यी हुन् ‘विरासत जोगाउने हेबीवेट’

यी हुन् ‘विरासत जोगाउने हेबीवेट’

इलाम, मंसिर २६ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी भए ।

विसं २०४८ र २०५१ सालको निर्वाचनमा उहाँले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गर्नुभयो भने विसं २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित  भएङ्का थिए ।

संसद् पुनःस्थापना भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेता खनालले काँग्रेसका प्रसाईंलाई र विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गरे ।

विसं २००६ चैत ६ गते इलामको साविक साँखेजुङ–४ मा जन्मनुभएका उनी सञ्चारमन्त्री, कृषि, भूमिसुधार तथा वनमन्त्री हुँदै २०६७ साल माघ २३ गते देशको ३७ औँ प्रधानमन्त्री बन्नुभयो । पन्ध्र वर्षकै किशोर अवस्थामा कम्युनिस्ट आन्दोलनमा होमिनुभएका नेता खनालले २०२१मा विद्यार्थी संगठनको अध्यक्षबाट राजनीतिक यात्रा शुरू गरे । विसं २०२५मा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेपछि नेपाली राजनीतिसंगै शिक्षण पेशामा संलग्न हुनुहुँदा पटक–पटक गरी सात वर्ष जेल जीवन बिताए ।

झापा विद्रोहपछि २०३१ सालमा गठित क्रान्तिकारीहरूको संगठन कोअर्डिनेशन कमिटी, नेपाल कम्युनिस्ट पार्टी मालेको संस्थापक सदस्य रहनुभएका खनाल सोही पार्टीको महासचिवसमेत भए ।

विसं २०३७ पछि भूमिगत हुनुभएका उहाँ ११ वर्षपछि २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चबाट सार्वजनिक भए ।

विसं २०६५ मा भएको बुटवलको आठौँ महाधिवेशनबाट नेकपा (एमाले)को अध्यक्षमा निर्वाचित हुनुभएका नेता खनाल विसं २०७१ को नवौँ महाधिवेशनबाट पार्टीको वरिष्ठ नेता बन्नुका साथै हालैको प्रतिनिधिसभाको निर्वाचनमा इलाम–१ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेर ३६ हजार ८०७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे ।

यसैगरी प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित पूर्वसभामुखसमेत रहनुभएका सुवास नेम्वाङको यो विजय यात्रा चौँथो पटक हो ।

नेकपा (एमाले) केन्द्रीय सदस्य र कानून विभाग प्रमुखसमेत रहनुभएका उनले २०५६ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङलाई सोही क्षेत्रबाट पराजित गरे । विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई नेता नेम्वाङले पराजित गरे ।

संविधानसभामा दुईपटक साभाध्यक्षका साथै दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बन्नुभएका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाए । इलामबाट विसं २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएपछि उहाँले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएर काम गरे ।

विसं २०२९ मा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै नेता नेम्वाङ राजनीतिमा निरन्तर क्रियाशील छन् ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएका उहाँ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभयो । कानून विषयकोे अध्ययन पछि नेपाल ल क्याम्पसमा २०३५ देखि २०५१ सालसम्म प्राध्यापन गरे ।
इलाम–२ बाट नौ हजार ६५४ मतान्तरले विजयी हुनुभएका नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरे ।

प्रदेशसभा–२ (ख) का विजयी सांसद नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण २०५४ सालमा माओवादी पार्टीमा प्रवेश गरे ।

पार्टीप्रति निरन्तर लगाव र झुकावका कारण उनी २०५८ सालमा पार्टीको राजनीतिक कमिसारसमेत हुनुभयो । विसं २०७० सालमा इलाम क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएका शर्मा नेपाली काँग्रेसका केशव थापासँग पराजित भए  ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले इलामबाट दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यमा विजयी हासिल गरेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय