सेक्स र सेयर बजारका ४ चरण

सेक्स र सेयर बजारका ४ चरण

काठमाडौं, असोज २० । म ८/९ वर्षको हुँदाको कुरा । जब भैंसीले राँगो खोज्थ्यो , भैंसीलाई राँगो भएको ठाउँमा लैजाँदा कहिलेकाहीँ दाइसँग भैंसी धपाउँदै म पनि पछिपछि जान्थेँ । सम्भोग (सेक्स) का लागि भैंसी माथि राँगो पहिलोपटक उक्लिसकेपछि केही समय राँगो भैंसीभन्दा अलि टाढै उभिन्थ्यो ।

राँगोले भैंसीको त्यति वास्ता गर्दैन थियो । तर, मलाई भैंसीमाथि राँगो तुरुन्तै पुन उक्लिए हुन्थ्यो भन्ने लाग्थ्यो । राँगो किन तुरुन्तै नउक्लेको होला ? ममा त्यो जिज्ञासा रहिरहन्थ्यो । यो कुरा मलाई पछि थाहा भयो, पुन सम्भोगका लागि आराम र शक्ति सञ्चयको आवश्यकता पर्ने रहेछ ।

रवीन्द्र भट्टराई

सेक्स नगरेका तर उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ ।

जब बजार स्खलित हुन्छ, यो तुरुन्तै उक्लिन सक्दैन । तर, लगानीकर्ताको चाहाना उक्लिहाले हुन्थ्यो भन्ने हुन्छ । बजार माथि चढ्न बजारको शक्ति सञ्चय त्यतिकै आवश्यक छ । यो अवस्थालाई बजारमा शक्ति सञ्चयको चरण पनि भनिन्छ ।

बजारलाई शक्ति प्रदान गर्ने ४ वटा प्रमुख तत्वहरु हुन्छन्– आर्थिक शक्ति, औद्योगिक शक्ति, कम्पनीको शक्ति र मनोवैज्ञानिक शक्ति । जसमा आर्थिक वृद्धि, सरकारी नीति, ब्याज, उद्योगको अवस्था, कम्पनीको नाफा र लगानीकर्ताको मनोवलजस्ता कुरा गर्छन् । यी तत्वले बजारमा शक्ति प्रदान गर्छन् ।

सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् ।

जब यी शक्तमा मजबुती आउँदै जान्छ, सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै जान्छ र, सेयर बजार बढ्न थाल्छ । यी तत्व जति बढी मजबूत हुन्छन्, त्यति नै चाँडो बजार बढ्छ । लामो समयसम्म बढिरहन सक्छ । यो अवस्थामा बजारले उन्मादको साँढेको रुप लिन्छ, जसलाई हामी बुलिस भन्छौं । यस्तो बेला बजार छिटो स्खलित हुनबाट रोकिन्छ ।

शक्तिवद्र्धक खाना र शारिरिक तन्दुरुस्ती शीघ्र स्खलन हुनबाट बच्ने औषधि भएजस्तै सेयरबजार शीघ्र स्खलित नहुनका लागि आर्थिक, औद्योगिक, कम्पनी र लगानीकर्ताको मनोविज्ञानजस्ता तत्व मजबुत हुन आवश्यक छ ।

शक्तिवद्र्धक खाना र शारिरिक तन्दुरुस्ती शीघ्र स्खलन हुनबाट बच्ने औषधि भएजस्तै सेयरबजार शीघ्र स्खलित नहुनका लागि आर्थिक, औद्योगिक, कम्पनी र लगानीकर्ताको मनोविज्ञानजस्ता तत्व मजबुत हुन आवश्यक छ । त्यसैले भनिन्छि– अर्थतन्त्र मजबुत भए सेयर बजारमा स्थिरता आउँछ, दीर्घकालीन रुपमा बढ्छ नत्र वृद्धि अल्पकालीन हुन्छ ।

बजारको उन्माद र अप्सरा

सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् । धेरै ऋषिमूनिको ध्यान अप्सराले भंग गरेका कथा हामी पढ्न पाउँछौं । बढ्दो सेयर बजारले पनि काम, क्रोध, लोभ र मोह त्यागेर हिँडेका साधु सन्तको ध्यानलाई भंग गरी सेयर बजार र यसबाट हुने लाभतर्फ आकर्षित गर्छ ।

सम्भोग र बजारको उत्तेजना

सम्भोगमा स्खलित हुनुअघि व्यापक उत्तेजना आउँछ, जतिबेला पुरुषले सबै कुरा विर्सिएको हुन्छ । त्यस्तै खालको उत्तेजना सेयर बजारले पनि प्रस्तुत गर्छ । र, यो अवस्थामा लगानीकर्ताले सबै कुरा विर्सेका हुन्छन् । बुलिस बजार जब आफ्नो उत्तरतर्फको यात्रालाई बिट मार्ने विन्दूको नजिक पुग्दै जान्छ, बजार अरु समयमा भन्दा बढी उत्तेजित हुन्छ ।

आफ्नो गतिलाई तीब्र पार्दै जान्छ । यो समयमा बजार अन्य समयभन्दा बढ्दो दरमा बढेको हुन्छ । यो अवस्थामा बजार अस्वभाविकरुपमा प्रस्तुत हुन्छ । त्यतिबेला बजारसम्बन्धी नकरात्मक सूचना र समाचार पनि निष्प्रभावी बन्न पुग्छन् ।

पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ ।

नेप्सेका तथ्यांक हेर्ने हो भने जब नेप्से उचाइमा पुग्दै गरेको हुन्छ, त्यहाँ तीब्र वृद्धि देखिन्छ । २०६५ भदौ १५ मा नेप्से ११७५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा नेप्से २३७ अंकले बढेको थियो ।

 ०५७ मा २ महिनामा नेप्से परिसूचक ३४.७७, ०६५ मा २५.३७ र ०७२ मा २६.८३ प्रतिशतले बढेको थियो । जुन अन्य समयमा २ महिनामा बढेको नेप्सेको वृद्धिभन्दा निकै बढी हो ।

यस्तै, २०७२ भदौ ३० गते नेप्से १२०५ अंकको उचाइमा पुग्नु २ महिनाअघि २५५ अंकले बढेको थियो । यस्तै व्यवहार २०५७ सालमा पनि नेप्सेले देखाएको थियो । ०५७ मंसिरमा नेप्से ५४५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा १४० अंकले बढेको थियो । यी तीनै समयमा नेप्सेको २ महिनाको उत्तेजनाको अवस्था उस्तै छ । ०५७ मा २ महिनामा नेप्से परिसूचक ३४.७७, ०६५ मा २५.३७ र ०७२ मा २६.८३ प्रतिशतले बढेको थियो । जुन अन्य समयमा २ महिनामा बढेको नेप्सेको वृद्धिभन्दा निकै बढी हो ।

सम्भोग र बजार प्रबेश

सेक्स नगरेका उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ । अरुले कमाएका कथाएका कथाहरु सुन्दा बजारमा तुरुन्तै हाम फालिहालूँजस्तो जोश, कताकता डर, कताकता लोभ ।

स्ट्यान्डफोर्ड विश्वविद्यालयका नसा विज्ञान तथा मनो विज्ञान विषेशज्ञ प्राध्यापक ब्रेन कुत्सनले आफ्नो अनुसन्धानमा पत्ता लगाएका छन्– ‘पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ ।’

सम्भोग र सेयरका चरण

बिलियन एच मास्टर्स र भर्जिनिया इ जोन्सनले सन् १९६६ मा ‘ह्युमन सेक्सुअल रेस्पोन्स’ नामक पुष्तकमा पहिलोपटक सम्भोगका ४ चरणबारे उल्लेख गरेका छन् । जसमा उत्तेजना, प्लाटो, चरम सुख र पूर्वावस्ता पर्छन् ।

सम्भोगका क्रममा प्रथम चरण केही मिनेटदेखि लामो समयसम्म रहनसक्छ । यो चरणमा मसलमा उत्तेजना आउने, पसिना आउने, लिंगमा तरल पदार्थ बग्ने हुन्छ । यो सम्भोगको तयारीको अवस्था पनि हो । यो अवस्थालाई निरन्तरता दिए हामी दोस्रो चरणमा प्रवेश गर्छौं, जसमा अंगहरुको उत्तेजना अझ बढेर जान्छ ।

दोस्रो चरणले पनि निरन्तरता पाए संभोग तेस्रो चरण अर्थात् चरम सुखको चरणमा पुग्छ । यो नै बिर्य स्खलन हुने चरण हो । यो चरणमा दुबै पक्षले चरम आनन्दको अनुभूति गर्छन् ।

दोस्रो चरणले पनि निरन्तरता पाए संभोग तेस्रो चरण अर्थात् चरम सुखको चरणमा पुग्छ । यो नै बिर्य स्खलन हुने चरण हो । यो चरणमा दुबै पक्षले चरम आनन्दको अनुभूति गर्छन् । त्यसपछि पुर्वावस्थामा फर्किने चरणलाई रेजोलुसन भन्ने गरिन्छ, जसमा व्यक्ति सामान्य अवस्थामा फर्किन्छ ।

सेयर बजार पनि बुलिस र बियरिसको एक पूरा चक्रमा यस्तै ४ वटा चरणबाट गुज्रिन्छ । जसलाई शक्ति सञ्चय, बढ्दो चरण, वितरणको चरण र घट्दो चरण भनिन्छ । साभार

तेलको मूल्य यस वर्षैभरि १०० डलर नाघ्ने प्रक्षेपण, विश्व अर्थतन्त्रमा दबाब बढ्ने संकेत

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य यस वर्षभरि नै प्रति ब्यारेल एकसय अमेरिकी डलरको हाराहारीमा रहने प्रक्षेपण सार्वजनिक भएको छ । अमेरिकी बहुराष्ट्रिय वित्तीय संस्था जेपी मोर्गनले तेल आपूर्तिमा देखिएको अस्थिरता र मध्यपूर्वी तनावका कारण मूल्य उच्च रहने अनुमान गरेको हो । बीबीसीका अनुसार जेपी मोर्गनले सार्वजनिक गरेको विश्लेषणमा विश्वव्यापी आपूर्ति सहज हुने अवस्था तत्काल नदेखिएकाले कच्चा तेलको मूल्य यस वर्षको बाँकी अवधिभरि प्रति ब्यारेल एकसय डलर आसपास रहने उल्लेख गरिएको छ । बैंकले सन् २०२६ मा पनि औसत मूल्य ९७ डलर रहने प्रक्षेपण गरेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुजमा देखिएको अवरोध र आपूर्ति शृंखलामा कायम असहजताले बजारमा दबाब बढाएको विश्लेषण गरिएको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी यही सामुद्रिक मार्ग हुँदै हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा सीधा असर पार्ने गरेको छ । मध्यपूर्वमा बढ्दो तनावका बीच युद्ध अन्त्यका लागि इरानले अघि सारेका सर्तहरू स्वीकार गर्न अमेरिका तयार नदेखिएपछि तेल बजार थप प्रभावित बनेको छ । यता, इरानले पनि बाह्य दबाबसामु नझुक्ने अडान दोहोर्‍याउँदै आएको छ, जसले ऊर्जा बजारमा अनिश्चितता झन् बढाएको विश्लेषकहरूको भनाइ छ । यसैबीच, अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । पछिल्लो कारोबारमा यसको मूल्य प्रति ब्यारेल ४ प्रतिशतले बढेर १०५.९४ डलर पुगेको जनाइएको छ । अप्रिल ८ मा युद्धविराम लागू भएपछि केही समय स्थिर देखिएको बजार पुनः उकालो लाग्दै प्रति ब्यारेल १०० डलर माथि पुगेको हो । ऊर्जा मूल्यमा आएको तीव्र उतारचढावले विश्वभरका ठूला ऊर्जा कम्पनीहरूको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । साउदी अराम्कोकाले सन् २०२६ को पहिलो त्रैमासिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतभन्दा बढीले बढेको जनाएको छ । त्यस्तै, बिपीले आफ्नो नाफा दोब्बरभन्दा बढी भएको प्रतिवेदन सार्वजनिक गरेको छ भने शेललले पनि आम्दानी वृद्धि भएको जानकारी दिएको छ । अराम्कोका प्रमुख कार्यकारी एक अधिकृतले युद्ध अन्त्य भए पनि ऊर्जा बजार तत्काल सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन् । उनका अनुसार, “यदि होर्मुज मार्ग तत्काल खुलिहाले पनि आपूर्ति सन्तुलनमा फर्कन समय लाग्नेछ । विश्व ऊर्जा बजार पूर्ण रूपमा सामान्य हुन सन् २०२७ सम्म कुर्नुपर्ने अवस्था आउन सक्छ ।” यता, तेल उत्पादनमा आएको गिरावटले पनि मूल्य बढाउन थप योगदान गरेको देखिएको छ । अाेपीईसीका अनुसार तेल उत्पादनमा दैनिक ८ लाख ३० हजार ब्यारेलले कमी आएको छ । हाल विश्वभर दैनिक करिब २०.०४ मिलियन ब्यारेल तेल उत्पादन भइरहेको छ । विश्व बजारमा तेल र ग्यासको मूल्य निरन्तर उकालो लागिरहँदा यसको असर इन्धन आयातमा निर्भर मुलुकहरू, विशेषगरी नेपालजस्ता अर्थतन्त्रमा थप महँगी र व्यापार घाटा बढ्ने जोखिमका रूपमा देखिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुकाे सहयाेगमा

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ  घुमे

मुस्ताङ । सन् २०२६ को सुरुआती चार महिनामा ८३ हजार १४९ विदेशी पर्यटक मुस्ताङ घुम्न आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार यो सन् २०२५ को सोही अवधिकोभन्दा बढी हो। यहाँ सन् २०२६ को जनवरीमा १० हजार ८०३, फेब्रुअरीमा ९ हजार चार, मार्चमा २३ हजार २०४ र अप्रिलमा ४० हजार १३८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसअघि सन् २०२५ को सोही अवधिमा ५१ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष जनवरीमा चार हजार ३४६, फेब्रुअरीमा पाँच हजार ३०३, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ जना विदेशी पर्यटक यहाँ आएका थिए । कार्यालय प्रमुख गुप्तका अनुसार सन् २०२५ को पहिलो चार महिनाको तुलनामा सन् २०२६ को पहिलो चार महिनामा ३१ हजार २५३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यहाँ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका छन्। यहाँ आउने पर्यटकमध्ये अधिकांशले मुक्तिनाथ दर्शन गरी फर्किने गरेको पाइएको छ। पोखरा–जोमसोम हवाईमार्ग र सडकमार्ग हुँदै आउने तेस्रो मुलुकका (सार्कबाहेक) पर्यटकहरू जोमसोम हुँदै उपल्लो मुस्ताङ प्रस्थान गर्ने गरेको एक्यापले जनाएको छ।

तेलकाे मूल्य वृद्धिसँगै विश्व आर्थिक अवस्था थप चुनौतीपूर्ण बन्ने अनुमान

काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले पश्चिम एसियामा जारी युद्ध सन् २०२७ सम्म लम्बिएमा विश्व अर्थतन्त्रमा अझ गम्भीर प्रभाव पर्न सक्ने सम्भावना औंल्याएकी छिन्। वासिङ्टन डी.सी.मा आयोजित एक कार्यक्रममा बोल्दै उनले तेलको मूल्य प्रति ब्यारेल १२५ अमेरिकी डलरसम्म पुग्न सक्ने र यसले मुद्रास्फीति थप बढाउने सङ्केत गरिन्। उनका अनुसार यस्तो परिस्थितिमा मुद्रास्फीति मात्र बढ्ने होइन, भविष्यमा मूल्य स्थिर रहने विश्वास समेत कमजोर हुन सक्ने देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले वर्तमान अवस्थालाई ‘प्रतिकूल परिदृश्य’ अन्तर्गत राखिसकेको छ, जसमा दीर्घकालीन द्वन्द्व, तेलको उच्च मूल्य र बढ्दो मुद्रास्फीति दबाबजस्ता पक्षहरू समावेश छन्। गत अप्रिलमा सार्वजनिक गरिएका तीन सम्भावित परिदृश्यहरूमध्ये ‘सन्दर्भ पूर्वानुमान’, ‘प्रतिकूल परिदृश्य’ र ‘कठोर परिदृश्य’ समावेश रहेका छन्। प्रतिकूल परिदृश्यअनुसार सन् २०२६ मा विश्व आर्थिक वृद्धि २.५ प्रतिशतमा सीमित हुने तथा मुद्रास्फीति ५.४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । अझ गम्भीर ‘कठोर परिदृश्य’ लागू भएमा आर्थिक वृद्धि दर २ प्रतिशतमा झर्ने र मुद्रास्फीति ५.८ प्रतिशतसम्म पुग्ने सम्भावना व्यक्त गरिएको छ। त्यस्तै, छोटो अवधिको द्वन्द्व रहने अनुमान गरिएको ‘सन्दर्भ पूर्वानुमान’ मा आर्थिक वृद्धि ३.१ प्रतिशत र मुद्रास्फीति ४.४ प्रतिशत रहने अपेक्षा गरिएको थियो । तर वर्तमान परिस्थितिलाई हेर्दा यस्तो सकारात्मक परिदृश्य क्रमशः टाढिँदै गएको संकेत गरिएको छ।

काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा सात अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख मूल्यबराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईंले बताए ।