यी हुन्, कम्युनिष्ट कार्यकर्ताले पढ्नैपर्ने ४२ मार्क्सवादी पुस्तक [नाम र लेखक]

यी हुन्, कम्युनिष्ट कार्यकर्ताले पढ्नैपर्ने ४२ मार्क्सवादी पुस्तक [नाम र लेखक]

काठमाडौं । कम्युनिष्ट पार्टीलाई नेताहरुको पार्टी पनि भनिन्छ । नेता बन्न बौद्धिकता र विषयवस्तुबारे गहिरो ज्ञान चाहिन्छ । कम्युनिष्ट सिद्धान्त त्यस्तो सिद्धान्त हो, जसले बनिबनाउ समाज र मान्यताहरु भत्काएर नयाँ बाटो हिड्छ, विज्ञान र अनुसन्धानमा नयाँ–नयाँ तथ्यमा रमाउँछ ।

तर, हामीकहाँ पछिल्लो समय पढ्ने संस्कृति कमजोर हुँदै गएको छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पढ्दैनन्, विषयको ज्ञान राख्दैनन्, समाजको भेल जता बगेको छ, त्यतै लहसिन्छन् । यसले कम्युनिष्ट पार्टीको गरिमा नै कमजोर भइरहेको छ ।

कम्युनिष्ट पार्टीको सदस्य हुनु आफैमा विश्वविद्यालयमा भर्ना हुनु हो । यसले ज्ञान र विज्ञानका प्रायः सबै शाखा बुझ्नुपर्छ, जान्नुपर्छ । कार्यकर्ताले पढ्नैपर्ने दशौं हजार किताब छ । तर, एउटै आलेखमा ती सबैलाई समेट्न सम्भव छैन ।

यो आलेखमा हामीले कम्युनिष्ट पार्टीका कार्यकर्ताले पढ्नैपर्ने ४२ पुस्तक, त्यसका लेखक र पुस्तकको मुल भाव प्रस्तुत गरेका छौं । तपाई पनि पढ्नुस् र साथीलाई पनि पढ्न प्रेरित गर्नुस् ।

१. पूँजी, (भाग १, २ र ३)– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तकमा अतिरिक्त श्रमद्वारा पैदा हुने अतिरिक्त मूल्य, पूँजीवाद र सर्वहारा वर्ग, साम्यवाद र कम्युनिष्ट लगायतका विषयमा विपद व्याख्या गरेका छन् । यो कम्युनिष्टहरुका लागि सबैभन्दा महत्वपूर्ण पुस्तक हो ।

२. अतिरिक्त मूल्यको सिद्धान्त– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तक मार्क्सवादी अर्थशास्त्र सम्बन्धि विषद् पुस्तक हो । पुस्तकले अतिरिक्त श्रमद्वारा गर्ने अतिरिक्त मूल्यको विषयमा व्याख्या गरेको छ । यो पुस्तक निकै महत्वपूर्ण छ ।

३. कम्युनिष्ट घोषणापत्र– सन् १९४८ मा मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र विश्वका सबै कम्युनिष्टहरुका लागि दिशानिर्देश हो । यस पुस्तकमा सर्वहारा वर्गको विजयबारे संक्षिप्त तर गहन व्याख्या गरिएको छ ।

४. दर्शनको दरिद्रता– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तक प्रुधोंद्वारा लिखित दरिद्रको दर्शन पुस्तकको खण्डन हो । मार्क्सवादलाई दरिद्रको दर्शन ठान्ने प्रुधों नै दर्शनको दरिद्र रहेको मार्क्सले पुस्तकमा उल्लेख गरेका छन् ।

५. पेरिस कम्युन (फ्रान्स गृहयुद्ध) र गोथा कार्यक्रमको आलोचना– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तकमा पेरिस कम्युन, त्यसले पैदा गरेका वैचारिक र राजनीतिक आयामहरुबारे प्रकाश पारिएको छ ।

६. ड्युहरिङ मतखण्डन – फ्रेडरिक एंगेल्सद्वारा लिखित यस पुस्तकमा चिन्तक ड्युहरिङको मतको खण्डन गरिएको छ । यो पुस्तक दर्शनसम्बन्धि रुचि राख्ने पाठकका लागि महत्वपूर्ण मानिन्छ ।

७. भौतिक विज्ञानको विकासक्रम – अल्वर्ट आइन्स्टाइनद्वारा लिखित यस पुस्तकमा भौतिक शास्त्र र आइन्स्टाइनले गरेको अनुसन्धानको बारेमा चर्चा गरिएको छ ।

८. मानव समाज – राहुल सांस्कृत्यायनद्वारा लिखित यस पुस्तकमा मानव जातिको उत्पत्ति, राज्यको उत्पत्ति र विकास, मानव समाज र सङ्घर्षबारे व्याख्या गरिएको छ ।

