राजपाको लालकिल्लामा भव्य चुनावी सभा, राजपा र कांग्रेसका सयौं नेता माओवादी प्रवेश

राजपाको लालकिल्लामा भव्य चुनावी सभा, राजपा र कांग्रेसका सयौं नेता माओवादी प्रवेश

गौशाला (महोत्तरी) मंसिर १५ । महोत्तरीको क्षेत्र नम्बर १, गौशला नगरपालिका २ निगौलमा आयोजित चुनावी सभामा राजपा र काग्रेसका सयौं नेता र कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

राजपाको प्रभाव रहेको क्षेत्र निगौलमा शुक्रबार आयोजित भव्य चुनावी सभामा राजपा र काग्रेस परित्याग गरि एक सय भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
राजपाका नेता महिन्द्र शाह, लालु मण्डल, सुनिल मण्डल, रामबाबु मण्डलसहितका दर्जनौं राजपाका नेताकार्यकर्ता र नेपाली काग्रेसका सरोजकुमार शाह, इन्दु शाह, रामप्रताप मण्डल, नरेश शाहसहितका सयौं नेताकार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
यस्तै उर्मिला शाह, सितल मुखिया, सुनैनादेवी राय, शिवकुमारी सिह, रौनादेवी राय लगायतका एक दर्जनभन्दा बढी राजपा र काग्रेसका कृयाशिल महिला नेतृहरु पनि माओवादी केन्द्र प्रवेश गरेका छन् । काग्रेस र राजपाबाट समृद्धि र विकास सम्भव नभएको नवप्रवेशीहरुले बताएका छन ।

नवप्रवेशीलाई माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका वाम गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेलले टीका र माला लगाएर स्वागत गरे ।
चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले जातीय र क्षेत्रीय कुरा गर्ने पार्टीले विकास गर्न नसक्ने दावी गरे । एक किलोमिटर सडक बनाउन एक लाख रुपैया खर्च लाग्छ पोखरेलले भने, ‘केन्द्रीय नेतृत्वको पहल बिना जिल्लाको विकास असम्भव छ ।’
राजपा र काग्रेससँग विकासका कुनै एजेण्डा नभएको दावी गर्दै पोखरेलले मधेसी जनतामा भ्रम नछर्न बिपक्षी उम्मेदवारलाई आग्रह गरे ।

१ सय २४ ओटा जाति भएको देशमा एकले अर्कोलाई सम्मान गर्नुपर्छ पोखरेलले भाने, ‘ देशमा ८० भन्दा बढी भाषा–भाषी छन । हामी सबै मिले मात्र देश सम्बृद्द हुन्छ ।’
मधेसमा बहुसंख्यक किसान मजदुरको बाहुल्यता रहेको स्मरण गर्दै पोखरेलले गरिबी, किसान र मजदुरको भावना बामपंथीले मात्रै बुझ्न सक्ने दावी गरे ।

समग्र तराई–मधेसको विकासको निम्ति वाम गठबन्धनलाई बिजयी गराउन पोखरेलले आग्रह गरे ।

यसैबीच, महोत्तरी जिल्ला क्षेत्र नम्बर १ एक अन्तर्गतको गौशाला नगरपालिकाको विभिन्न स्थानमा शुक्रबार सयुक्त बाम गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।
गौशाला नगरपालिकाको वडा नम्बर ११ धननारायण टोल, गौशाला नगरपालिका १० भरतपुर, चुरौटे टोल, ९ को पुरानो भरतपुर र नयाँ भरतपुरमा चुनावी सभा सम्पन्न भएको हो ।

गौशाला ९ पुरानो भरतपुरमा आयोजित चुनावी सभामा पनि विभिन्न पार्टी परित्यागगरि ६० जना नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन ।

पुरानो भरतपुरको अधिकांश मन्सुर र अन्सारी सहित ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन । नेपाली काग्रेसका इसराजुल मन्सुर, गफार मन्सुर, सतार मन्सुर, जाहेर मन्सुर, मङ्गल मन्सुर, रसुभ अन्सारी, मकेबुल अन्सारी लगायत ६० जना आज माओवादी केन्द्र प्रवेश गरेका हुन ।

नवप्रवेशीलाई गिरिराजमणि पोखरेल र प्रदेश सभाका उम्मेदवार भरत शाहले फुलमाला लगाएर स्वागत गरेका थिए ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय