५६ देखि सोभियत रुसमा प्रकट भएको आधुनिक संशोधनवाद लगायत सबैखाले संशोधनवाद र अबसरवादका विरुद्ध विश्वस्त भै जुन महान बहस संचालन गर्नुभयो त्यसले क. माओलाई विश्वस्तरमा विश्वर्सवहारावर्गको महान नेताको रूपमा माथि उठायो ।

यी माथि उल्लेख गरिएका समग्र विषयहरू नै कमरेड माओका र्सार्वभौम योगदानहरू हुन् र यी योगदानहरूलाई ग्रहण नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन ।

उपसंहार

मार्क्सवाद र्सवहारा वर्गको मुक्तिको सिद्धान्त हो । यसको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । मार्क्सवाद गतिशील विज्ञान हो । मार्क्सवादले आज मार्क्सवादको विकासको दोश्रो चरण लेनिनवाद र मार्क्सवाद- लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओवादमा जुन विकास गरेको छ यही मार्क्सवाद- लेनिनवाद-माओवाद नै विश्व र्सवहारावर्गको मुक्तिको पथपर््रदर्शक र मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । यस विषयमा माथि पनि आवश्यक प्रकाश पारिएको छ ।

अतः मार्क्सवाद-लेनिनवाद-माओवाद विश्व र्सवहारा वर्गको विश्वदृष्टिोण भएकाले यसको गहिरो अध्ययन नगरिकन, अर्थात् मार्क्सवाद-लेनिनवाद-माओवादलाई दह्रो ढंगले ग्रहण नगरिकन, मार्क्सवाद-लेनिनवाद-माओवादलाई जीवनदर्शनको रूपमा आत्मसात नगरिकन र यसलाई जीवन व्यवहारमा साँचो अर्थमा प्रयोग नगरिकन कोही पनि असल कम्युनिष्ट क्रान्तिकारी बन्नै सक्तैन । त्यसैले संसार बदल्ने दायित्वबोध बकेका र सिँगो मानवजातिलाई सबै खाले शोषण र उत्पीडनबाट मुक्त गरेर समानतामा आधारित मानव समाजको निर्माण गर्ने कल्पना गरेका अर्थात् वर्ग विहिन, राज्य विहिन साम्यवादमा पुग्ने लक्ष्य र उद्देश्य बोकेर र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित अग्रदस्ता नेकपा-माओवादीमा संगठीत भएका हामी नेपाली माओवादी क्रान्तिकारी कम्युनिष्टहरूले मार्क्सवाद-लेनिनवाद-माओवादको गहिरो अध्ययन गर्न, यसलाई पाइला पाक्ष्लामा जीवन व्यवहारमा प्रयोग गर्न नितान्त जरुरी छ ।

मार्क्सवाद-लेनिनवाद-माओवाद मानव जातिको ज्ञानको विशाल भण्डार हो । यसलाई आजको विश्वपरिवेशमा सापेक्षित ढंगले नबुझिकन, ग्रहण नगरिकन, यसलाई दह्रो ढंगले नपकडीकन र साँचो अर्थमा जीवन व्यवहारमा नउत्रिकन हामी कोही पनि सच्चा क्रान्तिकारी माओवादी बन्नै सक्ने छैन र मुलुकलाई बदल्न पनि सक्ने छैनौ । त्यसैले हाम्रा निम्ति मार्क्सवादी-लेनिनवादी-माओवादी दर्शन र सिद्धान्तलाई बुझ्न र यसलाई जीवन व्यवहारमा सही ढंगले प्रयोग गर्नु हाम्रो मुख्य कर्तव्य बन्न पुगेको छ ।

हामीले भुल्नै नहुने एउटा साँचो कुरा के हो भने मार्क्सवाद-लेनिनवाद-माओवादको गहिरो अध्ययन नै नगरिकन यसलाई साँचो अर्थमा जीवन व्यवहारमा नउतारिकन कम्युनिष्ट पार्टीे माथिल्लो ओहोदा र नेतृत्वमा पुगेका र मार्क्सवादी-लेनिनवादी-माओवादी सैद्धान्तिक धरातल कमजोर भएका व्यक्तिहरू जो कम्युनिष्ट पार्टीे माथिल्लो ओहोदा र नेतृत्वमा पुग्ने गरेका छन् तिनीहरूमा नै सैद्धान्तिक विचलन पैदा हुने प्रतिक्रान्तिको बाटो लिने, क्रान्ति र जनताप्रति गद्धारी गर्ने कम्युनिष्ट आन्दोलन र पार्टीई विर्सजन गराउने र अन्तिममा प्रतिक्रियावादीहरूको कित्तामा सामेल हुन पुग्ने जुन विश्व कम्युनिष्ट आन्दोलन र नेपालको यस ६४ वर्षो लामो इतिहासमा हामीले पाउने गरेका छौं, यसको, मुख्य कारण माथि उल्लेख गरिएकै कुरा मार्क्सवाद – लेनिनवाद – माओवादको गहन अध्ययन नहुनु र त्यसलाई जीवन व्यवहारमा उतार्न नसक्नु नै हो । यी नकारात्मक परिघटनाहरूको विषद् ज्ञान प्राप्त गरेका हामी माओवादी क्रान्तिकारीहरूले मार्क्सवाद- लेनिनवाद-माओवादको गहिरो अध्ययन गर्ने र यसलाई साँचो अर्थमा जीवन व्यवहारमा उतार्नुको विकल्प छैन ।