९. प्रकृतिको द्धन्द्धात्मकता – एंगेल्सद्वारा लिखित यस पुस्तकमा प्रकृति, यसको द्धन्द्धात्मक सम्बन्ध, भौतिक विज्ञान र सामाजिक अन्तर्सम्बन्धबारे गहन व्याख्या गरिएको छ ।

१०. परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति – एंगेल्सद्वारा लिखित यो पुस्तक धेरै गहन छ । पुस्तकमा नश्ल, गोत्र, वंश, जात, जाति, राष्ट्रको उत्पत्ति र विकासबारे व्याख्या गरिएको छ । पुस्तकमा नीति सम्पत्ति, राज्यको उत्पत्ति र यसका कारणबारे व्याख्या गरिएको छ ।

११. राज्य र क्रान्ति – यो लेनिनद्वारा लिखित पुस्तक हो । पुस्तकमा लेनिनले राज्य, राज्यको चरित्र, राज्यसत्ता परिवर्तनमा क्रान्तिको भूमिका, यसका वैचारिक आधार, कम्युनिष्ट कार्यनीति, संगठन र सङ्घर्षबारे गहिरो विवेचना गरेका छन् ।

१२. वामपन्थी साम्यवाद : एक बाल रोग – लेनिनद्वारा लिखित यस पुस्तकमा उग्रवामपन्थी भड्कावबारे चर्चा गरिएको छ । आत्मगत र वस्तुगत परिस्थिति तयार नहुँदै मनोगत आकांक्षाका भरमा क्रान्ति हुन नसक्ने तथ्यलाई पुस्तकमा प्रकाश पारिएको छ ।

१३. कम्युनिष्ट नैतिकता – कम्युनिष्टहरुका पाँच मूख्य नेताहरुका दृष्टिकोणमा आधारित यो पुस्तक संकलित रचना हो । यस पुस्तकमा सामाजिक एवं व्यक्तिगत जीवनमा कम्युनिष्टहरुले अपनाउने बानी, व्यहोरा, दृष्टिकोण, संस्कार र संस्कृतिबारे चर्चा गरिएको छ ।

१४. आमा – म्याक्सिम गोर्कीद्वारा आमा पुस्तक लिखित क्रान्तिकारी उपन्यास हो । यो रुसी क्रान्तिका दौरानमा लेखिएको विश्वप्रख्यात उपन्यास हो । नयाँ पुस्ताका क्रान्तिकारीले पढ्नैपर्ने पुस्तक हो आमा ।

१५. स्टालिनका छानिएका रचना – कृष्णदास श्रेष्ठद्वारा लिखित यस पुस्तकमा स्टालिनको शासन कालका उनका महत्वपूर्ण रचना र विचार समेटिएको छ । स्टालिनबारे जान्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ ।

१६. राजनीतिक अर्थशास्त्रको मुलभूत सिद्धान्त (साङ्घाई टेक्टबुक) – माओत्सेतुङका गहन विचारहरुलाई समावेश गरेर तयार पारिएको यो पुस्तक प्रसिद्ध रचना हो । मार्क्सवादी दर्शन, अर्थशास्त्र र समाजशास्त्रका दृष्टिले यो पुस्तक गहन छ ।

१७. दर्शनबारे पाँच कृति – माओत्सेतुङद्वारा लिखित यस पुस्तक संक्षिप्त तर गहन छ । पुस्तकमा ज्ञानको स्रोत, ज्ञानको व्यवहारिक प्रयोग र यसका दार्शनिक पक्षबारे चर्चा गरिएको छ । मार्क्सवादी दर्शनमा यो पुस्तक धेरै गहन मानिन्छ ।

१८. माओत्सेतुङ्का सैनिक रचना – विभिन्न भागमा प्रकाशित यस पुस्तकमा माओत्सेतुङका सैनिक दृष्टिकोण, निर्देशन र फौजी कार्यदिशा सम्बन्धि महत्वपूर्ण दस्तावेजहरु समेटिएका छन् ।

१९. सर्वहारा सांस्कृतिक क्रान्तिका ऐतिहासिक दस्तावेज – यस पुस्तक सन् १९६६–१९७६ को चिनियाँ सांस्कृतिक क्रान्तिलाई बुझ्न धेरै उपयोगी छ । यस पुस्तकमा सांस्कृतिक क्रान्ति कालका दस्तावेजहरु समाविष्ट छन् ।

२०. महान बहस – यो पुस्तक रुसमा ख्रुश्चेवको नेतृत्व (सन् १९५६) पछि रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच चलेका वैचारिक बहसको संकलित रचना हो । यसमा रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक बहसका रुपमा एक–अर्कालाई पठाएका प्रायः सबै चिठीहरु संकलित छन् ।

