लौ आयो माओवादी केन्द्रको अन्तिम सूची, को कहाँबाट ?

लौ आयो माओवादी केन्द्रको अन्तिम सूची, को कहाँबाट ?

नेकपा माओवादीले उम्मेदवारको अन्तिम सूचि सार्वजनिक गरेको छ ।

माओवादी र एमालेबीच भएको तालमेल अनुसार निम्न अनुसारका निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवारले निर्वाचन लडने भएका छन ।

कतिपय जिल्लामा विवादका बीच माओवादी केंद्रले सूचि सार्वजनिक गरेको हो ।

उम्मेद्वारहरुकाे नामावली

(क) प्रतिनिधि सभा
१) भाेजपुर – सुदन किराँती
२) साेलुखुम्बु – हेमकुमार राई
३) उदयपुर २ – सुरेशकुमार राई
४) सुनसरी २ – डम्बर सुवेदी
५) झापा १ – सुरेन्द्र कुमार कार्की
६) माेरङ ४ – अमनलाल माेदी
७) माेरङ ५ – शिवकुमार मण्डल

८) सप्तरी १ – अशाेक कुमार मण्डल
९) सप्तरी २ – उमेश कुमार यादव
१०) सिरहा २ – सुरेशचन्द्र दास
११) सिरहा ४ – अजयशंकर नायक
१२) धनुषा १ – मातृका प्रसाद यादव
१३) धनुषा २ – रामचन्द्र झा
१४) धनुषा ३ – रामसिंह यादव
१५) महाेत्तरी १ – गीरिराजमणि पाेखरेल
१६) महाेत्तरी ४ – रजी हैदर
१७) सर्लाही २ – दिनेश राय यादव
१८) सर्लाही ३ – रामेश्वर राय यादव
१९) सर्लाही ४ – शिबपुजन यादव
२०) रौतहट १ – सत्यनारायण भगत
२१) रौतहट ३ – प्रभु साह
२२) बारा २ – शिवचन्द्र कुशवाहा
२३) पर्सा ४ – उर्मिला अर्याल

२४) रामेछाप – श्यामकुमार श्रेष्ठ
२५) सिन्धुली २ – हरिबाेल गजुरेल
२६) सिन्धुपाल्चाेक १ – अग्निप्रसाद सापकाेटा
२७) काभ्रे १ – गंगाबहादुर तामाङ
२८) भक्तपुर १ – मिलन सुवाल
२९) नुवाकाेट – हितबहादुर तामाङ
३०) ललितपुर ३ – पम्फा भुसाल
३१) चितवन ३ – पुष्पकमल दाहाल
३२) काठमाडौं १ – अनिल शर्मा
३३) काठमाडौं ६ – झक्कुप्रसाद सुवेदी
३४) काठमाडौं ८ – उमेश स्थापित
३५) काठमाडौं १० – हितमान शाक्य

३६) लमजुङ – देवप्रसाद गुरुङ
३७) गाेरखा १ – हरिराज अधिकारी
३८) गाेरखा २ – नारायणकाजी श्रेष्ठ
३९) बाग्लुङ २ – देवेन्द्र पाैडेल
४०) नवलपुर १ – भविश्वर पराजुली
४१) अर्घाखाँची – टाेपबहादुर रायमाझी

४२) रोल्पा — वर्षामान पुन
४३) रुकुम पूर्व — कमला रोका
४४) नवलपरासी २ — घनश्याम यादव
४५) बर्दिया २ — सन्तकुमार थारु
४६) कपिलवस्तु १ — चक्रपाणि खनाल
४७) दाङ २ — कृष्णबहादुर महरा
४८) बाँके १ — महेश्वर गहतराज
४९) रुपन्देही ५ — डिलाराम आचार्य

५०) जुम्ला — गजेन्द्र महत
५१) कालिकोट — दुर्गाबहादुर रावल
५२) हुम्ला — छिमी लामा
५३) सल्यान — टेकबहादुर बस्नेत
५४) जाजरकोट — शक्तिबहादुर बस्नेत
५५) रुकुम पश्चिम — जनार्दन शर्मा

५६) डडेलधुरा — खगराज भट्ट
५७) कञ्चनपुर १ — बिना मगर
५८) कैलाली ३ — गौरीशंकर चौधरी
५९) कैलाली ४ — लेखराज भट्ट

(ख) प्रदेश सभा
१) ताप्लेजुङ (ख) — टंक आङबुहाङ
२) पाँचथर (ख) — इन्द्र आङवो
३) संखुवासभा (क) — पूर्णप्रसाद राई
४) ओखलढुंगा (ख) — मोहन खड्का
५) खोटाङ (ख) — रामकुमार राई
६) इलाम २ (ख) — धीरेन्द्र शर्मा
७) उदयपुर १ (ख) — रामबहादुर थापा
८) उदयपुर २ (क) — भेषकुमारी राउत
९) सुनसरी ४ (ख) — मोहम्मद जाकिर हुसैन
१०) झापा ३ (क) — पूर्णसिंह राजवंशी
११) झापा ४ (क) — झलकसिंह दर्लामी
१२) मोरङ १ (क) — कुलप्रसाद साम्वा
१३) मोरङ २ (क) — गणेशकुमार उप्रेती
१४) मोरङ ३ (क) — गीता तिमिल्सिना
१५) मोरङ ५ (क) — देवेन्द्र कुमार गुप्ता
१६) मोरङ ६ (क) — जीवन आचार्य

