इन्डियन प्रिमियर लिग : दिल्लीसँग पराजित हुँदै पन्जाब प्रतियोगिताबाट बाहिरियो
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्ससँग पराजित हुँदै पन्जाब किंग्स समूह चरणबाट नै बाहिरिएको छ ।
धर्मशालामा रहेको एचपीसीए मैदानमा दिल्ली १५ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र बनायो । पन्जाबका लागि लियम लिविङ्स्टोन र अर्थव ताईटेले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित सम्म पुर्याउन भने सकेनन् ।
लिविङ्स्टोनले ४८ बलमा ५ चौका र ९ छक्काको सहयोगमा ९४ रनको विष्फोटक ईनिङ्स खेले । ताईडे ४२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाउदै रिटार्यड हर्ड आउट भए । सुरुआत राम्रो हुन नसकेको पन्जाबका लागि शुन्य रनमा नै दोस्रो ओभरमा कप्तान शिखर धवन आउट भएका थिए । दोस्रो विकेटका लागि ओपनर प्रभसिमरन सिंह र ताईडेले ३३ बलमा ५० रनको साझेदारी गरि पन्जाबलाई खेलमा पर्काउने कोसिस गरेका थिए ।
सिंह १९ बलमा ४ चौकाको सहयोगमा २२ रन बनाउँदै आउट भए पछि सो साझेदारी तोडिएको थियो । चौथो विकेटका लागि ताईडे र लियमले ५० बलमा ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । साम करनले ५ बलमा ११ रन बनाउँदा पन्जाबका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि एनरिच नोर्किया र इशान्त शर्माले समान २र२ तथा खलिल अहमद र अक्षर पटेलले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनायो ।
दिल्लीका लागि राइली रोसोउ र पृथ्वी शाले अर्धशतकीय ईनिङ्स खेले । रोसोउले ३७ बलमा ६ चौका र ६ छक्कासहित अविजित ८२ रनमा बनाए ।
दिल्लीका लागि उत्कृष्ट सुरुआत दिने क्रममा ओपनरद्वय पृथ्वी शा र डेविड वार्नरले पहिलो विकेटका लागि ६२ बलमा ९४ रनको साझेदारी गरेका थिए । साम करनको बलमा शिखर धवनबाट क्याच आउट हुनु अघि वार्नरले ३१ बलमा ५ चौका र २ छक्का सहयोगमा ४६ रन बनाएका थिए ।
पृथ्वी प्लेअफ दौडबाट बाहिरि सकेको दिल्लीलाई शालाई आजको खेलमा मौका दिएको थियो । शा ३८ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । दोस्रो विकेटका लागि रोसोउ र शाको बीचमा २८ बलमा ५४ रनको महत्वपूर्ण साझेदारी भएको थियो ।
तेस्रो विकेटका लागि फिलिप साल्ट र रोसोउले ३० बलमा अविजित ६५ रनको साझेदारी गरेका थिए । साल्ट १४ बलमा २ चौका र २ छक्काको सहयोगमा २६ रनमा अविजित रहेका थिए । पन्जाबका साम करनले २ विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् । दिल्लीले अन्तिम १२ बलमा ४१ रन जोडेको थियो ।
जितसँगै प्लेअफ दौडबाट बाहिरिसकेको दिल्ली १३ खेलबाट १० अंकका साथ नवौं स्थानमा रहेको छ । हारसँगै प्लेअफ सम्भावना समाप्त भएको पन्जाब १३ खेलबाछ १२ अंकका साथ आठौ स्थानमा झरेको छ ।
जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई
काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।
नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।
नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