आजको तथ्य के हो भने आजको मार्क्सवाद र नेपाली क्रान्ति, आजको मार्क्सवाद र भूमण्डलीकृत साम्राज्यवादी युगको मार्क्सवादको व्याख्या गर्न पुगेका नव मार्क्सवादीहरूले नेपालमा पुँजीवादी, जनवादी क्रान्ति सम्पन्न भइसक्यो अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने भ्रान्तीपूण् तर्कहरू अगाडि सारेर विभिन्न रूप र रंगका संशोधनवादी विचार-दृटिष्कोणहरू फैलाएर मार्क्सवाद-लेनिनवाद-माओवादमाथि भिषण आक्रमण गरिरहेका छन् । तिनका विरुद्ध सैद्धान्तिक लर्डाई लडेर ती संशोधनवादी विचाररुलाई परास्त गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादका सैद्धान्तिक मान्यताहरूलाई नेपालको वर्तमान सापेक्षतामा आधारित नयाँ नेपाली जनवादी क्रान्तिलाई अगाडि बढाउनका निम्ति पनि हामी माओवादी क्रान्तिकारी कम्युनिष्टहरूले मार्क्सवाद-लेनिनवाद-माओवदको गहिरो अध्ययन गरी त्यसलाई जीवन व्यवहारमा उतार्नु विकल्प छैन ।

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता : संयोग वा राजनीतिक सन्देश ?

