यस्तो छ कण्डमको इतिहासः कपडाको कण्डमदेखि एण्टीरेप कण्डमसम्म
कण्डमको इतिहास
कण्डमले परिवार नियाेजनका साथै यौन तथा एचअाइभीबाट बचाउँदछ ।
इसापूर्व १३५० मा इजिप्ट भन्नेदेशमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे । सन १५६४ मा इटालीदेशमा शरीर शैल्यबिज्ञ फेलो पिग्सका अनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो ।
१८ औ शताब्दीमा आएर कण्डमको अन्तराष्ट्रियनामाकरण गरिएको, जुन कण्डम आन्द्रा मुख्यतय भेडाको आन्द्राबाटबनेको थियो । विभिन्न धार्मिक संघ, संगठनहरुको बिरोधको बाबजुदपनि कण्डम बजारले व्यापकता पाउँदै गयो ।
१८ औं शताब्दीमा कण्डमविभिन्न गुणस्तर तथा आकारमा पाउन थालियो । कण्डम क्याफे,आौषधी पसल, रेष्टुरा, नाटकघरमा रसिया तथा सम्पूर्ण युरोप भरमापाउन थालियो । विस्तारै कण्डमले अमेरिका प्रवेश गर्न थाल्यो । तरत्यस समयमा कण्डम उच्च वर्गको समाजको लागि मात्र सहज थियो ।१९ औं शताब्दीको सुरुवात तिर पहिलो पटक गरीव समुदायहरुमा पनिपरिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न जनचेतनामूलककार्यक्रमहरु थालियो । विभिन्न राष्ट्रहरुले कानुन नै पारित गरेर कण्डमनिर्माण तथा प्रयोग प्रर्वद्धनमा जोड दिन थाले । विभिन्नबाधा÷ब्यबधानलाई तोड्दै १९ औं शताब्दीको अन्त्य तिर कण्डमपश्चिमी संसारभर एउटा प्रसिद्ध परिवार नियोजनको साधनको रुपमाविकास भयो ।
१९ औ शताब्दीको अन्त्य तिर जर्मन सैनिकहरुलेआफ्ना सैनिकहरुलाई कण्डम प्रयोग गर्न प्रोत्साहन गरे । यता २० औ शताब्दीको सुरु तिर अमेरिकन सैनिकमा कण्डम प्रयोगले यौन रोगसंक्रमण दर ह्वात्तै घटाएर लगेको अनुसन्धानले पत्ता लगायो । सन१९२० मा आएर संसार भर कण्डमको प्रयोग दोब्बर भएर गयो ।संसारको पहिलो रबर निर्मित कण्डम सन १८५५ मा बनेको पाइन्छ ।जुन साइकलको ट्यूब जत्तिकै बाक्लो थियो । यसको अलाबा पनिसंयुक्त राज्य अमेरिका र बेलायतमा रबरले बनेका लिङ्गमुन्ड मात्रछोपिने कण्डमको प्रयोग हुन्थ्यो ।
दोश्रो विश्वयुद्धको समय भरीकण्डमलाई चलचित्र , पोस्टर तथा अध्यापनको माध्यमबाट झन्व्यापकता दिइयो । दोस्रो विश्वयुद्ध पश्चात सन् १९५५–१९६५ मा ४२%अमेरिकनहरुले कण्डमलाई परिवार नियोजनको साधनको रुपमा प्रयोगगरेको इतिहास भेटिन्छ । यता वेलायतमा सन् १९५०–१९६० मा ६०%विवाहित जोडीले कण्डम प्रयोग गर्थे । सन् १९९५ मा अमेरिकी वजारमाप्लाष्टिक कण्डम पाइन थाले । यता १९८१ मा एड्स यौन सम्पर्ककोमाध्यमबाट सर्ने पत्ता लागे पछि त झन् एच आइ भी किटाणु सर्न नदिनेकण्डमको प्रयोगले ब्यापकता पाउँदै गयो । कण्डमका विविध पक्षमाअनुसन्धान तीब्र गतिमा अघि बढी रहेको छ । एउटा अध्ययनले केदेखाउँछ भने सन् २०१५ सम्म १८.६ बिलियन कण्डम आवश्यक पर्ने छ।
नेपालमा वि.स. २०३५ सालमा कण्डम, ब्रान्ड नाम “ढाल” राखेरविक्री वितरण गर्न थालियो । त्यसपछि अनेकौ नाममा नेपाली वजारमा कण्डम आउन थाले । कण्डमको गुण र स्तरको आधारमा मूल्य पनिफरक फरक पाइन्छन् ।
कण्डमका प्रकारहरु
कण्डम लेटेक्स सिन्थेटिक रबरबाट निर्मित खोल हो जसलाई पुरुष वामहिलाले “यौन सम्पर्क” को बेला परिवार नियोजनको अस्थायीसाधनको रुपमा तथा एड्स तथा यौनजन्य रोगहरु बच्न प्रयोग गर्छन् ।प्रायः कण्डम १७७ एम एम (७ इञ्च) लम्बाई, ४० एम एम (२ इञ्च)गोलाई तथा ०.००१–०.००५ इञ्च वाक्लो हुन्छ ।
प्राकृतिक लेटेक्स कण्डम
यस तत्वको प्रयोग गरी बनाइएका कण्डममा अत्याधिक तन्कने गुणविद्यमान रहन्छ । तर यी कण्डमहरु तेलमा आधारित लुब्रिकेन्ट,कुकिङ्ग तेल, स्किन लोसन, कोल्ड क्रिम, बटरमा फुट्ने सम्भावनाअत्यधिक रहन्छ । यस्ता प्रकारका कण्डम प्रयोग गर्दा एलर्जी गराउनेपनि गर्दछन्
सिन्थेटिक कण्डम
पोलीयुरेथेन, पोलीआइसोप्रितबाट बनेको हुन्छ । यी कण्डमहरु लेटेक्सकण्डम भन्दा राम्रा मानिन्छन् । तेलमा आधारित लुब्रिकेन्टमा पनि यीप्रयोग गर्न सकिन्छन् । यी कण्डमको प्रयोगले एलर्जी कम गराउँदछ ।यी कण्डम अलि महँगो हुन्छ ।
ल्यामस्किन कण्डम
भेडाको आन्द्राबाट वनेका हुन्छन् तर यसले यौन तथा एड्स रोगसर्नबाट बचाउदैन तर परिवार नियोजनको साधनको रुपमा भने कामगर्दछ । यी कण्डमबाट एलर्जीको खतरा कम हुन्छन् तर यी महँगा रसजिलैसँग उपलब्ध नहुने कण्डम हुन् ।
स्परमीसाइडल कण्डम
लेटेक्स कण्डममा शुक्रकिट नष्ट पार्ने नोनोजाइनोल–९ नामक रसायनप्रयोग गरिएको हुन्छ । तर यी रसायन तत्वको असर लामो समयनरहने हुनाले यसको खासै फाइदा भने रहँदैन ।
टेक्सचर कण्डम
अन्तरगत स्टडेड र रिब कण्डमहरु पर्दछन्, यी कण्डमको प्रयोगले दुवैयौन जोडीमा अझ यौन आनन्द थप्ने काम गर्दछ । रिब अर्थात घेराहरुकण्डमको भित्री र बाहिरी दुवै सतहमा रहन्छन् यी सतहहरुको प्रत्यक्षसम्पर्क ‘जी स्पट’ र ‘फ्रेनुलम’ सँग रहेको हुन्छ । यसले बढी नै यौन आनन्द लिने प्रयोगकर्ताको दावी छ ।
बुस्टीङ्ग कण्डम
सन २०११ को जुन महिनाबाट यस कण्डमले औपचारिकता पाएको छ ।यसले पुरुषमा लिङ्ग उत्तेजना लामो समयसम्म राख्ने र लिङ्गकोआकार समेत बृद्धि गरिदिन्छ । यसले महिलाहरुमा यौन आनन्दथपिदिने जानकारहरु बताउँछन् । वास्तवमा यी कण्डमको टुप्पोमा एकप्रकारको जेली प्रयोग गरिएको हुन्छ जसले लिङ्गमा रहेका रक्तनशामारक्तसंचार बढाई दिन्छ जसले लिङ्ग ठूलो तथा लामो समय उत्तेजितरहन्छ ।
एन्टी रेप कण्डम
यो महिलाले प्रयोग गर्ने कण्डम हो । महिलालाई कसैले बलात्कार गर्नेप्रयाश गरेमा यसले बलात्कारीको लिङ्गमा अत्याधिक दुखाई गरिदिन्छजसले गर्दा उ भाग्दछ ।
मनोरन्जन कण्डम
यस प्रकारका कण्डमहरु मनोरञ्जनका लागि मात्र बनाइएका हुन्छन् ।यसले गर्भधारण रोक्ने र यौन एड्स रोगबाट सुरक्षा गर्न सक्दैनन् ।
महिला कण्डम
महिला कण्डममा दुईतिर रिङ्ग हुन्छन् । एउटा रिङ्ग पाठेघरकोमुखमा टाँसिन्छ भने अर्को रिङ्ग बाहिर योनी मुखमा रहन्छ । महिलाकण्डमहरु प्रयोग गर्न अलि गाह्रो र खर्चिलो हुन्छ तर पनि यसको प्रयोगबढ्दै गइरहेको पाइन्छ ।
कण्डम पाइने स्थानहरु
सरकारी प्राथमिक स्वास्थय केन्द्र, स्वास्थ्य चौकी तथा उपस्वास्थचौकीहरु, अस्पतालहरु, औषधी पसलहरु, किराना पसल, पान पसल,परिवार नियोजन संघ, होटल (लज), विभिन्न क्लबहरु
कण्डमका प्रचलित नामहरु
ढाल, प्यान्थर, निरोध, काम सूत्र, मस्ती ,बादशाह, मिचाई, फेमिडोम, फियस्ता, रेनकोट, जोडी, फायर, नम्बर वन्
कण्डमको उचित भण्डार
घाम, ताप नपर्ने ठाउँ, ठण्डा र ओस नपर्ने ठाउँ
कण्डम प्रयोगका फाइदाहरु
१) गर्भधारण रोक्न- साधारणतया कण्डम प्रयोग गर्दा १०–१८ प्रतिशतप्रतिवर्ष गर्भवती हुने गरेको पाइन्छ भने एकदम सही प्रयोग गर्दा पनि २प्रतिशत प्रतिवर्ष गर्भवती हुने गरेको तथ्याङ्क छ । त्यसैले कण्डमलेशतप्रतिशत गर्भधारण गर्भबाट नरोक्न पनि सक्दछ ।
