स्थानीय तहको चुनावः विभिन्न जिल्लामा उम्मेदवारहरु मनोनयन

स्थानीय तहको चुनावः विभिन्न जिल्लामा उम्मेदवारहरु मनोनयन

काठमाडौँ, वैशाख २० । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न जिल्लाहरुमा उत्साहपूर्वक सहभागिताका रहेको जनाएको ।

काभ्रेपलाञ्चोकमा विभिन्न बाजागाजाहरुका साथमा राजनीतिक दलका उम्मेदवारहरुको मनोनयन गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम, नेपाल मजदुर किसान पार्टीलगायत विभिन्न राजनीतिक दलले मङ्गलबार रातिसम्म मनोनयन दर्ता गराएका हुन् । दलसँगै विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारीसमेत परेको छ ।

नेपाली काँग्रेसले बनेपा नगरपालिकाको प्रमुखमा राम जोशी, उपप्रमुखमा निर्मला श्रेष्ठ, धुलिखेल नगरपालिकाको प्रमुखमा रमेश हुमागार्इं, उपप्रमुखमा निर्मला योगल श्रेष्ठ, पनौती नगरपालिकाको प्रमुखमा विदुर वञ्जरा, उपप्रमुखमा अन्जु रञ्जित, नमोवुद्ध नगरपालिकमा कुन्साङ लामा, उपप्रमुखमा कमला खनाल, पाँचखाल नगरपालिकामा महेश खरेल, उपप्रमुखमा लक्ष्मी दनुवार, मण्डन देउपुरमा अच्युत पौडेल, उपप्रमुखमा राधिका ढकालले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, रोशी गाउँपालिकाको प्रमुखमा दलबहादुर तामाङ, उपप्रमुखमा लक्ष्मी बर्तौला, तेमाल गाउँपालिकाको प्रमुखमा सलामसिंह लामा, उपप्रमुखमा दुर्गामाया लामा, चौरी देउराली गाउँपालिकाको प्रमुखमा विक्रमराज गौतम, खानीखोला गाउँपालिकाको प्रमुखमा गोपाल दर्लामी, उपप्रमुखमा तारादेवी आचार्य, बेथानचोक गाउँपालिकाको प्रमुखमा गोपाल तिमल्सिना, उपप्रमुखमा सरिता लामिछाने तामाङ, भुम्लु गाउँपालिकामा तस्बिर लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, नेकपा एमालेले बनेपा नगरपालिकाको प्रमुखमा लक्ष्मीनरसिंह वादे, उपप्रमुखमा रेखा दाहाल, धुलिखेलमा अशोक व्याञ्जु, उपप्रमुखमा जमुना लामा, पाँचखालको प्रमुखमा रुद्र बानियाँ, उपप्रमुखमा भक्तकुमारी लामा, नमोबुद्धको प्रमुखमा टिपी तिमल्सिना, उपप्रमुखमा रामदेवी लामा, मण्डन देउपुरको प्रमुखमा टोकबहादुर वाइवा, उपप्रमुखमा निर्मला शाही, चौँरी देउराली गाउँपालिकामा लेखराज गौतम प्रमुख तथा उपप्रमुखमा यशु लामा, भूम्लु गाउँपालिकाको प्रमुखमा गुमानध्वज कुँवर, उपप्रमुखमा कल्पना श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, तेमाल गाउँपालिकाको प्रमुखमा प्रदीप लामा, उपप्रमुखमा उषा घिसिङ, रोशी गाउँपालिकाको प्रमुखमा बज्रध्वज वाइवा, महाभारत गाउँपालिकाको प्रमुखमा राजकुमार कुँवर, उपप्रमुखमा रविमाया अस्तानी, बेथानचोक गाउँपालिकाको प्रमुखमा प्रेम लामा, उपप्रमूखमा उन्नति केसी, खानीखोलामा कृष्णबहादुर खुलाल र उपप्रमुखमा रुक्मणी गुरुङ रहेका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये टोकबहादुर वाइवा र ब्याञ्जु नेकपा एमाले काभ्रेपलाञ्चोकको अध्यक्ष र उपाध्यक्ष हुन् ।

यस्तै, नेकपा माओावादी केन्द्रबाट बनेपा नपाको प्रमुखमा भोला अर्याल, उपप्रमुखमा सुशिला श्रेष्ठ, धुलिखेलको प्रमुखमा सरस्वती लामा, उपप्रमुखमा दीनदयाल श्रेष्ठ, पनौती नगरपालिका प्रमूखमा जगन्नाथ गिरी, उपप्रमुखमा विमला सापकोटा, नमोबुद्धको प्रमुखमा रत्न लामा, उपप्रमुखमा नानु घतामी, पाँचखालमा आइतेसिंह तामाङ, उपप्रमुखमा अस्मिता थापा मगर, मण्डन देउपुरमा रीता ढकाल, उपप्रमुखमा निरञ्जन विष्ट, चौँरी देउराली गाउँपालिकाको प्रमुखमा दीनानाथ गौतम, उपप्रमुखमा तारा गौतम, खानीखोलामा इन्द्रबहादुर थिङ, उपप्रमुख विष्णुमाया तामाङ, महाभारतमा कान्छामान जिम्वा, उपप्रमुखमा रीना मगर, तेमालमा गङ्गाबहादुर दोङ र उपप्रमुख कल्पना लामाले मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवार मनोनयन गरेकामध्ये दीनानाथ गौतम, इन्द्रबहादुर थिङ र गङ्गाबहादुर दोङ क्रमसः जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिव हुन् । जिल्लामा २६ दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । मनोनयनपछि आज उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको विरोधमा उजुरीको कार्यक्रम रहेको छ ।

प्रमुख पदमा तीन महिलाको उम्मेदवारी

धुलिखेल

काभ्रेपलाञ्चोक जिल्लामा प्रमुख पदमा तीनजना महिलाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाको धुलिखेल नगरपालिकाबाट प्रमुख पदमा सरस्वती लामा (कविता), मण्डन देउपुर नगरपालिकाको प्रमुख पदमा रीता ढकाल (धरिना) र तेमाल गाउँपालिकाको अध्यक्षमा होम कुमारी तामाङ (अस्मिता) ले मंगलबार उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
लामा र ढकाल नेकपा माओवादी केन्द्रबाट प्रमुख पदमा उम्मेदवारी दिएका हुन् भने तामाङ नयाँ शक्ति नेपाल पार्टीबाट रहेकी छन् । लामा र ढकाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने लामा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य हुन् ।

निर्वाचनमा सरस्वती लामा कविताले नेपाली काँग्रेसका २ नं क्षेत्रका क्षेत्रीय सभापति रमेश हुमागाईं र एमालेका जिल्ला उपाध्यक्ष अशोक ब्याञ्जुसँगको प्रतिस्पर्धामा उभिएका छन् । उता होमकुमारी तामाङ अस्मिताले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गङ्गाबहादुर तामाङ बमध्वज, नेकपा ९एमाले०का जिल्ला सदस्य प्रदीप लामा र नेपाली काँग्रेसका सलाम सिं लामासँगको प्रतिस्पर्धामा उभिएका हुन् ।

ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले भने उपप्रमुख र उपाध्यक्षमा मात्रै महिलालाई उम्मेदवारी मनोनयन गर्न अगाडि बढाएका छन् । राजनीतिक हिसाबले महिलालाई पुरुषसँग प्रतिस्पर्धा गर्न कठिन हुने र चुनावमा पदमा उठ्ने मात्रै नभई जित्ने पनि हुनुपर्ने भन्दै ती दलले महिलालाई प्रमुख वा उपप्रमुखमा नउठाएको बताएका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले यसअघि नै महिलालाई मुख्य पदमा उठाउने कुरा अवसर दिनका लागि मात्रै बताएका थिए । “हामीले महिलालाई प्रमुख पदमा उठाउने मात्रै होइन जितको सुनिश्चितता कस्को हुन्छ, उसलाइै नै दिने हा”, आचार्यको भनाइ थियो ।

एमालेले पनि महिलालाई उठाउने मात्रै नभई जीत देखाउन पनि महिलालाई प्रमुखमा उठ्न कठिन भएको भन्दै उपप्रमुख तथा उपाध्यक्षमा नै सिमित राखेको बताएको छ ।

तीन स्थानिय तहमा प्रमुख पदमा महिला

नवलपरासी

नवलपरासी जिल्लामा पहिलो चरणमा निर्वाचन हुने आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा प्रमुख पदमा महिला उम्मेदवार बनेका छन् ।

पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ अन्तर्गतका आठवटा स्थानीय तहमध्ये तीनवटा तहमा मुख्य प्रमुख पदमा महिला उम्मेदवार बनेका हुन् । विशेषगरी जिल्लाको कावासोती नगरपालिकामा नेकपा एमालेका तर्फबाट चन्दा पुनः नगरप्रमुख पदमा उम्मेदवार बनेका छन् ।

यता जिल्लाको हुप्सेकोट गाउँपालिकाबाट नेपाली काँगे्रसबाट गाउँपालिकाको अध्यक्ष पदमा लक्ष्मी पाण्डे उम्मेदवार बनेका छन् ।

