माओवादी नेता अमिक शेरचनद्वारा ‘निकृष्ट कुप्रचार’को जोडदार खण्डन

माओवादी नेता अमिक शेरचनद्वारा ‘निकृष्ट कुप्रचार’को जोडदार खण्डन

काठमाडौं, कात्तिक २२ । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवम् चितवन वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले क्षेत्र नं. ३ बाट बाम उम्मेदवार कमरेड प्रचण्डको जीत सुनिश्चित देखिएसगै अत्तालिएका बिरोधी राजाबादी मानसिकता बोकेकाहरुको निकृष्ट कुप्रचारको जोडदार खण्डन गरेका छन ।

कात्तिक १९ गते चनौली बजारमा बामगठबन्धनको प्रदेश ३ (क) को चुनावी कार्यालय उद्धाटन कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै नेताहरु सहित मंचमा जाने क्रममा पुराना मित्र धनकाजी गुरुङसँग भएको भेट र हतारामा छुट्टिदाको अवस्थालाई लिएर विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति शेरचनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

बुधबार शेरचनले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘चुनावी कार्यालय उद्धाटन कार्यक्रमको सन्दर्भमा भएको घटना भनि केहि अनलाईन मिडियामा आएको कपोकल्पित र भ्रामक समचार आज थाहा पाउँदा उक्त समचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘आफ्ना अन्नय मित्र धनकाजी गुरुङको चरित्र हत्या गर्ने मनसायले हुँदै नभएको भ्रामक र कपोकल्पति मतदाताले अमिक शेरचनको कठालो समात्न खोजेको र प्रहरीले गिरफ्तार गरेको भनि केहि मिडियामा अत्यान्तै पुर्वाग्रही र चुनावी प्रपोगाण्डाका रुपमा समाचार प्रेसित गरिएकोमा नेता शेरचनले आपत्ति प्रकट गरेका छन ।

गुरुङलाई नचिनेका युवा साथीहरुले प्रहरीको जिम्मा लगाएको खबर मैले मंचमा रहदाँ प्रहरीबाट जानकारी पाउनसाथ उहाँलाई तत्काल छाड्न आग्रह गरेको थिए । यसर्थ यस्तो खाले गलत खबरको बिश्वास नगर्न र साथी धनकाजी गुरुङ मेरो पुरानो हितैषी मित्र रहेको पुन स्मरण गराउन चाहान्छु प्रेस नोटमा उल्लेख छ ।

हेनुहोस् विज्ञप्तीको पूर्णपाठः

अस्ति चनौलीमा हुँदै नभएको घटनाको वारेमा भ्रमपुर्ण सन्देश सम्प्रेष्ण को खण्डन क अमिक शेरचनका तर्फबाट जारी संक्षिप्त प्रेस नोटः

गएको १९ गते चनौली बजारमा बामगठबन्धनको प्रदेश ३ (क) को चुनावि कार्यालय उद्धाटन कार्यक्रमको सन्दर्भमा भएको घटना भनि केहि अनलाईन मिडियामा आएको कपोकल्पित र भ्रामक समचार आज थाहा पाउदा उक्त समचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

चुनावी कार्यक्रमको दौरानमा अध्यक्ष कमरेड प्रचण्डसँगै नेताहरु सहित मंचतर्फ जादै गरको अबस्थामा मेरा पुराना मित्र धनकाजी गुरुङले हात मिलाउदै मसगँ छुट्टै कुराकानी गर्न खोज्नु भएको थियो । कार्यक्रम सुरु हुन लागेकाले हतारमै हामी मंचतर्फ उक्लिएको कुरालाई मतदाताले अमिक शेरचनको कठालो समात्न खोजेको र प्रहरीले गिरफ्तार गरेको भनी केही मिडियामा अत्यन्त्यै पुर्वाग्रही र चुनावी प्रपोगाण्डाका रुपमा खबर प्रेसित गरिएको प्रष्ट देखिन्छ । उहाँलाई नचिनेका युवा साथीहरुले प्रहरीको जिम्मा लगाएको खबर मैले मंचमा रहदाँ प्रहरी कै सईमार्फत थाहा पाएपछि तत्कालै उहाँलाई छाड्न आग्रह गरेको थिए । यसर्थ यस्तो खाले गलत खबरको बिश्वास नगर्न र साथी धनकाजी गुरुङ मेरो पुरानो हितैषी समेत रहेकाले र उहाँसँग निकै लामो सहकार्यमा कुनैपनि झैझगडा र मनमुटाब नरहेकाले उहाँको चरित्र हत्या हुने खालको खबर प्रकाशन नगर्न सम्पुर्णमा अनुरोध गर्दछु । यस्ता खाले गलत समचार सम्प्रेष्ण गर्ने अनलाईन र मिडियाहरुको नियमन गर्न निर्वाचन आयोग र प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराउन चाहान्छु ।

३ नं क्षेत्रबाट बाम उम्मेदवार कमरेड प्रचण्डको जीत सुनिश्चित देखिएसगै अत्तालिएका बिरोधि राजाबादी मानसिकता बोकेकाहरुको निकृष्ट कुप्रचारको जोडदार खण्डन गर्न चाहान्छु ।

अमिक शेरचन
२०७४।०७।२२

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।  

कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचिसहित)

काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

झ्याप्लेखोलामा पुरिएका दुई बस निकालिदै, अर्को बस पनि भेटियो

काठमाडौं । धादिङको धुनिबेशि नगरपालिका-९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अर्को पनि बस फेला परेको छ। पुरिएरका दुईवटा बस निकालेर बाटो सफा गर्ने क्रममा अर्को पनि बस पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्काभेटरले खन्ने क्रममा अहिलेसम्म बसको थोरै भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। ‘बसको पूरै भाग नदेखिएकोले कहाँको लागि छुटेको बस हो भन्ने पत्ता लागेको छैन,’  सिलवालले भने। यसअघि शुक्रबार गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको एउटा बस खानीखाेलाबाट सम्पर्कविहीन भएको थियो। लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो। बसमा रहेका यात्रुका आफन्तले खोजबिन गरिदिन आग्रह गरिरहेका छन्। बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि पहिरोले पुरिएको बस त्यही हो अथवा अरु नै हो भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर बस निकाल्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

लोकप्रिय