सचिवहरुको दौडधुप सुरु, अर्थ, शिक्षा र गृहसचिव रिक्त हुँदै

सचिवहरुको दौडधुप सुरु, अर्थ, शिक्षा र गृहसचिव रिक्त हुँदै

काठमाडौं, कात्तिक २ । महत्वपूर्ण, शक्तिशाली र आकर्षक मानिएका अर्थ, शिक्षा र गृह मन्त्रालयमा जान सचिवहरुले दौडधुप सुरु गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले पाँच वर्षे सेवाअवधि सकिएकाले कात्तिक २ देखि अवकाश पाएका छन् भने सरकारले आगामी कात्तिक ६ वा ७ मा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने सम्भावना छ ।

अर्थ र शिक्षा सचिवले बिहीबार अवकाश पाउने भएपनि तिहार बिदा परेकाले बुधबारै बिदा लिइसकेका छन् । ३० मन्त्रालयमध्ये सबैभन्दा आकर्षक मानिएका गृह, अर्थ र शिक्षामा जान सचिवहरुले दौडधुप सुरु गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतकाअनुसार कार्यालयका सचिव शंकरप्रसाद अधिकारी भएसम्म मुख्यसचिव र नभए अर्थसचिव बन्नका लागि तीव्र दौडधुपमा छन् ।

अर्थमै जानका लागि मन्त्रिपरिषद कार्यालयकै केदारबहादुर अधिकारी, सामान्य प्रशासनका मोहनकृष्ण सापकोटा, आपूर्तिका कृष्णप्रसाद देवकोटा, अर्थकै राजस्वसचिव शिशिरप्रसाद ढुंगाना, श्रम तथा रोजगारका लक्ष्मणप्रसाद मैनाली, अख्तियारका राजन खनाललगायतले कसरत गरेका छन् ।

अर्थ मन्त्रालय ताकेर दौडधुपमा लागेका सबै सचिवको त्यसपछिको लक्ष्य भने गृहसचिव बन्नेछ ।

कात्तिक पहिलो साताभित्रै गृह मन्त्रालय खाली हुने सम्भावना रहेपछि अर्थ ताकेर बसेका अधिकारी, सापकोटा, मैनालीका साथै उद्योगका शंकरप्रसाद कोइरालाले त्यहाँ जाने इच्छा राखेका छन् ।

गृहका लागि दौडधुप गरिरहेका सचिवहरुले शिक्षा मन्त्रालयको सचिवका लागिसमेत मरिहत्ते गरिरहेका छन् ।

प्रशासन सेवाको तीनओटा सचिव रिक्त भएपछि वरिष्ठ सहसचिवको छिट्टै सचिव बन्ने ढोका खुल्ने भएको छ ।

तीनमध्ये एकजना ज्येष्ठताका आधारमा सिफारिस हुने छन् भने बाँकी दुईजनाका लागि तेब्बर संख्यामा सिफारिस गर्नुपर्ने प्रावधानअनुसार ६ जना वरिष्ठ सहसचिव सिफारिसमा पर्ने भएका छन् । –अन्नपूर्णपोस्ट् दैनिकबाट 

युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित

काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् ।  भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले  एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ

काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो  इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।

प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै

काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।

लोकप्रिय