राप्रपा प्रजातान्त्रिकले बनायो पराजयको कारण खोज्न समिति

राप्रपा प्रजातान्त्रिकले बनायो पराजयको कारण खोज्न समिति

काठमाडौं, पुस ५ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजय र पार्टीको भावी नीति तथा कार्यक्रम बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले नौ सदस्यीय समिति बनाएको छ । मंगलबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको संयोजकत्वमा नौ सदस्यीय समिति बनाएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

समितिको सदस्यमा वरिष्ठ उपाध्यक्षद्वय दीपक बोहोरा र केशरबहादुर विष्ट, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय सुनील थापा र ध्रुवबहादुर प्रधान छन् । त्यस्तै, पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य नवराज सुवेदी, हरिबहादुर बस्नेत र ठाकुर शर्मालाई पनि सदस्य बनाइएको छ । बैठकले समितिलाई निर्वाचनमा पराजयको कारण र पार्टीको आगामी नीति तथा कार्यक्रमका विषयमा पुस मसान्तसम्म प्रतिवेदन पेस गर्ने म्यान्डेट दिएको छ । समितिले प्रतिवेदन बुझाएपछि केन्द्रीय समितिमा छलफल गर्दै पारित गरेर कार्यान्वयनको चरणमा लैजाने तयारी राप्रपा (प्रजातान्त्रिक)को छ ।

बैठकमा महामन्त्री ध्रुवबहादुर प्रधानले निर्वाचनसम्बन्धी राजनीतिक प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले निर्वाचनमा भएको खर्च र आयसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदनमा आगामी बैठकमा मात्रै छलफल हुनेछ ।

त्यस्तै, बैठकले स्वच्छ र निष्पक्ष रूपमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवादसमेत दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न नसकेको राप्रपा प्रजातान्त्रिक समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय दल बन्नबाट वञ्चित भएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय