साहोले रोक्न सकेन छिछोरेलाई, बलिउड बक्स अफिसमा श्रद्धा कपूरको अर्को फिल्मको उत्कृष्ट प्रदर्शन

साहोले रोक्न सकेन छिछोरेलाई, बलिउड बक्स अफिसमा श्रद्धा कपूरको अर्को फिल्मको उत्कृष्ट प्रदर्शन

काठमाडौँ, प्रभास र श्रद्धा कपूर अभिनित चलचित्र साहोको चेपुवामा पर्ने ठानिएको श्रद्धा कपूरको नयाँ चलचित्र छिछोरे बक्स अफिसमा निकै बलियो भएर देखिएको छ। रिलिज भएको दिन शुक्रवार ७.३२ करोड कमाएको यस चलचित्रको कमाइ शनिबार १२.२५ करोड र आइतबार १६.४१ करोड रहेको थियो।

फिल्मले सोमबार ८. १० करोड र मंगलबार १०.०५ करोड कमाएको छ। रिलिज भएको पाँचौं दिनसम्ममा चलचित्रले ५४. १३ करोड कमाइसकेको छ। चलचित्रमा सुशान्तसिंह राजपूत र श्रद्धा कपूर लगायतको अभिनय रहेको छ।

हालका दिनहरूमा बलिउड चलचित्रहरूको ‘ट्रेण्ड’ विपरित यस चलचित्रले ओपनिङको दिनभन्दा हप्ताका अरु दिन बढी कमाएको छ। र्रिलिज भएको दिनको तुलनामा हप्ताका अन्य दिन बढी कमाइ गर्ने मामिलामा यस फिल्मले यस वर्ष रिलिज भएका दुइ चलचित्र उरी र कबीर सिंहको गति समातेको बताइएको छ।

एडभान्स बुकिङमा निकै कम्जोर रहेको यस चलचित्रले पहिलो सप्ताहान्तमा राम्रो प्रदर्शन गरे २० देखि ३५ करोड कमाउने आकलन गरिएको थियो। फिल्मको पहिलो दिनको अवस्था हेर्दा केहीले यसलाई पनि महत्त्वाकांक्षी अनुमानको संज्ञा दिएका थिए।

दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएपछि दोस्रो दिनको कमाइमा निकै सुधार गरेको यस चलचित्रले आइतबारभने ओपनिङको दिनको तुलनामा दोब्बरभन्दा बढी कमाएर सबै अन्नुमानहरूलाई गलत साबित गरिदियो।

पहिलो सप्ताहान्तमा लगभग ३६ करोड कमाएको यस चलचित्रको कमाइमा सोमबार र मंगलबारपनि उल्लेख्य गिरावट नदेखिनुले यो चलचित्र लामो दौडको घोडा साबित हुने देखिन्छ।

जम्मा ७० करोडको लागतमा निर्माण भएको यस चलचित्रले पहिलो हप्ताभित्र आफ्नो लगानी असुल गर्न सक्ने आकलन गरिएको छ।

छोएन साहोको आँधीले

भारतीय सिनेवृत्तमा पछिल्ला दिनहरूमा प्रभास श्रद्धा रहेको चलचित्र साहोको रहेको छ। निकै ठुलो लगानी (३ अर्ब ५० करोड भारु) लगानी रहेको उक्त चलचित्रले भारतभरि निकै आक्रामक व्यापार गरिरहेको छ। चलचित्रले रिलिज भएको १० दिनमै विश्वभरिबाट ४ सय करोडभन्दा बढी को कमाइ गरिसकेको छ भने दोस्रो हप्तामा पनि चलचित्रको पकड निकै बलियो रहेको छ।

समीक्षकहरूद्वारा मन नपराइएको साहोलाई जनताले मन पराइदिएपछि कसैको केही लागेन र चलचित्रले हिन्दी संसकरणबाट मात्रै १३३ करोडभन्दा बढी कमाइसकेको छ। तर रिलिज हुनु पहिलेदेखि नै बाहुबली २ सँग तुलना गरिँदै आएको यस चलचित्रको दोस्रो हप्ताको कमाइमा भने निकै गिरावट आएको छ।

साहोले छिछोरेको कमाइमा असर पार्न सक्ने आकलन गरिएको भनिए पनि चलचित्रले अप्ठ्यारा दिनहरूमा दर्शक तान्न सकेको देख्दा यसले हप्ता भरिमा राम्रो व्यापार गर्ने अनुमान लगाउन सकिन्छ।

हालका दिनहरूमा सुरुका तीन दिन आक्रामक व्यापार गर्ने बलिउड चलचित्रहरू पनि सोमबार र मंगलबार आउँदा आउँदा शिथिल भैहाल्ने प्रवृत्ति देखिएको छ। छिछोरेको प्रदर्शनले यस ‘ट्रेण्ड ‘लाई गलत साबित गरिदिएको छ।

अभिनेत्री ज्याकलिनको ७ करोड २७ लाख जफत

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाख भारु जफत भएको छ । मनी लन्ड्रिङ केसमा छानबिनको क्रममा रहेकी उनको प्रवर्तन निर्देशनालय (इडी) ले उक्त रकम जफत गरेको हो । २०० करोड भारुको सम्पत्ति शुद्धीकरणको मामिलामा इडीले अभिनेत्री ज्याकलिनविरुद्ध ठूलो कारवाही सुरु गरेको हो । यसअघि ५ डिसेम्बर सन् २०२१ मा देशबाहिर जाने प्रयास गरिरहेकी नायिकालाई मुम्बईको विमानस्थलमा रोकिएको थियो । उनीविरुद्ध इडीले देश छोडेर जान नपाउने गरि नोटिस जारी गरेको छ । इडीले अभिनेत्रीविरुद्ध थुप्रै प्रमाण जुटाएको छ । इडीले अभिनेत्री ज्याकलिन र २५० करोड ठगीमा संलग्न रहेका सुकेश चन्द्रशेखरबीच सम्बन्ध रहेको बताएको छ । सुकेशले ज्याकलिनलाई महङ्गो सुन र हिराको उपहार दिएको र ५२ लाखको एउटा घोडा र ९–९ लाखका चार पर्सियन बिरालो समेत उपहारमा दिएका थिए । ज्याकलिनसँग इडीले तीनपटक सोधपुछ पनि गरिसकेको छ । इडीको अनुसार चन्द्रशेखरले नायिकामाथि करिब १० करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । दिल्लीबाट मुम्बई र यहाँबाट चेन्नई जाने चार्टर्ड विमानको व्यवस्था पनि सुकेशले गराएका थिए । ज्याकलिन पाँच तारे होटलमा बसेको खर्च पनि सुकेशले नै व्यवहोरेका थिए । सुकेश चन्द्र शेखरले यस अघि नै ज्याकलिनसँग आफ्नो सम्बन्ध रहेको भन्दै एउटा फोटो समेत सार्वजनिक गराएका थिए । तर, ज्याकलिन ले भने आफूहरू सम्बन्धमा नभएको भन्दै अस्वीकार गर्दै आइरहेकी थिइन्