२) यौन तथा एचआइभी एड्स रोक्न- कण्डमको प्रयोग हुन थाले पछिपुरुष र महिला दुवैमा योनजन्य रोगहरुको संक्रमण घटेर गयो । तरकण्डमको प्रयोगले शत प्रतिशत यौन-एड्स रोक्छ भन्ने धारणा एकदमगलत हो । यौनाङ्गमा यदि सक्रिय रोग छ भने त्यस भागलाईकण्डमले नढाकेको हुन सक्दछ जसवाट थुप्रै रोग सरेको भर्खरै गरेकोअध्ययनबाट पत्ता लाग्दै छ ।
३) सुरक्षित अनुभव गराई यौन उन्माद बढाउँछ ।
४) सफा अनुभूति गराउँछ ।
५) सामाजिक प्रतिष्ठा घट्न दिदैन ।
६) क्यान्सर हुनबाट जोगाउँछ ।
कण्डम प्रयोगका वेफाइदाहरु
१) यौन आनन्दमा कमी २) गर्भधारण हुन नदिने ३) मूल्य तिर्नुपर्ने ४) खस्कने र फुट्ने सम्भावना ५) कसै कसैलाई एलर्जी हुने ।
कण्डम फेल्यर हुनाका कारणहरु
बिर्य स्खलन भइसकेपछि कण्डम चिप्लिने सम्भावना अत्याधिकरहन्छ । राम्रो तरीकाले प्रयोग गर्न नसक्नु, तेलमा आधारित लुब्रीकेन्टप्रयोग गर्नु, आदि ।
कण्डम र युवा
युवा उमेरमा बिबाह अघि या बिबाहपछि यौनसम्पर्क गर्ने क्रम ह्वात्तै बढेको पाइन्छ । कण्डमको प्रयोग नगरी बिबाहअघि कलिलै उमेरमा(+२) पढ्दा पढ्दै गरिने यौन सम्पर्कले गर्भधारण भई असुरक्षितगर्भपतन गराउने प्रवृति बढेर गएको छ । यसरी असुरक्षित गर्भधारणकोकारण आत्महत्या सम्मको परिस्थिति तपाई हाम्रो समाजमा बढ्दो छ ।अर्को कुरा कलिला युवाहरु जसले पहिलो चोटी कण्डम प्रयोग गर्दैछन्त्यो प्रयोग बिधी सही नहुन सक्छ जसबाट गर्भधारण साथै यौन रोगसर्न पनि सक्दछन् । त्यसैले विभिन्न क्लव, संस्था, युवा समूह जेसीजलगायत संस्थाले युवा युवतीलाई कण्डम सम्वन्धि जनचेतना दिने बेलाभएको छ । बिधालय तथा विश्व बिधालयले पनि आफ्नो शैक्षिकपठनपाठनमा कण्डम शिक्षालाई उठाउनै पर्दछ ।
ब्राजिल सरकारको आग्रहः विवाह अघि यौनसम्पर्क नगर्नुहोस्
एजेन्सीः ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई संयमता अपनाउन सल्लाह दिँदै भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन् । तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ ।’ डामारेसका अनुसार आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन् । उक्त अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन् । यसका साथै डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे निकै ठूलो बहस सुरु गरेकी छिन् । लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । ब्राजिलमा कानूनका प्राध्यापक र सामाजिक कार्यकर्ता देबोरा डिनिजले सेक्समाथि अहिलेसम्म बनेका सबै संयम नीति त प्रभावशाली हुन सकेको न नै किशोर गर्भावस्था तथा यौन रोगबारे जानकारी दिन सफल भएको बताएका छन् । डिनिजले आफूहरुले धार्मिक मान्यतालाई आधार मानेर सरकारी नीति बनाउने कोसिस गरिरहेको जानकारी दिएका छन् । राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् । ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ । जहाँ अन्तर्रा्ष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ । ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो । क्याबिनेट मन्त्री एल्विसका अनुसार सरकारले त्यहाँ भएका गर्भ्निरोधकबाहेक अन्य उपाय पनि अवलम्बन गर्नेबारे जोड दिइरहेका छन् । एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित गर्ने हो । ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छ । यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन् । १५ वर्षकी लारिसा परेराले गत वर्ष एक बच्चा जन्माएकी थिइन् । लारिसाका अनुसार किशोरावस्थामा सरकारको गर्भ्निरोधक सन्देश निकै काम लाग्दो छ । यति हुँदा हुँदै पनि मानिसहरु यो मान्न चाहँदैनन् । लारिसाका अनुसार उनका स्कूलका लगभग सबै साथी गर्भवती छन् । लारिसाका अनुसार जन्मदरमा नियन्त्रणका लागि यहाँका मानिसहरुमाझ गर्भ्निरोधक औषधी तथा सामग्री सहजताका साथ पुर्याउन आवश्यक छ । ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ । क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ ।
किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ? कसरी सन्तुष्ट पार्न सकिन्छ ?
काठमाडौंः महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैन । महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन । के त्यसो भए वर्षौँसम्म यस विषयमा भएका अध्ययनहरु बेकम्मा भएका हुन् त ? होइन । अहिले यिनै अध्ययनहरुका कारण हामीले महिलाहरुको सेक्स सम्बन्धी चाहनाको बारेमा धेरै हदसम्म बुझ्नसक्ने भएका छौँ । महिलाहरुको कामेच्छाको चर्चा यसअघिको संकुचित विचारको दायरा भन्दा बाहिर आएको छ । पहिले भनिन्थ्यो की महिलाहरुको चाहना कहिल्यैपनि पूरा गर्न सकिँदैन । उनीहरु सेक्सका भोका हुन्छन् र उनीहरुमा जबरजस्त कामवासना हुन्छ । तर अहिले वैज्ञानिकहरुले यो मान्न थालेका छन् की महिलाहरुको यौन चाहनालाई कुनै एक परिभाषाको दायरामा समेट्न सकिँदैन । यो विभिन्न महिलामा फरक फरक हुन्छ । र कहिलेकाहीँ त एउटै महिलामा पनि यौन चाहना फरक फरक पाइन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् । तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो । क्भहपहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो । तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोका अनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ । त्यस्तै महिलाहरुमा पलाउने यौन चाहना उनीहरुको रजश्वला चक्रसँग पनि सम्बन्धित हुन्छ । रजश्वला सुरु हुनुभन्दा केही दिन पहिले उनीहरुको यौन चाहना बढ्दछ । अमेरिकाको भर्जि्निया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ । त्यसैले जब महिलाहरुको सरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् । कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि हुन्छ । विज्ञहरुका अनुसार महिलाहरुमा भित्रैदेखि कामेच्छा पैदा गराउनका लागि मनोवैज्ञानिक रुपमा पहल गर्नु आवश्यक हुन्छ । उनको आसपासको माहौललाई राम्रो बनाउनु पर्छ र तनावको कारक तत्वलाई हटाउनु पर्दछ । जसका कारण उनले राम्रो महसुस गर्दछन् र भित्रैबाट यौनइच्छा जाग्दछ । कभह षिभयद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा गाँसिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ । जरुरी छैन की पार्टनरको इच्छा बराबर नै महिलामा पनि उत्तिकै यौन इच्छा हुनुपर्छ भन्ने । राम्रो त यो हुन्छ की दुबैजना पार्टनर सँगै बसेर यो विषयमा कुराकानी गर्ने र एक अर्काको आवश्यकता तथा इच्छालाई बुझ्ने । जहाँसम्म यौन इच्छाको कुरा छ यसको कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै स्केल हुँदैन । बीबीसीको सहयोगमा
कुनै–कुनै महिला यौनसम्पर्कपछि किन रुन्छन्?