२१. नयाँ जनवादी क्रान्ति – चिनियाँ लेखक हो कान चद्वारा लिखित यस पुस्तकमा चिनियाँ नयाँ जनवादी क्रान्ति, यसका विशेषता र विश्व कम्युनिष्ट आन्दोलनमा यसको योगदानबारे चर्चा गरिएको छ ।

२२. चीनको आधुनिक इतिहास – सी चिनफिङका वैचारिक लेख, प्रतिवेदन र मन्तव्यहरु संग्रह गरेर तयार पारिएको यो पुस्तक चीनको पछिल्लो विकास र समाजवादको अभ्यासबारे बुझ्न निकै उपयोगी छ । यसमा सीले चीनको रणनीतिक विकास र सुदृढीकरणबारे बृहत दृष्टिकोण प्रस्तुत गरेका छन् ।

२३. मार्क्सवादी दर्शन – यो पुस्तक मोहन वैद्यद्वारा लिखित दार्शनिक तथा वैचारिक आलेखहरुको संग्रह हो । पुस्तकमा वैद्यले दर्शन, अर्थशास्त्र र समाजवादका आयामहरुबारे व्याख्या गरेका छन् । मार्क्सवादी दर्शनमा रुचि राख्नेहरुका लागि यो उपयोगी पुस्तक हो ।

२४. सङ्घर्षको दर्शन – मोहन वैद्यद्वारा लिखित सङ्घर्षको दर्शनमा मार्क्सवाद र संशोधनवाद बीचको वैचारिक अन्तर खुट्याउने प्रयास गरिएको छ । मार्क्सवाद रुचि राख्ने पाठकहरुका लागि यो उपयोगी पुस्तक हो ।

२५. दर्शनशास्त्रको प्रारम्भिक ज्ञान – रुसी लेखक भिक्टर आफानास्योभद्वारा लिखित यो पुस्तक धेरै गहन र सरल छ । पुस्तकमा दर्शन, यसको उत्पत्ति, राज्य र यसको विकास, ब्रह्माण्ड र त्यसको भौतिक जीवनमा सम्बन्ध, समाजवाद र यसका आयामबारे स्पष्ट व्याख्या गरिएको छ । यो मार्क्सवादका विद्यार्थीहरुले पढ्नैपर्ने पुस्तक हो ।

२६. नेपाली क्रान्तिका समस्याहरु (भाग १, २, ३ र ४) – यो नेकपाका अध्यक्ष प्रचण्डका नीजि लेखहरुको संग्रह हो । चार खण्डमा प्रकाशित पुस्तकमा नेपाली क्रान्ति, यसको सम्भावना र चुनौतिबारे विविध लेख समेटिएका छन् । नेपालको जनयुद्ध र त्यसको तयारीको वैचारिक दिशा बुझ्न पुस्तक धेरै उपयोगी छन् ।

२७. पूर्वीय दर्शन – डा. भक्त राईद्वारा लिखित यो पुस्तक धेरै गहन छ । पुस्तकमा भौतिकवादी दर्शन, दर्शनका विभिन्न कालखण्ड र त्यस समयका दार्शनिकहरुबारे चर्चा गरिएको छ । दर्शनको उत्पत्ति र भौतिकवादबारे जान्न चाहनेहरुका लागि पुस्तक धेरै उपयोगी छ ।

२८. हाम्रो समाज – जनकलाल शर्माद्वारा लिखित पुस्तक धेरै उपयोगी छ । पुस्तकमा पृथ्वीको उप्पत्ति, प्राणिहरुको उत्पत्ति, एककोषीय जीव, मानवको उत्पत्ति, आदिम साम्यवाद, कबिला समूह, श्रमको उत्पत्तिदेखि मानव सभ्यताका विविध आयामहरुलाई गहन रुपमा प्रस्तुत गरिएको छ । यो पुस्तक निकै सरल र विषद् पनि छ ।

२९. नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास (भाग १, २, ३) – डा. सुरेन्द्र केसीद्वारा लिखित यस पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलनबारे उल्लेख गरिएको छ । पुस्तकमा नेकपाको स्थापना, विकास, विभिन्न राजनीतिक धारा र सङ्घर्ष लगायतका विषयलाई तीन भागमा व्याख्या गरिएको छ ।

३०. विश्व कम्युनिष्ट आन्दोलनको इतिहास – मोहन बिक्रम सिंहद्वारा लिखित यो पुस्तक धेरै संक्षिप्त र गहन छ । पुस्तकमा पेरिस कम्युन, रुस, चीन, फिलिपिन्स, भारत लगायत विश्वभर चलेका कम्युनिष्ट आन्दोलन, त्यसका नेता र प्रवृत्तिबारे चर्चा गरिएको छ ।

३१. सोभियत कम्युनिष्ट पार्टीको इतिहास – रुसी कम्युनिष्ट पार्टीको इतिहास समेटिएको यो पुस्तक रुसी क्रान्ति, सशस्त्र विद्रोह र यससम्बन्धि दृष्टिकोण बुझ्न निकै उपयोगी छ ।

३२. चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास – यस पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना, दीर्घकालीन जनयुद्धको थालनी, जापानद्वारा चीनमाथि गरिएको हमला, जनवादी क्रान्तिको विजय लगायतको चीनको क्रान्तिकारी आन्दोलनको इतिहास समाविष्ट छ ।

३३. पेमालामा प्रश्नोत्तर माला – मोहन बिक्रम सिंहद्वारा लिखित यो पुस्तक मार्क्सवादबारे जान्न चाहनेहरुका लागि प्रारम्भिक पुस्तक हो । पुस्तकमा कम्युनिष्ट आन्दोलन र विचार सम्बन्धि आधारभूत कुराहरुलाई पेमा र लामाबीचको सम्वादका रुपमा प्रस्तुत गरिएको छ । मार्क्सवादबारे आधारभूत ज्ञान राख्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ ।

३४. प्राकृतिक भौतिकवाद – गोपीरमण उपाध्यायद्वारा लिखित यो पुस्तक गहन छ । पुस्तकमा भौतिक चिन्तन, चिन्तकहरु, त्यसको कालखण्ड र विकासबारे गहन प्रकाश पारिएको छ ।

३५. धर्म र मार्क्सवाद – यो पुस्तक धर्म र मार्क्सवादी दृष्टिकोणबारे लेखिएका लेखहरुको संग्रह हो । पुस्तकमा धर्म र मार्क्सवाद सम्बन्धि मार्क्सवादी दृष्टिकोण प्रस्तुत गरिएको छ ।

३६. नेपाल कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु – यो नेकपा (माओवादी) द्वारा प्रकाशित कृति हो । पुस्तकमा नेकपाको स्थापनादेखि महान् जनयुद्ध लगायत सबै कालका महाधिवेशन, सम्मेलन, विस्तारित बैठक र केन्द्रीय समितिमा प्रस्तुत भई पारित भएका दस्तावेजहरु संग्रहित छन् । माओवादी आन्दोलनको वैचारिक श्रृङ्खला बुझ्न चाहनेहरुका लागि यो निकै उपयोगी पुस्तक हो ।

३७. राजनीतिक अर्थशास्त्रको आँखीझ्याल – डा. बाबुराम भट्टराईद्वारा लिखित यो पुस्तक निकै महत्वपूर्ण छ । नेपालको परिप्रेक्ष्यमा उत्पादन सम्बन्ध र अर्थतन्त्रमा कसरी क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा पुस्तकमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ ।

३८. मार्क्सवादी अर्थशास्त्र – डा. विजयकुमार पौडेलद्वारा लिखित यस पुस्तकमा राजनीतिक अर्थशास्त्र परिचय, अभ्यास र नेपाली सन्दर्भमा यसको प्रयोगबारे चर्चा गरिएको छ । प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीभित्र मार्क्सवादी अर्थशास्त्रको अभ्यासका लागि पुस्तक उपयोगी छ ।

३९. नयाँ घर – नेता एवं साहित्यकार आहुतिद्वारा लिखित यो उपन्यास क्रान्तिकारी विचार र भावनाले ओतप्रोत छ । पुस्तकमा क्रान्तिका लागि क्रान्तिकारी सङ्घर्षमा लाग्न अभिप्रेरित गरिएको छ ।

४०. मार्क्सवाद चिनारी – कृष्णदास श्रेष्ठद्वारा लिखित यो पुस्तक मार्क्सवादबारे आधारभूत कुरा जान्न चाहने विद्यार्थीका लागि उपयोगी छ । यसमा दर्शन, अर्थशास्त्र र समाजवादबारे विषयवस्तु समेटिएको छ ।

४१. मार्क्सवादको पहिलो पुस्तक – कृष्णदास श्रेष्ठद्वारा लिखित यो पुस्तकमा दर्शन, अर्थशास्त्र र समाजवादबारे विषयवस्तु समेटिएको छ । नयाँ विद्यार्थीका लागि यो निकै उपयोगी पुस्तक हो ।

४२. मार्क्सवादको मुल सिद्धान्त – जनेश्वर बर्माद्वारा लिखित यस पुस्तकमा मार्क्सवादका तीन संघटक अंगको विवेचना गरिएको छ । मार्क्सवादप्रति रुचि राख्ने विद्यार्थीहरुका लागि पुस्तक उपयोगी छ । यो सामग्री लोकपाटी डटकमबाट लिइएको हो ।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।