अक्षय कुमारले जारि गरे ‘Bachchhan Pandey’को खतरनाक पोष्टर

मुम्बई । बलिउड नायक अक्षय कुमारले आगामी चलचित्र ‘बच्चन पाण्डे’को पोष्टर जारि गरेका छन् । चलचित्रको पर्खाईमा बसेका शुभचिन्तकहरुका लागि अक्षय कुमारले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेका हुन । चलचित्र तयार भइसकेको छ । यसको ट्रेलर चाँडै नै रिलिज गरिने बताइन्छ । पोष्टर सार्वजनिक गर्दै अक्षय कुमारले यसको ट्रेलर १८ फेब्रुअरी २०२२ मा रिलिज हुने बताएका छन् । यो पोष्टरमा भने एक लाइन लेखिएको छ– मलाई भाई हैन, गडफादर भन्छन् । अक्षय कुमारले लेखेका छनः एउटा यस्तो क्यारेक्टर जसमा कुनै रङ्गहरुको पसल भन्दा बढी ङ्ग छ । बच्चन पाण्डे तपाईलाई डराउन, हँसाउन, रुवाउन, सबै कुराका लागि तयार छ । कृपया उसलाई आफ्नो प्रेम दिनुहोला । बच्चन पाण्डेमा अक्षयसँगै कृति सैनन, ज्याकलिन फर्नान्डिस, अरसद वारसी, पंकज त्रिपाठी, प्रतिक बब्बर र अभिमन्यु सिंहलगायतले अभिनय गरेका छन् । फरहद सामजीको निर्देशनमा बनेको चलचित्र १८ मार्चका दिन सिनेमाघरमा उपलब्ध हुने छ ।

पोर्न रेकेट प्रकरणमा शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश

एजेन्सी । पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ । शर्लीनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ । अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।

प्रत्येक एपिसोडमा कति पैसा पाउँछन् त ‘कपिल शर्मा शो’का कलाकार ?

कलाकार कपिल शर्माको कार्यक्रम मन नपराउने को होला ? भारतमा मात्रै नभएर विश्वभरी नै हिन्दी भाषा बुझ्नेहरुका लागि उनको कार्यक्रम लोकप्रिय रहेको छ । बेलाबखत कार्यक्रमको स्वरुप र स्टुडियोमा परिवर्तन गर्दै आएका कपिल शर्माको शोमा कलाकारहरु पनि फेरिने गर्दछन् । उनको कार्यक्रममा केही नियमित कलाकार रहेका हुन्छन् । यी कलाकारहरुको भूमिका पनि फरक फरक रहेको छ । कति पाउँछन् त यी कलाकारहरुले ? तपाईले कल्पना गर्नसक्नुहुन्छ ? कपिल आफैल कति पाउँछन् भन्ने अनुमान लगाउनु त ? कमेडि किङका रुपमा स्थान बनाउन सफल कपिलले अहिलेसम्म यो एक एपिसोडका लागि ३० देखि ३५ लाखसम्म पाउने गर्दछन् । तर केही श्रोतहरुले भने उनले अब प्रसारण हरेक कार्यक्रमका लागि ५० लाख पाउने बताएका छन् । यसबाट आयकर भने कपिल स्वयम्ले तिर्नुपर्दछ । कपिलको शोमा दर्शकहरुसँगै ठूलो कुसीमा नवोजित सिद्दु बस्ने गर्दथे । अहिले यो स्थानमा अर्चना पूरण सिंह रहेकी छिन् । अर्चनालाई एक एपिसोडका लागि १० लाख पाइन्छ । केटा भएर पनि केटीको भूमिकामा देखिने अभिषेक कृष्णालाई हरेक एपिसोडका लागि १० लाख दिने गरिन्छ । किकू शारदाको फि ५ लाख रहेको छ । उनी शोमा सबैभन्दा बढी सिर्जनशील मानिन्छन् । उनले बच्चा यादव, बम्परलगायत कैयन चरित्रमा भूमिका निर्वाह गरेका छन् । भारती सिहंले भने प्रत्येक एपिसोडका लागि १० देखि १२ लाख रुपैयाँ लिने गर्दछिन् । उनी तिलती यादव र कम्मो बुआको भूमिकामा देखिएकी छिन् । शोमा चिया बेचेर सबैलाई हँसाउने चन्दन प्रभाकरको चरित्रमा रहेका चन्दुले हरेक एपिसोडका लागि ७ लाख पाउने गर्दछन् । कपिल शर्माले सबैभन्दा बढी मजाक उडाउने सुमोन चक्रवर्तीलाई एउटा एपिसोडका लागि ७ लाख पाइन्छ ।

लोकप्रिय