सेयर बजार तेह्र अङ्कले बृद्धि

सेयर बजार तेह्र अङ्कले बृद्धि

काठमाडौँ, मंसिर ३० । लगातार घट्दै आएको धितोपत्र बजार आज भने दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार १३.९८ प्रतिशतले बढेको हो । कुल १३८ कम्पनीको छ लाख ६८ हजार ९२५ कित्ता सेयर रु ४९ करोड ३९ लाख ३० हजार ५०५ मूल्यमा खरिद बिक्री भएको छ ।

‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज २.८५ प्रतिशतले बढेको छ । आज उत्पादन कम्पनीको बाहेक अन्य समूहका सेयर भने बढेको छ । स्टकका अनुसार बैंकिङ ०.९३, होटल १.८२, विकास बैंक १.२९, जलविद्युत् ०.४७, फाइनान्स ०.९ र बिमा १।२८ प्रतिशतले बढेको छ । उत्पादन समूह ०.२९ घटेको छ भने अन्य समूह सामान्य अवस्थामा रहेको छ ।

नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् ।  दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

लोकप्रिय