सुदूरपश्चिमका ८८ मध्ये ७२ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते (सूचिसहित)

सुदूरपश्चिमका ८८ मध्ये ७२ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते (सूचिसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बिहीबार बिहानसम्म ७२ पालिकाको मत परिणाम मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले ३३, नेकपा ९एमालें ले २३, नेकपा माओवादी केन्द्रले १३, एक पालिका स्वतन्त्रले जितेको छ भने २ पालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

यस्तै, उपप्रमुखमा कांग्रेसका ३७, एमालेले २१, माओवादीले ११ र नेकपा एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् भने एक पालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

अध्यक्षरप्रमुखमा नेपाली कांग्रेस विजयी भएका पालिकाहरू

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया
बाजुराको त्रिवेणी नगरपालिका – कर्णबहादुर थापा विजयी
बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा –गोविन्दबहादुर मल्ल
बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा
बझाङको बुंगल नगरपालिका – जय बहादुर धामी
बझाङको वित्थडचिर गाउँपालिका – अम्मर सिंह महर
बझाङको खप्तडछान्ना गाउँपालिका – उत्तम रोकाया
बझाङको – जयपृथ्वी नगरपालिका चेतराज बजाल
अछाम ढकारी गाउँपालिका–प्रकाशबहादुर साउद
अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल
अछामको बान्नीगढीमा – टेक बहादु साँउद
अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद
डोटी सायल गाउँपालिका – धर्मराज जोशी
डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
डोटीको दीपायल सिलगढी नगरपालिका –बाजीसिँह खड्का
डोटीको पूर्वीचौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय
डोटीको केआई सिंह गाउँपालिका –लोकेन्द्रबहादुर शाही
डोटीको शिखर नगरपालिका – दीर्घबहादुर बलायर
डोटीको आर्दश गाउँपालिका–गणेशबहादुर खड्का
कैलालीको कैलारी गाउँपालिका – राज समझ चौधरी
कैलालीको गोदावरी नगरपालिका – वीरेन्द्र भट्ट
कञ्चनपुरको बेलडाँडी गाँउपालिका– हरिशचन्द्र राना
कञ्चनपुरको बेदकोट नगरपालिका – भोजराज बोहरा
डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थी
डडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की
डडेल्धुराको भागेश्वर गाउँपालिका – हेम राज चटौत
डडेल्धुराको परशुराम नगरपालिका – भरत बडायर जोशी
बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी
बैतडीको पाटन नगरपालिका –गौरी सिंह रावल
बैतडीको पुर्चौडी नगरपालिका – दीपकबहादुर बम

अध्यक्षरप्रमुखमा नेकपा एमाले विजयी भएका पालिकाहरू

बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिल बहादुर रावत
बाजुराको बडीमालिका नगरपालिका – अम्मरबहादुर खडका
बाजुराको जगन्नाथ गाउँपालिका – कालीबहादुर शाही एमाले
बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा
बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया
बझाङको तलकोट गाँउपालिका – कल बहादुर रोकाया
अछामको तुर्माखाद गाउँपालिका –डम्मरवहादुर विसी
अछामको मंगलसेन नगरपालिका –पदम बोहरा
डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा
कैलालीको बर्दगोरियाको गाँउपालिका – कर्णबहादुर कुँवर
कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी
कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – किशोर कुमार लिम्बु
बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
बैतडीको सुर्नया गाउँपलिका – अम्मर कुँवर
बैतडीको दोगडाकेदार गाउँपलिका – चक्र बहादुर कार्की
बैतडीको दशरथचन्द नगरपालिका – पुष्कर राज जोशी
दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल
दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी
दार्चुलाको व्यास गाउँपालिका – मंगलसिंह धामी

अध्यक्षरप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू

बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा विजयी
बझाङको छबिसपाथिभेरा गाँउपालिका – बसन्तबहादुर चलाउने
अछामको मेल्लेख गाउँपालिकामा – ज्वाला साउद
डोटीको बोकटान फुड्सिल गाउँपालिका–कमलबहादुर गड्सिला
कैलालीको मोहन्याल गाउँपालिका – देवीदत्त उपाध्याय
कञ्चनपुरको बेलौरी नगरपालिका – पोतिलाल चौधरी
डडेल्धुराको अजयमेरु गाँउपालिका– उमेशप्रसाद भट्ट
डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
दार्चुलाको नौगाड गाउँपालिका–दलजीत सिंह धामी
दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर
दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी

अध्यक्षरप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका पालिका

बैतडीको डिलासैनी गाउँपालिका –सन्तोषप्रकाश जोशी

अध्यक्षरप्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी पालिका

कैलालीको टीकापुर नगरपालिका –रामलाल डङ्गौरा थारु
कैलालीको जोशीपुर गाउँपालिका –चित्रबहादुर चौधरी

उपप्रमुख कहा कस्ले जित्यो

उपाध्यक्षरउपप्रमुखमा नेपाली कांग्रेसले जितेका पालिकाहरु

बाजुराको स्वामीकार्तिक गाउँपालिका – मैना जोशी
बाजुराको खप्तड छेडेदह गाउँपालिका – विसुदेवी नाथ
बाजुराको त्रिवेणी नगरपालिका कमलाकुमारी जैशी
बझाङको वित्थडचीर गाउँपालिका – धनलक्ष्मी सिंह
बझाङको दुर्गाथली गाउँपालिका – जनक दौल्याल
बझाङको थलारा गाउँपालिका – राम खाती
अछामको मेल्लेख गाउँपालिका – नृपबहादुर खड्का
अछामको चौरपाटी गाउँपालिका – सरदेवी खड्का
अछामको ढकारी गाउँपालिका – नेत्रकलादेवी साउद
डोटीको बोगटान फुडसिल गाउँपालिका – विष्णा देउवा वम
डोटीको बडीकेदार गाउँपालिका – डम्मरीकुमारी विष्ट
डोटीको आदर्श गाउँपालिका – लक्ष्मी धामी
डोटीको सायल गाउँपालिका – निर्मला ओली
डोटीको पूर्वीचौकी गाउँपालिका – पशुपति खड्का
डोटीको केआई सिंह गाउँपालिका – मिनादेवी विष्ट
डोटीको शिखर नगरपालिका – सुनिता रावल
डोटीको दिपायल सिलगढी नगरपालिका – कलावती महर
कैलालीको कैलारी गाउँपालिका – भगवतीकुमारी चौधरी
कैलालीको मोहन्याल गाउँपालिका – कमलबहादुर साउँद
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका – शान्ति नाथ
कञ्चनपुरको बेदकोट नगरपालिका – तुलशी जोशी
कञ्चनपुरको दोधराचाँदनी नरपालिका – गंगा देवी जोशी
डडेल्धुराको नवदुर्गा गाउँपालिका – निर्मलाकुमारी बोगटी
डडेल्धुराको अमरगढी नगरपालिका – पार्वती झुकाल
डडेल्धुराको गन्यापधुरा गाउँपालिका –ज्ञानु सेटी देउवा
डडेल्धुराको भागेश्वर गाउँपालिका – पुष्पा ठकुराठी
डडेल्धुराको अजयमेर गाउँपालिका – वसन्ती पाल
दार्चुला मार्मा गाउँपालिका – शर्मिलाकुमारी चन्द सिंह
दार्चलाको अपिहिमाल गाउँपालिका – देवकी बोहरा
दार्चुलाको नौगाड – जगतसिंह ठगुन्ना
दार्चुलाको दुहु गाउँपालिका – शान्ति वम
कैलालीको चुरे गाउँपालिका – धनादेवी थापा
बैतडीको सुर्नया गाउँपालिका – मञ्जु महर बोहरा
बैतडीको मेलौली नगरपालिका – पार्वती बोहरा
बैतडीको दशरथचन्द नगरपालिकामा – कौशिला चन्द
बैतडीको पुर्चौडी नगरपालिका मिना धानुक
बैतडीको डिलासैनी गाउँपालिका – भगिरथी बोहरा

उपाध्यक्षरउपप्रमुखमा नेकपा एमालेले जितेका पालिकाहरु

बाजुराको गौमुल गाउँपालिका – सीता रोकाया थापा
बाजुराको हिमाली गाँउपालिका – राजकला सार्की
बाजुराको जगन्नाथ गाउँपालिका मरु कला बिष्ट
बाजुराको बडीमालिका नगरपालिका – नन्दा थापा
बझाङको साइपाल गाउँपालिका – डोल्मा तामाङ बोहरा
बझाङको तलकोट गाउँपालिका – पार्वती कुँवर
अछामको कमलबजार नगरपालिका – शारदा विष्ट
अछामको बान्नीगढी जयगढ – विन्दु रावल
अछामको तुर्माखाद गाउँपालिका – विमलाकुमारी शाही
अछामको मंगलसेन नगरपालिका – संगीताकुमारी रावल
कैलालीको गोदावरी नगरपालिका –शारदादेवी रोकाया
बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट्
बैतडीको शिवनाथ गाउँपालिका – सकुन्तला साउद
बैतडीको सिगास गाउँपालिका – धाना धामी
दार्चुलाको शैल्यशिखर नगरपालिका – शान्ति खडायत
दार्चुलाको लेकम गाउँपालिका – माधवी जोशी
दार्चुलाको महाकाली नगरपालिका – दुर्गा विष्ट
डोटीको जोरायल गाउँपालिका – जमुना रोकाया बोहरा
कञ्चनपुरको लालझाडी गाउँपालिका – सपना चौधरी
कञ्चनपुरको बेलौरी नगरपालिका – जोगराज चौधरी
बैतडीको दोगडाकेदार गाउँपालिकाका – पार्वती कार्की

उपाध्यक्षरउपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेका पालिकाहरु

कैलालीको बर्दगोरिया गाउँपालिका – गणेशराज गिरी
कैलालीको कैलारी गाँउपालिका – खडकबहादुर शाह
दार्चुलाको मालिकार्जुन गाउँपालिका – कल्याणसिंह धामी
दार्चुलाको व्यास गाउँपालिका – विनोदसिंह कुँवर
अछामको रामारोशन गाउँपालिका – सृजना बुढा
बझाङको मष्टा गाउँपालिका – हर्क धामी
बझाङको जयपृथ्पी नगरपालिका – रतनबहादुर सिँह
बझाङको खप्तडछान्ना गाउँपालिका – विष्णुकुमार थापा
बैतडीको पाटन नगरपालिकामा – कमल बोहरा
डडेल्धुराको आलिताल गाउँपालिका – मैनाकुमारी रावल
डडेल्धुराको पर्शुराम नगरपालिका – विमला महता

उपाध्यक्षरउपप्रमुखमा नेकपा एकीकत समाजवादीले जितेका पालिकाहरु

बझाङको बुगल नगरपालिका – धनबहादुर बोहरा
बझाङको छबिसपाथिभेरा गाउँपालिका – लछिमन बोहरा

उपाध्यक्षरउपप्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी पालिका
कैलालीको जोशीपुर गाउँपालिका – रेखादेवी कठरिया

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।