वाम गठबन्धन लोकतान्त्रिकभन्दा ७ हजार मतले म्याग्दीमा अगाडि

वाम गठबन्धन लोकतान्त्रिकभन्दा ७ हजार मतले म्याग्दीमा अगाडि

म्याग्दी, कात्तिक १३ । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरू तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिनिधि सभाको एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेपछि कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधि सभाका लागि एमाले माओवादीका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रिक गठबन्धनको तर्फबाट काँग्रेसका खम्बिर गर्बुजा चुनावी मैदानमा छन ।

प्रदेश सभाको क्षेत्र नं १ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी र प्रजातान्त्रिक गठबन्धनका राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचन उम्मेदवार बनेका छन ।

प्रदेश सभाको क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रिएका छन । एमालेकी पुन पूर्व राज्यमन्त्री हुनु ।

तीन सिटका लागि १२ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ । प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमालेका वैकल्पिक केन्द्रीय सदस्य थापा जिविसको पूर्व उपसभापति हुनु ।

जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए ।

नेपाली काँग्रेस म्याग्दीका सभापतिसमेत रहेका उम्मेदवार गर्बुजा विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग तीन हजार ४४६ मत अन्तरले पराजित भएका थिए ।

बेनी नगरपालिका–१ रत्नेचौरका थापा राष्ट्रिय राजनीतिमा पुग्न सफल जिल्लाका सीमित नेता मध्येमा पर्छन भने रघुगंगा गाउँपालिका–४ दग्नामका गर्बुजा बेलायती सैनिकबाट अवकाशपछि राजनीतिमा सक्रिय छन । ।

गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएका मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन प्रजातान्त्रिकभन्दा सात हजार मतले अगाडि छ । एमाले माओवादी आफ्नो जनमत सुरक्षित गराउन र काँग्रेस र राप्रपाका मतदातालाई आकर्षित गर्ने कसरतमा जुटेका छन् ।

स्थानीय तह निर्वाचनमा ७१ हजार ४६३ जना मतदाता रहेकामा आसन्न निर्वाचनका लागि चार हजार ७५ मतदाता थपिएर जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए ।

बेनी नगरपालिकाको प्रमुख, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र मालिका गाउँपालिकाको अध्यक्ष जितेको काँग्रेसले विगतको तुलनामा संगठन बलियो भएको र जनमत बढेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने उम्मेदवार गर्बुजाले बताए ।

स्थानीय तह निर्वाचनमा काँग्रेससँग तालमेल गरेको माओवादीसँग यसपालि आफ्नो तालमेल र बलियो संगठन भएकाले चुनाव प्रचारलाई व्यवस्थित गरे वाम गठबन्धनको बिरासत जोगिने एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । रासस

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय