माओवादी केन्द्रसँग एकताका लागि नयाँ शक्तिका शीर्ष नेताहरुको दौडधुप

माओवादी केन्द्रसँग एकताका लागि नयाँ शक्तिका शीर्ष नेताहरुको दौडधुप

काठमाडौं, चैत ९ । नयाँ शक्ति नेपालमा पहिरो जाने क्रम झनै बढेर गएको छ । मलेशियामा संस्थापकसहित २६ जनाले राजीनामा दिएको भोलीपल्ट नवलपरासीको पुरै कमिटीले पार्टी परित्याग गरेको घोषणा गरेको छ । पार्टीभित्रका असन्तुष्ट एकसय बढी अन्तरिम परिषद सदस्यहरुले भने समानान्तर पार्टी गठनका लागि तयारी राखेको बताएका छन् ।

नयाँ शक्ति नेपालमा परित्याग गर्ने क्रम एकपछि अर्को बढ्दै गएपनि पार्टी संयोजक बाबुराम भटटराईले खासै चासो नदेखाएपछि एमाओवादीबाट नयाँ शक्तिमा गएका नेताहरु समेत असन्तुष्ट बनेका छन् । नयाँ शक्ति गठन भएपछि बाबुरामले सामूहिक छलफल र निर्णय भन्दा पनि आफुखुशी निर्णय गरेको भन्दै एमाओवादीबाट गएका नेताहरुले माओवादी केन्द्रसँग एकताका लागि अनौपचारिक कुराकानी अगाडि बढाएका छन् ।

नयाँ शक्ति श्रोतले दिएको जानकारी अनुसार, तत्कालिन एमाओवादीबाट नयाँ शक्तिमा गएका नेता देवेन्द्र पौडेल, देवेन्द्र पराजुली, रामचन्द्र झा लगायतका नेताहरुले चुनाव अघि नै माओवादी केन्द्रमा फर्किने मनस्थिति बनाएका हुन । नयाँ शक्तिले संगठन बिस्तारमा अपेक्षा गरेभन्दा राम्रो सफलता हात पारेपनि वैचारिक स्पष्टता नहुने र कार्यकर्तामा उत्साह देखिएपनि नेतृत्व तहमा निर्णय प्रक्रिया र विधिसम्मत ढंगले पार्टी चल्न नसक्दा नयाँ शक्तिलाई अगाडि बढाउने उत्साह घटदै गएको हो ।  दुर्गा सोव, महेश कर्मोचा, परशुराम खापुड., केशब दाहल, डा. जनक शाहलगायतका नेताहरुले पनि पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेका छन् ।

श्रोत भन्छ, “देवेन्द्रजीले त उहिल्यैदेखि असन्तुष्टि राख्नु भएको हो, अब बिस्तारै अरुको पनि मन मर्दै गएको छ ।” यद्यपी एकलरुपमा माओवादी केन्द्रमा फर्किने सम्भावना भने नरहेको श्रोतले बतायो, “एक दुई जना फर्किँदा माओवादी केन्द्रभित्र पनि खासै हैसियत रहन्न । छोडेर गएको केही नपाएपछि फर्केर आयो भन्ने पर्ने हुन्छ, त्यसैले पार्टी एकता नै गर्ने किसिमले सकिन्छ कि भनेर पहल शुरु भएको छ ।”

नयाँ शक्तिभित्रका शीर्ष नेताहरुले माओवादी केन्द्रसँग एकताको कुरा अगाडि बढाएपछि केन्द्रभित्र समेत यसबारेमा छलफल भएको छ । “औपचारिकरुपमा कुराकानी नआएपनि व्यक्तिगतरुपमा नयाँ शक्तिमा गएका पूर्व माओवादी नेताहरुसँग कुराकानी चलिरहेको छ ।” माओवादी सचिवालय श्रोतले भन्यो, “माहौल बनेको छ, तर आकार लिइसकेको छैन” ।

नयाँ शक्ति ढिक्कै एकताका लागि कतिपय माअ‍ोवादीबाट गएका नेताहरु तयार भएपनि पार्टीको संरचनाका कारण त्यो सम्भव हुन नसकेकोले कसरी एकता गर्ने त भन्ने विषयमा अन्यौल भएकोले एकता हुन नसकेको नयाँ शक्तिका एक नेताले बताए । “चौतारी जस्तै बन्यो, को कुन बाटोबाट भेला भए, अब सबै त माओवादी केन्द्रमा जाँदैनन्, कति बुर्जुवा छन्, कति के छन कस्ता छन् । हामी माओवादीबाट आएकाहरुमात्रै जानका लागि विद्रोह गर्नुपर्यो । त्यो विद्रोह देशव्यापी भए त एउटा अर्थ हुन्थ्यो नत्र दुई चार जना नेता निस्केर जाँदा फेरी केन्द्रभित्र पनि सम्मानजनक अवस्था नहुन सक्छ । यता पनि बस्न नसक्ने, उता जान मन भएपनि यही समस्याले तत्कालै जान नसक्ने अवस्थामा हामीहरु छौं । त्यसैले कसरी एकता गर्ने भन्ने बारेमा छलफलमा छाै‌ ।”

