यस्ता छन्, स्थानीय चुनावमा माओवादीले जितेका ११६ पालिका
काठमाडौं । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले दैलेखमा एउटा मात्रै वडा सदस्यमा मात्रै चित्त बुझायो। यसपटक उसले दैलेखमा दुई पालिका प्रमुख जितेको छ। भगवतीमाई गाउँपालिका र नौमुले गाउँपालिकामा अध्यक्ष जितेको छ। यी दुई पालिका जित्नु उसको लागि आफैंमा उपलब्धी हो।
यी गाउँपालिकामा उसले नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर जितेको हो।पूर्वी पहाडी जिल्ला पाँचथरमा अघिल्लो पटक वडा अध्यक्षमै सिमित रहेको नेकपा माओवादी केन्द्रले यसपटक १ पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको छ। त्यहाँ उसले नेपाली काग्रेससँग गठबन्धन गरेको हो।गोरखाका ११ पालिकामध्ये गत निर्वाचनमा माओवादीले २ मात्रै जितेको थियो। यस पटक एक्लैले ९ पालिका जितेको छ। धेरै ठाउँमा गठबन्धन गरेर जिते पनि माओवादीले यसपालि कतिपय पालिकामा एक्लैले कांग्रेस र एमाले सहितका गठबन्धनलाई हराएको छ।
रूकुमको चौरजहारी नगरपालिकामा उसले कांग्रेस एमाले गठबन्धनलाई हराएको छ। कालिकोटको पचालझरना गाउँपालिकामा समेत उसले एमाले–कांग्रेस गठबन्धनलाई हराएको छ। रोल्पाको थवाङमा त माओवादीविरूद्ध कांग्रेस, एमाले र विप्लवको पार्टीले समेत मोर्चाबन्दी गरेका थिए। त्यहाँ समेत उसले जित हासिल गरेको छ।अहिलेसम्म आएको नतिजालाई आधार मान्ने हो भने २०७४ मा भन्दा माओवादी केन्द्रले आफूलाई धेरै सुधारेको छ। उसले विगतभन्दा धेरै ठाउँमा पालिका प्रमुख–अध्यक्ष जितेको छ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रले १ सय ६ पालिकामा प्रमुख–अध्यक्ष र १ सय ११ पालिका उपप्रमुख जितेको थियो। यसपटक उसले यो संख्या कटाइसकेको छ। शनिवार विहान सम्मको मतपरिणाममा उसले १ सय १६ पालिकामा प्रमुख–अध्यक्ष जितिसकेको छ भने १ सय २१ पालिकामा उपप्रमुख–उपाध्यक्ष जितेको छ। भरतपुर महानगरसहित १२ पालिकामा उसले अग्रता लिएको छ। माओवादीले अग्रता लिएका सबै ठाउँमा जित्दा पनि माओवादी दोस्रो स्थानमा रहेको एमालेलाई पछि पार्ने अवस्था छैन। अर्थात् उसको प्रतिष्पर्धा आफैंसँग छ। आफैंसँगको प्रतिष्पर्धामा यसपालि माओवादीले आफैंलाई जितेको छ।
क्र.सं. जिल्ला पालिका प्रमुख/अध्यक्ष उम्मेदवार प्राप्त मत
१ ताप्लेजुंग फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बु २६६०
२ ताप्लेजुंग मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम २६०९
३ पाँचथर मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर राज माखिम ६०६५
४ भोजपुर आमचोक गाउँपालिका अध्यक्ष अशोक राई ३६८६
५ भोजपुर रामप्रसाद राई गाउँपालिका अध्यक्ष थाम बहादुर राई ३०७७
६ सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई ४०४९
७ खोटाङ्ग खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राई ३७२८
८ खोटाङ्ग जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणा देवी राई २८८१
९ ओखलढुंग चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा बास्तोला ३१९८
१० उदयपुर ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्ग राज विश्वकर्मा १७८७
११ उदयपुर रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र कुमार मगर ४३०५
१२ उदयपुर लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई २०५१
मधेश प्रदेश
१३ सप्तरी खडक नगरपालिका प्रमुख जय प्रकाश चौधरी थारु ५८८२
१४ सर्लाही बागमती नगरपालिका प्रमुख भरत कुमार थापा ११३५७
१५ सर्लाही हरिवन नगरपालिका प्रमुख रमेश वुढाथोकी ७००२
१६ सर्लाही बलरा नगरपालिका प्रमुख रामा शंकर प्रसाद कुशवाहा ४६४३
१७ बारा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल १८७४३
१८ सर्लाही रामनगर गाउँपालिका अध्यक्ष राजा बाबु यादव ४०८१
१९ रौतहट दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंह ४२०४
बागमती प्रदेश
२० सिन्धुली दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी १५८३८
२१ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा ११०७२
२२ मकवानपुर थाहा नगरपालिका प्रमुख विष्णु वहादुर विष्ट ९७१९
२३ दोलखा गौरिशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की ४७५१
२४ दोलखा शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठ ४९१८
२५ रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष मैन कु्मार मोक्तान ६२७०
२६ रामेछाप सुनापती गाउँपालिका अध्यक्ष ठुलो कान्छा तमाङ ५३९८
२७ सिन्धुली मरिण गाउँपालिका अध्यक्ष विमर्स मुक्तान ५१९४
२८ सिन्धुली सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा-दाहाल ५३७६
२९ सिन्धुली हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्र ध्वज वाइवा ४७२९
३० धादिङ्ग गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ ६३०८
३१ धादिङ्ग बेनीघाट रोराङ्ग गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ७६८०
३२ धादिङ्ग रुवी भ्याली गाउँपालिका अध्यक्ष राम सिंह तामाङ २७९२
३३ नुवाकोट ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ ४९०९
३४ नुवाकोट दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा ४४७३
३५ नुवाकोट पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तमाङ ४३५४
३६ काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ ४४८५
३७ काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई ६२२८
३८ काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका अध्यक्ष प्रेम वहादुर भुजेल ५७९२
३९ काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्वा ४८९१
४० सिन्धुपाल्चोक जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो ५५०३
४१ सिन्धुपाल्चोक बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ४६६६
४२ सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका अध्यक्ष राजु लामा (तामाङ) ३९२५
४३ मकवानपुर बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान ७३८४
गण्डकी प्रदेश
४४ गोरखा गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना ८९६४
४५ गोरखा पालुङटार नगरपालिका प्रमुख विवस चिन्तन ६०७२
४६ गोरखा अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटा ३७८७
४७ गोरखा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना ६३२६
४८ गोरखा चुम नुव्री गाउँपालिका अध्यक्ष निमा लामा १६२४
४९ गोरखा धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ ३७७१
५० गोरखा भिमसेनथापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जारा ५६५१
५१ गोरखा शहिद लखन गाउँपालिका अध्यक्ष रमेश वाबु थापा मगर ५४७४
५२ गोरखा बारपाक सुलीकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट ५७१९
५३ तनहुँ आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान ३९४०
५४ बागलुङ ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि.क २२८५
लुम्बिनी प्रदेश
५५ रोल्पा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा (घर्ती) ७६०३
५६ प्यूठान प्यूठान नगरपालिका प्रमुख विष्णु बहादुर योगी ९३२३
५७ बर्दिया राजापुर नगरपालिका प्रमुख दिपेश थारु ९८०७
५८ गुल्मी चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री ५७००
५९ गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल ६०८९
६० गुल्मी मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल ६१७६
६१ गुल्मी रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली ५८१७
६२ पाल्पा रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की ५७०४
६३ रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ति ३९१३
६४ रुकुम पूर्व भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ ३९७५
६५ रुकुम पूर्व सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी ३७७९
६६ रोल्पा थवाङ गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगर २१२२
६७ रोल्पा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर ३३११
६८ रोल्पा माडी गाउँपालिका अध्यक्ष अमर सिंह घर्तीमगर ३८३०
६९ रोल्पा लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा ४९६४
७० रोल्पा सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुनमगर ३४३९
७१ रोल्पा सुनिल स्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी ६०६२
७२ प्यूठान झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री ५९२९
७३ प्यूठान माण्डवी गाउँपालिका अध्यक्ष नम राज अधिकारी ३६७६
७४ दाङ गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल ६९०९
७५ दाङ बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर ५७४९
७६ दाङ राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट ६८९८
७७ बाँके खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. १०७९०
७८ बर्दिया बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी ९३६७
७९ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता ४३८१
कर्णाली प्रदेश
८० सल्यान बनगाड कुपिण्डे नगरपालिका प्रमुख कर्ण बहादुर बुढाथोकी ७३७०
८१ कालिकोट रास्कोट नगरपालिका प्रमुख धर्म राज शाही ३०४७
८२ जाजरकोट नलगाड नगरपालिका प्रमुख डम्मर बहादुर रावत ५५९९
८३ रुकुम पश्चिम आठबिसकोट नगरपालिका प्रमुख रवि के.सी. ७३९९
८४ रुकुम पश्चिम चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी ६८८२
८५ सल्यान दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी. ४४६४
८६ डोल्पा जगदुल्ला गाउँपालिका अध्यक्ष नारा सिं रोकाया ७७०
८७ डोल्पा मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त बहादुर शाही १४०४
८८ मुगु खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही ३५२०
८९ जुम्ला तिला गाउँपालिका अध्यक्ष मोति लाल रोकाया १९३६
९० जुम्ला सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल १९४९
९१ कालिकोट शुभ कालीका गाउँपालिका अध्यक्ष गोबिन्द्र प्रसाद आचार्य २४०९
९२ कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष देब राज शाहि २३६२
९३ कालिकोट पलाता गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकाया २२९२
९४ कालिकोट महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह २२७४
९५ हुम्ला ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी १८१०
९६ हुम्ला नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा १४६६
९७ हुम्ला सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी २८८२
९८ दैलेख नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी ३२००
९९ दैलेख भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश वहादुर थापा २८४६
१०० सुर्खेत चौकुने गाउँपालिका अध्यक्ष खड्क वि.क. ५४७६
१०१ रुकुम पश्चिम त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार के.सी. ५१२९
१०२ रुकुम पश्चिम सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट ६०१९
सुदूरपश्चिम प्रदेश
१०३ कैलाली गौरीगंगा नगरपालिका प्रमुख देवी दत्त कडेल १३७९५
१०४ बैतडी मेलौली नगरपालिका प्रमुख भीम बहादुर चन्द ३०१०
१०५ कन्चनपुर बेलौरी नगरपालिका प्रमुख पोती लाल चौधरी ८७८७
१०६ अछाम मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद ५१४४
१०७ बझाङ्ग छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने ३६८४
१०८ बझाङ्ग दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा २८२३
१०९ डोटी बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल बहादूर गडसीला २०५८
११० कैलाली मोहन्याल गाउँपालिका अध्यक्ष देवी दत्त उपाध्याय ३१३४
१११ दार्चुला अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे (बोहरा) २३१२
११२ दार्चुला नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामी ३७८३
११३ दार्चुला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी ३६१६
११४ दार्चुला लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी २९७६
११५ डडेलधुरा अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट २४६९
११६ डडेलधुरा आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्की २३८९
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