यसैगरी, मध्यविन्दुु नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट सुष्मा खनाल नगरप्रमुख पदमा उम्मेदवार बनेका छन् । निर्वाचन हुने अन्य सबै नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा राजनीतिक दलबाट पुरुष उम्मेदवार बनेका छन् भने उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएको अवस्था छ ।

नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा मात्र निर्वाचन हुँदैछ ।

बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ । कायम भएका १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछ जसमध्ये चार नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछ ।

यसअनुसार पहिलो चरणमा निर्वाचन हुनेमध्ये नगरपालिकातर्फ गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दुमा निर्वाचन हुनेछ भने गाउँपालिकातर्फ बुलिङटार, बुङ्गदीकाली, हुप्सेकोट र विनयी त्रिवेणी रहेका छन् ।

नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ छसय पाँच र गाउँसभातर्फ दुईसय ९२ जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चुडाविक्रम शाहीले जानकारी दिए । नवलपरासीमा कुल तीनलाख ६९ हजार आठसय ९४ मतदाता सङ्ख्या रहेको छ ।

यसैगरी, आठजना तेस्रोलिङ्गी मतदाताको सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा दुईसय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्र रहनेछन् । नवलपरासीमा ३२ राजनीतिक दल दर्ता छन् ।

नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ । अहिले शिक्षाको खोजी बर्षेनी अर्बौं रूपैयाँ बिदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्नुपर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विदेशी विद्यार्थीलाई आकर्षित गर्दै नेपाललाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्न सकिन्छ । त्यसका निम्ति व्यवस्थित अनुसन्धान, वैज्ञानिक नीति र सार्थक पहल आवश्यक हुन्छ ।’ निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उहाँले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो । ‘साझेदारीले शिक्षाको गुणस्तर सुधार्न, सबैलाई समान अवसर उपलब्ध गराउन र देशको समग्र शैक्षिक विकासमा ठूलो भूमिका खेल्छ । शिक्षासम्बन्धी संविधानप्रदत्त व्यवस्था र अधिकारसहित दुवै क्षेत्रको साझा प्रयासले मात्र नेपाललाई शिक्षित र समृद्ध समाजतर्फ अघि बढाउन सम्भव हुनेछ’– उहाँले भन्नुभयो– ‘यसका निम्ति सदाझैँ यहाँहरूको सहकार्य र सहयोगात्मक भूमिका रहने मैले विश्वास लिएको छु ।’ शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उहाँले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताउनुभयो । ‘नेपालको शिक्षा विकासमा विविध चुनौतीहरू छन्, जुन गहन र बहुआयामिक छन् । यी चुनौतीहरू नीतिगत, प्राविधिक, सामाजिक र आर्थिक पक्षहरूसँग सम्बन्धित छन् । शिक्षा क्षेत्रमा पर्याप्त नीतिहरू बनेका छन् तर तिनको कार्यान्वयन कमजोर छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बढ्दो शहरीकरण र बसाइसराइ, घट्दो जनसंख्या दर, शैक्षिक जनशक्तिको विदेश पलायन, परनिर्भरमुखी सोँच, पाश्चात्य शिक्षा एवं संस्कृतिको बढ्दो प्रभाव, विश्वव्यापीकरण जस्ता विषयहरूले हाम्रो शिक्षा नीति र संरचनामा गुणात्मक सुधार अनिवार्य छ । बौद्धिक पलायन नेपालको ठूलो समस्या बन्दै आएको छ । यसलाई रोक्न विद्यालय तहदेखि नै एकातिर सिपमूलक र व्यवहारिक शिक्षा दिएर बौद्धिक जनशक्तिलाई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने गरी कार्यक्रम बनाउन आवश्यक छ भने अर्कोतिर उनीहरुमा स्वाभीमानी, सिर्जनशील र आत्मनिर्भर सोंचको विकास गराउन आवश्यक छ ।’ संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति मायाँ गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोंचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक रहेकोमा जोड दिंदै उहाँले आफ्नो नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि महत्वपूर्ण थालनी गरेको बताउनुभयो । संघीय शिक्षा ऐन संसदसम्म पुर्याएको उल्लेख गर्दै उहाँले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले ती प्रयासहरूमाथि आक्रमण थालेको बताउनुभयो । ‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेका छन्’– उहाँले भन्नुभयो– ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सैह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ । भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्नेछ ।’

प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ।  कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् ।   आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्‍यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए।  यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो।  प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट  राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’

उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो ।  उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’   

उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ ।  माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ ।  सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् ।   करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।  

लोकप्रिय