पूर्ण घर्ति गणतन्त्र कुनै औपचारिक शब्द होइन। यो नेपाली जनताले दशकौंको संघर्ष, जनआन्दोलन, बलिदान र राजनीतिक रूपान्तरणको प्रक्रियाबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो। त्यसैले जेठ १५ केवल क्यालेन्डरको एउटा मिति मात्र होइन, यो नेपाली राज्यको चरित्र र शासन व्यवस्थामा आधारभूत परिवर्तन भएको दिन हो। यही दिनमा राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री मौन बस्नु सामान्य घटना मान्न सकिँदैन। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै सभापतित्वमा सम्पन्न गणतन्त्र दिवसको औपचारिक समारोहमा सम्बोधन नगर्नु त छँदैछ, त्यसबाहेक पनि उनले यस राष्ट्रिय अवसरमा कुनै शुभकामना सन्देश जारी गरेनन्, गणतन्त्रको ऐतिहासिक महत्वबारे कुनै धारणा व्यक्त गरेनन् र जनतालाई सम्बोधन गर्न आवश्यकसमेत ठानेनन्। यसले स्वाभाविक रूपमा एउटा प्रश्न जन्माएको छ—के यो केवल व्यक्तिगत शैली हो, वा गणतन्त्रप्रति रहेको राजनीतिक असहजताको अभिव्यक्ति ? राजनीतिमा मौनता कहिल्यै पूर्णतः तटस्थ हुँदैन। विशेषतः त्यो मौनता राष्ट्रको कार्यकारी प्रमुखबाट आएको हो भने झन् हुँदैन। नयाँ वर्षमा शुभकामना दिने, धार्मिक पर्वमा सन्देश जारी गर्ने, सामाजिक विषयमा निरन्तर अभिव्यक्ति दिने प्रधानमन्त्रीले गणतन्त्र दिवसमा मात्र मौनता रोज्नु संयोगका रूपमा व्याख्या गर्न कठिन छ। गणतन्त्र दिवसमा शुभकामना दिनु कुनै दल वा विचारधाराको समर्थन गर्नु होइन। त्यो संविधानले परिभाषित गरेको राज्य व्यवस्थाप्रति सम्मान व्यक्त गर्नु हो। प्रधानमन्त्रीले संविधानको शपथ खाएर पद ग्रहण गरेका हुन्छन्। त्यसैले गणतन्त्र दिवसमा अभिव्यक्ति दिनु वैकल्पिक सौजन्यको विषय होइन, संवैधानिक संस्कार र राजनीतिक उत्तरदायित्वको विषय हो। कम्तीमा पनि गणतन्त्रप्रति आफ्नो सम्मान सार्वजनिक रूपमा व्यक्त गर्न नसक्ने नेतृत्वमाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ। यहाँ प्रश्न प्रधानमन्त्रीले विगतमा राजतन्त्रको समर्थन गरे कि गरेनन् भन्ने मात्र होइन। मूल प्रश्न यो हो कि उनले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्थाप्रति आफ्नो सार्वजनिक प्रतिबद्धता किन प्रष्ट पार्न चाहेनन् रु लोकतान्त्रिक नेतृत्वको दायित्व केवल सरकार सञ्चालनमा सीमित हुँदैनस त्यो राष्ट्रिय मूल्य, संवैधानिक व्यवस्था र ऐतिहासिक उपलब्धिप्रति पनि स्पष्ट अडान राख्नुपर्ने विषय हो। बालेन्द्र शाहको राजनीतिक उदय परम्परागत दलहरूप्रतिको जनअसन्तुष्टिको पृष्ठभूमिबाट भएको हो। उनले भ्रष्टाचार, अकर्मण्यता र राजनीतिक विकृतिविरुद्ध जनमत निर्माण गरे। तर एउटा महत्वपूर्ण तथ्य बिर्सनु हुँदैन—दलहरूको असफलता गणतन्त्रको असफलता होइन। सरकारहरूको कमजोरी संविधानको कमजोरी होइन। संविधानमा रहेका कमी–कमजोरी सुधार्ने, संशोधन गर्ने र समयानुकूल परिमार्जन गर्ने लोकतान्त्रिक बाटो खुला नै छ। यही कारणले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता अझ गम्भीर देखिन्छ। किनभने यसले दलविरोध र व्यवस्थाविरोधबीचको सीमारेखालाई धमिलो बनाउने जोखिम पैदा गर्छ। यदि प्रधानमन्त्री गणतन्त्रप्रति असहमत छन् भने त्यसबारे स्पष्ट राजनीतिक बहस गर्न सक्नुपर्छ। यदि उनी गणतन्त्रवादी हुन् भने त्यसको पनि सार्वजनिक अभिव्यक्ति आवश्यक छ। तर संविधानको शपथ खाएर प्रधानमन्त्रीको कुर्सीमा बस्ने, अनि गणतन्त्र दिवसमा मौन बसेर सबै पक्षलाई आफ्नो–आफ्नो व्याख्या गर्ने अवसर दिनु जिम्मेवार राजनीतिक नेतृत्वको शैली मान्न सकिँदैन। नेपालमा गणतन्त्र स्थापनापछि विभिन्न असन्तुष्टि र आलोचना भए पनि समग्र जनमत गणतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रत्येक सार्वजनिक व्यवहार राजनीतिक सन्देशमा रूपान्तरित हुन्छ। उनले बोलेका शब्दले मात्र होइन, उनले नबोलेका शब्दले पनि राजनीतिक अर्थ निर्माण गर्छन्। त्यसैले उनी गणतन्त्रप्रति कति प्रतिबद्ध छन् भन्ने विषयमा स्वयं उनले स्पष्ट धारणा राख्नु आवश्यक छ। गणतन्त्र दिवसमा देखिएको मौनताले गणतान्त्रिक संस्कारप्रतिको पर्याप्त संवेदनशीलता नदेखिएको संकेत दिएको छ। राष्ट्रको प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक उपलब्धिप्रति सम्मान व्यक्त गर्न आवश्यक ठानेनन् भने त्यसले नागरिकमा स्वाभाविक रूपमा जिज्ञासा, प्रश्न र शंका जन्माउँछ। लोकतन्त्रमा प्रश्न उठाउनु विरोध होइनस उत्तर खोज्नु नागरिक कर्तव्य हो। त्यसैले आजको मुख्य प्रश्न प्रधानमन्त्री बालेन्द्र शाह गणतन्त्रवादी हुन् कि होइनन् भन्ने मात्र होइन। मुख्य प्रश्न यो हो कि गणतन्त्र दिवसजस्तो ऐतिहासिक अवसरमा उनले किन मौनता रोजे ? जब राष्ट्रको कार्यकारी प्रमुख बोल्नुपर्ने दिनमा मौन बस्छ, त्यो मौनता आफैं एउटा राजनीतिक अभिव्यक्ति बन्छ। इतिहासले प्रायः यस्ता मौनताहरूलाई पनि शब्दसरह गम्भीरताका साथ मूल्याङ्कन गर्ने गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाहको यो मौनता पनि भविष्यमा नेपालको राजनीतिक इतिहास र गणतान्त्रिक संस्कारको बहसमा एउटा सन्दर्भ बिन्दुका रूपमा स्मरण गरिन सक्नेछ। अन्ततः यसको वास्तविक अर्थ र उद्देश्यको मूल्याङ्कन समयले नै गर्नेछ।

प्रधानन्यायाधीश सिफारिसः वरिष्ठता कि सत्ता इच्छा ?

विदुर कटुवाल काठमाडौं । नेपालको संवैधानिक इतिहासमा विरलै देखिने एक प्रकारको तनाव अहिले संवैधानिक परिषद्को निर्णयसँगै सतहमा आएको छ ।  प्रधानन्यायाधीश नियुक्तिजस्तो संवेदनशील र दूरगामी प्रभाव पार्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले परम्परागत वरिष्ठता क्रमलाई पन्छाउँदै डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सत्ता र विपक्षबीचको राजनीतिक दूरी मात्र बढेको छैन, न्यायपालिकाको स्वतन्त्रता, संवैधानिक संस्कार र संस्थागत स्थायित्वबारे गम्भीर बहस पनि सुरु भएको छ । यस विवादलाई अझ विस्फोटक बनाउने काम परिषद्भित्रकै दुई प्रभावशाली सदस्य–राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले गरेका छन् ।  उनीहरूले प्रधानमन्त्रीको प्रस्तावविरुद्ध लिखित रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै खुला असहमति जनाएपछि संवैधानिक परिषद्भित्रै असाधारण दरार देखिएको हो । सामान्यतया परिषद्का निर्णयहरू गोप्य सहमतिका आधारमा टुंग्याइने अभ्यास रहँदै आएको अवस्थामा सार्वजनिक असहमति आफैंमा ठूलो राजनीतिक सन्देश मानिएको छ । राजनीतिक वृत्तमा अहिले सबैभन्दा धेरै उठिरहेको प्रश्न एउटै छ–प्रधानमन्त्री बालेन वास्तवमै ‘नयाँ अभ्यास’ को सुरुवात गर्न खोजिरहेका हुन्, कि न्यायपालिकाभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिमपूर्ण प्रयोग ? प्रधानमन्त्री शाहले परिषद् बैठकमा डा‍‍. शर्मालाई ‘स्वतन्त्र, प्राज्ञिक र अराजनीतिक व्यक्तित्व’ भन्दै प्रस्ताव गरेका थिए । उनी निकट स्रोतहरूका अनुसार बालेनले परम्परागत वरिष्ठता प्रणालीभन्दा ‘मेरिट र कार्यक्षमता’ लाई प्राथमिकता दिनुपर्ने तर्क गरेका थिए । तर परिषद्का विपक्षी सदस्यहरूले भने यो तर्कलाई संवैधानिक अभ्यास तोड्ने खतरनाक बहानाका रूपमा व्याख्या गरेका छन् । नेपालको न्यायपालिकामा वरिष्ठता प्रणाली कुनै लिखित संवैधानिक बाध्यता नभए पनि दशकौंको संस्थागत अभ्यासका रूपमा स्थापित छ । सर्वोच्च अदालतभित्र वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराले न्यायिक स्थायित्व, पूर्वानुमेयता र आन्तरिक विश्वास कायम गर्न सहयोग गरेको मानिन्छ । यही कारण वरिष्ठता तोडिने हरेक प्रयासलाई न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेपका रूपमा हेरिने गरिन्छ । यही संवेदनशील बिन्दुमा अहिले विवाद चर्किएको हो । विपक्षी नेता आङ्देम्बे र राष्ट्रियसभा अध्यक्ष दाहालले आफ्नो लिखित असहमतिमा ‘प्रधानन्यायाधीश नियुक्ति कुनै व्यक्तिको इच्छाअनुसार होइन, संवैधानिक संस्कार र विधिसम्मत प्रक्रियाअनुसार हुनुपर्छ’ भन्ने स्पष्ट अडान राखेका छन् । उनीहरूको यो कदमलाई धेरैले संस्थागत पारदर्शिता र लोकतान्त्रिक मूल्यको पक्षमा गरिएको साहसी हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । विशेषगरी प्रमुख विपक्षी नेता आङ्देम्बेले परिषद्भित्रै खुलेर प्रतिरोध जनाउनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । सत्ता पक्षको निर्णयलाई बैठकमै चुनौती दिनु केवल औपचारिक असहमति होइन, यो सरकारको शैलीप्रतिको प्रत्यक्ष राजनीतिक प्रतिरोध हो । उनले ‘न्यायपालिकाको गरिमामा सम्झौता नगर्ने’ संकेत दिएका छन् । यसले आगामी दिनमा संसद् र सडक दुवैमा यो मुद्दा चर्किन सक्ने संकेत देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेनको यो कदमले दुईवटा सन्देश दिएको छ । पहिलो–उनी पुराना राजनीतिक दलहरूले निर्माण गरेका परम्परागत शक्ति संरचनालाई चुनौती दिन चाहन्छन् । दोस्रो–उनी संस्थागत अभ्यासभन्दा व्यक्तिगत दृष्टिकोणलाई बढी प्राथमिकता दिन तयार छन् । तर यही दोस्रो पक्ष अहिले उनको सबैभन्दा ठूलो आलोचनाको कारण बनेको छ । आलोचकहरूको प्रश्न स्पष्ट छ–यदि प्रत्येक सरकारले आफ्नो राजनीतिक वा वैचारिक सुविधाअनुसार वरिष्ठता तोड्दै ‘योग्य व्यक्ति’ को नाममा नियुक्ति गर्न थाल्यो भने न्यायपालिकाको संस्थागत स्वतन्त्रता कसरी सुरक्षित रहन्छ ? आज एक व्यक्तिलाई ‘योग्य’ भन्दै नियम बदल्ने हो भने भोलि अर्को सरकारले त्यही अभ्यासलाई अझ राजनीतिक रूपमा प्रयोग गर्न सक्दैन ? कानुन व्यवसायीहरू पनि अहिले विभाजित देखिएका छन् । केहीले ‘मेरिट आधारित नियुक्ति’  को बहसलाई स्वागत गरे पनि धेरै वरिष्ठ अधिवक्ताहरूले न्यायालयभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिम बढेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार न्यायपालिका केवल दक्ष व्यक्तिको नेतृत्वले मात्र चल्दैन, त्यसको आधार संस्थागत विश्वास, परम्परा र निष्पक्षताको सार्वजनिक अनुभूति पनि हो । यदि त्यो अनुभूति कमजोर भयो भने अदालतको निर्णयप्रतिको सामाजिक विश्वास समेत खस्कन सक्छ । नागरिक समाजका केही प्रतिनिधिहरूले समेत यो घटनालाई गम्भीर रूपमा लिएका छन् । उनीहरूको तर्क छ–लोकतन्त्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलन अत्यन्त संवेदनशील विषय हो । यदि कार्यपालिकाले न्यायपालिकाको नेतृत्व चयनमा अत्यधिक प्रभाव जमाउन थाल्यो भने अन्ततः लोकतान्त्रिक संरचनामै असन्तुलन पैदा हुन सक्छ । यस विवादको अर्को महत्वपूर्ण पक्ष डा. मनोजकुमार शर्माको सम्भावित कार्यकालसँग जोडिएको छ । स्रोतहरूका अनुसार उनी प्रधानन्यायाधीश नियुक्त भएमा करिब ६ वर्षसम्म पदमा रहन सक्नेछन् । नेपालको सन्दर्भमा यो अत्यन्त लामो अवधि मानिन्छ । त्यसैले यो नियुक्ति सामान्य प्रशासनिक निर्णयभन्दा धेरै ठूलो राजनीतिक र संवैधानिक महत्वको विषय बनेको हो । यही कारण अहिलेको बहस केवल ‘को प्रधानन्यायाधीश बन्ने ?’ भन्ने प्रश्नमा सीमित छैन । असली बहस त न्यायपालिकाको भविष्य कस्तो हुने भन्नेमा केन्द्रित हुँदै गएको छ । न्यायालय विधि, परम्परा र संस्थागत सहमतिबाट चल्ने कि राजनीतिक शक्ति केन्द्रहरूको प्राथमिकताबाट ? प्रधानमन्त्री बालेनले आफूलाई ‘पुरानो राजनीतिक संस्कार तोड्ने नेता’ का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले परम्परागत दलहरूको आलोचना गर्दै ‘नयाँ राजनीतिक संस्कृति’ को वकालत पनि बारम्बार गरेका छन् । तर आलोचकहरू भन्छन्–संस्कार तोड्ने नाममा संस्थागत सन्तुलन नै भत्काउन थालियो भने त्यो परिवर्तन होइन, अस्थिरताको सुरुवात हुन सक्छ । संवैधानिक परिषद्भित्र सार्वजनिक रूपमा देखिएको यो असहमति आगामी दिनमा अझ ठूलो राजनीतिक संघर्षको संकेत हुन सक्छ । विपक्षी दलहरूले यसलाई ‘संवैधानिक निकायमाथिको सत्ता हस्तक्षेप’ का रूपमा प्रचार गर्ने सम्भावना बलियो देखिएको छ । उता सत्ता पक्ष भने ‘पुरानो शक्ति समूहको प्रतिरोध’ भन्दै आफ्नो कदमलाई सुधारवादी निर्णयका रूपमा प्रस्तुत गर्न प्रयासरत देखिन्छ । तर जे भए पनि एउटा तथ्य स्पष्ट भएको छ–प्रधानन्यायाधीश सिफारिसको यो विवादले नेपालको राजनीतिक बहसलाई गहिरो मोडमा पुर्‍याएको छ । अब यो केवल व्यक्तिको नियुक्तिको प्रश्न रहेन । यो प्रश्न बनेको छ–नेपालको लोकतन्त्र संस्थागत विधि र संवैधानिक संस्कारले चल्ने कि सत्ताको इच्छाअनुसार नयाँ परिभाषा निर्माण हुँदै जाने ? आगामी दिनमा यही प्रश्नले सरकार, विपक्ष, न्यायपालिका र नागरिक समाजबीचको सम्बन्धको दिशा तय गर्नेछ । अनि शायद, यही विवादले भविष्यको नेपालको लोकतान्त्रिक चरित्रसमेत परिभाषित गर्नेछ ।