जीवनलाई सबैतिरबाट सफल र सुन्दर बनाउन चाहनुहुन्छ भने तपाईको यौन जीवन पनि सफल हुनैपर्छ । यौन जीवन ठिक नभए विविध किसिमका तनावबाट गुज्रिनुपर्ने हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ । यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर तपाईलाई थाहा छ, यौन सम्पर्क पछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ । २ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । –एजेन्सीको सहयोगमा
Bedtime Mistake: सेक्स गर्दा पाद त आउँदैन ?
कतिपय अवस्थामा आफ्नो यौन जीवन आफूलाई पूर्ण लागे पनि भित्र भित्रै यसमा केही जटिलताहरू रहेका हुन्छन् । धेरै जसो अवस्थामा शयन कक्षमा गरिने सामान्य गल्तीले पनि यौन जीवन बिस्तारै बिस्तारै तहस नहस पारिरहेको हुनसक्छ । सामान्यतया शयनकक्षमा सामान्य जस्ता लाग्ने केही गल्तीका कारण लज्जित मात्रै हुन पर्दैन बरु यसले यौनसाथीको हेलाको समेत शिकार बन्नु पर्ने हुनसक्छ । आज हामीले यस्तै केही सामान्य गल्तीहरूबारे चर्चा गरेका छौं जसलाई शयन कक्षमा गर्नाले समस्याहरू आइलाग्न सक्छन्: यौनक्रियाकै क्रममा शौच आउनु शौचलाई अंग्रेजीमा ‘नेचर्स कल’ पनि भन्ने गरिन्छ । शायद यो हाम्रो भन्दा पनि प्रकृतिको वशमा बढी हुने भएकाले यसो भनिएको होला । यौनक्रियाको क्रममा पिसाप लाग्नु सामान्य कुरा हो । विशेष गरेर महिलाहरूलाई ‘चरम आनन्द’ हुने अवस्थामा या त्यसभन्दा केही अगाडि पिसाब लागेजस्तो हुने गर्दछ तर यो पिसाब नै लागेको भने होइन । खासमा योनीभित्र लिङ्गको रहेका बेला मूत्रथैलीमा पर्ने दबाबका कारण यसो महसुस हुने हो । तर धेरै महिलाहरूले यसलाई पिसाब लागेको ठानेर शौचालय जाने गर्दछन् । जसले उनको यौन साथीलाई नराम्रो महसुस हुनसक्छ । यौन विशेषज्ञहरूका अनुसार यस्तो दबाबका कारण कतिपय अवास्त्थामा त केही थोपा तरलपदार्थ चुहिए जस्तो पनि लाग्न सक्छ तर त्यसलाई पिसाब नै मान्नु भने भूल हुने उनीहरू बताउँछन् । यस्तो समस्याबाट मुक्ति पाउन यौन सम्पर्क राख्नुभन्दा पहिले पिसाब फेर्ने गर्नु राम्रो हुन्छ । पुरुषका तर्फबाट पनि हुनसक्छन् यस्ता गल्ती यौनलाई कुनै पनि जोडीका बीच स्वास्थ्य सम्बन्धको आधार मान्ने गरिन्छ । यसले महिला र पुरुषबीच शारीरिक सामीप्यता मात्र बढाउँदैन बरु यसले भावनात्मक सम्बन्ध समेत सुद्रिध हुने गर्दछ । यौनको मामिलामा पुरुषहरू महिलाहरू भन्दा धेरै नै प्रयोगवादी हुने गर्दछन् । यसो गर्दा उनीहरूले थुप्रै यस्ता गल्तीहरू गर्न सक्छन् जसले उनीहरूको यौन जीवनलाई मात्र होइन आफ्नो महिला साथीसँगको सम्बन्धलाई समेत प्रभाव पार्न सक्छ । पुरुषहरूले यौनक्रियाको क्रममा निम्नानुसार गल्ती नगर्नु नै राम्रो हुन्छ: चरमसुखबारे सोध्नु: नारी शरीरको संरचना निकै जटिल हुने भएकाले हरेक महिलालाई चरमसुखको अनुभूति नहुन सक्छ । त्यसैले सेक्सको दौरान बारम्बार आफ्नो महिला साथीलाई ‘चरमसुख’को बारेमा प्रश्न गर्नाले उनी चिढिने सम्भावना हुन्छ । कतिपय पुरुष सेक्सका क्रममा निकै आक्रामक हुने गर्दछन् र उनीहरू आफ्नो आक्रामक खालको यौन क्रियाकलापले आफ्नो यौन साथीलाई बढी चरमसुख प्राप्त होला भन्ने भ्रममा रहेका हुन्छन् । यसो गर्दा कतिपय अवस्थामा महिला घाइते हुने अवस्था समेत आउन सक्छ । स्तन टोक्नु कतिपय मानिस यौनक्रियाको क्रममा महिलाको स्तन तोकेमा उनलाई बढी सन्तुष्टि हुन्छ भन्ने भ्रममा हुन्छन् तर यसो सोच्नु नितान्त गलत हो । यस्तो अवस्थामा आफैं निर्णय लिनुभन्दा आफ्नो महिला साथीको राय लिनु उचित हुने गर्दछ । पुरुषहरू स्वभावले नै बढी प्रयोगवादी हुन्छन् तर यसबारे महिला साथीको धारणा के छ भनेर बुझ्नु नै राम्रो हुन्छ । प्राक्क्रीडा नगर्नु यौन सम्बन्ध थाल्नुपूर्व प्राक्क्रीडा अत्यावश्यक भएपनि कतिपय पुरुष यसलाई अनावश्यक ठान्ने गर्दछन् । तर यसले यौन इच्छा बढाउने मात्र होइन दुबैलाई पूर्ण रूपमा चरमसुखको अवस्थामा पुग्न मद्दत गर्छ । सेक्सको दौरान पाद्नु कहिले काहीं यौन सम्पर्कका क्रममा दुवैमध्ये कुनै एक जनाले अपानवायु छोड्छ अर्थात पाद्छ यसले अर्को यौनसाथीको मनमा घृणाको भाव उत्पन्न हुन्छ र यसले यौनक्रियाप्रतिको समर्पण कम हुन जान्छ । त्यति मात्र होइन यदि यौनक्रियाको क्रममा पेट हुँडलिएर आउँदा पनि एकै छिनमा उत्तेजना समाप्त हुनसक्छ । यसको सबै भन्दा सरल समाधान भनेको यस्ता प्रक्रियालाई सामान्य प्राकृतिक प्रक्रिया मानेर अघि बढ्नु नै हो । यसैमा केन्द्रित भएर सोच्न थाले यौन जीवन नै बर्बाद हुन सक्छ । कण्डम भित्रै छुट्याे भने यौन सम्पर्कको क्रममा कण्डम चिप्लिएर भित्र छुट्न सक्छ । यदि यो बाहिर नै छ भने त यसलाई सजिलै झिक्न सकिन्छ तर यदि ‘पेनेट्रेसन’ निकै गहिरो थियो भने लिङ्ग बाहिर झिक्दा कण्डम भित्रै अड्केको हुनसक्छ । यो जटिल अवस्था पनि हुनसक्छ । यस्तो बेला महिलाले आत्तिएर योनीलाई झनै कसिलो बनाइन भने कण्डम झनै भित्र फस्न सक्छ । यसका लागि टुक्रुक्क बसेर औंला योनीभित्र पसालेर त्यसलाई झिक्न सकिन्छ । यदि यसो गर्दा पनि त्यो निस्किएन भने कुनै स्त्री रोग विशेषज्ञको सहायता लिनु पर्ने हुनसक्छ ।