माओवादी केन्द्रका सचिवालय श्रोतले भने बाबुराम भट्टराईले समेत एकता गर्न खोजेको दावी गरेका छन् । “बाबुरामजी नै एकताको पक्षमा भएको कुरा आयो, पत्याउन त सकिएन तर बाबुरामकै विश्वस्त श्रोतले त्यो कुरा गरेपछि यसबारेमा प्रचण्डजीलगायतका बीचमा छलफल पनि भयो । तर बाबुरामजीलाई ल्याउने विषयमा कोही सहमत भएनन्” श्रोतले भन्यो, “के आधारमा बाबुरामजीलाई ल्याउने र त्यसले माओवादी केन्द्र र समग्र माओवादी आन्दोलनलाई के फाइदा हुन्छ भन्ने कुरा स्पष्ट नभईकन बाबुरामजीलाई ल्याउन हुन्न भन्ने अधिकांश नेताको मत रहेको छ ।”

नयाँ शक्ति नेपाल गठन भएको दुई वर्ष नबित्दै पार्टीमा देखिएको संगठनात्मक समस्याले पार्टीको भविष्य नदेखेर एकलरुपमा पलायन हुनेहरुको संख्या समेत बढेको छ । स्थानीय तहका पूर्व माओवादी नेताहरु पलायन हुने, कांग्रेस या एमालेमा जाने सम्भावना समेत रहेको श्रोतले बतायो । तर सैद्दान्तिकरुपमा प्रतिबद्ध र आन्दोलनको इतिहास भएकाहरु सबै माओवादी केन्द्रमैं फर्किने उनले बताए ।

बाबुराम भट्टराईको व्यक्तित्वले मात्रै पार्टी नचल्ने निष्कर्शमा पुगेका कतिपय गैर माओवादी पृष्ठभूमिका नेताहरुले आफ्नो पुरानै व्यवसायलाई निरन्तरता दिने र केहीले अन्य पार्टी प्रवेश गर्ने सोचाई बनाएको समेत श्रोतको दावी छ ।

प्रधानमन्त्री न्यूयोर्क प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ  । साथै, उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ। भ्रमण क्रममा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ।  प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी पनि न्युयोर्क जाँदै छन्। यसअघि नै क्यानडा पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उतैबाट न्युयोर्क जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधि मण्डलको टोली आगामी असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः  प्रचण्ड

काठमाडौं, ४ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताउनुभयो । उहाँले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताउनुभयो । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र बिपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’– उहाँले भन्नुभयो– ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरुले यो प्रस्ताव पार्टीभित्र छलफल गरौं भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु, हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौं ।’ आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा अभियानको अध्यक्ष रहनुभएको छ । अभियानको तर्फबाट हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिनुभयो । दाङबाट सुरु भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौंमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको जनाएको छ ।

कांग्रेस र एमालेनिकट विद्यार्थीको झगडाले कृषि विश्वविद्यालय २१ दिनदेखि बन्द

चितवन । कांग्रेस र एमालेनिकट विद्यार्थीहरुको झगडाले कृषि तथा वन विश्वविद्यालय २१ दिनदेखि बन्द रहेको छ । सामान्य भनाभनको विषयले राजनैतिक रङ लिएपछि रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा शैक्षिक वातावरण धमिलिएको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृसंगठनका विद्यार्थीबीच द्वन्द्व चर्किएको मात्रै होइन, विश्वविद्यालय नै बन्द भएको छ।  अघिल्लो साँझमा पढाइ सकेर जान लागेका साथीको बिदाइमा होस्टलमा खाना खुवाउने क्रमम नेविसंघले हल्ला गरेको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएपछि दुई पक्षबीच भनाभनमा सकिएको विवादले भोलिपल्ट उग्ररूप लियो। लाठी, ढुंगा, रडसहित विद्यार्थी आक्रमणमा उत्रिए।  अनेरास्ववियुको आक्रमणले नेविसंघका आठ जना घाइते भएका छन्। एक जनाको आँखा फुटेको छ। अर्का एकको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसपछि असुरक्षाको कारण देखाउँदै दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले कलेजका विभिन्न एकाइ र कार्यक्रमका विभागसहित मुख्य कार्यालयमा तालाबन्दी गर्‍यो।  भदौ १२ गते साँझ विश्वविद्यालयको कञ्चनजंगा होस्टेलमा खाना खाँदा हल्ला भएको भन्दै सगरमाथा होस्टेलमा रहेकाबीच भनाभन भयो। भोलिपल्ट भदौ १३ गते दिउँसो साढे ३ बजे धौलागिरमिा बसिरहेका नेविसंघका विद्यार्थीलाई सगरमाथा होस्टेलमा रहेका अनेरास्ववियुले एक्कासि आक्रमण गरेको नेविसंघले आरोप लगाएको छ।  अनेरास्ववियुको आक्रमणबाट कृषि संकायमा अध्ययनरत कमन दाहालको आँखा फुटेको छ। अर्का विद्यार्थी प्रितम भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। घटनामा संलग्न रहेको आरोपमा महेश खड्का, एकराज पराजुली, बवन पुरी, चिरन खनाल, प्रशन्न पोखरेल, विनोद भण्डारीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले पक्राउ गरेको पोखरेल, भण्डारी र खनाल अदालतबाट तारेखमा छुटेका छन्। बाँकी फरार छन्।   

प्रधानमन्त्री आज न्यूयोर्क जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ मा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ मा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । प्रधानमन्त्री ओली असोज १४ मा स्वदेश फर्कनेछन् ।

लोकप्रिय