शेयर बजारमा असोज १८ गतेदेखि नयाँ आईपीओ किन्ने अवसर
काठमाण्डौ, असोज १३ । दशै लागेको छ सबै पैसा नसक्नु होला । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आइपिओ) असोज १८ गतेदेखि विक्री खुला हुँदैछ ।
शेयर निष्काशन छिटोमा असोज २३ गते बैंकिङ समय पश्चात बन्द हुनेछ । तर पर्याप्त दरखास्त नपरेको खण्डमा भने कार्तिक १६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।
कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्दैछ, जसमा २ प्रतिशत अर्थात् ३ हजार ६०० कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात् ९ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
यस माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय इटहरी उपमहागरपालिका वडा नं. २६ सुनसरी जिल्लामा अवस्थित छ । यस माइक्रोफाइनान्सको १० जिल्लामा शाखा कार्यालय फैलिएको छ ।
माइक्रोफाइनान्सको आइपिओमा दरखास्त दिनु पर्ने न्यूनतम कित्ता ५० र अधिकतम ९०० कित्ता रहेको छ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनाएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौलाई गरेको छ । क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३ (क) अनुसार यस निष्काशनलाई क्रेडिट रेटिङ गराउन आवश्यक नभएकोले क्रेडिट रेटिङ गरेको छैन ।
धितोपत्र बोर्डले सार्वजनिक निश्कासनहरुका लागि आस्वामार्फतको आवेदनलाई अनिवार्य गरेकै कारण देशभर छरिएर रहेका आस्वा सेवा संचालनको अनुमतिप्राप्त जुनसुकै बैंक तथा बित्तीय संस्थाको शाखामा गएर एफपीओका लागि आवेदन दिन सकिन्छ ।
dainiknews dot com बाट
नेप्से २७०० विन्दुमुनि, कारोबार रकममा गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घटेको छ । बुधबार २.९५ अंकले घटेको बजार बिहीबार १७.०१ अंकले घटेको हो । नेप्सेका अनुसार यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन सात अर्ब ८१ करोडको कारोबार भएकामा आज पाँच अर्ब नौ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । यस दिन उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापारबाहेक सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको १३१.४० अर्थात् १.१९ प्रतिशतले घटेको छ । दुई कम्पनीको मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै, सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ११.७९ प्रतिशत घाटा व्यहोरेका छन् ।
१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो
काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ । नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।
नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् । दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

