विश्वकप फुटबलः गुगलमा खोजिने पहिलो नम्बरमा नेइमार, दोस्रोमा को ?

विश्वकप फुटबलः गुगलमा खोजिने पहिलो नम्बरमा नेइमार, दोस्रोमा को ?

मस्को । विश्वकपअघि अन्तर्राष्ट्रिय र चाखलाग्ने घटना विश्व राजनीतिकै हुने गर्दथ्यो । ‘सर्च इन्जिन गुगल’ मा अघिकांश दर्शकले इजरायल र प्यालेस्टाइन, भारत र पाकिस्तान, अमेरिका र उत्तर कोरियाबीचका घटना र राजनीतिक विषय बढी रुचि राख्दथे । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सुरु भएपछि गुगल प्रयोगकर्ताको ध्यान फुटबलले तानेको छ ।

अझ, गुगलमा ब्राजिल फुटबल टोलीको बढी खोजी भइरहेको छ । विश्वकप सुरु भएयता गुगलमा सबैभन्दा धेरै खोजिने टोलीको पहिलो सूचीमा ब्राजिल देखिएको छ । पाँच पटकको विश्वविजेता ब्राजिल छैटौं पटक उपाधि जित्ने अभियानमा छ ।

यद्यपि, समूह चरणको पहिलो खेलमा ब्राजिलले स्विट्जरल्यान्डसँग बराबरी खेलेपछि निकै आलोचित भएको थियो । दोस्रो खेलमा कोस्टारिकालाई २-० गोलले हराएपछि ब्राजिल लयमा देखिएको छ ।

गुगलमा ब्राजिलका नेमारलार्इ खोज्नेको संख्या एक अरबभन्दा बढी छ । समूहको अन्तिम खेलमा बुधबार ब्राजिलले सर्बियासँग खेल्नेछ । विश्व समाचार संस्था बीबीसीको एक अध्ययनअनुसार गुगलमा सबैभन्दा बढी ब्राजिललाई खोजिएको उल्लेख छ ।

यसैगरी खोलीमा अर्जेन्टिना दोस्रो, साबिक विजेता जर्मनी तेस्रो र फ्रान्स चौथो टोली बनेका छन् । खेलाडीको रूपमा पनि ब्राजिलका नेमारलाई खोल्नेको संख्या धेरै छ । नेमारलाई एक अरबभन्दा बढीले खोजेका छन् ।

गुगलमा अर्जेन्टिनी स्टार लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान, ओउसमाने डिम्बालेलगायत खेलाडीको पनि खुबै ‘सर्च’ गरिएको छ ।

-एजेन्सी

साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा

काठमाडौं। श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दोस्रो खेलमा भुटानले श्रीलंकलाई ४-१ ले पराजित गरेको हो। जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो। श्रीलंकाको यो पहिलो हार हो। पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १० ले पराजित गरेको थियो।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

लोकप्रिय