मिटर ब्याज र ढुकुटीले तरायाे धेरैकाे उठिवास !

मिटर ब्याज र ढुकुटीले तरायाे धेरैकाे उठिवास !

लोकेश धामी

धनगढी, बैशाख १९ । धनगढी बजार क्षेत्रमा चर्को मिटर ब्याज र ढुकुटीले थुप्रैको घरबार विगँ्रदै गैरहेको छ ।

प्रहरी र स्थानीय प्रशासनको मौन स्विकृतिमा फैलिदो रुप लिई रहेको मिटर ब्याज र ढुकुटीकाका कारण केही रातारात करौडौको सम्पत्ति जोड्न सक्षम भएका छन् भने केहि आत्महत्यासम्म गर्ने प्रयास र ठाउँ छोडेर भागेका छन् ।

केही समय अघि मात्रै मिटर व्याज र ढुकुटीको सिकार भएर परिवार सहित धनगढी छोडेर भागेका डेरी व्यवसायी दीपक खड्का, खाद्यान्न व्यवसायी विकाश अग्रवाल, राजेश गुप्ता, नितेश शर्मा लगायत आधा दर्जन भन्दा बढी व्यवसायीहरु चर्को मिटर व्याज तिर्न नसकेर भाग्न बाध्य भएका हुन् ।

श्रीमतीलाई अगाडी सारेर ढुकुटीको कारोवार गरिरहेका धनगढीका सम्भ्रान्त परिवारका पुरुषहरु त्यहि पैसामा विलासिताको जीवन बिताई रहेका छन् ।

‘हिजोसम्म भारतीय बजार गौरीफन्टाबाट चिनी र दाउरा ल्याएर बेचेर गुजारा गरिरहेकाहरु अहिले आलिसान महलमा बसिरहेका छन्’ धनगढीका बिशाल साउँदले भने । मिटर ब्याजको कारोवारले महंगा गाडी चढ्न सफल उनीहरु केहि स्थानीय राजनैतिक दलको आडमा तथा केहि प्रहरी प्रशासनको आडमा नै अबैध मिटर व्याज र ढुकुटीको कारोबार भैरहेको उनी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दैनिक जसो ४ देखि ६ जनासम्म मिटर व्याज र ढुकुटीले फसाएको भन्दै उजुरी गर्न आउने गरेको बताउँछन । नगद कारोवार गर्ने हुँदा प्रशासनले केही पनि गर्न नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले दुवै पक्षलाई बोलाएर छलफल गर्न बाहेक आफूले केहि पनि गर्न नमिल्ने बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले फाटफुट रुपमा केहि उजुरी परेपनि सबुत प्रमाण सहित ठगिएको भनेर कोही पनि नआउने गरेको बताए । तर कारोवार गर्दा चेकमार्फत गरेमा गरेमा कारवाही गर्ने आधार बन्न सक्ने उनले बताए ।

घरायसी गर्जो टार्न होस वा औषधी उपचारका लागि वा बैदेशिक रोजगारीमा जाने अथवा उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई दिईने सापटी रकमलाई मिटर व्याजको कारोबार गर्नेहरुले प्रलोभनमा पारेर चाहिएजति पैसा दिने गर्दछन् । जस्तो ३० लाख रुपैया आवश्यक परेको व्यक्तिलाई शुरुमै ब्याज वाफत २० प्रतिशत (६ लाख) रकम कटाएर दिने गर्दछन् । त्यसपछि प्रत्येक महिना पुनः ३० लाखकै १० प्रतिशत (.३ लाख) का दरले व्याज लिने गर्दछन् । १ वर्ष भित्र तिर्न नसके रकमको ब्याज दोब्बर बनाउदै लैजाने गर्दछन् । यसरी ३० लाख रुपैया सापटी भनेर लिएको व्यक्तिले शुरुमै ६ लाख कटाएर २४ लाख रुपैया मात्रै पाउँछ र वर्षभरि उसले ३० लाखको मासिक ३ लाखका दरले ३६ लाख र सुरुमै तिरेको ६ लाख गरि ४२ लाख रुपैया त व्याज मात्रै तिनु पर्छ । यसरी व्याज वाफत पाएको रकम प्रहरी र प्रशासनलाई समेत दिईने गरेकाले अबैध मिटर व्याज र ढुकुटी संचालकहरु खुलेआमरुपमा समाजमा आफ्नो धाक जमाएर बस्ने गरेका छन् ।

कसरी खेलाईन्छ ढुकुटी ?

५ करोडको ढुकुटीमा १० जनालाई समावेश गराएर मासिक ५० लाख रुपैया किस्ता तिर्ने गरि संचालकले ढुकुटी शुरु गर्छ । पहिलो ढुकुटी खानेले संचालककै आदेश अनुसार २ करोड ५० लाखमा खान्छ जसका लागि किस्ता तिर्नेहरुलाई २५ लाख तिरे पुग्छ । सो वाफत संचालकले ढुकुटी खाने संग १० लाख रुपैया लिन्छ ।

यसरी प्रत्येक महिना १० लाखका दरले संचालकले ९ महिना सम्म ९० लाख रुपैया कमाई सकेको हुन्छ र अन्त्यमा संचालकले पुरै ५ करोड पाउँछ । यसरी ढुकुटी खेल्नेहरुले मासिक २५ लाखका दरले ९ महिना सम्म २ करोड २५ लाख र अन्तिम किस्ता वाफत ५० लाख गरेर २ करोड ७५ लाख तिर्छन् । आफुले ढुकुटी खादा २ करोड ४० लाख मात्रै पाउँछ भने १० महिनामा तिर्दा २ करोड ७५ लाख तिर्नु पर्छ । अझै यसमा कुनै एक व्यक्ति भागेको भएको खण्डमा उसको भागमा पर्ने रकम संचालक बाहेक सबैले दामासायीले तिर्नु पर्छ ।

ढुकुटी खेलाईने स्थान भने महिनैपिच्छे फरक फरक हुन्छ, कहिले जाखौर ताल, कहिले बडहरा जंगल क्षेत्र त कहिले व्युटिपार्लर त कहिले रेष्टुरेन्ट र होटलहरुमा । ढुकुटी खाने दिन नगद मै कारोवार गर्ने हुँदा फरक फरक स्थानलाई छनौट गर्ने गर्दछन् । यसरी ढुकुटी खाएपछि त्यो पैसा बैकमा नराखेर मिटर व्याजमा लगाउने गरिन्छ । बैकको व्याज भन्दा मिटर व्याजमा राम्रो आम्दानी हुने हुदा मिटर व्याजको जालो बढ्दो छ ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय