विद्यार्थीलाई राष्ट्रको हित र जनताको सेवामा लाग्न प्रधामन्त्रीकाे अाग्रह

विद्यार्थीलाई राष्ट्रको हित र जनताको सेवामा लाग्न प्रधामन्त्रीकाे अाग्रह

बि।सं। २०५२ सालमा स्थापना भएको मुलुकको दोश्रो ठूलो र पूर्वाञ्चल क्षेत्रको महत्वपूर्ण विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा विश्वविद्यालयद्धारा सञ्चालित विभिन्न कार्यक्रममा तह पार गरी दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु । दीक्षित विद्यार्थी भाइबहिनीहरुलाई राष्ट्रको हित र जनताको सेवालाई केन्द्रमा राखेर अघि बढ्न विशेष आग्रह गर्दछु ।

प्रतिस्पर्धात्मक आधारमा शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै स्वस्थ प्रतिस्पर्धावाट शैक्षिक संरचनाको विकास एवं विभिन्न शैक्षिक विधामा अध्ययन, अध्यापन र अनुसन्धानका लागि जनस्तरबाट उच्च तहका शिक्षण संस्थाहरुको सञ्चालन गर्ने उद्देश्यअनुरुप नेपाल सरकारले यो विश्वविद्यालय स्थापना गरेको कुरा हामी सबैलाई विदितै छ ।

स्थापना कालदेखि हालसम्म यस विश्वविद्यालयबाट झण्डै ८८ हजार विद्यार्थीहरुले स्नातक एवं स्नातकोत्तर तहको विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययन सम्पन्न गरिसकेका, यो मुलुकको दोश्रो ठूलो विश्वविद्यालयको रुपमा स्थापित भएको, तुलनात्मक रुपमा न्यून शुल्कमा नयाँ नयाँ विषयमा प्रविधियुक्त शिक्षा प्रदान गर्दै आइरहेको जानकारी पाउँदा मलाई खुशी लागेको छ । यसका साथै विश्वविद्यालयले ७० भन्दा बढी शैक्षिक कार्यक्रम, ५ वटा आङ्गिक क्याम्पस र १०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस सञ्चालन गरिरहेको र पछिल्लो समय कृषि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि कृषि विषयमा स्नातक तहका कक्षाहरु सञ्चालन गरेको थप खुशीको महशुस भएको छ ।

आज नेपालका उच्च शिक्षाको क्षेत्रमा चारैतिर समस्याहरु छन् । बन्द हडतालले विश्वविद्यालयहरु प्रभावित छन् । त्यसो त त्यसै पनि विश्वविद्यालय जस्तो ठूलो संस्था सहज रुपमा सञ्चालन गर्नु कम चुनौतिपूर्ण विषय होइन । यस विश्वविद्यालयको शैक्षिक एवम् प्राज्ञिक उन्नयनका सन्दर्भमा पनि यसका आफ्नै किसिमको चुनौतीहरु विद्यमान रहेको विषयप्रति म जानकार छु । खासगरी नेपाल सरकारले प्रदान गरेको गोठगाउँ परिसरको ८०५ बिघाको परिसरलाई प्राज्ञिक थलोको रुपमा गुरुयोजना अनुरुपको पूर्वाधार विकास तथा मेडिकल कलेजको स्थापनामा ठूलो साधन स्रोतको जुटाउनु यस विश्वविद्यालयको प्रमुख चुनौती हो भन्ने मलाइ लाग्दछ ।

यसका साथै जनस्तरवाट सञ्चालित विश्वविद्यालय भएकोले अन्य विश्वविद्यालयको तुलनामा यस विश्वविद्यालयलाई नेपाल सरकारबाट प्राप्त हुने बजेटमा रहेको सीमितता, आफ्नै अस्पताल, डाक्टर र नर्सहरु रहेको तर शिक्षण अस्पतालको स्थापना एवं दक्ष विशेषज्ञहरुको नियुक्ति गर्न स्रोत साधनको अभावजस्ता समस्याहरु समेत रहेको छ । विश्वविद्यालयका यी चुनौती र समस्याहरुलाई अवसरमा बदल्दै मुलुकको आवश्यकता अनुरुप गुणस्तरीय जनशक्ति उत्पादनमा विश्वविद्यालयको व्यवस्थापन अगाडि बढ्नेछ भन्ने मेरो विश्वास छ । यस कार्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने म विश्वास दिलाउन चाहन्छु ।

