यसरी पुर्याउँदै छ कुमारी बैंकले ८ अर्ब चुक्ता पूँजी

यसरी पुर्याउँदै छ कुमारी बैंकले ८ अर्ब चुक्ता पूँजी

काठमाडौं, फागुन १३ । राष्ट्र बैकले तोकेको चुक्ता पूँजी पुर्याउन कुमारी बैंकले अहिलेका सबै प्रकृया पूरा गरेर फेरी २० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गर्दै २१ प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद तथा चार वित्तीय संस्थासँगको एक्विजिशन पूरा गरी कायम हुने पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

कुमारी बैंकलाई नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको तथा साधारण सभाका लागि एकै पटक बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले फागुन २० गतेदेखि बुक क्लोज गरी चैत ९ गते साधारण सभा बोलाउने निर्णय पनि गरेको बैंकका एक अधिकारीलेजानकारी दिए ।
बैंकको ५० प्रतिशत हकप्रद तथा २१ प्रतिशत बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले फागुन १९ गतेसम्ममा सेयर खरिद गरिसक्नु पर्ने हुन्छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।
बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ५९ लाख रुपैंया पुग्ने छ । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी ४ अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैंया पुग्नेछ ।

साथै एनसीसी बैंकसँग मर्ज भाँडेर आफै ८ अर्ब चुक्ता पूँजी पु¥याउन कस्सिएको कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

उक्त चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गरे पछि बैंकको चुक्ता पूँजी ८ अर्बको नजिक हुनेछ । चालु आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनेछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय