समुद्रमुनिको सहर

समुद्रमुनिको सहर

हिमाली जिल्लामा जन्मे–हुर्केकाले समुद्रको स्पर्श एउटा सपनाजस्तै थियो । नेदरल्यान्ड्सको आम्स्टर्डम पुगेपछि त्यो सपना पूरा भयो । पृथ्वीको वल्लो छेउबाट पल्लो छेउमा पुगेर बेग्लै भूआकृतिसँग त साक्षात्कार भयो नै, समुद्री छालसँग जिस्किएर बस्दा अर्कै आनन्द पनि । समुद्रको छाल उचालिएर हामीलाई छोप्न आउँथ्यो । निकै बेरसम्म हाम्रो लुकामारी चल्यो । हावाको झोक्काले ल्याउने बालुवासँग पनि डर लागेन, लडीबुडी नै खेल्यौँ ।

समुद्री सतहभन्दा करिब सात मिटरमुनि रहेको सहर । समुद्रलाई बार लगाएर जोगाइराखिएको यो सहरमा पुग्दा मनुष्य पौरखमा गौरव गर्न मन लाग्यो । अत्याधुनिकता चरमोत्कर्षमा पुगेर पनि इतिहासलाई जिउँदोजाग्दो रुपमा राखिएको छ, मौलिक वास्तुकलाको अनुपम नमुनाका साथ । हरेक टोलमा बग्ने नदी÷नहरहरु, नदीकिनारमा दायाँबायाँ सडक, सडकमा पनि साइकललाई छुट्टै लेन छन् । यहाँजस्तो साइकलयात्रीलाई हेप्नेहरुको त्यहाँ कुनै स्थान छैन । चिल्ला बाटामा सानसँग साइकल चढ्नु नै त्यहाँको मज्जा रहेछ ।

यौनबजार त्यहाँको अर्को आकर्षण हो । सुन्दरीहरु आफ्नो खुसीले यौवन बेच्छन् । औसत ५० युरोमा शरीर बेच्न तयार हुने ती सुन्दरीको यौवन त्यहाँको अर्थतन्त्रका प्रमुख आधारमध्ये रहेछ ।

नेदरल्यान्ड्सको अर्थतन्त्रमा वार्षिक साढे दुई अर्ब युरो अर्थात् तीन खर्ब रुपियाँ बराबरको योगदान रहेछ । हुन त दृश्यपान र स्पर्श सुखका निम्ति १० देखि २० युरोको मेनु पनि नभएको होइन । यौनपारखीहरु बियर र कफीको चुस्कीसँगै प्रत्यक्ष यौनक्रीडा अवलोकन गर्न त्यहाँ पुग्दा रहेछन् । संसारभरिका पर्यटकको पहिलो रोजाइ नै नखरावाली युवती रहेछन् । अझ लालबत्ती बजारका आसपासमा रहेका यौनजन्य खेलौना, पुरुष र स्त्रीका गर्भनिरोधक सामग्रीका पसलहरु, ती पसलमा स्त्री–पुरुषको उत्तिकै संख्याको भीड, समलिंगी जोडीहरुका निष्फिक्री आलिंगनहरुले हाम्रो बन्द समाजको आँखालाई पचाउनै गाह्रो पर्ने । तैपनि, नेपालका कतिपय बहालवाला मन्त्रीदेखि सुरक्षा निकायका उपल्ला अधिकारीहरुले समेत त्यहाँका लालबत्ती चहार्दै लालझन्डा गाडेको प्रसंग स्थानीय नेपाली सहजकर्ताहरुले विनोदप्रिय शैलीमा सुनाए ।

स्खलित विकास सपना
नेपाललाई स्वीट्जरल्यान्ड बनाउने नारा दिनेहरु हाम्रो राजनीतिका हरेक पुस्तामा देखिए, देखिन छाडेका छैनन् । स्वीट्जरल्यान्ड बनाउने सपनाले नै तानेर होला, यहाँ संविधान बनाउन नेता र विकासे बिचौलियाहरुको एक हुल जेनेभा पुगेकै हो । त्यसअघि विद्रोही माओवादी नेतालाई नक्कली पासपोर्ट बनाइदिएर, जहाज चढाएर शान्तिवार्ता नै स्वीट्जरल्यान्डमा गर्ने तयारी ‘एयरपोर्ट टाइम’मा पुगेर रद्द भएको थियो । अन्ततस् दिल्लीमा पुगेर शान्ति वार्ता अवतरण भयो । संविधान बनाउने क्रममा त हाम्रा नेतारसभासदहरु चन्द्रमामा मात्र पुग्न भ्याएनन् भनेर तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नै टिप्पणी गरिसके ।