१७) सप्तरी १ (ख) — मोहमद सकिल मिया
१८) सप्तरी २ (क) — सरोज कुमार मण्डल
१९) सप्तरी २ (ख) — महेन्द्र प्रसाद यादव
२०) सप्तरी ४ (क) — शशीप्रसाद यादव
२१) सिरहा २ (क) — जीवछ यादव
२२) सिरहा ३ (क) — रामकुमार यादव
२३) सिरहा ४ (क) — दीलिप साह
२४) धनुषा १ (ख) — रामचन्द्र मण्डल
२५) महोत्तरी १ (क) — भरतप्रसाद साह
२६) बारा ३ (क) — ज्वालाकुमारी साह

२७) दोलखा (क) — बिशाल खड्का
२८) रसुवा (ख) — इन्द्रप्रसाद गोतामे
२९) सिन्धुली १ (क) — लेखनाथ दाहाल
३०) सिन्धुली २ (ख) — बुद्धिमान माझी
३१) सिन्धुपाल्चोक २ (क) — युवराज दुलाल
३२) सिन्धुपाल्चोक २ (ख) — दावा लामा
३३) काभ्रे १ (क) — रत्नप्रसाद ढकाल
३४) भक्तपुर १ (क) — देवीप्रसाद ढकाल
३५) मकवानपुर १ (क) — प्रेमबहादुर पुलामी
३६) मकवानपुर २ (क) — कुमारी मोक्तान
३७) नुवाकोट १ (क) — राधिका तामाङ
३८) नुवाकोट २ (ख) — हिरानाथ खतिवडा
३९) धादिङ १ (ख) — शालिकराम जमरकट्टेल
४०) धादिङ २ (ख) — जगत सिम्खडा
४१) ललितपुर १ (क) — लालकुमारी पुन
४२) ललितपुर ३ (क) — राजकाजी महर्जन
४३) काठमाडौं ३ (क) — रुद्र बराइली
४४) काठमाडौं १० (क) — दीलिप महर्जन

४५) म्याग्दी (क) — विनोद केसी
४६) पर्वत (क) — नेत्रनाथ अधिकारी
४७) गोरखा १ (क) — लेखबहादुर थापा
४८) गोरखा २ (क) — कमला नहर्की
४९) गोरखा २ (ख) — अमर बहादुर गुरुङ
५०) तनहूँ १ (ख) — हरिबहादुर चुमान
५१) तनहूँ २ (क) — आशा कोइराला
५२) स्याङ्जा १ (क) — दीपक चर्तिमगर
५३) बाग्लुङ १ (क) — चन्द्रबहादुर बुढा
५४) नवलपुर १ (क) — सूर्य न्यौपाने
५५) कास्की १ (क) — दीपक कोइराला
५६) कास्की २ (ख) — राजकाजी गुरुङ
५७) कास्की ३ (क) — रामजी प्रसाद बराल

५८) प्युठान (ख) — कृष्णध्वज खड्का
५९) रोल्पा (क) — कुलप्रसाद केसी
६०) रोल्पा (ख) — दीपेन्द्र कुमार पुन
६१) रुकुम पूर्व (क) — तेजबहादुर ओली
६२) रुकुम पूर्व (ख) — पूर्ण बहादुर घर्ति
६३) गुल्मी १ (क) — सुदर्शन बराल
६४) गुल्मी २ (ख) — दिनेश पन्थी
६५) पाल्पा २ (ख) — बसन्त घर्ती
६६) नवलपरासी २ (ख) — कन्हैया कहार
६७) बर्दिया १ (क) — तिलकराम शर्मा
६८) बर्दिया २ (ख) — दिनेश थारु
६९) कपिलवस्तु ३ (ख) — जावेद आलम खान
७०) दाङ १ (क) — इन्द्रजीत थारु
७१) दाङ ३ (क) — जगप्रसाद शर्मा
७२) बाँके १ (क) — कृष्णा केसी
७३) बाँके २ (क) — कामता खटिक
७४) बाँके ३ (क) — इन्द्रप्रसाद खरेल
७५) रुपन्देही १ (ख) — दयाराम न्यौपाने
७६) रुपन्देही ३ (क) — विश्वास बराल
७७) रुपन्देही ४ (क) — सहबुद्धिन देवान

७८) डोल्पा (ख) — बीरबहादुर शाही
७९) जुम्ला (क) — नरेश भण्डारी
८०) कालिकोट (ख) — महेन्द्र बहादुर शाही
८१) हुम्ला (ख) — विजय भण्डारी
८२) जाजरकोट (क) — गणेश सिंह
८३) रुकुम पश्चिम (क) — गोपाल शर्मा
८४) रुकुम पश्चिम (ख) — रातो कामी
८५) सुर्खेत १ (क) — ठम्मरबहादुर बिष्ट
८६) सुर्खेत २ (ख) — बिन्दमान बिष्ट
८७) दैलेख १ (क) — धर्मराज रेग्मी

८८) बझाङ (ख) — देवकी मल्ल
८९) डोटी (ख) — त्रिलोचन भट्ट
९०) बैतडी (क) — प्रेमप्रकाश भट्ट
९१) दार्चुला (ख) — मानबहादुर धामी
९२) अछाम १ (ख) — झपड बोहरा
९३) अछाम २ (क) — अक्कल रावल

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय