मुआब्जा माग्दै मध्यपहाडी सडक विस्तारमा अवरुद्ध

मुआब्जा माग्दै मध्यपहाडी सडक विस्तारमा अवरुद्ध

त्रिशूली, चैत २ । पुष्पलाल मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पुर्याएका छन् ।

सडक विस्तारको क्रममा मुआब्जा नदिई सडक छेउका बस्ती हटाउन लागेको भन्दै स्थानीयवासी सङ्घर्ष समिति गठन गरी विरोधमा उत्रिएका छन् ।

सडक विस्तारले १०० भन्दा बढी घरपरिवार सुकुम्बासी हुने भन्दै मध्यपहाडी लोकमार्गलाई वैकल्पिक स्थान हुँदै विस्तार गर्नुपर्ने सङ्घर्ष समितिका संयोजक नारायण अधिकारीले बताए । “विनाशकारी भूकम्पबाट पीडित बासिन्दामध्ये पहाडी सडक विस्तारले पीडित मात्र नभई सुकुम्बासी हुने भएका छन् ।”

सङ्घर्ष समितिका संयोजक अधिकारीले भने– “भएको जग्गा सडकको अतिक्रमणमा परी विस्थापित हुन लागेकाले बाध्य भएर आफ्नो सम्पत्तिमा अधिकार र हक सुनिश्चित गर्न सडक विस्तारलाई अवरोध पुर्याएका हौं ।”

पुष्पलाल–मध्यपहाडी लोकमार्गको विस्तारको क्रममा नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म सडकको लागि छुट्टाउनुपर्ने जग्गा समेत अन्योल रहेको अधिकारीको गुनासो छ । सडकको दायाँबायाको क्षेत्रफल १५ मिटर वा २१ मिटर तथा २५ मिटरसम्मको चर्चा चलेको र सम्बन्धित कार्यालयबाट आधिकारिक सूचना जारी नहुँदा सडक छेउका बासिन्दा आवास निर्माण गर्न अन्योल भएको संघर्ष समितिले जनाएको छ ।

जिल्लाको गङ्गटेदेखि ढिकुरेसम्मको मध्यपहाडी सडक क्षेत्रमा पर्ने स्थानीयवासी मिलेर गठन गरेको सङ्घर्ष समितिले फागुन दोस्रो साता नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएर समस्या समाधानको लागि पहल गर्न आग्रह गरे पनि बेवास्था गरेको गुनासो गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा सडक विस्तारले पीडित हुने बासिन्दाले आयोजना विस्तारमा वैकल्पिक स्थान खोज्नुपर्ने, विस्तार नै गर्नुपर्ने भएमा मुआब्जा दिनुपर्ने भन्दै माग सम्बोधनको गर्न गरेको आग्रहको बेवास्ता भएकाले सडक विस्तारमा अवरोध गर्न बाध्य भएको संघर्ष समितिका सदस्य प्रकाश अधिकारीले बताए ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सडकको साविकको विदुर नगरपालिका, सामरी, कल्याणपुर, खानीगाउँ, थानसिङ, महाकाली, सूर्यमतिलगायतका गाविसमा सीमाङ्कन अझै अन्योल रहेको छ ।

सिन्धुपाल्चोकबाट नुवाकोट हुँदै धादिङतर्फ जाने मध्यपहाडी सडकले नुवाकोटको साविकको एक नगरपालिका र १२ गाविस हुँदै सञ्चालन हुने बताए पनि त्यो प्रारम्भिक अध्यनन भनेर उल्लेख गरिएको छ ।

अहिलेको योजना अनुसार जिल्लाको तलाखु, लिखु, महाकाली, भदु्रटार, सुनखानी, थानापति, थानसिङ, सूर्यमति, खानीगाउँ, चारघरे, विदुर नगरपालिका, कल्याणपुर र सामरी गाविस हुँदै धादिङ प्रवेश गर्ने बताइएको छ ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय