शान्ति प्रक्रियाबारे शान्ति सम्झौताका सहयात्रीमा नै नकारात्मक प्रवृत्ति देखा पर्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन् ।
द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयिक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
केही मान्छेहरू द्वन्द्वका कारण केही सिमित व्यक्ति मात्रै पिडित भएका हुन् जसरी प्रचारमा लाग्ने गरेको र विश्व समुदायलाई भ्रममा पार्न सकिन्छ कि भनेर प्रयास गरी राखेको प्रधानमन्त्रीले बताए । यद्यपी आफ्नो प्रयासले हजारौं हजार नागरिक , आम रूपमा न्याय भयो कि भएन भन्नेमा विश्व समुदायको ध्यान आकर्षित भएको उहाँको भनाई थियो ।
संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयिक छलफल राखेर सहिद ब्यपत्ता योद्धा यतना पीडित र पीडित सदस्यहरूले लिएको पहलप्रति प्रधानमन्त्री प्रचण्डले धन्यवाद व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले भने -‘शान्ति प्रक्रिया टुंग्याउने विषयलाई पेचिलो बनाउने प्रायस भै राखेको छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन निकै सकस पैदा गर्ने कोशिस भैराखेको छ । पछिल्लो समय सदनका बसह हेर्नु भएकै छ, शान्ति सम्झौताका सहयात्री नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।’
विभिन्न चुनौतिकाबीच आफुले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित बनेका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्षविपक्ष नभनेर समाधान प्रयास गरिराखेको बताए ।सोहि प्रक्रिया अन्र्तरगत द्वन्द्व पीडित प्रहरीका परिवारलाई पनि आफुले भेटेको जानकारी दिए ।
पछिल्लो समय आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा वातावरण परिर्वतनका कारणले नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान जाने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री प्रचण्डले भने -‘मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने बताउँदै सम्बोधन गर्दा अन्तर्राष्ट्रिय रूपमा नै तरगित भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले र्बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको छैन ।पुरै बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।’
आफुले महासभामा नेपालको संक्रमणकालिन न्याय प्रक्रिया टुंगो लगाउँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकोले सबैले नेपालको शान्ति प्रक्रिया टुंग्गोमा पुर्याउन मदत गर्नुपर्ने धारणा राखेको बताए । त्यसले विश्व समुदायबाट नेपालको शान्ति प्रक्रियामा नेपाले समर्थन प्राप्त गरेको उनको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आफुले महासचिव एन्टोनियो गुटरेसलाई नेपालले जलवायु परिर्वतका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितहरूको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको बताए। इजरायलमा भएको द्धन्द्धका कारणले महासचिव गुटरेस अक्टोवर १३ को सट्टा २९ तारिकको दिन नेपाल आउने जानकारी समेत उनले दिए ।
महासचिव गटरेससँग नेपालको शान्ति प्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले उनको नेपाल भ्रमणले न्याय प्रक्रिया टुंगो लगाउन, नेपालको शान्ति प्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या र यसको प्रभावबारे बुझ्न मदत पग्ने बताए । महासचिव आएपछि नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन र नेपालले भोगेको वातावणीय प्रभावबारे नेपालमा सकारात्मक वातावरण बन्ने प्रधानमन्त्रीको भनाइ थियो ।
महासचिव नेपाल भ्रमणमा आउँदा आफुले पीडितहरूले आफ्नो विषय राख्ने र पीडितहरूका अनुभव र पिडाका विषय महासचिवसमक्ष नै सुनाउने वातावरण बनाउँने तर्फ सोचिराखेको समेत उनले बताए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले अहिले टिआरसी सम्बन्धि विधेयक संसद हुँदै समिति हुँदै उपसमितिमा गएको जानकारी दिए ।साथै, शान्ति प्रक्रियालाई राजनीतिक लेवलमा यसअघि भएका सहमति अनुसार टुंगोमा पुर्याउन निरन्तर छलफल गरेको समेत उनले बताए ।
प्रधानमन्त्रीले भने -‘शान्ति प्रक्रियालाई राजनीतिक लेवलमा यसअघि भएका सहमति अनुसार टुंगोमा पुर्याउन निरन्तर छलफल गरिराखेको छु । राजनीति दलहरुसँग टिआरसी विधेकमा सहमति जुटाएर एकमत कायम गर्न शान्ति प्रक्रियाका सबै दल र अरूलाई पनि समेटेर लैजाने प्रयास गरिरहेको छु । टिआसी टुंगोमा पुर्याउन प्रतिपक्षी दललाई समितिका ३ वटा सभापति दिइएको छ । तर शान्ती प्रक्रिया टुंगोमा पुर्याउन माओवादी र सरकार जस्तो इमान्दार प्रतिपक्ष दल भैराखेको छैन ।’
शान्ति प्रक्रिया टुँगोमा पुर्याउने र जनयुद्धलाई स्थापित गर्ने कुरामा आफु दृडतापूर्वक लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसमा सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
आफुले जनयुद्ध र शान्ति प्रक्रियालाई स्थापित गर्न कदम थालेपछि प्रधानमन्त्री भैराखेको बेलामा शान्ति सम्झौतको मर्म विपरित आफुलाई मुद्दा दर्ता गरिएको प्रधानमन्त्रीको भनाई थियो । त्यस किसिमका गतिविधि कुनै व्यक्ति प्रति लक्षित नभइ समग्र परिर्वतनको आन्दोलनप्रतिको आक्रमणको रुपमा बुझन् उतले आग्रह गरे ।
सोही कारण जनयुद्ध र परिर्वतको आन्दोलनमा सहभागी सबै एकजुट हुने बेला आएको प्रधानमन्त्रीको भनाई थियो । जुन एकताले शान्ति प्रक्रियालाई न्यायपूर्ण ढंगले टुंगो पुर्याउन मदत गर्ने उनले विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले भने -‘सबै एक ठाउँमा जुटेर फेरि विभाजनका भंगालाहरु एक भएर अगाडि बढौं, त्यो बेला अहिले आएको छ । सबैका त्याग, बलिदान र त्यसबाट प्राप्त अनुभव सबैका भएको महशुस गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ ।’
आफुले त्यसैको प्रयास स्वरुप समाजवादी मोर्चा बनाएको समेत प्रधामन्त्रीले बताए । सकारात्म शक्तिसँगै नकारात्मक प्रवृत्ति पनि उसैगरी सक्रिय भएको हुने बताउँदै उनले साम्प्रदायिकता र धार्मिक द्वन्द्व फैलाउन कोसिस गर्नेहरुलाई पराजित गर्न पनि एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।
भैरहवामा चार कम्पनीले एकैसाथ थाले अन्तर्राष्ट्रिय उडान
भैरहवा । सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ । स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जनाए । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गर्ने रावतको भनाइ छ । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । यसअघि १० महिना उडान भरेर स्थगन गरेको जजिरा शनिबार भैरहवा फर्किन लागेको हो । दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने जनाएको छ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले बताए । फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थाल्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।
पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस
रकुम । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनुभयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो । १० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको मन्त्री पुनले बताउनुभयो । गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित निधन भएका कारण उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त भएको थियो ।
प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
पुटिनले राष्ट्रपती ट्रम्पलाई बधाई दिंदै के भने ?, हेर्नुहोस्
सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार पुटिनले ट्रम्पलाई बधाई दिएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ७ मा भल्दाई इन्टरनेशनल डिस्कसन क्लबको पूर्ण सत्रमा बोल्दै डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।” बधाई दिएको भएपनि अहिलेसम्म औपचारिक रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पत्र भने पठाएका छैनन्। यसपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।