मानव बेचविखनको बढ्दो घटनालार्इ अझै कम गर्न सकिएन

मानव बेचविखनको बढ्दो घटनालार्इ अझै कम गर्न सकिएन

लोकेश धामी

कैलाली, कार्तिक १६ । कैलालीमा जति पनि मानव बेचबिखन घटना हुने गरेका छन् । ती सबै सेटिङमा हुने गरेको पाइएको छ ।

‘समाजदेखि भएर सीमा नाका हुदैँ तेश्रो मुुलुुकसम्म सबै ठाउँमा मानव बेचविखन गर्ने सञ्जाल रहेको हुन्छ’ माइती नेपाल धनगढीका कार्यक्रम संयोजक शिवचरण चौधरीले भने– ‘त्यो समूहबाट नै मानव बेचबिखन हुने गरेको छ’ मानव बेचबिखन पहिले भारतमा बढी हुने गरेको भएपनि पछिल्लो समय वैदेशिक रोजगारका नाममा खाडी मुलुकमा हुने गरेको पाइएको छ ।

संयोजक चौधरीका अनुसार साउदी अरब, कुवेत, दुबईलगायत मुलुकमा बढी मानव बेचविखन हुने गरेका छन् । पछिल्लो समय श्रम शोषण, यौन व्यापार, सर्कसमा काम गर्न, मसाज गर्न, कलकारखाना काम गर्न, लागूऔषध लगायत प्रयोजनका लागि मानव बेचविखन हुने गरेको छ । मानव बेचबिखनमा काम गर्ने विभिन्न संस्थाका अनुसार अनाथ बालबालिका होटल रेष्टुरेण्टका काम गर्ने महिला र हाड नाता करणीबाट पीडितहरु बेचबिखनमा पर्ने गरेका छन् । बेचविखन गर्ने समूह स्थानीय तह, सीमा नाका हुदैँ तेश्रो मलक पुर्याउने गरेका छन् । माइती नेपालको तथ्याकं अनुसार नेपालमा वार्षिक ७ हजार मानिस बेचबिखनमा पर्ने गरेका छन् । बेचविखनमा ७ वर्ष उमेर समूहदेखि २४ वर्ष उमेर समूहका व्यक्तिहरु पर्ने गरेका हुन। कैलालीमा खुल्ला सीमानाको फाइदा लिदै बेचविखन गर्ने समुह झनै सक्रिय हुने गरेको पाइएको छ । बाह्य मानव बेचबिखन भन्दा पनि बढी आन्तरिक बेचविखन बढी हुने गरेको छ।

पछिल्लो समय स्थानीय दलालबाट नै बढी बेचविखन हुने गरेको छ । घर परिवार तथा आफन्तबाट नै बढी बेचविखन हुुने गरेको हो । बेचविखनका घटना बढ्दै कैलालीमा मानव बेचबिखनका घटना हरेक वर्ष बढी नै रहेका छन् । माइती नेपाल धनगढीका अनुसार अघिल्लो आर्थिक वर्षमा सीमा नाकाबाट ८६ जनाको उद्धार गरेको थियो भने भारतबाट ३ जनाको उद्धार गरेको हो ।

यस्तै चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा मात्र सीमा नाकाबाट २५ जनाको उद्धार गरेको छ । भारतबाट ४ जनाको उद्धार गरेको हो । बेचविखन रोक्नमा चुनौती मानव बेचविखनमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुबीच समन्वयको अभाव हुँदा बेचबिखन घटना न्यूनीकरण गर्न चुुनौती थपी दिएको छ । समयमा नै सुुचना प्राप्त नहुँदा पनि न्यूनीकरण गर्न समस्या थपिदिएको हो । बेचविखनका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुमा दक्ष जनशक्ति नहुनु, लैगिंक विभेद, घरेलु हिंसा र धार्मिक तथा सामाजिक कुरीतिहरुले पनि बेचविखन रोक्नमा चुनौती देखिएको हो ।

न्यूूनीकरणमा परिवार नै बढी जिम्मेवार पछिल्लो समय जति पनि मानव बेचविखनका घटना हुने गरेका छन् । त्यसका घरपरिवार तथा आफन्तको कमजोरीका कारण नै हुने गरेका छन् । न्यूनीकरणका लागि सबैभन्दा बढी परिवारको भूमिका हुने गरेको सरोकारवालाहरुको सुझाव दिएका छन । परिवार सक्रिय भएमा न्यूनीकरण गर्नमा कुनै समस्या नहुने पञ्चोदय उच्च मावि धनगढीका शिक्षक हेमालाल जैशीको भनाइ रहेको छ । आमाबुबाले आफ्ना सन्तानको ख्याल राखेमा न्यूनीकरण गर्न सकिने उनको धारणा छ ।

विद्यालयस्तरमा मानव बेचविखन न्यूनीकरणका लागि अभियान थालनी गर्नुपर्ने दुर्गा माध्यामीक विद्यालय भन्सारका शिक्षक खगेन्द्र अवस्थीको भनाइ रहेको छ । उनले व्यक्ति नै सबै भन्दा पहिले सजग रहनुपर्ने उल्लेख गरे । बेचविखनमा भएका नीति कार्यान्वयन भएमा न्यूनीकरण गर्नमा कुनै समस्या नहुने हुनको तर्क रहेको छ । पछिल्लो सयम सामाजिक सन्जाल पनि मानव बेचखिन गर्ने भाइरल बनिरहेको छ । बेचबिखनमा पर्ने बढी महिला रहेको पाइएको छ । मावब बेचबिखन रोक्नका लागि समाजमा विभिन्न बाल क्लबदेखि महिला समूह पनि बढी सक्रिय हुनुपर्ने सहभागीहरुको सल्लाह रहेको थियो ।

बेचबिखनमा पर्ने साथीहरुको लहैलहैमा लागेर बढी लाग्ने गरेको भेटिएको छ । अन्तक्र्रिया अष्ट्रेलिया एडको आर्थिक सहयोग र माइती नेपाल धनगढीको आयोजनामा भएको हो । अन्तर्क्रियामा कैलालीका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको थियो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय