बाबुराम भट्टराई र नयाँ शक्ति संकटमा : प्रचण्ड

बाबुराम भट्टराई र नयाँ शक्ति संकटमा : प्रचण्ड

काठमाडौं, कात्तिक १२ ।  नेकपा माअाेवादी केन्द्रका अध्यक्ष  प्रचण्डले बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेकाे बताएका छन् ।

अाइतबार बिहान गाेरखा सिरानचाेकका नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेद्वार बासु पाेखरेललार्इ माअाेवादीमा प्रवेश गराउँदै  अध्यक्ष  प्रचण्डले भने यस्ताे बताए ।

‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताए  । गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताए ।  उनले माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखा जिल्लालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पुर्याउने योजना आफूहरूसँग मात्रै रहेको दाबी गरे ।

अध्यक्ष दाहालले डा भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताउनुभयो ।

माअाेवादी केन्द्रका नेता एवं गाेरखा क्षेत्र नं. २ का उम्मेद्वार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिबाट दिनहुँ माअाेवादी केन्द्रमा प्रवेशकाे लहर चलेकाे बताउँदै बाम गठबन्धनले जितेर मात्र देशकाे स्थीरता र समृद्धि सम्भव हुने बताए  ।

“सानाे समूहबाट मुलुककाे समृद्धि र राजनीतिक भविष्य सम्भव छैन”, माअाेवादी प्रवेश गर्दै नेता पाेख्रेलले भने, “म विगतमा माअाेवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें ।

तर, नयाँ शक्ति अाफ्नै अस्तित्वकाे संकटमा छ । तसर्थ माअाेवादी केन्द्रमै दत्तचत्त भएर लाग्ने साेचसहित पार्टी प्रवेश गरेकाे हुँ ।

केहि दिनअघि यसअघि पनि नयाँ शक्तिका एक दर्जन केन्द्रीय परिषद् सदस्य माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरु ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीत बहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीत बहादुर घले, बल बहादुर घले, बाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला बामपन्थीहरुको किल्ला भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘गोरखा जिल्ला बामपन्थीहरुको किल्ला हो । गोरखा जिल्लाको राजनीतिक सङ्घर्ष जहिले पनि कम्युनिष्ट र कांग्रेसका बीचमा नै रह्यो ।

जनयुद्धदेखि सम्पूर्ण राजनीतिक र सामाजिक आन्दोलनमा गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा उभिएको छ । तपाईहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोंच र विचारले जित्ने मैले विश्वास लिएको छु ।’

माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित आफूहरु माओवादी केन्द्रमा आएको बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं.–२ का उम्मेद्वार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं.–१ का उम्मेद्वार हरिराज अधिकारी लगायतका नेताहरु उपस्थित थिए ।

६१ केन्द्रीय नेताहरु माओवादी केन्द्रमा

गाेरखाबाटै केहि दिन अघि पनि पार्टी निकट बिभिन्न जनवर्गीय संगठनका ६१ जना केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुको नामावली

१) ओमकुमारी पौडेल (तनहुँ)–संस्थापक संयोजक नयाँ शक्ति विद्यार्थी युनियन

२) नबराज बराल,.कास्की–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल

३) युवराज दाहाल (झापा)–प्रमुख, स्ववियु विभाग (नयाँ शक्ति विद्यार्थी युनियन)

४) सुमन आचार्य (खोप्लाङ, गोरखा)–संयोजक, प्रदेश नं ४ (नयाँ शक्ति विद्यार्थी युनियन)

५)  मुकुन्द कार्की (ओखलढुङ्गा)–केन्द्रीय परिषद सदस्य

६) कृष्ण भट्टराई (भक्तपुर)–प्रमुख अतिरिक्त खेलकुद विभाग (विद्यार्थी)

७) शिव न्यौपाने (रुपन्देही)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)

८) फणिन्द्र फुयाँल (सिन्धुली)–संयोजक, प्रदेश नं ३ (प्रेस सोसाईटी नेपाल)

९) ओमप्रकाश महतो (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)

१०) सञ्जिव रेग्मी (धादिङ)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)

११) देवराज गुरुङ्ग (गोरखा)–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल

१२) धिरज खनाल (गोरखा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान

१३) ममताकुमारी शर्मा (धनुषा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)

१४) अरबिन्द शाह (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)

१५) दिलीप तामाङ (रसुवा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान

१६) राधेश्याम शाह (महोत्तरी)–संस्थापक संयोजक, प्रदेश नं २ (विद्यार्थी)

१७) दिनार श्रेष्ठ (चितवन)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)

१८) दिनेश तामाङ (संखुवासभा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)

१९) शेखर मण्डल (बारा)–केन्द्रीय सदस्य (विद्यार्थी)

२०) सुनिल पोखरेल (गोरखा)– केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)

२१) निरज बम (कैलाली)–केन्द्रीय सदस्य (विद्यार्थी)

२२) अर्जुन यादव (सर्लाही)–केन्द्रीय सदस्य (विद्यार्थी)

२३) भरत साफी(धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी)

२४) सुरेन्द्र शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी)

२५) हिमान्सु शाह (सिराह)–केन्द्रीय सदस्य (विद्यार्थी)

२६) रञ्जन कुमार शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी)

२७) उचित दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)

२८) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी)

२९) रामसुधन फुयाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी)

३०) रमेश भण्डारी (सुर्खेत)–केन्द्रीय सदस्य (विद्यार्थी)

३१) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी)

३२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी)

३३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी)

३४) नितेश श्रेष्ठ (मकवानपुर)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)

३५) राकेश कुमार शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)

३६) जितेन्द्र कुमार दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)

३७) घनश्याम शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)

३८) प्रणशु केशव झा (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी)

३९) अनिता बास्कोटी (नवलपरासी)–केन्द्रीय सदस्य (विद्यार्थी)

४०) मनिस शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)

४१) अविनिश शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)

४२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी)

४३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी)

४४) गणेश श्रेष्ठ (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी)

४५) झलक छाडुली (मकवानपुर)–केन्द्रीय सदस्य (विद्यार्थी)

४६) संग्राम वल लामा–केन्द्रीय सदस्य (विद्यार्थी)

४७) विशाल रसायली–केन्द्रीय सदस्य (विद्यार्थी)

४८) आषिस दाहाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी)

४९) योगराज खड्का (बाजुरा)–केन्द्रीय सदस्य (विद्यार्थी)

५०) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी)

५१) सन्तोष नेपाली–केन्द्रीय सदस्य (विद्यार्थी)

५२) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी)

५३) अनिस पन्त–केन्द्रीय सदस्य (विद्यार्थी)

५४) विवेक कुमार यादव–केन्द्रीय सदस्य (विद्यार्थी)

५५) प्रान्सु झा–केन्द्रीय सदस्य (विद्यार्थी)

५६) प्रमोद यादव–संयोजक, जेईसी (विद्यार्थी)

५७) मुकेश मिश्र–संयोजक, एनसीई (विद्यार्थी)

५८) रुपेश यादव–केन्द्रीय सदस्य (विद्यार्थी)

५९) योगेश दास–संयोजक, किस्ट (विद्यार्थी)

६०) पंकज दास–संयोजक, सगरमाथा (विद्यार्थी)

६१) प्रमोद यादव–संयोजक, जेक (विद्यार्थी

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय