रुकुम पूर्वका ३१ मध्ये १६ वटा वडाको मत सार्वजनिक

रुकुम पूर्वका ३१ मध्ये १६ वटा वडाको मत सार्वजनिक

रुकुमपूर्व । तीन वटा मात्र गाउँपालिका रहेको रुकुम पूर्वको ३१ वटा वडा मध्येमा १६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । १६ वटा वडाको मत परिणाम सार्वजनिक भइसक्दासम्म १३ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।

नेपाली कांग्रेसले दुई वटा र नेकपा एमालेले एउटा वडामा विजयी हासिल गरेका छन् । एमाले र कांग्रेसले जितेका वडामा माओवादी केन्द्रसँगको मतान्तर थोरै मात्र छ ।

सिस्ने १

रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रज बहादुर बुढा प्यानलसहित विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार बुढा ३ सय ८६ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस गठबन्धनका उम्मेद्वारले ३ सय ५६ मत प्राप्त गरेका छन् ।

माओवादीको प्यानलमा महिला सपुरी बुढा, तुल कुमारी विक, डबल बुढा र हस्त बहादुर बुढा सदस्य चुनिएका छन् ।

सिस्ने गाउँपालिका २

सिस्ने गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यस वडामा एमाले–कांग्रेसको गठबन्धनका उम्मेद्वार चंख झाँक्रीलाई पछि पार्दै कृष्ण खड्काको प्यानल विजयी भएको हो । खड्काले ४ सय २८ र झाँक्रीले ३ सय ७२ मत पाइन् ।

सिस्ने २ मा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा नविना मल्ल घर्ती, दलित महिला सदस्यमा सम्झना नेपाली, खुला सदस्यमा तीर्था पुन र दिनेश विक विजयी भएका छन् ।

सिस्ने गाउँपालिका ३

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ मा पनि नेकपा माओवादी केन्द्र भारी मत अन्तरले विजयी भएको छ । गएको स्थानीय तह चुनावमा हार व्यहोरेको यस वडामा यस पटक माओवादी विजयी भएको हो । माओवादीले यस वडामा नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो ।

मोओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका हेराम खड्काले प्रतिस्पर्धी नेकपा एमाले, नेपाली कांग्रेस र माले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर बढी मत ल्याएर विजयी बने । खड्काले ६ सय २३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी भावना खड्काले ३ सय ५ मत प्राप्त गरेकी छन् ।

यो वडा पहिलेको स्थानीय तह चुनावमा माओवादीले गुमाएको थियो भने एमालेले जितेको थियो । अहिले यस वडामा हारको बदला दोब्बर बढी मत ल्याएर माओवादीले ल्याएको छ ।

वडाको महिला सदस्यमा माओवादी र एकीकृत समाजवादी प्यानलबाट महिला सदस्यमा मिना केसी, दलित महिला सदस्यमा पे्ररणा कुमारी कामी र खुला सदस्यमा लक्षिराम खड्का, लालजित बुढा विजयी भएका छन् ।

रुकुम पूर्वमा एमालेले खाता खोल्यो

रुकुमपूर्वमा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ७ बाट एमालेले खाता खोलेको हो । यस वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पछि पार्दै एमालेबाट शशिधर बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ३ सय १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खिमबहादुर पुनले २ सय ८३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर ओलीले ५१ मत प्राप्त गरे ।

वडा सदस्यमा नेकपा माओवादी केन्द्रबाट महिला सदस्य धनकुमारी बुढा, दलित महिला सदस्यमा चम्फा कामी विक, खुला सदस्यमा माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका समाजवादीका शशिराम बुढा र एमालेबाट विष्णु गिरी निर्वाचित भएका छन् ।

सिस्ने–८

सिस्ने गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपाल पुनमगर विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार पुन ४ सय २० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २३८ सय मत ल्याएका छन् ।

महिला सदस्यमा बिन्दु रावल, दलित महिला सदस्यमा लक्ष्मी बुढा सार्की, खुल्ला सदस्यमा डम्मर बहादुर बुढा र नर बहादुर पुन विजयी भएका छन् ।

पुथाउत्तरगंगा गाउँपालिका १

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रले विजय हासिल गरेको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानलै विजयी भएको छ । कामीले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छाया पुनलाई पछि पार्दै विजयी भएका हुन् ।

एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी महिला सदस्य मल्ति पुन ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण नेपाली ४ सय ४ मत, खुला सदस्य धन पुन ३ सय ८४ र विक्रम पुनले ४ सय ६ मत ल्याएर विजयी भएका छन् । १ नम्बर वडामा जम्मा ६ सय ६६ मत खसेको थियो ।

पुथा उत्तरगंगा गाउँपालिका २

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली विजयी भएका हुन् ।

उनले एमाले कांग्रेस गठबन्धनका उम्मेदवार कर्णबहादुर बुढालाई पछि पार्दै २ सय ३४ मत ल्याएर विजयी हासिल गरेका हुन् । बुढाले १ सय ८९ मत प्राप्त गरे ।

माओवादी केन्द्रबाटै २ सय ३९ मत ल्याएर दलित महिला सदस्यमा मायाधन कामी र २ सय ४३ मत ल्याएर औसी बुढा महिला सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी २ सय ३४ मत ल्याएर मनिराम मुन र २ सय ३६ मत ल्याएर खाल पुन खुला सदस्यमा विजयी भएका छन् । २ नम्बर वडामा कुल ४ सय ९२ मतदाता रहेकोमा ४ सय २४ मत खसेको थियो ।

पुथा उत्तरगंगा ३

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार बल बहादुर बुढा ९विजय० १ सय ६३ मतका साथ निर्वाचित भएका छन् । वडाध्यक्षका निकटतम प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका काप्चे बुढाले १ सय ३२ मत ल्याएका छन् ।

महिला सदस्यमा जोतिलाख बुढा, दलित महिला सदस्य सुशीला विक, खुल्ला सदस्य बलकम बुढा र खुल्ला सदस्यमा भदौरे बुढा विजयी भएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका ४

पुथाउत्तरगंगा गाउँपालिकामा ४ मा नेपाली कांग्रेसले जित हासिल छ । नेपाली कांग्रेसले पुथा ४ को वडाध्यक्षसँगै महिला सदस्य र एक जना खुला सदस्यमा विजयी हासिल गरे ।

कांग्रेसका सुरबहादुर विकले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार विरबल पुनलाई थोरै मतान्तरले पराजित गरे । विकले २ सय ३ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादीका पुनले एक सय ९३ मत प्राप्त गरे ।

नेपाली कांग्रेसबाट महिला सदस्यमा सुनिता रोका र खुला सदस्यमा जितकुमार कामी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट दलित सदस्यमा सुर्ज कामी र खुला सदस्यमा मनदेउ बुढामगर विजयी भएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका ५

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका टिकासाई घर्ती प्यानलसहित विजयी भएका छन् । त्यहाँ नेपाली कांग्रेस र जसपाका उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।

घर्तीले ४ सय १७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका अविनास बुढाले १४८ र जसपाका अशोक घर्तीले ६२ मत प्राप्त गरे ।

यस वडामा माओवादी केन्द्रबाटै महिला सदस्यमा ग्वारी बुढा, दलित महिला सदस्यमा बालकुमारी कामी, खुला सदस्यमा दामबहादुर कामी र थर्कबहादुर झाँक्रीमगर विजयी भएका छन् ।

पुथा उत्तरगंगा ६

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्यहाँ माओवादी केन्द्रबाट शंखे सेनको प्यानल नै विजयी भएको हो ।

सेनले एक सय ८५ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तुलबहादुर घर्तीले ९५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट महिला सदस्यमा तिर्थ कुमारी मल्ल, दलित महिला सदस्यमा लहरमाया दमाई, खुला सदस्यमा बमबहादुर रोका र सुन बहादुर विक विजयी भएका छन् ।

पुथाउत्तरगंगा गाउँपालिका ७

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ मा पनि माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । यस वडामा नेपाली कांग्रेसका तिलबहादुर बुढालाई पछि पार्दै माओवादी केन्द्रबाट चित्रबहादुर बुढाले विजयी हासिल गरेका हुन् । तिलबहादुर बुढाले रुख चिन्हबाट १३३ मत प्राप्त गर्दा हसिया हथौडाबाट चित्रबहादुर बुढाले २०० मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा माओवादी केन्द्रबाट रामकुमारी रोका, लक्ष्मी दमाई, इनम बुढा र टेकबहादुर घर्ती विजयी भएका छन् ।

पुथा उत्तरगंगा– ८ मा महिला अध्यक्ष

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यस वडामा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा पूर्णा शाही मल्ल विजयी भइन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवारलाई १२ मतले पछि पार्दै विजयी हासिल गरेकी हुन् । पूर्णाले ३ सय ५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जयबहादुर बुढाले ३ सय ४२ मत पाए ।