सुकुमबासीप्रति राज्यको जिम्मेवारी: मानवीयता संवेदना किन जरुरी ?

विदुर कटुवाल काठमाडाैं । काठमाडौं उपत्यकामा नदी किनारका सुकुमबासी बस्ती हटाउने सरकारी अभियान आजदेखि फेरि सुरु भएको छ । वर्षौँदेखि अनौपचारिक रूपमा बसोबास गर्दै आएका हजारौँ परिवारलाई उठीबास लगाउने यो कदम केवल भौतिक संरचना हटाउने प्रशासनिक काम मात्र होइन, यसले समाजको सबैभन्दा कमजोर वर्गमाथि प्रत्यक्ष असर पार्ने मानवीय प्रश्न पनि हो । सरकारले ‘वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गरिने’ आश्वासन दिएको भए पनि व्यवहारमा त्यस्तो संवेदनशीलता कत्तिको देखिन्छ भन्ने गम्भीर प्रश्न उठेको छ ।  सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने सुकुमबासी समस्या एकरातमा जन्मिएको होइन । यो दशकौँदेखि जमेको सामाजिक–आर्थिक असमानताको परिणाम हो । गाउँमा रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवाको सीमित पहुँच, प्राकृतिक विपत्ति तथा द्वन्द्वका कारण विस्थापित भएका नागरिकहरू बाँच्ने विकल्प खोज्दै सहर पस्छन् । सहरले उनीहरूलाई अवसर त दिन्छ, तर सम्मानजनक आवास दिन सक्दैन । अन्ततः उनीहरू नदी किनार, सार्वजनिक जमिन वा जोखिमयुक्त स्थानमा बस्न बाध्य हुन्छन् । यस्तो यथार्थलाई बेवास्ता गर्दै केवल ‘अवैध संरचना’ भनेर हटाउनु समस्याको समाधान होइन, बरु त्यसलाई झन् जटिल बनाउने कदम हो । सरकारको अहिलेको कदममा सबैभन्दा ठूलो कमजोरी मानवीय दृष्टिकोणको अभाव हो । कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठीबास लगाउनु राज्यको दायित्वबाट पन्छिनु हो । विशेषगरी बालबालिका, गर्भवती र सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकजस्ता संवेदनशील समूहको अवस्थालाई प्राथमिकतामा राखिनुपर्थ्यो । उनीहरूका लागि अस्थायी आवास, स्वास्थ्य सेवा, पोषणयुक्त खाद्य सामग्री र मनोसामाजिक सहयोगको व्यवस्था नगरी गरिएको हटाउने अभियान अमानवीय मात्र होइन, गैरजिम्मेवार पनि देखिन्छ । अर्कोतर्फ, सुकुमबासीको नाममा सार्वजनिक जमिन अतिक्रमण गर्ने र निजी स्वार्थका लागि फाइदा लिने प्रवृत्तिलाई पनि बेवास्ता गर्न मिल्दैन । वास्तवमा सबै सुकुमबासी एउटै प्रकृतिका छैनन् । केहीसँग अन्यत्र घरजग्गा हुन सक्छ, केहीले योजनाबद्ध रूपमा सार्वजनिक जमिन कब्जा गरेका पनि हुन सक्छन् । तर यसै आधारमा सबैलाई एउटै तराजुमा राखेर कारबाही गर्नु न्यायसंगत हुँदैन । राज्यको दायित्व भनेको वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, रोजगारी र सामाजिक सुरक्षाको पहुँच उपलब्ध गराउनु हो, न कि सबैलाई एउटै समूहमा राखेर हटाउनु । सरकारले यस विषयलाई केवल ‘व्यवस्थापन’को समस्या जस्तो देखाउन खोजेको छ, तर यो मूलतः गरिबी, असमानता र विकासको असन्तुलनसँग जोडिएको गहिरो संरचनात्मक समस्या हो । अहिले विश्वव्यापी रूपमा देखिएको आर्थिक अस्थिरता, ऊर्जा संकट र रोजगारीमा आएको गिरावटले गरिब वर्गलाई झन् प्रभावित बनाइरहेको छ । नेपालजस्तो आयातमा निर्भर र विप्रेषणमा आधारित अर्थतन्त्रमा यसको प्रभाव अझ गहिरो हुन्छ । वैदेशिक रोजगारी घट्दा परिवारको आम्दानी घट्छ, उपभोग कम हुन्छ र अन्ततः सहरमा बस्ने न्यून आय भएका वर्गहरू प्रत्यक्ष मारमा पर्छन् । यस्तो अवस्थामा सुकुमबासी हटाउने जस्ता कदमले उनीहरूको जीवन अझ असुरक्षित बनाउँछ । घर मात्र होइन, उनीहरूले सानो–सानो रोजगारीका अवसर पनि गुमाउँछन् । दैनिक ज्याला मजदुरी गर्ने, सडक व्यापार गर्ने वा साना सेवा व्यवसायमा संलग्न मानिसहरूका लागि स्थान परिवर्तन गर्नु भनेको आम्दानीको स्रोत गुमाउनु हो । त्यसपछि उनीहरू अपराध, शोषण वा मानव तस्करी जस्ता जोखिममा पर्न सक्ने सम्भावना बढ्छ । सरकारले यस्ता दीर्घकालीन प्रभावको मूल्याङ्कन गरेको देखिँदैन । सरकारको अर्को आलोचनायोग्य पक्ष भनेको तथ्याङ्क र वास्तविकताको बीचको अन्तर हो । प्रायः सरकारी निकायहरू आर्थिक सूचकहरू राम्रो देखाउनमा केन्द्रित हुन्छन्, तर जमिनस्तरको यथार्थ फरक हुन्छ । गरिबी घटेको, रोजगारी बढेको वा विकास तीव्र भएको दाबी गरिए पनि सहरका झुपडी बस्तीहरू विस्तार हुँदै जानु आफैंमा त्यसको खण्डन हो । यदि नीतिहरू प्रभावकारी हुन्थे भने सुकुमबासीको संख्या घट्नुपर्ने हो, बढ्ने होइन । यसैले, अहिलेको परिस्थितिमा सरकारको प्राथमिकता स्पष्ट हुनुपर्छ । पहिलो, कुनै पनि हटाउने अभियान अघि वैकल्पिक आवासको सुनिश्चितता अनिवार्य हुनुपर्छ । दोस्रो, सुकुमबासीलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । तेस्रो, सामाजिक सुरक्षा सञ्जाललाई विस्तार गरी कमजोर वर्गलाई लक्षित सहायता उपलब्ध गराउनुपर्छ । चौथो, स्वास्थ्य र शिक्षामा सहुलियत दिई उनीहरूको जीवनस्तर सुधार गर्ने प्रयास गर्नुपर्छ । यसका साथै बजार अनुगमन प्रभावकारी बनाउन पनि जरुरी छ । कृत्रिम अभाव, कालोबजारी र अनियन्त्रित मूल्यवृद्धिले गरिब वर्गलाई सबैभन्दा बढी असर गर्छ । सरकारले कर छुट, सहुलियत र नियमनका माध्यमबाट अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण गर्नुपर्छ । तर यी सबै अल्पकालीन उपाय मात्र हुन्। दीर्घकालीन समाधानका लागि उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, उद्योग विस्तार र आन्तरिक रोजगारी सिर्जना अपरिहार्य छ । अन्ततः, सुकुमबासी समस्या समाधान गर्न राजनीतिक इच्छाशक्ति र मानवीय संवेदनशीलता दुवै आवश्यक छन् । केवल कानुनी आधारमा संरचना हटाउनु सजिलो छ, तर मानिसको जीवन पुनःस्थापित गर्नु कठिन काम हो । यही कठिन काम गर्न सक्नु नै राज्यको असली परीक्षा हो । यदि सरकारले उठीबास गरिएका नागरिकलाई सम्मानजनक जीवन दिन सक्यो भने मात्र यो अभियान सफल मानिनेछ । अन्यथा, यो केवल गरिबमाथि अर्को अन्यायको अध्याय बन्नेछ । सरकारले अब निर्णय लिनुपर्छ-उसले विकासको नाममा कमजोरलाई विस्थापित गर्ने हो कि समावेशी नीति अपनाएर सबै नागरिकलाई साथ लिएर अघि बढ्ने हो । यही निर्णयले नेपालको सामाजिक न्यायको भविष्य निर्धारण गर्नेछ ।

