सदरमुकाम सिमकोटदेखि ७ कोस टाढा कर्णाली माध्यमिक बिद्यालयमा कक्षा ४ को एक सेट पनि पाठ्यपुस्तक पुगेका छैनन् । ३४ जना बिद्यार्थी रहेको त्यस कक्षाका सबैले च्यातिएका पुराका पुस्तक पढ्न बाध्य छन् ।सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका पाठ्यपुस्तक नपुगेपछि सदरमुकाम सिमकोटदेखि उत्तरका बिद्यालयमा अध्ययनरन बिद्यार्थीले पुराना पाठ्यपुस्तकबाट काम चलाउने गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
नयाँ पुस्तक जिल्लाबाट नआएपछि पुराना पुस्तककै शैक्षिक सत्र गुजार्न बाध्य भएको प्राचार्य जयरुद्र ढकालले जानकारी दिए ।