यहाँ माओवादी केन्द्रबाट महिला सदस्यमा कर्णकुमारी मल्ल, दलित महिला सदस्यमा कल्पना कुमारी सुनार विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट खुला वडा सदस्यमा देपेन्द्रजंग मल्ल र ढलबहादुर शाही निर्वाचित भएका छन् । यस वडामा ७ सय १५ मत खसेको थियो ।

पुथा उत्तरगंगा गाउँपालिका ९

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएका छन् । यो वडा नेपाली कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री केशरमान रोका र नेकपा एमालेको जिल्ला अध्यक्ष टोपबहादुर ओलीको गृह वडा हो ।

यहाँ एमाले र कांग्रेसलाई पछि पार्दै वडाध्यक्षमा माओवादी केन्द्रका हर्कप्रसाद रोका विजयी भए ।

वडा सदस्यमा माओवादी केन्द्रबाट महिला सदस्यमा उर्मिला रोका, दलित महिला सदस्यमा हसिया हथौडा चिन्हबाट समाजवादीका जुनकुमारी विक, खुला सदस्यमा माओेवादीबाट टेकबहादुर नेपाली, कांग्रेसबाट खुला सदस्यमा लालबहादुर खड्का विजयी भएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका १०

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० मा नेकपा एमाले विजयी भएको छ । यस वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमाले विजयी भएको हो । यहाँ एमालेका भरत बुढाले ३१६ मत ल्याएर विजयी हासिल गर्दा माओवादी केन्द्रका दयाधन घर्तीले २९७ र नेपाली कांग्रेसका सुनबहादुर बुढाले २७९ मत प्राप्त गरेका छन् ।

यस वडामा गएको स्थानीय तह चुनावमा पनि एमालेले नै जितेको थियो । यस वडामा एमालेबाट दलित महिला सदस्य धनकुमारी कामी विजयी भएकी छन् भने नेपाली कांग्रेसबाट खुला सदस्यमा मालबहादुर बुढा र काजीमान घर्ती तथा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा प्रतिमा पुन विजयी भएका छन् ।

भूमे गाउँपालिका ७

भूमे गाउँपालिका वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका संगम रोका विजयी भएका छन् । रोकाले ४६४ मत ल्याएर एमाले–कांग्रेसको गठबन्धनलाई हराए । सूर्यबाट चुनाव लडेका गठबन्धनका विजय बुढाले ५५ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा माओवादी केन्द्रबाट महिला सदस्यमा सिता कुमारी बुढाथोकी, दलित महिला सदस्यमा सुनमाया सुनार, खुला सदस्यमा मेघबहादुर श्रेष्ठ र मैमान रोका विजयी भएका छन् ।

भूमे गाउँपालिका ८

भूमे गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा एमाले र माओवादीका उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसबाट दिनेश रोका विजयी भएका छन् ।

रोकाले ४७७ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कृष्णबहादुर रोकाले ४६९ मत पाउँदा एमालेबाट उम्मेदवार बनेका लालप्रसाद ओलीले १५ मत प्राप्त गरे ।

वडा सदस्यमा भने सबै माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । महिला सदस्यमा फोमली बुढा, दलित महिला सदस्यमा अनिता कामी, खुला सदस्यमा टिकाराम कामी र तुलबिर बुढा विजयी भएका हुन् ।

भूमे गाउँपालिका ९

भूमे गाउँपालिका वडा नम्बर ९ मा माओवादीको प्यानलै विजयी भएको छ । त्यहाँ नेकपा एमाले र कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रका विनोद बुढा ७१६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा कांग्रेसका समिर पुनले ३१२ मत र नेकपा एमालेका नन्दकुमार घर्तीले ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ ।

भूमे ९ मा महिला सदस्य सुनिता पुनले ६९२, दलित महिला सदस्यमा मनकुमारी नेपालीले ६९३ मतसहित निर्वाचित भए । खुला सदस्यहरुमा आइतेराम ओलीले ६८३ र अर्का खुला सदस्य गणबहादुर पुनले ६८४ मत प्राप्त गर्दै विजयी भए ।

विहान ३ बजेबाट सुरु गरिएको मतगणनामा अहिलेसम्म ९ नम्बर वडाको मात्र गत गनेर सकिएको छ । त्यहाँ जम्मा ११ सय ९२ मत खसेको थियो । सबै पालिकामा नेकपा माओवादी केन्द्रले सुरुदेखि नै अग्रता कायम गरेको छ ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।