हाम्रा प्रमुख नीति निर्माता, प्रशासकहरुमा देखिएको विदेशमोह हेर्ने हो भने संसारको जुनकुनै भूभागमा भएका विकासका नमुना नेपालमा ठडिनुपर्ने हो । एउटै कार्यक्रममा दर्जनौँ मन्त्री र सचिव जान तयार हुन्छन् । आर्थिक वर्षको अन्त्यतिर त एकपटक सिंहदरबार पूरै सुनसान हुन्छ र उच्चपदस्थहरु जहाज चढेर समुद्रपार गर्छन् । प्रत्यक्षदर्शीरसहजकर्ता दाबी गर्ने नेपालीहरुका भनाइमा युरोप भ्रमणमा जाने प्रायः नीति निर्माता त्यहाँको बियर र विलासलाई अन्तिम गन्तव्य ठान्छन् । यो कुरा नपत्याउनु पनि कसरी ? किनभने, वास्तविक रुपमा विकासको गुह्य थाहा पाएर फर्किन्थे भने नेपालमा त्यसको अभ्यास पक्कै गर्दा हुन् । अत्युक्ति नै सही, भन्न मन लाग्छ– कतै हाम्रो विकासको सपना युरोपका लालबत्ती क्षेत्रमै स्खलित हुँदै आएको त छैन ?

युरोप र नेपाल
युरोपको हरेक भूमिसँग कठोर र निर्मम इतिहास छ । मानव इतिहासका कठोरतम युद्ध र नरसंहार पटक–पटक युरोपले बेहोरेको छ । ती युद्ध विभीषिका हेरी हामीले त के नै बेहोर्‍यौँ भन्न सकिन्छ । तैपनि, त्यहाँको विकास, संस्कार, सभ्यता र राज्यले आफ्ना नागरिकलाई प्रत्याभूत गरेको सामाजिक सुरक्षाका व्यवस्था हेर्दा हामीले हीनताबोध गर्ने र आफ्नो सरकारलाई सराप्नेबाहेक अर्को ठाउँ छैन ।

नेपालीकै बीचमा तुलना गर्दा पनि देखिने भिन्नता के हो भने नेपालमा उद्यममा हात हाल्नु नै जोखिमपूर्ण मानिन्छ । तर, जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, लक्जम्बर्ग जहाँजहाँ पुगियो, प्रायस् सहरमा नेपालीले गरेका उद्यम लोभलाग्दो रहेको पाइयो । व्यक्तिगत रुपमा स्थापित हुन उनीहरुले जेजस्तो संघर्ष गरे पनि उद्यममा हात हालिसकेपछि प्रायस् नेपालीले तारे होटल, महँगा रेस्टुराँ र स्टोर चलाएका छन् । उनीहरुको वृद्धि र समृद्धि हेर्दै लोभलाग्दो छ । तर, मनमा उठिरहने एउटा प्रश्न, नेपालमै चाहिँ किन गर्न सक्दैनन् तिनले रु एनआरएन राजनीतिसँगै चिनिएका धनाढ्य उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्तहरुको कुरा छाडौँ । तीबाहेक पनि कैयौँ नेपाली उद्यममा जमेको पाइयो । अन्तर्राष्ट्रिय संस्थाका उच्च र प्रतिष्ठाजनक ओहोदामा पुगेका नेपाली भेटिए ।

लक्जम्बर्गको केन्द्र भागमै रेस्टुराँ र डेपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेका गुल्मीका हरिबहादुर खत्रीले यही प्रश्न गरे, तिनै नेपाली विदेशमा उद्यम–व्यवसायबाटै यति सहजै प्रगति गर्ने, विदेशीलाई रोजगारी दिने तर नेपालमा किन त्यो सम्भव नहुने रु प्रश्न यहीँका नीति निर्माताहरुलाई । नेपालबाट

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय