‘लोकतन्त्रको सुनिश्चितताका लागि वाम गठबन्धन’

‘लोकतन्त्रको सुनिश्चितताका लागि वाम गठबन्धन’

भक्तपुर, कात्तिक १८ . संविधान कार्यान्वयन र देशको समृद्धिका लागि आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धन बनेको भक्तपुरबाट उम्मेदवारी दिएका वाम उम्मेदवारहरुले बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ का उम्मेदवारहरुले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा पूर्वमन्त्री एवं एमालेका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका महेश बस्नेतले देशमा संविधान कार्यान्वयन गरी स्थिर सरकार गठन गर्दै देशको समृद्धिका लागि वामगठबन्धन बनेको बताउनुभयो ।

विपक्षीले आफूविरुद्ध गर्ने आलोचनादेखि नडराउने बताउँदै उहाँले विपक्षीसँग सौहार्द रुपमा चुनाव लडेर विजय हासिल गर्ने दाबी गर्नुभयो ।

आफू छोटो समयका लागि मन्त्री हुँदा भक्तपुरमा पाँच अर्बको विकास बजेट ल्याएर ४८ वटा सडकदेखि हनुमन्ते र मनोहरा करिडोरको काम भइरहेको, मेलम्चीको पानी ट्याङ्की बनिरहेको दाबी गर्दै उहाँले आफू भक्तपुरको मुहान फेर्न तयार रहेको बताउनुभयो ।

भक्तपुर क्षेत्र नं १ प्रदेश क बाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका जिल्ला ईन्चार्ज देवीप्रसाद ढकालले लोकतन्त्रको सुनिश्चितताका लागि वाम गठबन्धन बनेको बताउनुभयो । निर्वाचनपछि प्रदेश कानून बनाएर संविधान कार्यान्वयन गर्न र स्थायी सरकार गठन गरेर विकासको गतिलाई तिब्र पार्ने आफ्नो उद्देश्य रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा क्षेत्र नं २ प्रदेश  क का एमालेका उम्मेदवार शशीजंङ्ग थापा र प्रदेश नं ख बाट एमालेका उम्मेदवार राजेन्द्रमान श्रेष्ठले एमालेको जीतले नै देशको समृद्धि हुने विचार व्यक्त गर्नुभयो ।

यता क्षेत्र नं १ को प्रतिनिधिसभामा वाम गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका मिलन सुवाल, सोही क्षेत्रको प्रदेश नं २ ख भक्तपुरका उम्मेदवार रोमन शिलाकारले वाम गठबन्धनलाई जनताको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै भेला

यसैबीच, प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचनमा एकताबद्ध भएर जाने लक्ष्यका साथ गठन भएको वाम गठबन्धन भक्तपुरमा टुट्ने अवस्थामा पुगेको छ ।

उम्मेदवारको विवादपछि आज एमाले र माओवादी केन्द्रले जिल्लामा छुट्टाछुट्टै भेला गरेका छन् । भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ क मा माओवादी केन्द्र र एमालेको छुट्टाछुट्टै उम्मेदवारी परेपछि दुई पार्टीबिच विवाद चुलिएको हो ।

यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक डिपी ढकालको उम्मेदवारी परेको छ भने एमालेको तर्फबाट एमाले जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी परेको छ ।

आज सूर्यविनायकमा एमाले समर्थित युवा संघ नेपाल र अनेरास्ववियु, भक्तपुरले आयोजना गरेको संयुक्त विस्तारित भेलामा यस क्षेत्रको उम्मेदवारको रुपमा लामिछानेलाई अगाडि सार्दै प्रचारमा जुटेको थियो ।

आजै, यता माओवादी केन्द्रले पनि सूर्यविनायकमै कार्यकर्ता भेला गरेर भक्तपुरमा वाम एकतामा संकट आएको र एमालेले उम्मेदवारी फिर्ता नलिए वाम एकता तोडेर अगाडि बढ्ने गरी तयारी रहने बताइएको छ ।

एमाले सम्बद्व युवा संघ नेपाल र अनेरास्ववियुले गरेको कार्यक्रमको बारेमा जानकारी दिँदै युवा संघ नेपालका भक्तपुर अध्यक्ष दीपक दाहालले एमालेको आधिकारिक उम्मेदवार हरिशरण लामिछाने भएकाले उहाँको प्रचारमा युवा जुटेको बताउनुभयो ।

अनेरास्ववियूका जिल्ला अध्यक्ष जयराम बास्तोलाले एमालेको उम्मेदवारले मात्रै चुनाव जित्ने निश्चित भएकाले लामिछानेलाई अगाडि सारेको बताउँदै उहाँ नै उम्मेदवार भएको बताउनुभयो ।

यता वाम गठबन्धनका रुपमा रहेको माओवादी केन्द्रका उम्मेदवार ढकालले भने आफू गठबन्धनको उम्मेदवार भएकाले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने बताउनुभयो ।

एमाले र माओवादी केन्द्रका उच्च नेताहरूको बैठकले भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि र प्रदेशसभाको दुईवटै प्रदेश माओवादी केन्द्रको भागमा र क्षेत्र नं २ को प्रतिनिधि र प्रदेशसभा एमालेको भागमा परेकाले यसलाई कायम राख्नुपर्ने बताउनुभयो ।

उहाँले भक्तपुरमा वाम गठबन्धन संकटमा परेको बताउँदै भोलि लामिछानेले उम्मेदवारी फिर्ता नलिए गठबन्धन तोडेर माओवादी केन्द्र अगाडि बढ्ने बताउनुभयो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय