साना दलका उम्मेदवार किन जमानत नै जोगाउन सक्दैनन ?
कैलाली, कात्तिक १९ । कैलालीमा संविधान सभादेखि स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा अधिकांश साना दलहरुका उम्मेदवारले जमानत नै जोगाउन नसकेका उदाहरण प्रशस्त छन् । तर पनि उनीहरु निरन्तर चुनावमा भाग भने लिइरहेका छन् ।
चुनावको नतिजा अघिसम्म साना दलहरुको मोहोल रामै देखिए पनि परिणाम भने त्यस्तो आउदैन । अहिलेसम्म कैलालीमा कांग्रेस, एमाले र माओवादीकै दबदबा छ । चुनावमा धरौटि नै सुरक्षित गर्न नसक्नुको मुख्य कारण ठूला दलका जसरी चुनावमा पैसा खर्च गर्न नसक्नु रहेको साना दलहरुको आरोप छ ।
ठूला दलहरुले चुनावमा निकै खर्च गर्ने भएकाले अधिकांश साना दलहरुले जित्न नसकेको तथा जमानत नै जोगाउन नसकेको साना दलहरुले आरोप लगाएका हुन् । अहिलेसम्मका धेरै जसो चुनाव ठूला दलहरुले मतदातालाई भोज भतेर तथा पैसा दिनुको मुख्य कारण नै साना दलहरुले चुनाव हार्नु रहेको प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चा कैलालीबाट निर्वाचन क्षेत्र नं.–४ बाट उम्मेदवारी दिएका लक्षिराम आचार्य बताए ।
अधिकांश साना दलका उम्मेदवारले चुनावमा आफ्नो जमानत नै जोगाउन सक्दैनन् । तर पनि निरन्तर चुनावमा भाग लिइरहेका छन् । यसका पछाडी थुप्रै कारण देखिन्छन् । यसैको एक एक उदाहरण हो, ठूला दलहरुसंग साना दलले पैसाको बार्गेनिङ गर्नु । साना दलहरु पनि यो आरोप स्वीर्काछन् । यहि गलत प्रवृतिका कारण साना दलहरुले चुनाव हार्नु तथा धरौटी जोगाउन नसक्नु रहेको नया शक्ति नेपालबाट निर्वाचन क्षेत्र नं.–५ प्रतिनिधि सभाका उम्मेदवार नृपबहादुर बोहराले बताए ।
कतिपय साना दलहरुले भने पार्टिको स्पष्ट ऐजण्डा नहुनु, पार्टिभित्र एकता नहुनु तथा कार्यक्रताको संख्याको कमी हुनुका कारण चुनावमा हार्नु परि रहेको बताएका छन् । चुनावका बेला मतदाता पनि एजेण्डा भन्दा पनि खर्च गर्न सक्ने पार्टीलाई बढि प्राथमिता दिने भएका कारण जमानत नै सुरक्षित गर्न मुस्कील भइरहेको राप्रपाका गंगाराम रानाले बताए ।
आगामी मंसिरमा हुने चुनावमा पनि साना दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । अब मतदाता पनि शिक्षीत भइसकेकाले पार्टि भन्दा पनि पात्रलाई चिनेर भोट दिने साना दलहरुको दाबी छ ।
युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित
काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ
काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।
प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै
काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।