मुलुकको बर्तमान परिस्थितिप्रति यहाँहरु सबै जानकार छौं । नेपाली जनताको लामो समयदेखिको सङ्घर्षको परिणामस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई हाल त्यसको कार्यान्वयनको चरणमा रहेका छौं । संविधान जारी भएपश्चात् यसप्रति असन्तुष्ट मधेशी, थारु, आदिबासी जनजाति लगायत समुदायका जायज माग सम्बोधन गरी संविधानको स्वीकार्यता फराकिलो बनाउनका लागि सरकारले संविधान संशोधनको विधेयक व्यवस्थापिका संसदमा टेबुल गरिसकेको छ भने संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष स्थानीय तहको निर्वाचनको घोषणा गरी निर्वाचनतर्फ मुलुक अगाडि बढिसकेको छ । हालसम्म सिंहदरबारमा रहेको अधिकार जनताको दैलोमा पु¥याई जनताको दैलोमा सेवा र विकासको सन्दर्भमा स्थानीय तहको निर्वाचन कोशेढुङ्गा सावित हुने मेरो विश्वास छ । मुलुक निर्वाचनतर्फ होमिइसकेको वर्तमान अवस्थामा मैले निर्वाचनलाई सम्पन्न गर्ने कार्यमा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।

नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेअनुरुप बर्तमान सरकारले प्रतिस्पर्धी लाभको महत्वपूर्ण स्रोतको रुपमा रहेको जनशक्ति उत्पादनलाई उच्च प्राथमिकता दिएको छ । गुणस्तरीय जनशक्ति बिना संविधानले परिकल्पना गरेको समृद्ध नेपालको सपना व्यवहारमा उतार्न नसक्ने यथार्थताप्रति ध्यान केन्द्रित गरेर नै यसलाई सरकारले प्राथमिकतामा राखेको हो । यसका अतिरिक्त बर्तमान सरकारले संविधानमा व्यवस्था गरिएका प्रदेशहरुमा उच्च प्राविधिक र रोजगारमुखी शिक्षालाई समेत प्राथमिकतामा राखेको छ कि मुलुकको हालको जनसंख्या हेर्दा हामी पपुलेशन वोनसको यूनिक अवस्था अर्थात् आर्थिक रुपमा क्रियाशील जनसंख्या लगभग ६० प्रतिशतको हाराहारीमा रहेको छ । यस्तो अवसर कुनै पनि मुलुकका लागि बिरलै प्राप्त हुन्छ । यो जनसंख्याको रोजगारमुखी उच्च शिक्षामा पहुँच स्थापित गराई मुलुकको आर्थिक सम्वृद्धिमा लगाउनु अहिलेको प्रमुख आवश्यकता हो ।

उच्च शिक्षा हासिल गरेर दीक्षित विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान हासिल गरिसक्नु भयो । हासिल गरेको ज्ञानलाई अब व्यवहारमा उतार्ने बेला आएको छ । ज्ञान एकाङ्की हुदैन, त्यो सार्वभौम हुन्छ । त्यसैले जाति, लिङ्ग, भाषा, धर्म भन्दामाथि उठेर निराकार भई पाएको ज्ञानलाई राष्ट्र सेवामा लगाउनुहोस् । अहिले मुलुक भूकम्प पश्चातको पूननिर्माणको महत्वपूर्ण चरणमा छ । तपाईहरुले हासिल गर्नुभएको गरेको प्रविधियुक्त ज्ञानको प्रयोग पुनर्निर्माण र राष्ट्रको आर्थिक सम्वृद्धिका लागि लगाउनुहोस् । मुलुकभित्र उपलब्ध साधन स्रोत, जलसम्पदा आदिको समुचित प्रयोग गरी राष्ट्र निर्माणमा लगाउनुहोस् । विद्याले विनय, सदाचार, सद्भाव र समन्वय सिकाउँछ । त्यसैले समाजसेवी, राष्ट्रसेवी बन्नुहोस्, जुन संस्थाबाट ज्ञान हासिल गर्नुभयो त्यसको नाम उच्च बनाउनुहोस् । यो तपाईको सत्कर्मबाट मात्र हुन सक्छ । म तपाईहरुको उच्च र उन्नत भविष्यको कामना गर्दछु ।

अबको आवश्यकता भनेको राष्ट्रिय हित र उत्पादनलाई केन्द्रमा राखेर शैक्षिक जनशक्ति उत्पादन गर्नु हो । शिक्षालाई गुणस्तरीय र आत्मनिर्भरतामार्फत् जनताको जीवनस्तर बदल्ने उद्देश्यमा केन्द्रित गर्न जरुरी छ । विश्वविद्यालयका आगामी दिनका क्रियाकलाप त्यस दिशामा केन्द्रित हुने र दीक्षित विद्यार्थी भाइबहिनीहरुले पनि आफ्नो ज्ञान, सीप र दक्षतालाई राष्ट्रको सेवाका लागि खर्च गर्नुहुनेछ भन्ने मेरो पूरापूर विश्वास छ ।

(पूर्वाञ्चल विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा गरिएको सम्बोधन )

प्रचण्ड सचिवालयको भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ।  कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् ।   आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्‍यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए।  यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो।  प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट  राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’

उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो ।  उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’   

उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ ।  माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ ।  सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् ।   करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।  

बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)

काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ । 

लोकप्रिय