यी कुराले महिला औधी खुशी हुन्छन !

यी कुराले महिला औधी खुशी हुन्छन !

एक अध्ययनका अनुसार महिला सबै भन्दा धेरै आफ्नै तारिफ सुनेर खुशी हुने बताइएको छ । वास्तवमा महिलाहरू आफ्नो सौन्दर्यको तारिफ सुनेर धेरै खुशी हुन्छन् । महिला मात्र किन, सबैजनालाई प्रशंसा मन पर्छ ।

तर महिलाहरू कपडा, मेकअप, हेयरस्टाइल लगायतको प्रशंसा सुन्न रुचाउँछन् । तपाईं मन परेकी महिलालाई प्रशंसा गर्नुस् । जतिखेर पनि प्रशंसा चाहिँ नगर्नुहोला, फेरि उनले जिस्केको भन्ठान्छिन् । कहिलेकाहीँ नयाँ कपडा लगाएको बेलामा चाहिँ प्रशंसा गर्दा उनी खुशी हुन्छिन् ।

महिलाहरू अलि फरक तरिकाले सोच्छन् । कुनै युवतीले युवकलाई प्रेम गर्छिन् भने उक्त युवकको नाम अर्की केटीसँग जोडिएको पटक्कै मन पराउँदिनन् । त्यसैले उनलाई तपाईं ‘तिमी नै मेरो पहिलो र अन्तिम प्रेम हौ’ भन्ने गर्नुस् । यो कुराले उनी सुरक्षित अनुभव गर्छिन् र खुशी भएर तपाईंलाई प्रेम गर्छिन् ।

आफ्नी प्रेमिकालाई खुशी बनाउनका लागि प्रशंसा मात्र नगरेर उनी तपाईंका लागि विशेष छिन् भन्ने अनुभव पनि गराउनुस् । त्यसैले प्रेमिकाको प्रेम पाउनु छ भने प्रशंसा गर्दा तिमी सबभन्दा गजबकी छ्यौ भन्नुस् ।

धेरैजसो केटाहरू प्रेमको नाममा फ्लर्ट गर्छन् तर बिहेको कुरा निस्केपछि भाग्छन् । केटीहरूलाई यस्ता केटासँग खुबै डर लाग्छ र धोका पाइएला भन्ने भयले सताउँछ । तपाईंले प्रेमिकालाई मसँग बिहे गर्छ्यौ भनी सोध्दा उनी खुशी हुन्छिन् ।

तपाईंले कुनै नयाँ काम शुरु गर्नुभयो भने प्रेमिका वा पत्नीसँग सल्लाह लिने गर्नुस् । यसो गर्दा उनीहरूले आफूलाई सम्मान देखाएको अनुभव गर्छन् र खुशी हुन्छन् । एजेन्सी

बामदेवको मुद्दाको सुनुवाई स्थगित, अब दशैँपछि मात्रै हुने

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई बुधबार पनि स्थगित भएको छ । असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो । उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो । न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार रिटको सुनुवाई स्थगित भएको छ । अब उक्त मुद्दाको निरुपण दशैँपछि मात्रै हुने भएको छ । गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको तथा गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दिएका थिए । उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर ४ असोजमा रिट दायर गरेका थिए । गत असोज ७ गते सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशका कारण गौतमले राष्ट्रिय सभामा उपस्थित हुनेबाहेक अरु कुनै जिम्मेवारी पाउने छैनन् । अर्को सुनुवाइबाट अन्तरिम आदेशबारे टुंगो नलाग्दासम्म त्यो यथावत् रहनेछ । पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गरेकी थिइन् । राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

चुटकीलाः तेरो बुढी भेट्न जाँदैछे

कमलः ओई तँ हिजो किन त्यति दुखि भा को ? भुवनः के भन्नु यार, बुढीले सारी किन्न १५ हजार माग्यो । भएको पैसा रित्तियो कमलः अनि आज किन यति खुसी त ? भुवनः हाँस्दै, मेरो बुढी त्यही सारी लगाएर आज तेरो बुढी भेट्न गा’छ त्यही भएर ।   डिभोर्स गर्न वकिलकोमा गएर फर्केपछि… बिहानै श्रीमतीको चर्को आवाजले श्रीमानको निन्द्रा खुल्यो श्रीमतीः कति सुत्न सकेको हो के ? यसो बिहान उठेर काम धाम गर्नु छैन ? श्रीमान केही नबोलि बाथरुम गयो । अनि मुख धोएर कपडा लगाउन थाल्यो । यो देखेर श्रीमती अचम्ममा परिन् । श्रीमतीः काँ जान लागेको हो ? नाश्ता बनाउन छोडेर श्रीमानः अब अत्ति भो के तिम्रो किचकिच, म वकिलकोमा जाँदैछु । तिमीसँग डिभोर्स गर्न । यति भनेर ऊ केही नबोली सोझै घरबाट निस्कियो । तर एकैछिनपछि ऊ फेरी फर्केर आयो । लुगा पनि नफुकालि भान्सामा गएर नास्ता बनाउन थाल्यो । यो देखेर श्रीमती चकित भइन ? किन के भए छ त ? किनभने ऊ वकिलमो जाँदा वकिल भान्सामा भाँडा माझ्दै थियो ।

शिक्षक-विद्यार्थीबीचको रमाइलो सवाल-जवाफ

शिक्षकः म जे सोध्छु जवाफ पटाफट दिनु विद्यार्थीः हुन्छ सर शिक्षकःनेपालको राजधानी कहाँ हो ? विद्यार्थीःफटाफट जवाफ सुनेर शिक्षक तनावमा……!

पाव भाजीका ठेला लगाउँ छु ! (चुट्किला)

रामः सर आजदेखि म छिटो घर जान्छु मालिकः किन ? रामः सर एउटा कामले घर चलाउन मुस्किल भयो, अब राती रिक्सा चलाउँछु । मालिकः भोग लागेमा मसँग आउनु, म पनि राती पाव भाजीको ठेला लगाउँछु रामः जिल्ल…..!

लोकप्रिय