सत्ताको 'उचाइ' र विधिको 'धरातल':  नयाँ आवरणमा पुरानै प्रवृत्ति

पूर्णबहादुर घर्ती  १. नयाँ आवरणमा पुरानै प्रवृत्ति:  नेपाली राजनीति अहिले एउटा विचित्रको संक्रमणकालबाट गुज्रिरहेको छ। 'पुराना' दलहरूको असफलताको जगमा 'नयाँ' शक्तिहरूको उदय त भयो, तर कार्यशैलीमा भने एउटा साझा र खतरनाक चरित्र हावी हुन थालेको छI  सस्तो लोकप्रियतावाद (Populism) र संस्थागत बेवास्ता। जनअपेक्षालाई सुशासनमा बदल्नुको साटो सत्ताको बागडोर सम्हालेका पात्रहरूले नै राज्यका दुई मुख्य स्तम्भ-  व्यवस्थापिका (सदन) र न्यायपालिका (अदालत) को मर्यादालाई नजरअन्दाज गरिरहेका छन्। २. सैद्धान्तिक विचलन:  लोकतन्त्रको आत्मा भनेको 'बहस' र 'सहमति' हो। तर, वर्तमान परिदृश्यले अर्कै संकेत गरिरहेको छ: * सदनको उपेक्षा: जनप्रतिनिधिहरूको सर्वोच्च थलो 'सदन' लाई जीवन्त बहसको केन्द्र बनाउनुको साटो राष्ट्रपतिलाई आह्वान गर्न लगाईएको सदन  विनाकुनै कारण  स्थगन गरिनुले संसदीय सर्वोच्चताको उपहास र राष्ट्रपतिलाई रबर स्ट्याम्प जस्तो वनाईएको छ । प्रचण्ड बहुमत हुँदाहुँदै पनि जब शासकहरूले अलोकतान्त्रीक र  हुकुमी शासनको बाटो रोज्छन् छिट्टै पतनको दिशामा पुग्छन् ।  * लोकप्रियतावादको पासो: लोकप्रियताका लागि गरिने 'स्टन्ट' हरूले तत्कालका लागि सामाजिक सञ्जालमा ताली त पाउँछन्, तर यसले समाजमा गहिरो विभाजन निम्त्याउँछ। सुकुम्बासी समस्यालाई मानवीय र आर्थिक पाटोबाट हेर्नुको साटो केवल 'अतिक्रमणकारी' को लेभल लगाएर बल प्रयोग गर्नु शासकको अनुदारवादी र निरंकुश चरित्रको उपज हो। ३. कानुनी राज्यको उपहास: नेपालको संविधानले नागरिकको 'आवासको हक' लाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। तर, व्यवहारमा विधिको शासनलाई शक्तिको आडमा थिचिएको देखिन्छ।  * अदालतको अवज्ञा: सर्वोच्च अदालतले २०८० मा दिएको "वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती नहटाउनु" भन्ने आदेशको पालना नगर्नु सिधै अदालतको मानहानि मात्र होइन, बरु लोकतान्त्रिक मूल्यमान्यता माथिको गम्भीर प्रहार हो। * संस्थागत पद्धतिलाई बाइपास: भूमि आयोग जस्ता संवैधानिक र कानुनी संयन्त्रलाई परामर्श र समन्वयमा सामेल नगरी 'डोजर' चलाउने आदेश जारी गर्नुले राज्यका स्थापित संस्थाहरूलाई कमजोर बनाउने र व्यक्तिलाई हाबी गराउने प्रवृत्तिको पुष्टि गर्छ। ४. काँधमा चढेको बच्चाको मनोविज्ञान:  अहिलेको सत्ता सञ्चालनमा एउटा रोचक तर भयावह 'मनोविज्ञान' देखिएको छ। जनमतको काँधमा चढेर शक्तिमा पुगेका पात्रहरूले आफूलाई संसारकै अग्लो ठान्ने भ्रम पालेका छन्। * नयाँ शक्तिको विरोधाभास: 'जान्नेलाई छान्ने' भन्दै आएका शक्तिहरूले 'एकाधिकारवादी' शैलीलाई नै निरन्तरता दिने हो भने, जनतामा "जुन जोगी आए पनि कानै चिरेको" भन्ने निराशा बढ्नु स्वाभाविक छ। * सेलिब्रेटी संस्कृति र पद्धति: राजनीति जब 'सिस्टम' मा भन्दा पनि 'सेलिब्रेटी' र 'फ्यान फलोइङ' मा आधारित हुन्छ, तब संस्थागत जवाफदेहिता हराउँदै जान्छ। यसले बिस्तारै 'निर्वाचित अधिनायकवाद' लाई आमन्त्रण गर्छ। ५. निष्कर्ष र निकासको बाटो शासकले आफ्नो उचाइ आफू उभिएको धरातल (कानुन र संविधान) बाट नाप्नुपर्छ, अरूको काँधबाट होइन। अहिलेको संकटबाट निकासका लागि निम्न बुँदाहरू अनिवार्य छन्: 1.संवैधानिक सम्मान: सरकारले अदालतको आदेश र संविधानको धारा ३७ (आवासको हक) लाई पूर्ण रूपमा पालना गर्नुपर्छ। 2.संसदीय सक्रियता: जटिल मुद्दाहरूलाई सदनमा लगेर व्यापक छलफलबाट मात्र कानुन र नीति निर्माण गरिनुपर्छ। 3. मानवीय व्यवस्थापन: सुकुम्बासी समस्याको समाधान 'डोजर' होइन, 'पुनर्स्थापना' र 'वैज्ञानिक पहिचान' हो। वास्तविक सुकुम्बासी र भू-माफिया छुट्ट्याउने वैज्ञानिक विधि अपनाउनु नै सुशासनको पहिलो कदम हो। अन्त्यमा, जबसम्म पद्धतिलाई व्यक्तिभन्दा माथि राखिँदैन र राज्यका संस्थाहरूलाई खेलौना बनाइन्छ, तबसम्म लोकतन्त्रको आवरणमा अराजकता मात्र मौलाइरहनेछ जो छिट्टै पतनको दिशामा जान्छ । लेखक : नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । (२०८३ / ०१ / १२)  

लोकप्रिय